KhojSansar

बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी

SuryaJyoti Life Insurance-SJLIc

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। योसँगै बीमा क्षेत्रमा चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने सूर्यज्योति लाइफ पहिलो कम्पनी बनेको छ।

वित्तीय विवरणअनुसार चालु वर्षको असोजसम्ममा सूर्यज्योति लाइफले १२ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्ममा कम्पनीले ११ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ११ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४२ करोड ५७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब ४ करोड १९ लाख रुपैयाँ र अन्य इक्विटीमा २५ करोड ७३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्ममा महाविपत्ति कोषमा ४१ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ५६ लाख रुपैयाँ थियो।

चालु वर्षको पहिलो ३ महिनामा कम्पनीको जीवन बीमा कोषमा ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षमा जीवन बीमा कोषमा ३६ अर्ब ४ करोड ८९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार २१.६० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्ममा कम्पनीले २ अर्ब ९५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको असोजसम्ममा कम्पनीले २ अर्ब ४९ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १८.१३ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको असोजसम्ममा २ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८.७४ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ९.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.२० रुपैयाँ थियो। पीई रेसियो ४५.६९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३४.४२ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचारः

  • सुनचाँदीको मूल्य फेरि बढ्यो

  • कुखुरापालनबाट मासिक एक लाख आम्दानी

  • दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

  • २५ स्थानीय तह बजेटविहीन

  • युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.