KhojSansar

हाइकिङको ६१ औँ शृङ्खलामा समेटियो ‘नौमती बाजा पार्क’ क्षेत्र

Khoj Sansar News

गण्डकी, २ भदौ: हाइकर्स क्लब नेपालले आफ्नो ६१औँ शृङ्खलामा कास्कीको पर्यटकीयस्थल नौमती बाजा पार्क क्षेत्र गन्तव्यमा समेटिएको छ ।

विगत छ वर्षयता प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई हाइकिङका माध्यमबाट प्रवर्द्धन गर्दै आएको क्लबले यस शृङ्खलामा ती गन्तव्यलाई समेटेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले जानकारी दिनुुभयो ।

यस शृङ्खलाअन्तर्गत हेमजाको सुइखेतबाट हेम्जाकोट सामुदायिक होमस्टे, धिताल होमस्टे हुँदै अस्तामको नौमती बाजापार्क, अस्ताम गाउँ, झिझिर्कालगायत स्थानको प्रव््द्धनात्मक हाइकिङ गरिएको उहाँले बताउनुभयो ।

एक दिवसीय पदयात्राका साथै मर्दी हिमालको पदयात्राका लागि यो क्षेत्र आकर्षक गन्तव्यजस्तै बनेको छ । पछिल्लो समय पदयात्राका लागि यस क्षेत्रमा आउने पर्यटकको आकर्षण दिनानुदिन बढिरहेको धिताल होमस्टेका सञ्चालक विशाल पौडेलले बताउनुभयो ।

कास्कीको माछापुच्छ्रे« गाउँपालिका–६ अस्तामस्थित नौमती बाजा पार्क यस क्षेत्रको महत्त्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकास भएको क्लबका अध्यक्ष रानाभाटले जानकारी दिनुुभयो ।

समुन्द्री सतहबाट एक हजार ५०० पचास मिटरको उचाइमा रहेको पार्क प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यहाँबाट अन्नपूर्ण र माछापुच्छ्रेलगायत हिमश्रृखला एवम् प्राकृतिक सौन्दर्य अवलोकन गर्दै आनन्द लिन सकिन्छ ।

पार्कमा नर्सिङ्गा, सनई, सानो तथा ठूलो दमाहा, ट्याम्को, झ्याली, ढोलकजस्ता बाजा सजाएर राखिएका छन् । -रासस

सम्बन्धित समाचारः

  • मनमोहक तनहुँको दुबुङ गाउँ   

  • अमाह सिमसार पर्यटकीय गन्तव्य

  • प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

  • बालाचतुर्दशीः डोलेश्वर, ज्योतिर्लिङ्गेश्वर, गोकुलधाम र पुर्तिघाट घुमाउनेमा छरियो शतबीज

  • रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.