बागलुङ, २० साउन – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘स्टार एजेन्सी मिट २०८२’ साउन १८–१९ गते नगरकोटस्थित होटल माइस्टिक माउण्टेनमा सम्पन्न भएको छ ।
दुई दिने कार्यक्रममा कम्पनीका उत्कृष्ट अभिकर्ताहरूको सहभागिता रहेको थियो । कम्पनी सञ्चालक समिति अध्यक्ष केशव भट्टराईले अभिकर्ताहरूको मेहनतको कदर गर्न कम्पनी सधैँ तयार रहेको बताए ।

प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले सफलता प्राप्तिका लागि टिम विस्तार, उत्कृष्ट सेवा र बीमितहरू प्रति विश्वास निर्माणलाई मुख्य तीन मन्त्रको रूपमा प्रस्तुत गरे । उनले मोबाइल एपमार्फत प्रविधिमैत्री सेवा विस्तार भइरहेको जानकारी पनि दिए ।

गत आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कारोबार गर्ने अभिकर्ताहरूको सहभागिता रहेको कार्यक्रममा बुटवल पाल्पा शाखाका कमल प्रसाद घिमिरे लगातार आठौँ पटक उत्कृष्ट अभिकर्ता बने त्यस्तै नेपालगंजका गौरव कुमार शाही दोस्रो र बनेपाका दीपक सापकोटा तेस्रो स्थानमा रहे ।

कार्यक्रममा कम्पनीका शीर्ष व्यवस्थापकहरूको पनि उपस्थिति रहेको थियो ।