KhojSansar

Explore News

explore all the related news

तराईमा तातो दिन, अन्यत्र बादल

तराईमा तातो दिन, अन्यत्र बादल

काठमाडौँ, १४ वैशाख २०८३ । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा  तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

१२ दिनमा ४२२ विपद्का घटना, २३ जनाको मृत्यु

काठमाडौं, १३ वैशाख २०८३ । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्‌मा परेर २३ जनाको मृत्यु भएको छ । विपद्‌मा परेर ७३ घाइते भएका छन् । प्राधिकरणका अनुसार, सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन् । त्यस्तै, डुंगा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन् । विपद्‌मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन् । यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएका छन् । कुल २७ जिल्ला विपद्का कारण प्रभावित भएका छन् । -रासस
पूरा पढ्नुहोस् ...
देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना

देशभर बदली, धेरै प्रदेशमा वर्षा र चट्याङको सम्भावना

काठमाडौँ, १३ वैशाख २०८३ । आइतबार बिहानैदेखि काठमाडौँसहित देशभरको आकाश बादलले ढाकिएको छ र वातावरण धुम्मिएको देखिएको छ । आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा तराई भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यसैगरी, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज तातो दिन हुने सम्भावना रहेको छ । आज राति देशका हिमाली भू–भागमा सामान्य बदली रहने र अन्य क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विभागले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ ।
पूरा पढ्नुहोस् ...
‘साइबर बुलिङ’ को सिकार बन्दै समाज

‘साइबर बुलिङ’ को सिकार बन्दै समाज

काठमाडौँ, १ वैशाख २०८३ । सरकारले आइतबार मन्त्रीपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमार्फत विभिन्न अनर्गल प्रचारबाजी सुरु भएको छ । कतिपय उच्चपदस्थ व्यक्तिबारे नै व्यक्तिगत स्वाभिमानमै आँच पुग्ने गरी लाञ्छना, आक्षेप र चरित्र हत्याको प्रयास गर्ने काम भइरहेको छ । आफूलाई सञ्चारकर्मी बताउने पाँचथरका युट्युबर रोशन पोखरेलले सार्वजनिक रूपमा नै उच्च पदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिमाथि अनर्गल प्रचार गरी सार्वजनिक गरेको भिडियो सन्देशले तरङ्ग सिर्जना ग¥यो । विवादस्पद रूपमा चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको उक्त सामग्री युट्युबले हटाइदिएको छ ।  जेनजी युवा अमिशा पराजुलीमाथि प्रयोग गरिएका घृणास्पद शब्द, धाक, धम्की, अश्लील गालीगालौज सामाजिक सञ्जालमा हेरिसाध्य छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दिएको अभिव्यक्तिप्रति असहमति जनाउन पराजुलीको चरित्रहत्या गर्नेमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । गलत टेलिफोनको विवाद बढ्दै जाँदा गत हप्ता ललितपुरको पाटनमा दुई युवा दाजुभाइको हत्या भयो ।   पछिल्लो हप्ता सामाजिक सञ्जालको दुरुपयोगका यी केही साइबर अपराधका प्रतिनिधि घटना हुन् । विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी पूर्वप्रधानमन्त्री–मन्त्रीदेखि नेता कार्यकर्ता, कर्मचारी, सुरक्षा प्रमुख, कलाकार, खेलाडी र स्वयं सञ्चारकर्मी नै ‘साइबर बुलिङ’ को शिकार बन्नु पछिल्लो समय सामान्य जस्तै बन्न लागेको छ । नेपाल प्रहरीको साइबर ब्युरोमा पुग्ने अधिकांश पीडित सामाजिक सञ्जाल दुरुपयोगको सिकार बन्ने गरेको पाइएको छ । ब्युरोका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगमार्फत यस्ता घटना गुणात्मक रूपमा वृद्धि…
पूरा पढ्नुहोस् ...
रूपान्तरणको अध्याय

रूपान्तरणको अध्याय

काठमाडौँ, १ वैशाख २०८३ । तीन दशकभन्दा लामो राजनीतिक चक्रव्यूह तोडेर युवा पुस्तालाई राजकीय नेतृत्व सुम्पिँदै विसं २०८२ बिदा भएको छ । सत्ताको ‘म्युजिकल चियर’ बाट देशलाई मुक्त गराई राजनीतिक स्थिरताको नवीन अध्यायका सकारात्मक सन्देशसहित मङ्गलबारदेखि २०८३ सुरु भएको छ । असीमित जनआकाङ्क्षा र परिवर्तनका चाहनानिम्ति देशले निकै ठुलो विध्वंसको सामना पनि गरेको छ ।  २०८३ को नयाँ बिहानी सुरु हुँदा देशमा झन्डै दुई तिहाइ बहुमतसहितको एकल सरकारले सत्ता समालिरहेको छ । अस्थिर राजनीतिको चक्र समाप्त गर्दै युगीन रूपान्तरणका लागि जनताले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री वालेन्द्र शाहलाई सत्ता सञ्चालनको जिम्मेवारी सुम्पिएका हुन् । यो मतादेशमा नागरिकको राजनीतिक नेतृत्व रूपान्तरणको अपेक्षासँगै सुशासन, आर्थिक विकास, रोजगारी, जवाफदेही राज्य प्रणाली र राज्यका निकायबाट पाउने सेवासुविधाको सहज पहुँच पनि जोडिएका छन् ।  २०७२ सालमा नेपालको संविधान जारी भएपछि राजनीतिको नयाँ युग आरम्भ हुने जनअभिलासा पूरा नहुनु, राजनीतिक नेतृत्व सत्ता र शक्ति केन्द्रित हुनु र नेतृत्वप्रति नागरिक अविश्वास बढ्नु आदि कारणले २०८२ भदौ २३ र २४ गते जेनजी जनआन्दोलन भयो । जेनजी जनआन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो । उहाँकै नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गते निर्वाचन सम्पन्न गराएर संविधानलाई सही दिशा प्रदान गरेको छ । संविधानविद् प्राडा विपिन अधिकारीले २०८२ सालको मूल मुद्दा राजनीतिक रूपान्तरणसँगै संविधानलाई…
पूरा पढ्नुहोस् ...
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २८ चैत २०८२ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी प्रदेशका पहाडी तथा हिमाली भेगसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने पहाडी भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुरी चल्ने पूर्वानुमान छ । यसैगरी, आज राति देशका हिमाली भू–भागमा साधारणतया बदली हुने पहाडी इलाकामा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही र कोशी तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । -रासस
पूरा पढ्नुहोस् ...
समृद्धिका लागि एकताको आह्वान

समृद्धिका लागि एकताको आह्वान

काठमाडौँ, २८ चैत २०८२ । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरण तथा राष्ट्रिय एकताको प्रवर्धनका लागि एकताबद्ध भई अघि बढ्नुपर्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फुटेर नभई जुटेर तथा विगतका कटुताबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभएको हो । प्रतिनिधि सभा निर्वाचनपछिको पहिलो अधिवेशनमा राष्ट्रपतिले सम्बोधन गर्ने संवैधानिक व्यवस्थाबमोजिम उहाँले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुभएको हो ।  सम्बोधनमा उहाँले भन्नुभयो, “मुलुकमा लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, राष्ट्रिय एकताको प्रवर्धन तथा आर्थिक समृद्धिको साझा लक्ष्य हासिल गर्न हामी फुटेर होइन जुटेर, विगतका कटुता कोट्याएर होइन त्यसबाट पाठ सिक्दै एकताबद्ध भई अघि बढ्नुपर्ने खाँचो छ ।” विषम अवस्थामा तोकिएकै मितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गरेकामा राष्ट्रपतिले सबै सरोकारवालालाई धन्यवादसमेत दिनुभयो । अन्तरिम सरकारले चुनाव गराउने आफ्नो मूल दायित्व पूरा गरेकामा धन्यवाद दिँदै उहाँले राज्य संयन्त्रलाई लयमा ल्याई भ्रष्टाचार न्यूनीकरण, सुशासन प्रवर्र्धन तथा सेवा प्रवाहमा सुधारसहित संवैधानिक र लोकतान्त्रिक अधिकारको संरक्षणका लागि कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेकामा प्रशंसासमेत गर्नुभयो ।  निर्वाचनबाट नेपालको संसदीय इतिहासमै अभूतपूर्व युवा प्रतिनिधित्व भएको र यसले लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा युवापुस्ताको आकर्षण, विश्वास, सहभागिता तथा नेतृत्व विकास भएको स्पष्ट सन्देश दिएको पनि राष्ट्रपतिले बताउनुभयो । नागरिकले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सबै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुकभित्रै रोजगारीका अवसरलगायतका माग…
पूरा पढ्नुहोस् ...
आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर

काठमाडाैँ, २५ चैत २०८२ । सरकारले पेट्रोलियम पदार्थ आयातमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबारको आकस्मिक बैठकले त्यस्तो निर्णय गरेको हो । विभिन्न शीर्षकमा लगाएको करका कारण इन्धनको मूल्य थप महँगो भएको समाचार गोरखापत्रले मङ्गलबार प्रकाशन गरेको थियो ।  सरकारको यस्तो निर्णय भए पनि नेपाल आयल निगमले तत्काल मूल्य घटाउने सम्भावना रहेको छैन । पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासमा घाटा उच्च भएकाले तत्कालका मूल्य नघट्ने भएको हो ।  नेपाल आयल निगमका अनुसार भन्सार महसुल तथा पूर्वाधार विकास कर ५० प्रतिशत कम गरेपछि पेट्रोल लिटरमा १७ रुपियाँ, डिजेल/मटितेल लिटरमा ११ रुपियाँ र खाना पकाउने एलपी ग्यासमा ४५ रुपियाँ मूल्य सस्तो पर्न सक्छ । निगमले उच्च घाटा भएर तेल खरिद गरेको रकम भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको भन्दै आपूर्ति व्यवस्था सहज राख्नका लागि पनि तत्काल मूल्य नघटाउने भएको हो ।  एक महिनाअघि देखि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको र इन्धनमा लगाइएको उच्च करका कारण थप मूल्य महँगो हुँदै गएको छ ।  यसअघि पेट्रोल र डिजेल लिटरमा पूर्वाधार विकास करबापत १० रुपियाँ कर लाग्दै आएकोमा अब लिटरमा पाँच रुपियाँ लाग्ने छ । यस्तै पेट्रोल प्रतिलिटरमा २५ रुपियाँ २३ पैसा र डिजेल/मटितेलमा प्रतिलिटरमा १२.०३ पैसा भन्सार महसुल…
पूरा पढ्नुहोस् ...
पश्चिमी प्रणालीको प्रभावले देशभर बदली र वर्षा सम्भावित

पश्चिमी प्रणालीको प्रभावले देशभर बदली र वर्षा सम्भावित

काठमाडौँ, २५ चैत २०८२ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा छ । देशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ । बुधबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली रहने तथा अन्य भागमा आंशिक बदली रहने सम्भावना रहेको छ । ती प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानका साथै मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी तथा हिमाली भागका धेरै तथा तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ । मधेश र कोशी तथा बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्तालगायत…
पूरा पढ्नुहोस् ...
काठमाडौंसहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा

काठमाडौंसहित पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा

काठमाडौँ,  २३ चैत २०८२ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको बताएको छ । अहिले बागमती प्रदेशको काठमाडौंलगायत पहाडी भेगमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको र बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।  गण्डकी प्रदेशमा धेरै स्थानहरुमा, बागमती प्रदेशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपात भएको छ ।  मङ्गलबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । सो प्रदेशका धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भू–भागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार बुधबार पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू–भागमा साधारणतया बादल लाग्नेछ ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.