KhojSansar

अर्थ/वाणिज्य

बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी

बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। योसँगै बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी बनेको छ। वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा सूर्यज्योति लाइफले १२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ११ प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४१ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ५६ लाख रुपैयाँ थियो। चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २१.६० प्रतिशतले बढेको छ। समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।…
पूरा पढ्नुहोस् ...
सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौंको बचत

काभ्रेपलाञ्चोक, २३ कात्तिकः काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्र्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो ।        हालसम्म केन्द्रमा व्यवस्थित गरिएका अन्तःशुल्क स्टिकरलगायत छपाइका मेसिनहरु पुनःप्रयोगमा ल्याउन सरसफाइ एवं जडान गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन छ महिना लाग्ने जनाइएको छ । कतिपय मेसिन सञ्चालनमा ल्याउन विदेशबाट समेत जनशक्ति ल्याउनुपर्ने भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्र पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिए नागरिकता, अन्तःशुल्क स्टिकर, लालपुर्जा, हुलाक टिकट, भिसा स्टिकरलगायत नौ प्रकारका कागजमा आधारित सेवा उपलब्ध गराउन सकिनेछ । “कागजात, कार्ड र बैंक नोटमा आधारित सेवाका लागि केन्द्रले अलगअलग योजना निर्माण गरिरहेको छ”, ढुङ्गानाले भन्नुभयो ।        केन्द्रमा हालसम्म भौतिक निर्माणलगायत उपकरण व्यवस्थापनमा रु तीन अर्बभन्दा धेरै लगानी भइसकेको जनाइएको छ । ढुङ्गानाका अनुसार केन्द्रमा रु ५० करोडका मेसिन जडान गरिसकिएको छ । जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न सकिए केन्द्र ११ प्रकारका सेवा उपलब्ध गराउन सक्षम रहेको ढुङ्गानाको भनाइ छ । उहाँले भन्नुभयो, “खरिद नियमावली १४ आँै संशोधनले अवरुद्ध ठेक्काका लागि खुला भएको छ भने केन्द्रभित्रका सातवटा ठेक्का पनि भएका छन्, केन्द्रलाई नियमितता दिन सकिए छपाइका…
पूरा पढ्नुहोस् ...
म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी, २२ कात्तिक : मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले फर्कने क्रममा बेनीको कोसेली घरमा पाँच बट्टा टिमुरको चटनी किन्नुभयो । काभ्रेकी अनुस्का तामाङले पनि म्याग्दीको कोसेलीको रूपमा टिमुरको धुलो लैजानुभयो । “मसलाको रूपमा प्रयोग गर्न मिल्ने र औषधीय गुण भएकाले घर फर्कँदा टिमुर किनेको हो”, तामाङले भन्नुभयो, “पदयात्राको क्रममा लेक लागेमा औषधिको साथै खानासँगै चटनीका रूपमा प्रयोग गर्न स्वादिलो हुनेरहेछ ।” रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र बास्नादार टिमुर दाल र चटनीमा मसलाका रूपमा प्रयोग हुन्छ । म्याग्दी भ्रमणमा आउनेले किनेर लैजानेदेखि देशका विभिन्न सहर तथा विदेशमा रहेका आफन्तहरूलाई कोसेली पठाउने प्रमुख वस्तु टिमुर बनेको बेनीकी उद्यमी मिना राम्जालीले बताउनुभयो । “घुम्न आएकाले सबैभन्दा धेरै किनेर लैजाने वस्तु टिमुरको धुलो र चटनी हो”, उहाँले भन्नुभयो, “बहुउपयोगी टिमुर म्याग्दीको कोसेली बनेको छ ।” ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको टिमुर बेनीका कोसेली घरहरूलाई ल्याएर बिक्री गर्छन् । उद्यमीहरूले टिमुरलाई प्रशोधन गरेर धुलो र चटनी बनाएर बट्टामा राखेर बिक्री गर्छन् । बट्टाको आकारअनुसार टिमुरको धुलो र चटनीको मूल्य हुन्छ । कोसेलीको साथै मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्जियम, कोरिया र अमेरिकामा टिमुर बिक्री हुने गरेको टिमुर व्यवसाय गर्दै आएका बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले बताउनुभयो । बेनी–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब १५०…
पूरा पढ्नुहोस् ...

चोयाको नाङ्लो बुनेर जीविकोपार्जन

धरान (सुनसरी), २२ कात्तिकः इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बन्नुभएको छ । पुख्र्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आउनु भएकाउहाँले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आउनुभएको बताउनुभयो । उहाँका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाउनुहुन्छ । यो हाम्रो पुख्र्यौली पेशा हो । समय दिएर बनाउदा आम्दानी राम्रै हुन्छ, उहाँले भन्नुभयो, राईका अनुसार वर्षेनि करिब रु सात लाखदेखि आठ लाख रुपैयाँ बराबरको नाङ्लो बिक्री हुने गरेको सुनाउनुभयो । नाङ्लो बनाउनका लागि आवश्यक बाँस तालतलैया र खोर्सानेघाट क्षेत्रबाट ल्याउने गर्नुहुन्छ । एक वटा बाँस रु २०० देखि ३०० रुपैयाँसम्म पर्ने गरेको उहाँले बताउनुभयो । एक वटा बाँसबाट १० देखि १२ वटा नाङ्लो बनाउन सकिने उहाँको भनाइ छ । उहाँले एक हप्तामा करिब १५० भन्दा बढी नाङ्लो बनाउने गरेको जानकारी दिनुभयो । हप्तामा बनाएको नाङ्लो धेरै जसो व्यापारीहरू हप्तैपिच्छे घरमा आएर लैजानुहुन्छ । नाङ्लो इटहरी, धरान, भोजपुर, विराटनगर, पथरीलगायत क्षेत्रमा बिक्री हुने गरेको छ । एक वटा नाङ्लो रु १३० देखि रु २५० सम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । नाङ्लो बनाउन सकियो भने बजारको अभाव हुँदैन । पहिले हामी भोजपुरबाट ल्याएर बेच्थ्यौँ, अहिले यहाँ बनाएको नाङ्लो नै भोजपुरका व्यापारीले आएर लैजानुहुन्छ । दसैँ,…
पूरा पढ्नुहोस् ...
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे खुकुरी’

भोजपुर, २१ कात्तिक : देशविदेशमा आफ्नो विशेष पहिचान बनाएको ‘भोजपुरे खुकुरी’ आज पनि स्थानीय कालीगढहरूको हातमै चम्किरहेको छ । भोजपुर खुकुरी उद्योगका लागि परिचित जिल्ला हो । यहाँ अहिले पनि मागअनुसारका विभिन्न प्रकारका खुकुरी तयार पारिन्छन् । स्थानीय खुकुरी व्यवसायी हीरा श्रेष्ठका अनुसार भोजपुरमा बन्ने खुकुरीको मूल्य न्यूनतम रु पाँच सयदेखि अधिकतम रु ५२ हजारसम्म पर्छ । भोजपुरे खुकुरी नेपालका विभिन्न ठाउँसँगै विदेशबाट पनि माग हुने गरेको छ । “यहाँका खुकुरीहरू देशभित्र मात्र होइन, विदेशसम्म निर्यात हुन्छन्”, उहाँले भन्नुभयो, “मागका आधारमा साधारणदेखि विशेष डिजाइनका खुकुरी बनाइन्छ ।” उच्च मूल्यका खुकुरी विशेष मागका आधारमा बन्ने गरेको छ । त्यसका लागि उच्च गुणस्तरका फलाम, काँसा र काठ प्रयोग गरिने उहाँले बताउनुभयो । भोजपुरे खुकुरीले बजारका दैनिक सामान्य माग धान्ने गरे पनि कहिलेकाहीँ ठूलो परिमाणमा माग आउँदा बजारको माग पूरा गर्न कठिन हुने पनि उहाँको भनाइ छ । परम्परागत सीप र नयाँ प्रविधिको मिश्रणसहित तयार हुने भोजपुरे खुकुरी अहिले पनि नेपाली साहस, गौरव र पहिचानको प्रतीकका रूपमा परिचित छ । भोजपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक भोजपुरे खुकुरीलाई ‘स्मृति उपहार’का रूपमा लिएर जाने गरेका छन् । यसले यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याएको स्थानीय बताउँछन् । पहिले हातको सहायताले मात्र बनाइने खुकुरी अहिले आधुनिक उपकरणको सहयोगमा अझ आकर्षक र बलियो बनाइन्छ…
पूरा पढ्नुहोस् ...
सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट

काठमाडौँ, ११ कात्तिक : अन्तरराष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । गत आइतबार एकै दिन प्रतितोला रू ११ हजार छ सयले घटेर रू दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा रू दुई हजार घटेर रू दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । आज फेरि प्रतितोला रू दुई हजार ९०० घटेपछि रू दुई लाख ३७ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यसैगरी आज चाँदी प्रतितोला रू ६० घटेर रू दुई हजार ९२० मा किनबेच हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
पूरा पढ्नुहोस् ...

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

काठमाडौँ, ९ कात्तिकः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब रू चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार यो अवधिमा रू चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाखको आयात र गर्दा रू ७२ अर्ब ७८ करोड २८ लाख बराबरको निर्यात भएको हो । यसरी असोज मसान्तसम्ममा कूल रू पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा नेपालले रू तीन खर्ब ९५ अर्ब ३० करोड घाटा बेहोरेको छ । पछिल्लो तीन महिनामा छिमेकी मुलुक भारतबाट रू दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र रू ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा रू एक खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा बेहोरेको छ । त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा रू एक खर्ब चार अर्ब ७० करोड छ । चीनबाट रू एक खर्ब चार अर्ब ८९ करोडको आयात हुँदा रू १८ करोड ६४ लाख बराबरको मात्रै निर्यात भएको छ । नेपालको सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग छ । यो अवधिमा डेनमार्कबाट रू चार करोड एक लाखको आयात हुँदा रू २८ करोड ९९ लाखको निर्यात भएको हो । यसरी डेनमार्कसँग रू २४ करोड ९८ लाख ३० हजार बराबरको व्यापार नाफा भएको छ…
पूरा पढ्नुहोस् ...

छठ पर्वमा चोयाको व्यापारले बजारमा नयाँ रौनक

धरान (सुनसरी), ९ कात्तिकः तिहार सकिएसँगै धरानमा यतिबेला छठ पर्वको चहलपहल सुरु भएको छ । बजारमा छठ मनाउनेहरुले बाँसको चोयाबाट बनाइएका डालो, नाङ्लो, डोको, कोनिया, ढाकीलगायतका सामग्री खरिदमा केन्द्रित छन् । सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीले भन्नुभयो, “छठमा बाँसका सामानको बिक्री अत्यधिक हुन्छ । तीन÷चार दिनमा रु तीन लाखभन्दा बढीको कारोबार हुन्छ ।” उहाँले पहाड र भारतका विभिन्न स्थानबाट सामान ल्याई छठमा बिक्री गर्दै आउनुभएको छ । “सहरमा चोयाका सामग्री बनाउने कम भइसकेका छन्, भोजपुर, धनकुटालगायतका पहाडी भेग र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । व्यापारी अमृता रौनियाका अनुसार छठ पूजामा बाँसको चोयाबाट बनाइएका सामग्री अनिवार्य जस्तै मानिन्छन् । बाँसको हस्तकला संरक्षणसँगै स्थानीय रोजगारीमा पनि सहयोग पुगेको उहाँको भनाइ छ । “छठ पर्व हामीजस्ता व्यापारीका लागि पनि अवसर हो, बिहानदेखि बेलुकासम्म पसलमा ग्राहकको भीड हुन्छ, मैले भारतबाट सामान ल्याएर झुम्का, इनरुवा, इटहरीलगायतका बजारमा बिक्री गर्छु ।” ग्राहक लक्ष्मी खड्काले भने आफू छठका लागि चोयाको सामग्री किन्न बजार आएको बताउनुभयो । “छठमा विशेषगरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ”, उहाँले भन्नुभयो । छठ पर्वले नेपाली समाजमा केबल धार्मिक आस्था र सूर्य उपासनालाई मात्र बलियो बनाएको छैन । यसले बाँसको परम्परागत पेसा र हस्तकला संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।…
पूरा पढ्नुहोस् ...
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, ९ कात्तिकः यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । नेप्से परिसूचक पाँच दशमलव १९ अङ्कले बढेर दुई हजार ५०९ दशमलव ०४ को बिन्दुमा कायम भएको हो । विभिन्न ३१३ कम्पनीका ५५ लाख ९६ हजार ७७ कित्ता शेयर २७ हजार ८९९ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू दुई अर्ब ६६ करोड १३ लाख दुई हजार २८४ मा खुम्चिएको नेप्सेले जनाएको छ । आजको कारोबारमा जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, व्यापार र अन्य समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । एसबिएल डिबेन्चर २०८९ को शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयर मूल्य सात दशमलव १६ प्रतिशतले घटेको छ ।
पूरा पढ्नुहोस् ...

असोज मसान्तसम्म १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति

काठमाडौँ, ५ कात्तिकः विद्युत् विकास विभागले चालु आवको पहिलो त्रैमासमा कूल १० वटा जलविद्युत् आयोजनालाई निर्माण अनुमति प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता दुई सय ४१ दशमलव ५० मेगावाट बराबर रहेको छ । विभागले हालसम्म दुई सय ६६ आयोजनालाई निर्माण अनुमतिपत्र प्रदान गरेको छ । ती आयोजनाको कूल क्षमता १० हजार आठ सय २५ मेगावाट रहेको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ । विभागले चालु आवको असोज मसान्तसम्ममा लापा खोला (चार दशमलव ७२ मेगावाट), लोअर बरुण (एक सय ३२ मेगावाट), म्याग्दी खोला बी ( १२ दशमलव ५० मेगावाट), तल्लो लिखु क्यासकेड ( ६ मेगावाट) लाई निर्माण अनुमति पत्र प्रदान गरेको हो । साथै माथिल्लो मेलम्ची (चार दशमलव ९५ मेगावाट), सुपर सभा खोला ( नौ दशमलव ५५ मेगावाट), लोअर मेलम्ची खोला ( चार दशमलव ९६ मेगावाट), अप्पर सेती एक (१३ मेगावाट), होङ्गु खोला ( २८ दशमलव ९० मेगावाट) र इन्दुवा खोला (२४ दशमलव ९२ मेगावाट)लाई निर्माण अनुमतिपत्र प्रदान गरेको हो । विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ । सौर्य परियोजनातर्फ १२ आयोजनाले निर्माण अनुमतिपत्र लिएका छन् । ती…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.