KhojSansar

अर्थ/वाणिज्य

सफलता र जोशले भरिएको ‘स्टार एजेन्सी मिट २०८२’ नगरकोटमा सम्पन्न, सूर्यज्योति अभिकर्ता बन्दै सुपरस्टार

सफलता र जोशले भरिएको ‘स्टार एजेन्सी मिट २०८२’ नगरकोटमा सम्पन्न, सूर्यज्योति अभिकर्ता बन्दै सुपरस्टार

बागलुङ, २० साउन – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ साउन १८–१९ गते नगरकोटस्थित होटल माइस्टिक माउण्टेनमा सम्पन्न भएको छ । दुई दिने कार्यक्रममा कम्पनीका उत्कृष्ट अभिकर्ताहरूको सहभागिता रहेको थियो । कम्पनी सञ्चालक समिति अध्यक्ष केशव भट्टराईले अभिकर्ताहरूको मेहनतको कदर गर्न कम्पनी सधैँ तयार रहेको बताए । प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सफलता प्राप्तिका लागि टिम विस्तार, उत्कृष्ट सेवा र बीमितहरू प्रति विश्वास निर्माणलाई मुख्य तीन मन्त्रको रूपमा प्रस्तुत गरे । उनले मोबाइल एपमार्फत प्रविधिमैत्री सेवा विस्तार भइरहेको जानकारी पनि दिए । गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कारोबार गर्ने अभिकर्ताहरूको सहभागिता रहेको कार्यक्रममा बुटवल पाल्पा शाखाका कमल प्रसाद घिमिरे लगातार आठौँ पटक उत्कृष्ट अभिकर्ता बने त्यस्तै नेपालगंजका गौरव कुमार शाही दोस्रो र बनेपाका दीपक सापकोटा तेस्रो स्थानमा रहे । कार्यक्रममा कम्पनीका शीर्ष व्यवस्थापकहरूको पनि उपस्थिति रहेको थियो ।
पूरा पढ्नुहोस् ...
डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

भोजपुर, २० साउनः भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिनुभयो । “निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु”, तामाङले भन्नुभयो, “एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी हुन्छ ।” उहाँका अनुसार स्थानीय बजारमा प्रतिवटा रु ३५० देखि ४०० सम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । “डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ”, तामाङले भन्नुभयो, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु आठ लाखसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ…
पूरा पढ्नुहोस् ...
दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

कैलाली, १७ साउन : यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन् । स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन् । उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए । वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ । मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ । दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ । जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ ।” दिनमा एक हजार दुना र ३०० जति टपरी उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । जसबाट मासिक रु ३० हजार जतिको कारोबार हुने गरेको छ । दुना सानो साइजको रु ७० पैसा, एक नम्बरको रु ८०, दुई नम्बरको रु एक, तीन नम्बरको डेढ रुपैयाँ र टपरी रु साढे तीनमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । दुनाटपरी बिक्री गरी प्राप्त पैसा समूहमा जम्मा गर्ने गरेको अर्की सञ्चालक कमला चौधरीले बताउनुभयो । यसरी समूहमा जम्मा गरेको पैसाले आपतविपद्, गाह्रो, अप्ठ्यारो तथा घरायसी समस्या आइपरेको खण्डमा ठूलो समस्या…
पूरा पढ्नुहोस् ...
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १४ साउनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो । आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको हो । आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ । -रासस
पूरा पढ्नुहोस् ...
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो

म्याग्दी, १४ साउन : म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म जङगलमा कुहिएर खेर जाने निहुरो बिक्री हुन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाले आम्दानीको स्रोत बनाउन थालेका हुन् । अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले सडक यातायात र ढुवानीको सुविधा भएपछि निहुरोले बजार पाएको बताउनुभयो । “बर्खेबाली लगाएर फुर्सदीला बनेका गाउँलेहरु साउन र भदौ महिनामा दैनिकजसो जङ्गलबाट टिपेर ल्याएको निहुरो गाडीवालालाई बेच्छन्”, उहाँले भन्नुभयो, “गाडीवालाले गाउँबाट यात्रुसँगै डौडे बोकेर बजार पु¥याउँछन् ।” दोवामा निहुरोबाट वार्षिक रु २५ देखि ३० लाख नगद भित्रने गरेको वडाध्यक्ष गर्बुजाले बताउनुभयो । दोवाकी निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै निहुरो बिक्री हुने गरेको बताउनुभयो । “कुहिएर खेर गइरहेको निहुरो हाम्रा लागि आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “फुर्सदको समय सदुपयोगका साथै घरखर्च चलाउने आम्दानी जुटाएका छौँ ।” दोवाका साथै दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट बेनी आउने गाडीले दैनिक ५०० किलोग्राम निहुरो बेनीमा ल्याउने गरेका व्यापारीले बताएका छन् । बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीले गाउँबाट आउने निहुरो बागलुङ, कुश्मा र काठमाडौँ पठाउने गरेको बताउनुभयो । “बेनी आइपुग्दा प्रतिकिलो दौडेको मूल्य रु १०० देखि रु १२० सम्म पर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष दैनिक एक हजार किलोग्राम निहुरो आउने गरेको…
पूरा पढ्नुहोस् ...
चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् । विदेशी पर्यटकबाट चाँगुनारायणले रु एक करोड १९ लाख १० हजार ४०० राजस्व सङ्कलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ३०० का दरले पर्यटन शुल्कबापत रु १७ लाख २६ हजार ८०० राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु ४०० का दरले रु एक करोड एक लाख ८३ हजार ६०० सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज (पर्सा), १४ साउनः गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकलदेखि क्रेनलहरीसम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । गत आवभरिमा इन्धनबाट चल्ने सवारीसाधनबाट मात्र रु १७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । गत आवमा रु छ अर्ब ६० करोड मूल्यका ५० हजार २९१ वटा अनएसेम्वल्ड मोटरसाइकल आयात भएका छन् । ती सवारी आयातबाट यस नाकाले रु छ अर्ब ३१ करोड राजस्व सङ्कलन गरेको छ । गत आवमा रु दुई अर्ब ९४ करोड मूल्यका एक हजार ४५४ वटा अन्य बस तथा ट्रकका चेसिस आयात भएका छन् । त्यसैगरी, सोही अवधिमा रु दुई अर्ब एक करोड मूल्यका नौ सय १२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका छन् । गत आवमा नै रु एक अर्ब ३७ करोड मूल्यका पाँच हजार ७३५ वटा ट्रयाक्टर तथा ट्रिलर आयात भएका छन् । सोही अवधिमा रु एक अर्ब ११ करोड मूल्य पर्ने ४१७ वटा इन्धनबाट चल्ने बस यहाँ भित्रिएका छन् । सोही अवधिमा रु ७१ करोडका एक सय ३९ वटा क्रङ्क्रिट मिश्रण लहरी आयात भएका छन् भने रु…
पूरा पढ्नुहोस् ...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १४ साउनः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर…
पूरा पढ्नुहोस् ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १२ साउनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७० पैसा र बिक्रीदर ९१ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ८१ पैसा र बिक्रीदर १०१ रुपैयाँ २५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ८० पैसा र बिक्रीदर १०८ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार…
पूरा पढ्नुहोस् ...
ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

गलकोट (बागलुङ), ११ साउनः सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ । दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दरसमेत तेब्बरले वृद्धि भएको छ । समितिमार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउँदै भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताउनुभयो । मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा आर्थिक वर्ष २०८१/८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन तेब्बरले वृद्धि भएको हो । “आव २०८०/८१ मा ठेक्कामार्फत रु नौ लाख आम्दानी भएकामा समितिमार्फत पूजा चलाउँदा रु २७ लाख आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउँदा मन्दिर अस्तव्यस्त भएकाले समितिमार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष ढकालले भन्नुभयो, “कोरोना महामारीमा रु ५० हजार भेटी सङ्कलन भएको मन्दिरमा अहिले रु २७ लाख सङ्कलन भएको र आगमी वर्ष सङ्कलन अझै बढ्ने अपेक्षा छ ।” पछिल्लो दुई वर्षयता बलेवा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.