१० महिना अगाडि
१० महिना अगाडि
भक्तपुर, २९ साउनः मूर्त कला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्त कला, संस्कृति, पर्व एवम् परम्पराको भण्डार ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक वर्ष वैशाख २ गते सिन्दुर जात्रा, जिब्रो छेड्ने जात्राले मात्रै होइन, गाईजात्राको भोलिपल्ट द्वितीयादेखि पञ्चमीसम्म चार दिन तीन रात अनवरत रूपमा टोलटोलमा नाचिने विभिन्न देवीदेवताका नाचले मध्यपुरथिमि यतिखेर राति पनि ब्युझिरहेको छ । विभिन्न देवीदेवताका मुकुण्डो धारण गरी धार्मिक, सांस्कृतिक र ऐतिहासिकतालाई जीवन्त राख्दै मध्यपुरथिमिको टोलटोलमा नीलबाराही प्याखँ, भैल प्याङ्ख, सलचा प्याङ्खजस्ता नाचहरु नाच्दै देवीदेवताको पहिचानलाई जीवित सङ्ग्रहालयको रूपमा यथावत राख्न सफल भएको नगर भैरव नाचका गुरु एवम् संस्कृतिविद् अर्जुन श्रेष्ठ बताउनुहुन्छ । यतिखेर विभिन्न बाजाको तालमा विभिन्न धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको फरकफरक नाचको प्रर्दशन हेर्दा यहाँको कला, संस्कृतिको धरोहरलाई जीवन्त राख्न यहाँका बासिन्दा निकै जुर्मुराएके छन् । मध्यपुरथिमिभित्र विभिन्न देवीदेवताको मुकुण्डो धारण गरेर नाचिने यस्ता नाच कुनै डबलीमा प्रस्तुत गरिने नाटकीय भने होइनन् । यी नाचभित्र तान्त्रिक र दैवी शक्तिको बास हुने यहाँका धार्मिक एवम् नाचका गुरु बताउछन् । यी नाचको अवलोकन गर्न मध्यपुरथिमिको बासिन्दा मात्रै होइन, उपत्यकाका नेवार समुदायको बाहुल्यतासँगै अन्य जातजातिसहितको हजारौँ रातको पर्वाह नगरी सहभागी हुनेगरेका छन् । यसवर्ष मध्यपुरथिमिमा तान्त्रिक र दैवी शक्ति बोकेको नीलबाराही नाच, भैरव नाच र सलचाँ नाच प्रर्दशन…