KhojSansar

Khoj Sansar

651 Posts
सरकारको पुनर्निर्माण कोषमा सहयोग

सरकारको पुनर्निर्माण कोषमा सहयोग

गलकोट (बागलुङ), १० असोज : जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी संरचना पुनर्निर्माणमा सघाउन बागलुङका एक फर्निचर व्यवसायीले रु एक लाख एक हजार १११ प्रदान गर्नुभएको छ । बागलुङको सृष्टि फर्निचार उद्योगका सञ्चालक ऋषिराम गौतमले आफ्नो व्यवसायको १५औँ वार्षिकोत्सवका अवसरमा सरकारलाई जिल्ला प्रशासन कार्यालयमार्फत उक्त रकम कोषमा सहयोग गर्नुभएको हो । क्षतिग्रस्त सिंहदरबारसहित अन्य संरचना पुनर्निर्माणमा राज्यलाई सघाउन सामाजिक उत्तरदायित्वअन्तर्गत गौतमले प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । “देश दुःखमा छ, धेरै भौतिक क्षति पुगेको छ, सबैलो सा–सानो सहयोग गरेर पुनर्निर्माण गर्नसके आर्थिक वृद्धि छिटो हुन्छ, हामीजस्ता व्यवसायलाई सघाउ पुग्दछ”, गौतमले भन्नुभयो, “४२ जना युवालाई स्वदेशमै रोजगारी प्रदान गरेको उद्योगले निरन्तरता पाउन राज्यकै सहयोग चाहिन्छ ।” गौतमले १५औँ वार्षिकोत्सवका अवसरमा रु पाँच करोड लगानीमा फर्निचर उद्योगको नयाँ शोरुम स्थापना गर्नुभएको छ । गौतमले फर्निचार र हार्डवेयरलगायत व्यवसाय गर्दै आउनुभएको छ । चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले पुनर्निर्माण कोषको खातामा उक्त रकम जम्मा गर्ने बताउनुभएको छ । सरकारले क्षतिग्रस्त संरचना निर्माणका लागि ‘भौतिक संरचना पुननिर्माण कोष’ स्थापना गरेको छ । -रासस
पूरा पढ्नुहोस् ...
मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीय स्थल

मुख्ययाममै सुनसान म्याग्दीका पर्यटकीय स्थल

म्याग्दी, १० असोज : मुख्य याममै म्याग्दीका पर्यटकीय स्थल सुनसान भएका छन् । विगतका वर्षमा असोज–कात्तिक महिनामा पाहुनाको स्वागत सत्कारमा व्यस्त हुने होटल र पर्यटन व्यवसायी यसपालि फुर्सदिला भएका छन् । ‘जेनजी पुस्ता’को आन्दोलन, राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन र मुग्लिन–काठमाडौँ सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका होटल व्यवसायी राजन लामाले बताउनुभयो । “चाडपर्वको छुट्टी, पदयात्रा र तीर्थयात्राको उपयुक्त समय भए पनि यसपालि पाहुनाको आगमन २० वर्षयताकै कम भएको छ”, उहाँले भन्नुभयो, “होटल र पर्यटकीयस्थल सुनसान छ ।” विगतका वर्षमा असोज लागेसँगै मुस्ताङ जानेआउने पर्यटक र तीर्थयात्रीले बेनी, गलेश्वर, भुरुङ–तातोपानी, दानाका होटल भरिभराउ हुन्थे । घटस्थापनाअघि सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिने र मुक्तिनाथ दर्शनका लागि नेपाल तथा भारतबाट आएका तीर्थयात्रीको घुइँचो लाग्दथ्यो । सोह्रश्राद्धको समयमा पनि यसपालि कागबेनी र मुक्तिनाथमा तीर्थयात्राका लागि आउनेहरूको सङ्ख्या न्यून भएको छ । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या पनि फाट्टफुट्टमात्र भएका स्थानीय होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो । “मेरो होटलमा बास बस्न आउने भनेका ३६ वटा विदेशी पर्यटकको समूहले देशको असहज अवस्थालाई कारण देखाएर बुकिङ रद्द गरेका छन्”, उहाँले भन्नुभयो, “विदेशी पर्यटक आगमन विगतको तुलनामा एकतिहाइ पनि छैन । स्वदेशी पनि आएका छैनन् ।” घोडेपानीमा बास बसेका पर्यटक त्यहाँदेखि ३० मिनेट उकालो पैदलयात्रा…
पूरा पढ्नुहोस् ...
अझै कायम छ ‘बालीघरे प्रथा’ !

अझै कायम छ ‘बालीघरे प्रथा’ !

a, १० असोजः ग्रामीण क्षेत्रका गाउँघरमा अहिले पनि ‘बालीघरे प्रथा’ (चलन) कायम छ । यहाँका ४० प्रतिशत हारहारीमा दलित सामुदायका मानिस अहिले पनि बालीघरे प्रथामा काम गर्दै आएको नगर दलित सञ्जालले जनाएको छ । ग्रामीण क्षेत्रमा सीपमूलक काम गरेबापत दलित समुदायले ज्यालाका रूपमा नगदको विकल्पमा बाली (अन्न) लिने चलनलाई बालीघरे भन्ने बुझिन्छ । यहाँका दलितका लागि योबाहेक अर्को विकल्प नभएकाले पनि यसलाई निरन्तरता दिनु उनीहरूको बाध्यता हो । बालीघरे प्रथामा वर्षभर काम गरेको ज्यालाका रूपमा अन्न लिने चलन हुन्छ । यसअन्तर्गत गाउँघरमा हुने फलाम कुट्ने, फलामका सामग्री अर्जप्ने (धारे लगाउने), कपडा सिलाउने कामको जिम्मेवारी हुने गर्दछ । यो पेसामा लाग्नेलाई जीवन निर्वाह गर्न समस्या छ । कपडा सिलाउने काम गरेबापत वर्ष दिनको प्रतिघर १० पाथीदेखि एक मुरी (२० पाथी) अन्न, चाडपर्वमा भाग भनेर मासु, चामल नुन, सेलरोटी दिने चलन अहिले पनि गाउँघरमा कायम नै छ । देशमा धेरै सामाजिक तथा राजनीतिक परिवर्तन भए पनि गाउँघरमा अहिले पनि बालीघरे चलन रहिआएको नगरस्तरीय दलित सञ्जालका अध्यक्ष दुर्गा रणपहेलीले जानकारी दिनुभयो । बाउबाजेले गरी आएको काम भएकाले अहिले पनि गाउँघरका केही दलित समुदायले बालीघरेमा काम गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार, गाउँघरमा अहिले पनि बालीघरे प्रथा कायम नै छ । सामाजिक सचेतनाका काम भइरहेका छन् । तर यहाँ अझै पनि धेरै…
पूरा पढ्नुहोस् ...
सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

सुदूरपश्चिममा रेबिज सङ्क्रमण बढ्दो, नियन्त्रणमा चुनौती

कञ्चनपुर, १० असोज : सुदूरपश्चिममा रेबिजको सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सङ्कलित एक सय ७० नमूनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको छ । सबैभन्दा बढी सङ्क्रमण कैलालीमा भेटिएको छ । त्यहाँ सङ्कलन गरिएका ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएको छ । त्यसपछि कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ । वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार, रेबिज फैलाउनमा मुख्य भूमिका कुकुरको देखिएको छ । परीक्षण गरिएका ८७ कुकुरका नमूनामध्ये ७२ मा रेबिजको सङ्क्रमण पाइएको छ । त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बङ्गुरका सातमध्ये पाँच र खरायोको एउटा नमूनामा पनि पोजेटिभ देखिएको छ । प्रयोगशालाले आव २०७६/७७ बाट रेबिज रोग अन्वेषण तथा सर्भिलेन्स सुरु गरेको हो । सुरुमा दुई नमूनामात्र पोजेटिभ पाइएकामा २०७९/८० मा ३९, २०८०/८१ मा एक सय ५७ र चालु वर्ष एक सय ३६ पोजेटिभ देखिनु सङ्क्रमण बढ्दो क्रमलाई देखाउँछ । “रेबिज पशुबाट मानिसमा सर्ने रोगका रूपमा रहेको छ”, चिकित्सक जोशीले भन्नुभयो, “यो रोग जङ्गली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुर, बिरालोलगायतमा सर्छ ।” कुकुरलगायतले मानिससँगै अन्य घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गर्दछन् ।…
पूरा पढ्नुहोस् ...
देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागको मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, १० असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको छ भने स्थानीय वायुको आंशिक प्रभाव परेको छ । साथै देशका अधिकांश भागको मौसम सफा रहने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने छ भने बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशलगायत देशको पहाडी भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
पूरा पढ्नुहोस् ...
देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

देशभर स्थानीय वायुको आंशिक प्रभाव रहने

काठमाडौँ, ९ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका केही, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा तथा बाँकी एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
पूरा पढ्नुहोस् ...
गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

गुल्मीमा चट्याङ लाग्दा बालिकाको मृत्यु, दुई जना घाइते

गुल्मी, ९ असोजः गुल्मीको मदाने गाउँपालिकामा आज बिहान करिब २ः०० बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने-५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते हुनुभएको छ । घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको छाती र पेटमा नीलडाम लागेको छ भने श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते दम्पतीलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको जनाउँदै सारूले यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको बताउनुभयो । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको नेतृत्वमा टोली आज बिहानै घटनास्थल पुगिसकेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा

पोखरामा प्रहरीको ‘नमुना पेट्रोल पम्प’ सञ्चालनमा

कास्की, ८ असोज : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी प्रदेश कार्यालयको परिसरमा पम्प बनाएको हो । सो पम्पबाट आजदेखि पेट्रोल र डिजेल बिक्रीवितरण सुरु गरिएको गरिएको प्रहरी प्रदेश कार्यालयका पोखराका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । “प्रहरी कल्याण कोषबाट स्थापित पम्पबाट नियमित रुपमा इन्धन बिक्री वितरण सुरु गरेका छौँ । नेपाल आयल निगमले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेका छौँ, यहाँबाट २४सै घण्टा नै सेवा दिनेछौँ”, उहाँले भन्नुभयो । नेपाल प्रहरीको यो पम्प गण्डकीमा दोस्रो हो । यसअघि नवलपरासीमा प्रहरीले पेट्रोल पम्प चलाएको छ । सूचना अधिकारी सापकोटाका अनुसार रु नौ करोड ९६ लाख ६५ हजार लागतमा पेट्रोल पम्प निर्माण गरिएको हो । पम्प निर्माण कार्य एक वर्षअघि सुरु भएको थियो । पम्प निर्माणको जिम्मा ‘एनसी अल्फा हेक्स तेजस्वी जेभी’ले पाएको थियो । नागरिक समाजको विरोधका कारण केही समय पम्प निर्माण रोकिएको थियो । सरकारी कार्यालय रहेको क्षेत्रमा पम्प निर्माण गर्न नहुने भन्दै नागरिक समाजकातर्फबाट अदालतमा रिट दाएर भएको थियो । पछि अदालतले सो रिट खारेज गरेपछि निर्माण कार्य पुनःसुरु भएको थियो । -रासस
पूरा पढ्नुहोस् ...
मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

मनास्लु आरोहण गर्ने अहिलेसम्मकै कान्छी आरोही छिरिङ

गोरखा, ८ असोज : उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँकी २२ वर्षीया छिरिङ डिकी लामा मनास्लु आरोहण गर्ने नेपालकै कान्छी आरोही बन्नुभएको छ । लामाकी आफन्त एवं आरोही नाङ्सल छोदेनका अनुसार यसअघि १९ वर्षीया विदेशी युवतीले मनास्लु आरोहण गरिसक्नुभएको छ । नेपाल मनास्लु आरोहण गर्नेमा भने छिरिङ डिकी हालसम्मकै कान्छी रहेको नाङ्सलले जानकारी दिनुभयो । सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरेकी छिरिङले मङ्गलबार बिहान १०ः५० बजे मनास्लुको शिखर चुम्नुभएकी उहाँको भनाइ छ । छिरिङले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहण गर्नुभएको हो । उहाँ गाउँघरमै घरायसी काम गरेर बस्ने किशोरी हुनुहुन्छ । उहाँसँगै मनास्लु आरोहण गर्ने सामागाउँका चार जना भएका छन् । यसअघि सामागाउँका डिकील्हामु, मिङ्मार छिरिङ र नाङ्सल छोदेनले मनास्लु आरोहण गरिसकेका छन् । -रासस
पूरा पढ्नुहोस् ...
तुइन खोला क्षेत्रको पहिरोः पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

तुइन खोला क्षेत्रको पहिरोः पोखरा–काठमाडौँ यातायात समेत प्रभावित

गण्डकी, ८ असोज : मुग्लिन–नारायणगढ खण्डको तुइन खोला क्षेत्रमा गएको पहिरोको प्रभाव पोखरा– काठमाडौँ सडकखण्डमा पनि पर्ने गरेको छ । उक्त पहिरोका कारण मुग्लिनखण्डमा सवारीसाधनको अत्याधिक चाप बढ्न थालेसँगै त्यसको प्रभाव पोखरा–काठमाडौँ आवतजावत चल्ने सवारीसाधनमा परेको पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेडका अध्यक्ष ऐनकुमार साईले जानकारी दिनुुभयो । उक्त पहिरोका कारण सडकमा सवारीसाधनको जाम हुन थालेपछि यात्रुहरूलाई समयमा नै गन्तव्यमा पु¥याउन नसकिएको उहाँले बताउनुुभयो । लगातार पहिरो जान थालेपछि मुग्लिन–नारायणगढ सडकखण्ड बन्द गरी पहिरो पन्छाउने काम भइरहेको छ । उहाँले भन्नुुभयो , “मुग्लिन–नारायणगढ खण्डमा सडक यातायात प्रभावित भएसँगै नेपालका पश्चिमी क्षेत्रमा जाने सवारीसाधन पोखरा हुँदै जान थालेका कारण पनि सवारीसाधनको चाप अत्याधिक छ ।” पोखरा–काठमाडौँ खण्डमा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीअन्तर्गत नियमित ४०० को सङ्ख्याका यात्रुवाहक सवारीसाधनले सेवा दिइरहेको उहाँले जानकारी दिनुुभयो । दसैँको टीकाको दिन नजिकिँदै गर्दा ठूलो सङ्ख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि सडक अवरुद्ध हुँदा आवतजावतमा कठिनाइ भएको उहाँले बताउनुुभयो ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.