KhojSansar

संस्कृति/पर्यटन

थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

कञ्चनपुर, ३१ साउनः यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो । परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङको प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताउनुभयो । “पहिला अष्टिम्कीका अवसरमा घरको बैठक कोठामा सुन्दर र आकर्षक चित्र बनाउने हतारो हुन्थ्यो”, उहाँले भन्नुभयो, “कसैले परम्परागत तरिकाले तयार गरेका रङ र कसैले बजारबाट खरिद गरेर ल्याएका रङको प्रयोग गरी चित्र बनाउनमा व्यस्त हुन्थे, विशेषगरी व्रतालु महिलाहरू चित्र बनाउने कार्यमा संलग्न हुन्थे ।” उहाँका अनुसार कुनै गाउँमा वरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर सामूहिक रूपमा त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो । “अष्टिम्की पर्वका अवसरमा आजभोलि पनि पूजा हुन्छ, तर परम्परागत शैली परिवर्तन भएको छ”, शुक्लाफाँटा नगरपालिका–१० का गुरुवा हिमाली चौधरीले भन्नुभयो, “पहिलेको जस्तो चित्र बनाउन जान्ने बूढापाका गाउँमा छैनन्, युवाहरूले सीप सिक्नै मान्दैनन् । सोही कारणले बजारबाट बनिबनाइएका अधुनिक पोष्टर ल्याएर पूजा गर्ने चलन चल्न थालेको छ ।” थारू समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीमा मानव जातीले…
पूरा पढ्नुहोस् ...
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

धरान (सुनसरी), ३१ साउनः पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोजना गरिएको हो । पर्यटन प्रवर्द्धन, स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पेडलर्स धरानका अध्यक्ष किसान मास्केले बताउनुभयो । उहाँका अनुसार आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, विजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी, नयाँ बसपार्क, हरियाली चोक, दिपेन्द्र चोक हुँदै सबै मठमन्दिर, धरानका धार्मिकस्थलमा पुगेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर सम्पन्न भएको हो । करिब ३२ किलोमिटर दूरीमा भएको राइडमा दुई सय राइडर्सहरूले सहभागिता जनाएका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । “सहभागी राइडर्सबाट प्रतिव्यक्ति रु तीन सय लिइएको हो । पेडलर्सले समाजसेवालाई प्राथमिकतामा राखी लिएको उक्त शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ”, उहाँले भन्नुभयो । गत वर्षको कोरा राइडबाट सङ्कलन भएको रकमले धरान–१४ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले उल्लेख गर्नुभयो । आज राइडमा सहभागी सम्पूर्ण राइडर्सलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको बताउँदै उहाँले सुनसरीसहित झापा, मोरङलगायत विभिन्न ठाउँबाट सहभागिताका लागि आउनुभएको जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन गर्ने…
पूरा पढ्नुहोस् ...
पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

पदमार्गको अभाव हुँदा ओझेलमा जल्पाताल

ढोरपाटन (बागलुङ), ३० साउन : चारैतिर अग्ला पहाड । बीचमा टक्क अडिएकोे निश्चल पानी । शान्त र मनोरम वातावरण । स्वच्छ, सुन्दर तलाउ आगन्तुकलाई स्वागत गर्न तत्पर छ । अनेक रङ्गका फूलले यहाँको वातावरण मनमोहक बनाएको छ । यहीँ दृश्य अवलोकन गर्न जल्पातालमा पुग्ने मोहित हुन्छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ मा पर्ने जल्पाताल निकै आकर्षक छ । समुद्री सतहबाट चार हजार ४०० मिटरको उचाइमा रहेको जल्पाताल सम्भावना भएर पनि गुमनाम छ । बर्खाका बेला जल्पाताल वरपरको पाटनमा भेडा चराउन गोठाला पुग्छन् । स्वर्गसरी पाटनहरूमा बर्खाको चार महिना बिताउँछन् । भेडी गोठाला पुगेको जल्पातालसम्म पर्यटक भने खासै पुग्न सकेका छैनन् । ताल बागलुङको ढोरपाटन नगरपालिका र रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने हुँदा दुई जिल्लाका गोठाला यहाँ बस्ने गरेका छन् । ढोरपाटन उपत्यकाबाट दुई दिनको पैदलयात्रामा जल्पाताल पुग्न सकिन्छ । तर अहिलेसम्म यस तालसम्म पुग्ने गतिलो पदमार्गको अभाव छ । छिटफुट पुग्ने पर्यटक अन्दाजकै भरमा जल्पातालसम्मको यात्रा गरेर फर्कन्छन् । ढोरपाटनको पाखाथरबाट गर्पाछेडा, फुर्से देउराली, फागुन हुँदै जल्पाताल पुग्न सकिन्छ । पर्यटकलाई तालको सुन्दरता र त्यस वरपरको प्रकृतिक दृश्यावलोकन गराउनका लागि प्रचारप्रसार गर्न आवश्यक रहेको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । जल्पातालमा अहिलेसम्म पर्यटक पुर्याउन नसकेको भन्दै राज्यले नै प्रचारप्रसार गर्नुपर्ने उहाँको तर्क छ । तालसम्म पुग्ने…
पूरा पढ्नुहोस् ...
ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ऐतिहासिक नृसिंह जात्रा सम्पन्न

ललितपुर, ३० साउनः मल्ल राजा सिद्धिनरसिँहको पालादेखि यहाँ हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा बिहीबार सम्पन्न भएको हो । कुनै पनि दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ । ललितपुरका छ कूलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने प्रचलन छ । यसपाली गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो । विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर सहर परिक्रमा गराइन्छ । नृसिंहतिर फर्केर हातमा धूप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन रहेको छ । नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा छ जोडी कन्याको पनि सहभागिता रहने गर्दछ । जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भाञ्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ । जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बङ्गलामुखी, कोबहाल, मङ्गलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टङ्गाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ । जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजापाठ गर्नुका साथै…
पूरा पढ्नुहोस् ...
जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मौलिक नाचहरु

जीवित सङ्ग्रहालयको पहिचान बोक्दै मौलिक नाचहरु

भक्तपुर, २९ साउनः मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि यतिखेर राति पनि ब्युझिरहेको छ । विभिन्न देवीदेवताका मुकुण्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवन्त राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याखँ, भैल प्याङ्ख, सलचा प्याङ्खजस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रूपमा यथावत राख्न सफल भएको नगर भैरव नाचका गुरु एवम् संस्कृतिविद् अर्जुन श्रेष्ठ बताउनुहुन्छ । यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको फरकफरक नाचको प्रर्दशन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएके छन् । मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुण्डो धारण गरेर नाचिने यस्ता नाच कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइनन् । यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवम् नाचका गुरु बताउछन् । यी नाचको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको हजारौँ रातको पर्वाह नगरी सहभागी हुनेगरेका छन् । यसवर्ष मध्यपुरथिमिमा तान्त्रिक र दैवी शक्ति बोकेको नीलबाराही नाच, भैरव नाच र सलचाँ नाच प्रर्दशन…
पूरा पढ्नुहोस् ...
धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

धार्मिक पर्यटनको गन्तव्य बन्दै बडिमालिका

सुदूरपश्चिम, २९ साउनः भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ । भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ । यहाँ भगवान् शिवले लामो समय बसोबास गर्नुभएको धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिनुभयो । हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन् । यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन् । समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन् । खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ । यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ…
पूरा पढ्नुहोस् ...
बागलुङमा बर्खेजात्राको रौनक

बागलुङमा बर्खेजात्राको रौनक

गलकोट (बागलुङ), २८ साउन: असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो, पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो । मङ्गलबार बागलुङ बजारमा नेवारी समुदायले निकालेको रोपाइँजात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो यो । उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरू अवस्थामा सजिएका छन् । केही पुरुषहरु भने बाउँसेको भूमिकामा छन् । बागलुङ बजारमा अहिले दैनिक जसो नेवारी समुदायको जात्रा हेर्न पाइन्छ । यहाँको पुरानो नाचमध्येका लाखे, होवा, घोडा, रोपाइँजस्ता विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुल्जार छ । घण्टा कर्णको अघिल्लो दिन लाखेनाच देखाएर सुरु भएको जात्रा आगामी भदौ ११ गतेसम्म चल्ने छ । बर्खे जात्राको रुपमा भने गाईजात्राको दिनबाट लिने गरिएको छ । नेवारी समुदायको लोपोन्मुख संस्कृतिका रुपमा रहेको नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । बर्खे जात्रा संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेपछि विभिन्न नाचहरु थप रोमाञ्चित भएका छन् । बागलुङको बर्खेजात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् । बर्खे जात्रा नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायत नाचहरू प्रदर्शन गरिनेछ । अहिलेसम्म लाखे, कटुवाल, होवा र रोपाइँ नाच प्रदर्शन गरिसकेको छ । नेपाल भाषा मंका खलःको आयोजनामा अन्य पाँच संस्थाको समन्वयमा बर्खेजात्रा सञ्चालन गरिएको छ…
पूरा पढ्नुहोस् ...
च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भोजपुर, २८ साउन: पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको घेराबारा, फूल रोप्ने टनेल, टायलसहितको फुटपाथ निर्माण गरिएको छ । पोखरी तथा पञ्चकन्या देवस्थलको विकास तथा विस्तारका लागि गाउँपालिकाले मुअब्जा दिएर यहाँका दुई वटा घर र तीन कित्ता जग्गा अधिग्रहण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । यहाँ विश्रामस्थल, बालबालिका र ज्येष्ठ नागरिकका लागि पार्क निर्माण भइरहेको छ । पोखरीको बृहत्तर विकासका लागि गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेर थप विकास तथा संरक्षण गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । पोखरीको मौलिकता जोगाउँदै संरक्षण गरिएको अध्यक्ष राईको भनाइ छ । “गाउँपालिकाको पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रूपमा लागेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको डिपीआर बनाइसकेका छौँ । च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ ।” विगतमा च्याङ्ग्रा आएर पोखरीको पानी खाने, पानी खाएर पोखरीमै दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामकरण गरिएको स्थानीय नीरबहादुर फुयालको भनाइ छ । पोखरीकै छेउको रहेको पञ्चकन्या मन्दिरमा विभिन्न समयमा भक्तजनको जमघट…
पूरा पढ्नुहोस् ...
मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

भक्तपुर, २७ साउन : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म मनाइने १९ देवगण सम्मिलित बोडेको प्रसिद्ध नीलबाराही नाच गए रातिबाट सुरु भएको छ । बोडेमा मनाइने नीलबाराही नाच गाईजात्राको भोलिपल्टको मध्यरातिबाट बोडेको अखा द्यों छेँ अर्थात् देवता घरबाट सुरु भई रातभर सहरका विभिन्न चोक एवं टोलमा नाचिरहेको र स्थानीयले पूजा गरिरहेको मध्यपुरथिमि नगरपालिका–८ बोडेका वडाध्यक्ष एवं नीलबाराही नाचका संरक्षक रमेश थापा श्रेष्ठले जानकारी दिनुभयो । मध्यरातिबाट सुरु भएको नाचपछि भोलिपल्टको बिहान टोलवासीको पूजा गर्नेको घुइँचो लाग्ने गर्छ । बिहान नीलबाराही नाचका सबै देवगणलाई स्थानीयले पूजा गर्ने गर्छन् । यो क्रम चार रात र बिहान चल्ने गर्छ । नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र दवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ । त्यसैगरी मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि गए रातिबाट तान्त्रिक शक्ति रहेको भैलः प्याखँ (भैरव नाच) प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलिपल्ट अर्थात् भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया)देखि पञ्चमीसम्म चार रात मध्यपुरथिमिमा भैरव नाच प्रदर्शन हुनेछ । भैलः प्याखँमा न्हापाँ र लिपाँ गरी दुई जना भैलः, न्हापाँ र लिपाँ गरी दुई जना दाँगी र एक जनाज्यापुंगको भेषमा नाचिन्छ भने धाँ, मुहालीलगायतका बाद्यवाधक एवं सहयोगीसमेत गरी एक सय जनाको समूह सक्रिय रूपमा सहभागी भइरहेका छन् । श्री नगदेश ऐतिहासिक सांस्कृतिक भैलः पुचःले…
पूरा पढ्नुहोस् ...
बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा टोलटोल घुमाएर मनाइयो

बाह्र वर्षे चण्डेश्वरी अजिमा जात्रा टोलटोल घुमाएर मनाइयो

भक्तपुर, २६ साउनः भक्तपुरमा १२ वर्षमा एक पटक मनाइने चण्डेश्वरी अजिमा जात्रा मनाइएको छ । लिच्छविकालीन जात्राको रूपमा मनाउदै आइएको जात्रा प्रत्येक १२ वर्षमा एक पटक गाईजात्राको भोलिपल्ट मनाउने परम्पराअनुसार आज मनाइएको हो । त्यस क्रममा चण्डेश्रवी अजिमाको मूर्तिलाई खटमा बिराजमान गराई खटलाई चासुखेल चण्डेश्वरी मन्दिर हुँदै सुकुलढोको, पाँचतले मन्दिर, टौमढीलगायत टोलटोलमा घुमाएर मनाएको हो । इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर चण्डेश्वरीको यो जात्रा लिच्छविकालीन समयदेखि प्रचलनमा आएको अध्ययनले देखाएको बताउनुभयो । उहाँले आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा जात्राको सुरु भएको अध्ययनबाट प्रमाणित भएकाले बताउनुभयो । यसअघि विसं २०४२, २०५२, २०६२ र २०७२ देखि जात्रा मनाइने गरेको स्थानीय बुद्धकृष्ण कर्माचार्यले जानकारी दिनुभयो । विसं २०४२ भन्दा अगाडि १२ वर्षे जात्रा ३० वर्षसम्म सञ्चालन हुन नसकी रोकिएकामा निलबाराही धान नपाक्ने समस्या आएपछि जात्रा पुनः सुरु भएको इतिहास रहेको उहाँले बताउनुभयो । चण्डेश्वरी मचा खलका अध्यक्ष विजयराम माकले विसं २०५२ विपद् अन्त्यका लागि भन्दै जात्रा मनाएको र २०६२ सालमा चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएपछि नयाँ देवता बनाएर मनाइएको स्मरण गर्नुभयो । विसं २०७२ साल वैशाख १२ गतेको महाभूकम्पपछि सोही वर्ष पनि जात्रा मनाइएको उहाँले जानकारी दिनुभयो । यसवर्ष पनि जात्रा मनाउने विशेष पूजा गरी जात्रा मनाइएको जात्रा व्यवस्थापन समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जानकारी दिनुभयो । शक्तिकी देवीको रूपमा मानिदै चाँपको काठबाट…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.