KhojSansar

संस्कृति/पर्यटन

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

काठमाडौँ, २८ भदौः सुशासनलगायत विभिन्न मुद्दासहित जेनजीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय क्षति बेहोर्‍यो । केही मानवीय क्षति भयो । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भौतिक आक्रमण र चौथो अङ्ग भनिने पत्रकारिता क्षेत्रमाथिको आक्रमणले मुलुकलाई कमजोर बनाउने प्रयास भयो । केही निजी सम्पत्तिमा पनि नराम्ररी क्षति पुग्यो । अहिले पनि अस्पतालमा ठूलो सङ्ख्याका घाइते प्रदर्शनकारी उपचाररत छन् । यही भदौ २३ र २४ गते भएको प्रदर्शनले मुलुकको भौतिक संरचना, मानवीय क्षतिमात्र भएन अन्तरराष्ट्रिय पहिचान र शाखाको रूपमा रहेको मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पर्‍यो । पर्यटकीय सिजन सुरु हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो । कयौँ पर्यटकीय पूर्वाधारमा क्षति पुग्यो । आगामी पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही प्रतिशत रद्द भए । यसले पर्यटन क्षेत्रमा एक खालको अन्यौलता सिर्जना भयो । भूकम्प, नाकाबन्दी, कोरोना महामारीले शिथिल बनेको मुलुकको पर्यटन विस्तारै पुरानै लयमा फर्किएको थियो । पछिल्लो विकसित परिस्थितिले पुनः पर्यटन क्षेत्रलाई झस्काएको छ । तर, कालोबादलभित्र चाँदीको घेरादेखिएझै पर्यटन क्षेत्रमा अझै आशाका किरण प्रसस्त छन् । र फेरि मुलुकको पर्यटन उठ्ने छ । विगतका विपदजस्तो अवस्था नरहेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान बन्ने विज्ञ एवं सरोकारवालाको विश्वास छ । पूर्वअर्थसचिव रामेश्वर खनालले नेपालको पर्यटन क्षेत्र छिट्टै पुनःरुत्थान हुने आशा व्यक्त गर्नुभयो । “पहिलो कुरा पर्यटकलाई…
पूरा पढ्नुहोस् ...
चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

मुग्लिन (चितवन), २३ भदौः चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन् । यहाँको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार देशभरका चेपाङ भेला भएर सामूहिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी न्वाङ्गी मनाएका हुन् । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठको प्रमुख आतिथ्यतामा न्वाङ्गी पर्व मनाएका हुन् । मन्त्री श्रेष्ठले ढ्याङ्ग्रो ठोकेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले चेपाङ जातिको उत्थान र संस्कृतिको संरक्षणका लागि बागमती प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले न्वाङ्गी पर्व चेपाङ समुदायको संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण रहने बताउनुभयो । सो अवसरमा चेपाङ झाँक्री (पान्दे)लगायत चेपाङ समुदायको संस्कृतिका आधारित सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको थियो । नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले न्वाङ्गी पर्व चेपाङ समुदायले परापुर्वकालदेखि मनाउँदै आइरहेको पर्व रहेको बताउनुभयो । पहिला गाउँगाउँमा भेला भएर मनाउँदै आए पनि विस्तारै लोप हुँदै जान थालेपछि सङ्घको अगुवाइमा देशरभरका चेपाङलाई भेलागरी २०६३ सालदेखि सामूहिक रूपमा मनाउन सुरु गरिएको जानकारी दिनुभयो । चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वाङ्गीका दिन घैया धानको चामल, कागुनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्नखाने दिन पनि हो । न्वाङ्गीमा चेपाङ झाँक्री (पान्दे)ले…
पूरा पढ्नुहोस् ...
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौँ, २१ भदौः वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी भक्तपुरको चितपोल जङ्गलमा छोडिएको बोकाले छोएको रूख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ । काटेपछि लिङ्गोलाई उपत्यका भित्र्याउन पनि साइत हेरिन्छ । उपत्यका भित्र्याएपछि एक रात भोटाहिटीमा राखी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा छ । राजतन्त्र रहुञ्जेल राजाबाट श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा नजर गर्ने परम्परा थियो । इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि सुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार…
पूरा पढ्नुहोस् ...
सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

सुदूरपश्चिममा गौरापर्वः आज मुख्य दिन अठ्यावाली

बैतडी, १५ भदौः बैतडीसहित सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको पण्डित जयानन्द भट्टले बताउनुभयो । बर्तालु महिलाले बिरुडाले दिनभरि फाग गाएर बिरुडा (विभिन्न पाँच थरिका अन्न)ले गौरादेवीको पूजा गर्ने गरेका छन् । हिजो गौरादेवीमा चढाएको दुबधागो (मन्त्रिएको एक किसिमको धागो) पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन् । तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन् । गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ । सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ । गौराको उत्पत्ति, महेश्वरसँगको विवाहलगायत प्रसङ्ग बर्तालु महिलाले फागमार्फत नै भन्ने गरेका छन् । बर्तालुले गौराको पूजन गरिसकेपछि मुख्य प्रसादका रूपमा रहेको बिरुडाले आफ्ना श्रीमान्, छोराछोरी र आफन्तजनको चिरायु दीर्घायुको कामना गर्दै टाउको पुज्ने गर्दछन् । पुरुषहरूले ठाडोखेल, ढुस्को धमारीलगायत ऐतिहासिक संस्कृतिमा आधारित खेलहरू खेल्ने गर्दछन् । महिलाले आफ्नो अटल सौभाग्य, समृद्धि, सन्तान र परिवारमा सुख, शान्तिका लागि व्रत बसी पूजाआजा गर्ने मान्यता रहेको संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताउनुभयो । सुदूरपश्चिमेलीहरूले दसैँभन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउने गरेका छन् । त्यसैले गौरामा परदेशिएकाहरू पनि घर फर्किने गरेका छन् । गौरामा विवाहित चेलीहरू पनि माइत आउने चलन छ…
पूरा पढ्नुहोस् ...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

अमरगढी (डडेल्धुरा), १२ भदौः सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारी त्यसभित्र बिरुडा राखिन्छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजामा बिरुडा प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रुपमा सुरु हुने यसका जानकार खगेश्वरी साउदले बताउनुभयो । “एक महिनाअघि देखि नै शुद्ध शाकाहार र बह्मचार्यको पालना गर्नुपर्छ,” उहाँले भन्नुभयो, “बिरुडा भिजाइँदा माङ्गलिक सगुन फाँग गाउँछाँै ।” यो पर्वमा पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुवधागो लगाउँछन् । “गौरा हाम्रो ठूलो पर्व हो पुरुषजस्तै नारीले पनि यज्ञोपवितका रुपमा दुवधागो लगाउने गछौँ,” उहाँले भन्नुभयो, “गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।” आजैदेखि ठाउँठाउँमा देउडा समेत खेलिने प्रचलन छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान् शिवकी अर्धाङ्गिनी पार्वतीलाई गौरा देवीका रुपमा पूजाअर्चना गर्ने चलन छ । -रासस
पूरा पढ्नुहोस् ...
धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गाजादहको सिद्धबराह

धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्दै गाजादहको सिद्धबराह

बरेङ (बागलुङ) १२ भदौः सरकारले एक सय पर्यटकीय गन्तव्यमा समावेश गरेको बागलुङको गाजादहको मध्यभागमा सिद्धबराहको २३ फिट अग्लो पूर्णकदको मूर्ति निर्माण भएको छ । चार महिना लगाएर मूर्तिकार कृष्ण बहादुर सुनारले उक्त मूर्ति बनाउनुभएको हो । मूर्ति तयारीमा रु. २० लाख खर्च भएको छ । समुद्र सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको बागलुङको जैमिनी नगरपालिका–३ स्थित रहेको गाजादह धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै सिद्धबराहको प्रचारप्रसार गर्ने उद्देश्यले सिद्धबराहको मूर्ति स्थापना गरिएको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिनुभयो । भगवान् विष्णुका दश अवतारमध्येको तेस्रो मानिने बराह अवतार झल्कानेगरी मूर्ति निर्माण स्थापना गरिएको छ । जैमिनी नगरपालिका र स्थानीयको अगुवाइमा ताल संरक्षण, पूर्वाधार तथा सिद्धबराहको मन्दिर निर्माण लगायतका पूर्वाधार थपिएका छन् । गाजादहमा आयोजित ज्ञान महायज्ञमा सङ्कलन भएको रकमबाट मूर्ति निर्माण गरिएको हो । गाजादह २४ वर्गमिटरमा फैलिएको छ । यो धार्मिक पर्यटकका निम्ति प्रमुख गन्तव्यका रूपमा विकास भइरहेको छ ।
पूरा पढ्नुहोस् ...
मौसम अनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

मौसम अनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

फुङ्लिङ (ताप्लेजुङ), १० भदौ : मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो । सो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ । पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले जानकारी दिनुभयो । यहाँ घुम्न आउने पर्यटक पूर्वको मुस्ताङ उपनाम दिने गरेको उहाँले बताउनुभयो । यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवा सुविधि दिन सके धरै पर्यटक प्रकृतिक सुन्दरतामा घुम्न आउने सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । तर अहिले यहाँ आउने पर्यटकले सेवा सुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको जनाइएको छ । स्थानीयवासी वाङ्गे शेर्पा (थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ । यस पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्रकृतिक सुन्दरताको आनन्द लिनसक्ने…
पूरा पढ्नुहोस् ...
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार (भोजपुर), ८ भदौः भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिथ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ ।” सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार एतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । विसं १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

भाद्रकृष्ण औँसी : पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा हजारौँ भक्तजन

काठमाडौँ, ७ भदौ : दिवङ्गत पितालाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थ धाममा हजारौँ भक्तजनको घुइँचो छ । भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ताअघिदेखिका पितृहरू तर्दछन् भन्ने धार्मिक विश्वास रही आएकाले आज बिहानैदेखि यहाँ हजारौँ भक्तजनको घुइँचो भएको हो । यही धार्मिक विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको समेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको छ । गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल–जोरपाटी र वाग्मतीको कोरिडोर भएर गुड्ने सवारीसाधन निषेध गरिएको ट्राफिक प्रहरी वृत्त बौद्धले जनाएको छ । यातायात व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, खोजतलासलगायत सेवा पनि मन्दिर क्षेत्रमा दिइएको गोकर्णेश्वर मेला समितिका संयोजक एवं गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिनुभयो । सत्ययुगमा ब्रह्माले नै स्थापना गरेकाले यस ठाउँमा आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि भाद्रकृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्टले जानकारी दिनुभयो । गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिक रूपमा धेरै महत्त्व भए पनि गोकर्णेश्वरमा राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाएकोे बताउँछन् । डोल्पाबाट आएका दर्शनार्थी रणेन्द्र बुढाथोकी गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउनुहुन्छ । “मन्दिर आसपासमा साँघुरो…
पूरा पढ्नुहोस् ...

पर्यटन सहकार्यका लागि नेपाल र भूटानका दुई संस्थाबीच सम्झौता

काठमाडौँ, ६ भदौः पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ नेपाल र भूटानबीच सम्झौता भएको छ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) र एसोसिएसन अफ भूटानिज टुर अपरेटर्स (एब्टो) बीच दुई देशको पर्यटन सहकार्यलाई सुदृढ पार्ने उद्देश्यका साथ सम्झौता भएको हो । सम्झौतापत्रमा नाट्टाका अध्यक्ष कुमारमणि थपलिया र एब्टोका अध्यक्ष किन्ले ग्याल्त्सेनले हस्ताक्षर गर्नुभएको छ । सहमतिपत्रले दिगो पर्यटन प्रवर्द्धन गर्ने साझा दृष्टिकोणसहित पर्यटन विकासमा सहकार्यलाई संस्थागत गर्ने आधार निर्माण गरेको नाट्टाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । दुवै संस्था आपसी जानकारी आदान–प्रदान, विचार र सीपको साझेदारी गर्दै यात्रा व्यापार उद्योगलाई सुदृढ पार्ने र नेपाल—भूटानका साथै दक्षिण एसियाली क्षेत्रमा दिगो पर्यटन प्रवर्द्धन गर्ने विषयमा सहमत भएका छन् । सम्झौताले सांस्कृतिक संरक्षण, वातावरणीय दायित्व र सामुदायिक सहभागितालाई प्राथमिकता दिने र पर्यटनलाई सकारात्मक परिवर्तनको शक्तिमा रूपान्तरण गर्ने विश्वास लिइएको छ । नाट्टका अध्यक्ष थपलियाले उक्त सम्झौताले नेपाल र भूटानबीचको आपसी पर्यटन प्रवर्द्धनलाई अझ बलियो बनाउँदै हिमाली क्षेत्रलाई दिगो पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो । एब्टोका अध्यक्ष ग्याल्त्सेनले नेपाल र भूटान सांस्कृतिक, आध्यात्मिक र प्राकृतिक सम्बन्धले गाँसिएका राष्ट्र भएकाले पर्यटनबाट जनजीवनमा प्रत्यक्ष लाभ पु¥याउने, परम्पराको संरक्षण गर्ने र प्राकृतिक सम्पदाको सुरक्षा गर्ने लक्ष्यका साथ सहकार्य अघि बढाइने बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.