KhojSansar

संस्कृति/पर्यटन

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

फुङ्लिङ (ताप्लेजुङ), २१ साउनः मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ । लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो । ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन् । हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल, धार्मिक पर्यटकका लागि पाथीभरा, हरियाली फाँट, बुकी फूल तथा पोखरीहरूको अवलोकनका लागि लादेन क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य हुन् । यस क्षेत्रमा प्रत्येक वर्ष जडीबुटी सङ्कलन गर्ने मिलन लिम्बूका अनुसार हरियाली घाँसेमैदानमा रहेको लामपोखरी यस क्षेत्रकै ठूलो पोखरी हो । यहाँका पोखरी हेर्दा अरुको तुलनामा लामपोखरी ठूलो देखिए पनि यस पोखरीको अध्ययन, अनुसन्धान कुनै निकाय गरेको छैन । यो पोखरीसँग धेरै किंवदन्ती कथासँग जोडिएको मिक्वाखोला गाउँपालिका–५ का वडा सदस्य तथा स्थानीय तोप्ला शेर्पाले बताउनुभयो । यस पोखरीलाई त्यहाँको स्थानीय शेर्पा समुदायले छोनासिङ पोखरी भन्ने गरेको शेर्पाले बताउनुभयो । यहाँ पुग्ने जोकोहीलाई यस पोखरीले लोभयाउने गर्छ । शेर्पा समुदायका अनुसार पोखरी धार्मिक, सांस्कृतिक र प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । हरियाली डाँडाबीच रहेको अण्डाकार पोखरीको वरिपरि हरियाली दृश्यले यो क्षेत्र झनै सुन्दर देखिन्छ । मिक्वाखोला–५ सिम्बुकका पान्दे शेर्पाका अनुसार पोखरी अवलोकन गर्न आउने पर्यटक पोखरीको छेउमा बसेर शान्तिको अनुभूति लिने र तस्बिर कैद गरेर फर्कने गरेका छन् । यस क्षेत्रको प्रवर्द्र्धनका लागि सरोकारवालाले अहिलेसम्म खासै योजना…
पूरा पढ्नुहोस् ...
पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

ढोरपाटन (बागलुङ), २१ साउन : ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो । भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन । गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् । विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमश्रृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो । बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याउनुभएको हो । थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उहाँहरुले स्वागत…
पूरा पढ्नुहोस् ...
पर्वतमा रु चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

पर्वतमा रु चार करोड बढीका पर्यटन पूर्वाधार थपिँदै

पर्वत, २० साउनः पर्वतमा चालु आर्थिक वर्ष २०८२/८३ मा पर्यटन पूर्वाधारका एक सय ११ वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत जिल्लामा सञ्चालित पर्यटन तथा उद्योग कार्यालयले जिल्लाका सातवटै पालिकामा रहेका धार्मिक तथा पर्यटकीयस्थलमा रु चार करोड ११ लाख बजेटका पूर्वाधार निर्माण गर्ने भएको हो । जिल्लामा रहेका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रमा भक्तजन तथा पर्यटकको थप आकर्षणका लागि पूर्वाधार थप गर्न थालिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । जिल्लाको कुश्मा नगरपालिकामा सबैभन्दा बढी २९ वटा आयोजना थपिने कार्यालयका प्रमुख पोषनाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार फलेबास नगरपालिकामा २६, मोदी गाउँपालिकामा १३, जलजला गाउँपलिकामा पाँच, पैँयु गाउँपालिकामा १७, विहादी गाउँपालिकामा ११ र बाँकी महाशिला गाउँपालिकामा आयोजना कार्यान्वयन गर्न थालिएको हो । पर्यटकीय संरचनामा मन्दिर निर्माण तथा जीर्णोद्धार र रङरोगन, विश्रामस्थल निर्माण, पदमार्ग, सामुदायिक भवन, उद्यान, बगैँचा तथा पार्क निर्माण, घरबास सुधारलगायत संरचना बनाइने भएको प्रमुख शर्माले बताउनुभयो । पछिल्लो समय शाहसिक पर्यटनको केन्द्र बन्दै गएको जिल्ला सदरमुकाम कुश्मा बजारमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा रहेका पर्यटकीयस्थलमा पु¥याउन सकियोस् भन्ने उद्देश्यले धार्मिक तथा पर्यटकीयस्थलमा पूर्वाधार थप गर्न लागिएको उहाँको भनाइ छ । शर्माका अनुसार कुश्मा नगरपालिकामा रु एक करोड ६० लाख, फलेवास नगरपालिकामा रु एक करोड ४० लाख, मोदीमा रु ६५ लाख, जलजलामा रु २५ लाख,…
पूरा पढ्नुहोस् ...
आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

भोजपुर, १९ साउन : भोजपुरको षडानन्द नगरपालिका– ३ खार्तम्छामा रहेको छाँगे झरनाको आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । एक सय ३९ मिटर उचाइ रहेको यो झरनाको संरक्षण गरिएसँगै पर्यटकीय गन्तव्यका रुपमा स्थापित भएको हो । भोजपुरको सबैभन्दा अग्लो यो झरनाको षडानन्द नगरपालिका र कोशी प्रदेश सरकारको बजेटमा पदमार्ग निर्माणसँगै आवश्यक संरचना निर्माण गरिएको छ । झरनाको संरक्षणसँगै यसको प्रचार प्रसारमा जोड दिइएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताउनुभयो । यो स्थानलाई एक स्थापित पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ विकासमा जोड दिएको उहाँको भनाइ छ । “छाँगे झरनाको विकास तथा संरक्षणमा जुटेका छौँ” प्रमुख उदासले भन्नुभयो,“झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर बाटोसँगै आवश्यक संरचना निर्माण गरेका छौँ । यो झरना हाम्रो नगरको एक महत्वपूर्ण पर्यटकीयस्थल हो ।” यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेटेर एकीकृत विकासमा जोड दिएको प्रमुख उदासले जानकारी दिनुभयो । सतीघाटमा रहेको सती ढुङ्गाको संरक्षणबाट कुन्सालिङ डाँडा, हाँस पोखरी साउने डाँडाहुँदै, छाँगे झरना र त्यहाँबाट नेपाले डाँडाको ओमकार शक्ति पिठ, योगमायाको समाधीस्थल मजुवाबेँसीलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्रको रुपमा वृहत्तर विकास गर्ने योजना रहेको प्रमुख उदासले बताउनुभयो । यो झरना हेर्न आन्तरिक पर्यटक पुग्ने गरेका छन् । देश तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्ने स्थानीयवासी सुरज बस्नेतले बताउनुभयो । झरना भएको स्थलमा खानेपानीको व्यवस्थासँगै बस्नका लागि फलैचासमेत निर्माण…
पूरा पढ्नुहोस् ...
बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

हेटौँडा (मकवानपुर), १८ साउनः “हामी खोला र वनका रक्षक हौँ, अपराधी होइनौँ, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ”, माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बन्नुभएकी मकवानपुरको मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटेले भन्नुभयो । माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उहाँको माग छ । कान्छीमाया भन्नुहुन्छ, “वन र खोलामा नजाने हो भने घर चल्दैन, जाने हो भने निकुञ्जले समातेर आधाबार पुर्याउँछ र अपराधीजस्तो महसुस गराउँछ । त्यसैले सरकारले हाम्रो परम्परगत सीप र जीवनशैली बुझिदिनुपर्छ ।” खोलामा माछा मार्ने विकल्पका रूपमा धन कमाउन विदेश गएको २७ वर्षीय छोराको शव फर्किएको घटना सम्झँदै उहाँ भन्नुहुन्छ, “हामीलाई विदेशमा मर्न बाध्य नबनाऊ सरकार, हाम्रो आफ्नै पहिचान छ, जुन वातावरणमैत्री नै हो ।” उहाँका अनुसार बोटे समुदाय प्रकृति पुजारी भएकाले प्रकृतिलाई क्षति नपुर्याई जीवन धान्ने गरिएको थियो । सामुदायिक वन भने पनि पस्न नपाउने भएकाले त्यो समुदायको हो भन्नेसम्म पनि नलागेको कान्छीमाया बताउनुहुन्छ । राप्ती खोलामा माछा मार्न नपाइने र जङ्गलमा जान नपाइने अवस्था आएपछि बोटे समुदाय परम्परागत पेसाबाट विस्थापित हुँदै गएको कान्छीमायाले बताउनुभयो । उहाँका अनुसार बोटे समुदायको परम्परागत पेसा माछा मार्ने र डुङ्गा चलाउने हो, तर पर्सा र चितवन राष्ट्रिय निकुञ्जको छेउबाट बग्ने राप्ती नदीमा माछा मार्न प्रतिबन्ध लगाइएपछि करिब ५० घर रहेको बोटे बस्ती रोजगारीविहीन बन्दै गएको छ । कान्छीमाया भन्नुहुन्छ, “माछाबिना…
पूरा पढ्नुहोस् ...
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो

लुम्बिनी, १७ साउन : नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ हरेक वर्ष श्रावणी मेलामा जलार्पणका लागि दर्शनार्थीको ठूलो भीड लाग्ने गर्छ । विशेष गरी साउन महिनाभरी पहेँलो बस्त्रधारी दर्शनार्थी यहाँ आउने गर्दछन् । प्राचीन शिवालय पर्रोहा बोलबम धाममा रहेको शिव ज्योर्तिलिङ्गमा हरेक वर्षको गुरूपूर्णिमादेखि जनैपूर्णिमासम्म जलार्पण गर्ने परम्परा छ । यहाँ जलार्पण गरे पाप नष्ट हुने, परिवारका सदस्यको दीर्घायु हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । धामका प्रमुख संरक्षक आचार्य किशोरकुमार गौतमले सोमबार मात्र नभएर अन्य दिनमा ठूलो सङ्ख्यामा भक्तजनले गङ्गाजल अर्पण गर्ने गरेको बताउनुभयो । साउन महिनामा ज्योर्तिलिङ्गमा गङ्गाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरेमा भगवान् शिव खुसी भई मनोकांक्षा पूरा गरिदिने जनविश्वास छ । उक्त ज्योर्तिलिङ्गमा अर्पण गर्न कपिलवस्तुको लक्ष्मणघाट, गुल्मीको कालिगण्डकी, चितवनको देवघाट र नवलपरासीको त्रिवेणीघाटबाट गङ्गाजल ल्याउने चलन छ । काँवरमा गङ्गा जल बोकेर कोही पैदल त कोही सवारीसाधनमा बोलबमको नारा लगाउँदै हिँडेका बोलबम यात्रीहरुले यस क्षेत्रलाई रमाइलो बनाएका छन् । यहाँ मेला भर्न रुपन्देही, कपिलवस्तु, नवलपरासी र पाल्पाका अतिरिक्त फाटफुट रुपमा पूर्वको मेचीदेखि पश्चिमको महाकाली एवं राजधानीबाट भक्तजन आउने गर्दछन् । भारतको उत्तरप्रदेश र बिहार क्षेत्रबाट भक्तजन आउने गर्दछन् । यहाँ अहिले पहेँलो बस्त्र, ग्यालन, फलफूल र पूजा सामग्रीको व्यापार फस्टाएको छ…
पूरा पढ्नुहोस् ...
छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

मुगु, १७ साउनः हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको तीर्थयात्रा शुक्रबारदेखि सुरु भएको छ । सिञ्जा सभ्यताको ऐतिहासिक केन्द्र मानिने छायाँनाथ धाममा साउन महिनासँगै भक्तजनको आगमन सुरु भएको हो । यस वर्ष पहिलो पटक शिवजीको प्राचीन मूर्तिको पूजाआराधना गर्दै यात्राको औपचारिक सुरुआत गरिएको छ । मन्दिर परिसरमा नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय पुरोहित, पुजारी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीय श्रद्धालु भक्तजन तथा जनप्रतिनिधिको उपस्थितिमा छायाँनाथ मन्दिर परिसरमा विशेष पूजाआजा गरी यात्रा आरम्भ गरिएको हो । धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिने मुगुम कार्मारोङ गाउँपालिका–१ छायाँक्षेत्र चार हजार ५०० मिटरको उचाइमा छ । यस धाममा विशेषगरी साउन महिनाको पञ्चमीदेखि जनैपूर्णिमासम्म हजारौँ श्रद्धालु दर्शन गर्न आउने गर्दछन् । सामान्यतया श्रद्धालु भक्तजनलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली खटाइएको छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले बताउनुभयो । शिवजीको मूर्ति(गाथ)सहित पूजा गर्ने परम्परा सदियौँदेखि चलिआएको र विश्वका चारधाममध्ये कैलाश मानसरोवरपछिको मुख्य धामका रूपमा रहेको यस छायाँनाथ धाम धार्मिक एवं ऐतिहासिक महत्वको क्षेत्र भएको स्थानीय ऐनबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँको ठाकुरज्यु (भगवान् शिव) विष्णु, गणेश र भगवान् बुद्धको मूर्ति विसं १८३६ मा चैन गाउँका तत्कालीन पुजारी सुन्दर चौलागाईं, उपाध्यायले मूर्ति स्थापना गर्नु भएको हो । हिमाली क्षेत्र भएकाले दैनिक नित्य पूजाआजा गर्न कठिनाइ हुने…
पूरा पढ्नुहोस् ...
भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

भेडी गोठाला भन्छन्– सरकारले एउटा न्यानो ज्याकेट दिए पनि लाउने थियौँ

ढोरपाटन (बागलुङ), १६ साउन : अग्लो पहाडको शिरमा पुराना थाङ्नाले बेरिएको गोठ । निलो त्रिपाल र बाँसको चोयाले छाएको छानो । गोठको छेउमा सुरक्षाका लागि पालिएका भोटे कुकुर र वरपर हरेका हजारौँ सङ्ख्यामा भेडाका बथान । त्यही भेडाका बथानसँगै भेटिनुहुन्छ, टेकध्वज घतान । पसिनाले निथ्रुक भिजेका शरीरका कपडा । शिरमा मैलिएको टोपी । बुढ्यौलीले चाउरिएका अनुहार । हिजोआज टीकाधारामा पुग्ने जोकोहीले भेट्छ टेकध्वजलाई । बागलुङको निसीखोला गाउँपालिका–६ का घतान गत जेठ अन्तिम साता टीकाधारा पुग्नुभएको थियो । झण्डै २०० भेडाका बथान लिएर लेकमा उक्लिनुभएका घतानको दैनिकी बिहान भेडा दुहुने र दिउँसोमा घाँस काट्नमैै बित्ने गरेको छ । उहाँसँगै रुकुमका सत्यराम विश्वकर्मा, रोल्पाका तीर्थबहादुर घर्तीसहित सात जनाको समूह त्यही गोठमा बस्नुहुन्छ । सात जनाको झण्डै पाँच हजार भेडाले टीकाधाराको खर्कहरू ढपक्क ढाकिएका छन् । सबै एउटै गोठमा बस्ने हुँदा पालैपालो घाँस काट्ने र भेडा चराउन जाने गर्छन् । टेकध्वजले यसरी लेकमा बसेर भेडा पाल्न थालेको ५० वर्षभन्दा बढी भयो । ६४ वर्षीय घतान सानैदेखि गोठमा बस्दै आउनुभएको थियो । उमेरले बुढ्यौली लागे पनि घतान अझै हट्टाकट्टा नै हुनुहुन्छ । समुद्री सतहबाट चार हजार २०० मिटरको उचाइमा अझै पनि उत्साहका साथ उहाँले काम गर्नुहुन्छ । धेरै भेडा हुँदा हिउँदमा बेँसी र बर्खामा लेक उक्लिनुपर्छ । बाह्रै महिना एउटै ठाउँमा राखेर भेडालाई घाँस…
पूरा पढ्नुहोस् ...
कालिका भगवतीलाई चढाइयो खीर

कालिका भगवतीलाई चढाइयो खीर

गण्डकी, १५ साउन : आज साउन १५ अर्थात खीर खाने दिन । यो परम्परा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिरसँग पनि जोडिएको छ । यस मन्दिरमा वर्षको एकपटक साउन महिनामा खिर चढाउने चलन छ । मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रामबहादुर खड्काले खीर चढाउने तिथि भने तलमाथि पर्ने गरेको बताउनुभयो । संयोगले यसपालि साउन १५ मै परेको उहाँको भनाइ छ । बिहान ५ बजेर २१ मिनेटको साइतमा देवीलाई खीर चढाइएको हो” कोषध्यक्ष खड्काले भन्नुभयो, “मूल पुजारीले पूजआजा गर्ने र सहायक पुजारीले खीर पकाउने चलन छ, देवीलाई चढाउने खीर अलग्गै पाक्छ ।” आज बिहान ५ बजेदेखि ७ बजेसम्मको साइत खिर चढाउनका लागि उत्तम रहेको थियो । शक्तिस्वरुपा कालिका भगवतीलाई खीर चढाएपछि मात्र अन्य पाहुना र भक्तजनलाई प्रसादका रुपमा खीर खुवाउने गरिएको समितिका उपाध्यक्ष निशान खड्काले बताउनुभयो । पूर्वजहरुका पालादेखि नै मन्दिरमा खीर चढाउने चलन सुरु भएको उहाँको भनाइ छ । पहिलेपहिले कालिका भगवती देवीलाई खीर चढाएपछि मात्र बल्ल घरघरमा खीर पकाएर खाने चलन थियो । मन्दिर परिसरमा रहेको सालको पातबाट बनेका नयाँ टपरी र दुनामा राखेर विधिपूर्वक पूजाआजा गरेपछि बल्ल देवीलाई खीर चढाउने गरिन्छ । यस मन्दिरमा वर्षको अरु कुनै पनि दिनमा खीर चढ्दैन । नवदुर्गा, महालक्ष्मी, महाकाली, महासरस्वती, चण्डिका र गणेशलाई चढाएपछि मन्दिरमा आएका भक्तजनालाई प्रसादीका रुपमा खीर खुवाउने गरिन्छ…
पूरा पढ्नुहोस् ...
साउन १५ः खीर खाएर मनाइँदै

साउन १५ः खीर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन: साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उहाँले भन्नुभयो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उहाँले बताउनुभयो । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.