KhojSansar

अर्थ/वाणिज्य

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

बागलुङको छुर्पीको माग उच्च भएपछि उत्पादन बढ्यो

गलकोट (बागलुङ), २४ भदौ : यस वर्ष बागलुङबाट रु ५४ लाख बराबरको छुर्पी निर्यात भएको छ । दूध र दुग्धजन्य पदार्थको बिक्री वितरण गर्दै आएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले आर्थिक वर्ष २०८१ /८२ मा रु ५४ लाख ८८ हजार २४० बराबरको निर्यात गरेको सङ्घका अध्यक्ष दीपक गौतमले बताउनुभयो । अध्यक्ष गौतमका अनुसार बागलुङमा उत्पादित अधिकांश छुर्पी अमेरिका पुग्ने गरेको छ । अमेरिकामा कुकुरको मुख्य खानाका रूपमा रहेको छुर्पी नेपालबाट ठूलो मात्रामा निर्यात हुने गरेको छ । आव २०८०/८१ रु ३८ लाख ५४ हजारबराबरको छुर्पी बिक्री गरेको सहकारीले अघिल्लो वर्षको तुलनामा यस वर्ष रु १६ लाखभन्दा बढीको छुर्पी बिक्री गरेको छ । दुग्ध सहकारीले यस वर्ष रु १० करोड ९९ लाख १७ हजार ८५५ बराबरको दूध र दुग्धजन्य वस्तुको कारोबार गरेको छ । उहाँका अनुसार सहकारीबाट दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवाको उत्पादन हुँदै आएको छ । त्यसमध्ये अन्तरराष्ट्रिय बजारमा सहकारीको छुर्पीको माग उच्च छ । छुर्पीको माग बढेपछि सङ्घले एक वर्षमा रु १६ लाखको छुर्पी उत्पादनमा वृद्धि गरेको हो । दुग्ध सहकारी सङ्घले बागलुङका १५ सहकारी संस्थाको दूध सङ्कलन गरेर दूध र दुग्धजन्य वस्तुको बिक्री गर्दै आएका छन् । जसमा एक हजार ५०० भन्दा बढी किसान आबद्ध छन् । हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार २००…
पूरा पढ्नुहोस् ...
नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’

भोजपुर, २० भदौ : हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले बाँसको नाङ्लो बुनेर मनग्य आम्दानी गर्दै आएका छन् । परम्परागत पुख्र्यौली नाङ्लो बुन्ने पेसा होम्ताङवासीको भरपर्दो आम्दानीको स्रोत नै बनेको छ । होम्ताङका अधिकांश स्थानीयले नाङ्लो बुन्दै आएका छन् । स्थानीयले बुनेर तयार गरेर नाङ्लो घरबाट नै ठेकेदारले लैजाने गरेका छन् । अन्य समयको तुलनामा विषेशगरी नाङ्लो भदौ, असोज र कात्तिकमा सबैभन्दा बढी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, छठलगायत चाडपर्वका अवसरमा तराईमा नाङ्लोको बढी माग हुने स्थानीयको भनाइ छ । यो ठाउँका महिला, पुरुष दुवै पक्षले नाङ्लो बुन्ने गरेका छन् । नाङ्लो बुनेर घरखर्च चलाउने गरेको स्थानीय पूजा राईले बताउनुभयो । आफ्ना घरका सबै परिवार नै नाङ्लो बुन्ने गरेको उहाँ बताउनुहुन्छ । एक महिनामा एक सय ५० वटासम्म नाङ्लो बुन्ने गरेको उहाँले बताउनुभयो । नाङ्लो बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । बुनेको नाङ्लो घरबाट नै प्रतिगोटा रु एक सय १० देखि एक सय २० सम्म बिक्री हुने उहाँले बताउनुभयो । “नाङ्लो हाम्रो क्षेत्रको राम्रो आम्दानीको स्रोत हो, घरका सबै परिवारका सदस्य मिलेर नाङ्लो बुन्छौँ । नाङ्लो घरबाट नै बिक्री हुन्छ । यसको बिक्रीबाट वार्षिक रु दुईदेखि तीन लाखसम्म आम्दानी हुन्छ । हाम्रो क्षेत्रका प्रायः सबैले व्यावसायिक रूपमा नाङ्लो बुन्दै आएका छौँ”, उहाँले भन्नुभयो…
पूरा पढ्नुहोस् ...
दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

दशैँको पूर्वसन्ध्यामा सुकिला नोट साट्ने व्यवस्था

काठमाडौँ, १५ भदौ: दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले थापाथलीस्थित काठमाडौँ बैंकिङ कार्यालय, राष्ट्र बैंकका प्रदेश कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट बैंक नोट साट्न पाइने आज एक सूचना जारी गरेर जनाएको हो । “नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयहरु (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) बाट २०८२ भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटही गर्न सकिनेछ”, राष्ट्र बैंकले सूचनामा भनेको छ, “साथै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि सुकिला नोट साट्ने व्यवस्था मिलाइएको छ ।” चाडपर्वका बेला रु पाँच, १०, २०, ५० र १०० दरका नोटको माग अधिक हुने गरेको छ । चाडपर्वका बेला नै केन्द्रीय बैंकले मैला नोट खिचेर नयाँ नोट बजारमा पठाउँदै आएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०६७÷६८ को मौद्रिक नीति मार्फत ‘सफा नोट नीति’ सार्वजनिक गरेको थियो । आार्थिक कारोबारमा सफा नोट मात्र प्रयोग गर्ने र झुत्रा नोट बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैैंकलाई बुझाउने गरेका छन् । अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरी विदेशमा नोट छापिने हुने गरेको छ । यसो गर्दा राज्यकोषबाट धेरै खर्च हुने भएकाले नोट सफा राख्न केन्द्रीय बैंकले अनुरोध गर्दै आएको…
पूरा पढ्नुहोस् ...
गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

गत आवमा आर्थिक वृद्धिदर ४.६१ र मुद्रास्फीति ४.०६ प्रतिशत

काठमाडौँ, ८ भदौः अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर चार दशमलव ६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर तीन दशमलव ६७ प्रतिशत रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति चार दशमलव ०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति रू पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको थियो । त्यस्तै, आयात १३ दशमलव तीन प्रतिशतले र निर्यात ८१ दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको थियो । गत आर्थिक वर्षमा कुल रू १७ खर्ब २३ अर्ब २७ करोड बराबर विप्रेषण भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९ दशमलव २ प्रतिशतले र अमेरिकी डलरमा १६ दशमलव ३ प्रतिशतले बढेको हो ।…
पूरा पढ्नुहोस् ...
नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

नेपाल चेम्बर अफ कमर्सद्वारा उपराष्ट्रपति सुआनसँग छलफल

काठमाडौँ, ८ भदौः नेपाल चेम्बर अफ कमर्सले समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुुआनसँग नेपाल र भियतनामबीच व्यापार, लगानी तथा निजी क्षेत्रका सहकार्यका विषयमा छलफल गरेको छ । भियतनामका अनररी कन्सुलर एवं नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा, महिला चेम्बर अध्यक्ष उर्मिला श्रेष्ठसहितका पदाधिकारीले उपराष्ट्रपति सुुआनसँग आज भेट गरी सो विषयमा छलफल गर्नुभएको हो । बैठकमा दुवै देशबीचको व्यापारिक पहुँच विस्तार, लगानीमैत्री वातावरण निर्माण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा आपसी सहकार्यका सम्भावनाबारे छलफल भएको कमर्सले जनाएको छ । नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा भएको उक्त भेटलाई चेम्बरले व्यापार, लगानी र आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने सम्भावनाका रुपमा हेरेको जनाएको छ । उपराष्ट्रपति सुआनले नेपाल चेम्बर अफ कमर्स र भियतनामबीच द्विपक्षीय व्यापार विस्तार तथा लगानी प्रवाहलाई सहज बनाउन दुवै देशका निजी क्षेत्रबीच घनिष्ट समन्वय आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । साथै उहाँले नेपाल र भियतनामबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन दुवै देशका निजी क्षेत्रको सक्रियता अपरिहार्य हुनेमा जोड दिनुभयो । चेम्बर अफ कमर्सले नेपाल–भियतनामबीच कृषि, पर्यटन, ऊर्जा, शिक्षा र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग तथा साझेदारीको सम्भावना रहेको भन्दै व्यावहारिक कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएको छ । -रासस
पूरा पढ्नुहोस् ...
राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा

राष्ट्रिय वाणिज्य बैंकद्वारा विशेष सुविधा घोषणा

काठमाडौँ, ८ भदौः राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा घोषणा गरेको छ । सो बैंकले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घर तथा सवारी कर्जामा विशेष सुविधा घोषणा गरेको हो । कर्जा सुविधाअन्तर्गत अधिकतम रु पाँच करोडसम्मको सीमा रहेकोे घर कर्जा अब ६.३० प्रतिशत ब्याजदरमा लिन सकिने बैंकले जनाएको छ । उक्त घर कर्जाका लागि प्रशोधन शुल्क ०.२५ प्रतिशत तोकिएको छ भने कर्जाको अवधि २० वर्षको हुनेछ । त्यसैगरी सवारी कर्जातर्फ विद्युतीय गाडी खरिदका लागि ६.१० प्रतिशत ब्याजदर र इन्धन गाडी खरिदका लागि ६.८० प्रतिशत ब्याजदरमा अधिकतम रु एक करोडसम्म कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ । दुवै किसिमका सवारी कर्जाको प्रशोधन शुल्क ०.५० प्रतिशत तोकिएको छ भने कर्जाको अवधि सात वर्षको हुने प्रेस विज्ञप्तिमा उल्लेख छ । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वका अवसर पारेर सो सुविधा घोषणा गरेको बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिनुभयो । देशका सबै जिल्लामा रहेका तीन सय १० शाखा कार्यालयमार्फत राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । बैंकले आफ्नो सेवालाई समयसापेक्ष बनाउँदै प्रविधिमा आधारित वित्तीय समावेशीकरण र दिगो बैंकिङ सेवा विकासमा केन्द्रित गरिरहेको जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौँ, ७ भदौ: चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार गत महिना रु एक खर्ब ४३ अर्ब चार करोड बराबरको आयात र रु २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको हो । यो अवधिमा देशलाई रु एक खर्ब १९ अर्ब १० करोड ८२ लाख बराबर व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको पहिलो महिनाको वैदेशिक व्यापारको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा आयात ११ दशमलव ४२ र निर्यात ९५ दशमलव ७५ प्रतिशतले बढेको छ । साउनमा छिमेकी मुलुक भारतसँग रु ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको आयात र रु १९ अर्ब ४५ करोड २० लाख बराबरको निर्यात हुँदा मुलुकले रु ६४ अर्ब आठ करोड ७८ लाख घाटा व्यहारेको छ । चीनसँग रु २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात र रु पाँच करोड ४८ लाखको निर्यात गर्दा रु २७ अर्ब ९४ करोड १२ लाख बराबर व्यापार घाटा भएको छ । जर्मनी, अफगानस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वेलगायत मुलुकसँग समीक्षा अवधिमा व्यापार नाफा भएको छ । साउनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थको भएको छ । विभागका अनुसार रु पाँच अर्ब ७७ करोड १४ लाख बराबरको पेट्रोल, रु पाँच अर्ब…
पूरा पढ्नुहोस् ...
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ, ५ भदौः स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९४ हजार ८०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार २९० मा खरिदबिक्री भइरहेको छ । बुधबार एक तोला सुन रु एक लाख ९३ हजार ५०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजार २५५ मा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । -रासस
पूरा पढ्नुहोस् ...

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौँ, १ भदौः यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दमशलव १४ अङ्कले घटेको छ । शून्य दशमलव ९७ प्रतिशतको गिरावट पछि आज नेप्से परिसूचक दुई हजार ७६१ दशमलव २२ को बिन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको दुई करोड पाँच लाख १३ हजार ६२५ कित्ता शेयर ८६ हजार ६६९ पटक खरिद बिक्री हुँदा रू सात अर्ब ७३ करोड ५१ लाख ९५ हजार ९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै समूहको उपसूचक घटेको छ । बैंकिङ एक दशमलव शूत्य तीन, विकास बैंक शून्य दशमलव ५१, वित्त शून्य दशमलव ९३, होटल तथा पर्यटन शून्य दशमलव २१, जलविद्युत् शून्य दशमलव ७७, लगानी शून्य दशमलव ८३ र जीवन बिमा शून्य दशमलव ७१ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह एक, लघुवित्त एक दशमलव ३१, म्युचुअल फण्ड शून्य दशमलव १०, निर्जीवन बिमा शून्य दशमलव ६८, व्यापार एक दशमलव ६४ र अन्य समूह एक दशमलव ३४ प्रतिशतले घटेको छ । आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य सबैभन्दा बढी सात दशमलव ९३ प्रतिशतले बढेको छ । सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव शून्य छ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ५१ करोड…
पूरा पढ्नुहोस् ...
सुनको मूल्यमा सामान्य गिरावट

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ, २७ साउनःगत शुक्रबारदेखि निरन्तर उकालो लागको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा रु एक हजार ३००ले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी रु दुई हजार ३१५ मा कारोबार भएको थियो । गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.