KhojSansar

संस्कृति/पर्यटन

एउटै खोलामा छ, जलविद्युत् आयोजना

एउटै खोलामा छ, जलविद्युत् आयोजना

गलकोट (बागलुङ), ५ भदौः बागलुङको ताराखोला गाउँपालिका जलविद्युत्को हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको ताराखोलामा हाल दुई जलविद्युत् आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका–२ र ३ मा पर्ने दरमखोलामा दुई दशमलव पाँच मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माणसम्पन्न गरी विद्युत् उत्पादनसमेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना होे । यसअघि समुदायको प्रयासमा स–साना लघु जलविद्युत् सञ्चालनमा थिए । सयपत्री जलविद्युत् निर्माणपश्चात् ताराखोलामा पाँचवटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् । जसमध्ये ताराखोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छभने अन्य चारवटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् । पाँच वर्षअघि ३८० किलोवाटको ताराखोला जलविद्युत् आयोजना निर्माणसम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । हाल यहाँ मध्यताराखोला मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेघावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिनुभयो । यहाँ तीन दशमलव पाँच मेघावाट तल्लो ताराखोला जलविद्युत् आयोजना र चार दशमलव पाँच मेघावाट मध्यदरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ । ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले ताराखोलामा…
पूरा पढ्नुहोस् ...
लाप्राकमा भद्रा मारेर खुशियाली मनाइयो

लाप्राकमा भद्रा मारेर खुशियाली मनाइयो

गोरखा, २ भदौः गुरुङहरूको मात्र बसोबास रहेको उत्तरी गोरखाको लाप्राकका बासिन्दाले हरेक वर्षजस्तै यस वर्ष पनि हिउँद लागेकामा भद्रा मारेर खुशियाली मनाएका छन् । धार्चे चार लाप्राकका बासिन्दाले एक ठाउँमा भेला भई काँक्रोलाई भद्राको स्वरुप बनाइ बलि चढाएर उत्सव मनाएका हुन् । यहाँ एक ठाउँमा ७०० घर रहेका छन् । लाप्राक घाँटु समिति तथा तमु प्ले ल्हु सङ्घ लाप्राकका अध्यक्ष बिसबहादुर गुरुङले यहाँ भदौ लागेपछि बर्खा सकिएर हिउँद लाग्यो भनेर खुशियाली मनाउने पुरानो चलन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “काँक्रोमा सिङ, पुच्छर, खुट्टा जोडेर राक्षसको स्वरुप बनाउँछौँ । अनि त्यसलाई खुकुरीले मार हानेर बलि चढाउँछौँ । त्यसैलाई भद्राको प्रसाद भनेर गाउँले बाँडेर खान्छौँ ।” सोही अवसरमा लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको पूजाआजा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । खम्बो र पैसापले आठसय वर्षअघि लाप्राक गाउँ स्थापना गरेको जनश्रुती छ । बर्खा यामभरि जेजस्ता दुःख र सास्ती खेप्नु परे पनि हिउँदयाम सुखद होस् भनेर पर्व मनाउने चलन रहेको जानकारहरू बताउँछन् । -रासस
पूरा पढ्नुहोस् ...
हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

गण्डकी, २ भदौ: हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्क क्षेत्र गन्तव्यमा समेटिएको छ । विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो । यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट सामुदायिक होमस्टे, धिताल होमस्टे हुँदै अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्कालगायत स्थानको प्रव््द्धनात्मक हाइकिङ गरिएको उहाँले बताउनुभयो । एक दिवसीय पदयात्राका साथै मर्दी हिमालको पदयात्राका लागि यो क्षेत्र आकर्षक गन्तव्यजस्तै बनेको छ । पछिल्लो समय पदयात्राका लागि यस क्षेत्रमा आउने पर्यटकको आकर्षण दिनानुदिन बढिरहेको धिताल होमस्टेका सञ्चालक विशाल पौडेलले बताउनुभयो । कास्कीको माछापुच्छ्रे« गाउँपालिका–६ अस्तामस्थित नौमती बाजा पार्क यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास भएको क्लबका अध्यक्ष रानाभाटले जानकारी दिनुुभयो । समुन्द्री सतहबाट एक हजार ५०० पचास मिटरको उचाइमा रहेको पार्क प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिन्छ । पार्कमा नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा सजाएर राखिएका छन् । -रासस
पूरा पढ्नुहोस् ...
पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिँदै : रावण पार्क निर्माण अन्तिम चरणमा

पुलहाश्रममा धार्मिक पर्यटन पूर्वाधार थपिँदै : रावण पार्क निर्माण अन्तिम चरणमा

बेनी (म्याग्दी), २ भदौ : ऋषिहरूले तपस्या गरेको पवित्र तीर्थस्थलको रूपमा परिचित म्याग्दीको पुलस्त्य पुलहाश्रम क्षेत्रमा धार्मिक पर्यटन पूर्वाधार थपिँदै गएको छ । बेनी नगरपालिका–५ पछैमा अवस्थित पुलहाश्रममा रहेको मन्दिर परिसरमा प्रतिक्षालय, प्रवेशद्वार, पदमार्ग, घेरावार लगायतका पूर्वाधार निर्माण भएका छन् । पौराणिक ऋषि पुलत्स्य र पुलह ऋषिले तपस्या गरेको पवित्र तपोभूमि भएकाले यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पर्यटन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । श्रीमद्भागवत महापुराणको पञ्चमस्कन्ध आठौँ अध्यायमा यस क्षेत्रमा पुलस्त्य र पुलह ऋषिले तपस्या गरेको उल्लेख छ । पछैमा रहेको हवनकुण्डमा हवन गरेर शेष रहेको चरु अझै पाइने भएकाले पुलस्त्य र पुलह ऋषिले पहिलो पटक होम गरेको ऐतिहासिक तपोभूमिको रूपमा यस क्षेत्रको महत्व रहेको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । पुलहाश्रमसँगै यस क्षेत्रमा अन्य ओझेलमा परेका र पत्ता लगाउन नसकिएका थुप्रै तीर्थस्थल रहेकाले यसको अन्वेषण गरी महत्व र महिमालाई बाहिर ल्याउनुपर्ने उहाँको भनाइ रहेको छ । पछैमा रहेको हवन कुण्डमा रहेको चरुलाई हावाले नष्ट नगरोस् भन्ने उद्देश्यले ऋषिहरूले विशाल शिलाले त्यसलाई सुरक्षित गरेको किम्बदन्ती रहेको पुलस्त्य पुलहाश्रम क्षेत्र विकास समितिका उपाध्यक्ष तेजप्रकाश बानियाँले बताउनुभयो । उहाँका अनुसार धार्मिक, ऐतिहासिक महत्व बोकेको र प्राकृतिक रूपमा मनोरम ठाउँ भएकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचार प्रसारमार्फत पर्यटन विकासमा जोड दिइएको छ । ऐतिहासिक महत्व बोकेको पुलहाश्रम क्षेत्रको धार्मिक पर्यटन विकासका…
पूरा पढ्नुहोस् ...
बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

बेलुका ७ बजेपछि भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक

खोटाङ, २ भदौ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बेलुका ७ बजेपछि धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा किरात ऐतिहासिकस्थल मझुवागढी प्रवेशमा रोक लगाएको छ । सौन्दर्यकरण गर्नेक्रममा झिलीमिली बत्तीसहित विभिन्न संरचना तयार गरिएसँगै राति अबेरसम्म मानिसहरुको भीडभाड तथा होहल्ला हुन थालेपछि नगरपालिकाले भदौ १ गतेबाट लागू हुने गरी बेलुका ७ बजेपछि भगवती मन्दिर तथा मझुवागढी प्रवेशमा रोक लगाएको हो । कालिका भगवती मन्दिर तथा मझुवागढीमा राति अबेरसम्म मानिसको भीडभाड तथा होहल्ला भएको गुनासो आएपछि शान्ति सुरक्षाको दृष्टिकोणले बेलुका ७ बजेपछि आवतजावतमा रोग लगाइएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो । “धार्मिक तथा पर्यटकीयस्थल कालिका भगवती मन्दिर तथा मझुवागढी प्रवेशका लागि निश्चित समय निर्धारण गर्नुपर्ने सुझाव आएको छ, जिल्ला सुरक्षा समिति तथा स्थानीयको सुभावको आधारमा हाटडाँडाको मुख्य प्रवेशद्वारबाट बेलुका ७ बजेपछि प्रवेश निषेध गरिएको छ”, उहाँले भन्नुभयो, “बेलुका ९ बजेपछि सम्पूर्ण बत्ती बन्द गरिन्छ, यदी कोही व्यक्ति तोकिएको समयभन्दा अगाडि नै प्रवेश गरेको भए राति ८ बजेभित्र प्रवेशद्धारभन्दा बाहिर निस्कनुपर्नेछ ।” नगरपालिकाले रातको समयमा धार्मिक तथा पर्यटकीयस्थल प्रवेशमा रोक लगाएको बारेमा औपचारिक सूचनासमेत जारी गरेको छ । नगरपालिकाको निर्णयलाई बेवास्ता गरेको खण्डमा नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाइने वडा नं ५ लफ्याङका वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै रहेको कालिका भगवती मन्दिर…
पूरा पढ्नुहोस् ...
पाल्पामा सिन्दुरजात्रा निकालियो

पाल्पामा सिन्दुरजात्रा निकालियो

तानसेन (पाल्पा), १ भदौः नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो । यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली सेनाले भगवतीको रथलाई १२ः३० बजे सलामी दिएर तीन पटक मन्दिर परिक्रममा गराएपछि रथ निकालिएको हो । रथलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले बलि चढाएपछि तानसेनको परिक्रममा गराइएको छ । रथलाई कुमाल समुदायका युवाले काँधमा बोकी नगर परिक्रमा गराएका हुन् । जात्राको अघिल्लो दिन अर्थात् श्रीकृष्णजन्माष्टमीका दिनदेखि एसियाको ठूलो ढोका मानिने मूल गेट खुला गरिएको थियो । पञ्चेबाजा, लाखेनाच, भजनकीर्तनसहित सांस्कृतिक झाँकीद्वारा रथलाई नगर परिक्रमा गराइएको थियो । जात्रालाई नगरपरिक्रमा पछि मन्दिर परिसरमा पु¥याई विसर्जन गरिने मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार महर्जनले जानकारी दिनुभयो । अहिले नगरका विभिन्न स्थानमा रथ परिक्रम गर्ने काम भइरहेको जनाउँदै उहाँले रथलाई मध्यरातमा पञ्चबलिसहित सलामी अर्पण गरी विधिवत् रूपमा पूजाआरधाना गरिएको बताउनुभयो । रथ यात्रामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, पत्रकार, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको बाक्लो उपस्थिति छ । जात्रा अवलोकनका लागि गुल्मी, अर्घाखाँची, स्याङ्जा, पर्वत, कास्की, रुपन्देहीलगायत जिल्लाबाट श्रद्धालु भक्तजन यहाँ…
पूरा पढ्नुहोस् ...
थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

कञ्चनपुर, ३१ साउनः यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो । परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङको प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताउनुभयो । “पहिला अष्टिम्कीका अवसरमा घरको बैठक कोठामा सुन्दर र आकर्षक चित्र बनाउने हतारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “कसैले परम्परागत तरिकाले तयार गरेका रङ र कसैले बजारबाट खरिद गरेर ल्याएका रङको प्रयोग गरी चित्र बनाउनमा व्यस्त हुन्थे, विशेषगरी व्रतालु महिलाहरू चित्र बनाउने कार्यमा संलग्न हुन्थे ।” उहाँका अनुसार कुनै गाउँमा वरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर सामूहिक रूपमा त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो । “अष्टिम्की पर्वका अवसरमा आजभोलि पनि पूजा हुन्छ, तर परम्परागत शैली परिवर्तन भएको छ”, शुक्लाफाँटा नगरपालिका–१० का गुरुवा हिमाली चौधरीले भन्नुभयो, “पहिलेको जस्तो चित्र बनाउन जान्ने बूढापाका गाउँमा छैनन्, युवाहरूले सीप सिक्नै मान्दैनन् । सोही कारणले बजारबाट बनिबनाइएका अधुनिक पोष्टर ल्याएर पूजा गर्ने चलन चल्न थालेको छ ।” थारू समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीमा मानव जातीले…
पूरा पढ्नुहोस् ...
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

धरान (सुनसरी), ३१ साउनः पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोजना गरिएको हो । पर्यटन प्रवर्द्धन, स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पेडलर्स धरानका अध्यक्ष किसान मास्केले बताउनुभयो । उहाँका अनुसार आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, विजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी, नयाँ बसपार्क, हरियाली चोक, दिपेन्द्र चोक हुँदै सबै मठमन्दिर, धरानका धार्मिकस्थलमा पुगेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर सम्पन्न भएको हो । करिब ३२ किलोमिटर दूरीमा भएको राइडमा दुई सय राइडर्सहरूले सहभागिता जनाएका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । “सहभागी राइडर्सबाट प्रतिव्यक्ति रु तीन सय लिइएको हो । पेडलर्सले समाजसेवालाई प्राथमिकतामा राखी लिएको उक्त शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ”, उहाँले भन्नुभयो । गत वर्षको कोरा राइडबाट सङ्कलन भएको रकमले धरान–१४ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले उल्लेख गर्नुभयो । आज राइडमा सहभागी सम्पूर्ण राइडर्सलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको बताउँदै उहाँले सुनसरीसहित झापा, मोरङलगायत विभिन्न ठाउँबाट सहभागिताका लागि आउनुभएको जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन गर्ने…
पूरा पढ्नुहोस् ...
पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

ढोरपाटन (बागलुङ), ३० साउन : चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् । ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् । ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्रकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । जल्पातालमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उहाँको तर्क छ । तालसम्म पुग्ने…
पूरा पढ्नुहोस् ...
ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर, ३० साउनः मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा बिहीबार सम्पन्न भएको हो । कुनै पनि दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । ललितपुरका छ कूलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने प्रचलन छ । यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो । विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ । नृसिंहतिर फर्केर हातमा धूप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ । नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा छ जोडी कन्याको पनि सहभागिता रहने गर्दछ । जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ । जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजापाठ गर्नुका साथै…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.