KhojSansar

स्वास्थ्य

धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

धुर्कोटका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा

तम्घास (गुल्मी), १० असोजः धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित छवटा स्वास्थ्यचौकी छन् । धुर्कोट–६ मा रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत १५ वर्षदेखि ल्याब सेवा सञ्चालन भएरहेको छ । उक्त अस्पतालमा हाल दुई जना विशेषज्ञ चिकित्सकसमेत छन् । बाँकी रहेका छवटा स्वास्थ्यचौकीमा पछिल्लो समय ल्याब सेवा सुरु गरिएको हो । रजस्थलमा रहेको आधारभूत अस्पतालसहित नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु र वाग्ला स्वास्थ्यचौकी गरी सातवटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । ल्याब सेवासहित सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालन भएसँगै सुत्केरी र गर्भवतीलाई सहज भएको छ । ल्याब सेवा सञ्चालनका लागि सबै स्वास्थ्य संस्थामा ल्याब असिस्टेनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वडामा ल्याब सेवा सुरु भएपछि स्थानीयलाई रगत, पिसाबगायत परीक्षण गर्न तम्घास अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । गर्भवतीसहित अन्य बिरामीको रगत परीक्षणलगायत सेवामा सहज भएको स्थानीय मीना क्षेत्रीले बताउनुभयो । “अब आफ्नै गाउँमा ल्याब सेवा लिन पाइने भयो, गर्भवतीलाई रगत जाँचका लागि कम्तीमा एकपटक तम्घास जानुपर्ने बाध्यता थियो, अब उक्त सेवा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ”, उहाँले भन्नुभयो । स्वास्थ्यचौकीबाट योभन्दा अगाडि चौबीसै घण्टा संस्थागत प्रसूति सेवा, खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन,…
पूरा पढ्नुहोस् ...
बजेट अभावमा अलपत्र अस्पताल

बजेट अभावमा अलपत्र अस्पताल

ढोरपाटन (बागलुङ), ४ असोज : चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो । निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० श्ययाको आधारभूत अस्पताल निर्माणका लागि लागि विसं २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । रु आठ करोड २४ लाखमा निर्माण सुरु भएको अस्पताल विसं २०८० पुसमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हालसम्म ८० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस÷एसी जेबी कन्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिनुभयो । बजेट नआउँदा एक वर्षदेखि काम रोकिएको उहाँको भनाइ छ । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको रु एक करोड १० लाखसहित थप रु ६० लाख व्यवस्थापन गर्नसके काम गर्न समस्या नहुने उहाँ बताउनुहुन्छ । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको अदैले सुनाउनुभयो । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्षनै अस्पताल सम्पन्न भई सक्ने उहाँको भनाइ छ । पोहोर सालनै सकिनुपर्ने अस्पतालको काम बजेट नआएपछि गत असार मसान्तसम्म म्याद थप भएको थियो । बजेट नआएसम्म काम गर्न नसकिने अदै बताउनुहुन्छ । अदैले भन्नुभयो, “यो अस्पतालको काम अब धेरै छैन, रङरोघन, विद्युत् जडान र फिनिसिङको काम बाँकी छ, बजेट हुने हो…
पूरा पढ्नुहोस् ...
‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

‘समयमै रोगको पहिचान गरे मिर्गौला बचाउन सकिने’

काठमाडौँ, ४ असोजः समयमै मिर्गौला रोगको पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिने एक अध्ययनले देखाएको छ । वीर अस्पतालमा पछिल्लो ५०० जना मिर्गौला बिग्रेर निकालिएका बिरामीहरुमाथि गरिएको अध्ययनले ९० प्रतिशत मिर्गौलाका बिरामीले समयमै उपचार गरेको भए बचाउन सकिने देखिएको हो । उक्त अध्ययन सोही अस्पतालले गरेको थियो । अस्पतालका युरोसर्जरी विभाग प्रमुख कन्सल्ट्यान्ट प्राडा रबिनबहादुर बस्नेतले ५०० जनामा ४७० जनाको मिर्गौला समयमा नै उपचार गरेको भएमा बचाउन सकिने अध्ययनमा देखिएको जानकारी दिनुभयो । तीमध्ये ३० जनाको मात्र मिर्गौला जोगाउन नसकिने अवस्थाको रहेको उहाँले बताउनुभयो । ती जोगाउन सकिने मिर्गौला जनचेतनाको कमीले नियमित जाँच नगर्दा जोगाउन नसकिएको उहाँको भनाइ छ । उहाँका अनुसार धेरैजसो मिर्गौलाका बिरामी पत्थरीका कारण हुने गरेका छन् । ५०० जनामा गरिएको अध्ययनमा ६५ प्रतिशत बिरामीमा पत्थरीको कारण मिर्गौला बिग्रिएको देखिएको छ । त्यसैगरी १५ प्रतिशत जन्मजात मिर्गौलाका बिरामी, १० प्रतिशतमा मिर्गौलाको क्यान्सर र चार प्रतिशतमा अन्य सङ्क्रमणले मिर्गौला बिग्रने गरेको अध्ययनले पुष्टि गरेको छ । पत्थरीले पिसाब आउने बाटो बन्द गरिदिन्छ र पिसाब थैलीमा पिसाब नआए मिर्गौला फुल्लिँदा मिर्गौला बिग्रने गर्दछ । यसरी एउटा मिर्गौला फुल्लिए पनि अर्को मिर्गौलाले काम गर्ने हुँदा बिरामीले मिर्गाैला फुल्लिएको थाहा पाउँदैनन, जसले गर्दा अर्को मिर्गौला बिग्रने चिकित्सकहरुको भनाइ छ । जन्मजात मिर्गौलाको पिसाब थैलीमा जाने मुख बन्द भए पनि मानिसको…
पूरा पढ्नुहोस् ...
देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

देवचुलीमा सुविधासम्पन्न ‘ट्रमा सेन्टर’ निर्माण सुरु

नवलपुर (नवलपरासी ब सु पू), १२ भदौः यहाँको देवचुली नगरपालिका–१७ मा सुविधासम्पन्न ट्रमा सेन्टर निर्माणको काम धमाधम सुरु भएको छ । गत असार ३० गते निर्माण सुरु भएको १८ महिनामा काम सम्पन्न गर्नेगरी नेपाल सरकारसँग भएको सम्झौताअनुसार काम धमाधम भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर द्रोण मानदेव कटुवालले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु १० करोड ३५ लाखमा निर्माणसम्पन्न गर्नेगरी चितवनको बिबिएस जेभीले निर्माणको काम गरिरहेको जानकारी दिनुभयो । “हाल जग खन्ने काम भइरहेको छ, निर्माण कम्पनीले डन्डी झार्ने, फाउन्डेसन तयार पार्ने काम गरिरहेको छ । अबको केही दिनमा जग ढलानको काम हुन्छ”, उहाँले भन्नुभयो । वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गर्दा विभिन्न प्रजातिका ६४६ वटा रूख÷पोल कटान गर्नुपर्ने प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्बाट निर्णय भएपछि काम अगाडि बढेको कटुवालले बताउनुभयो । मन्त्रिपरिषद्बाट रूख कटानको अनुमति पाएको भए पनि हाल भवन निर्माण हुने ठाउँको मात्रै रूख काटेर काम भइरहेको उहाँले सुनाउनुभयो । ट्रमा सेन्टरका साइट इन्जिनियर अविशेककुमार चौरसियाका अनुसार झराही सामुदायिक वनको करिब तीन बिघा क्षेत्रफलमा ट्रमा सेन्टर निर्माण भइरहेको छ । यस्तै, १५ शय्या क्षमताको साढे दुई तलाका भवन एक हजार वर्गमिटर क्षेत्रफल ओगट्ने गरी बनाइँदैछ । जसमा भुइँतल्लामा बिरामीको उपचार, पहिलो तल्लामा अस्पताल प्रशासन, बहुउद्देश्यीय सभाकक्ष तथा अस्पताल वार्ड एवम् माथिल्लो तल्लामा कर्मचारीको…
पूरा पढ्नुहोस् ...
वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्जमा हैजाका ६४ जना बिरामी उपचाररत

वीरगञ्ज (पर्सा), १२ भदौः यहाँस्थित नारायणी अस्पतालमा हैजाबाट सङ्क्रमित ६४ जना बिरामी उपचाररत रहेका छन् । अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहका अनुसार उनीहरुको अवस्था सामान्य छन् । उक्त अस्पतालमा यही भदौ ६ देखि ११ गतेसम्म २२६ जना झाडाका बिरामी आएकामा १६२ जना स्वास्थ्यलाभ गरेर घर फर्किएका उहाँले जानकारी दिनुभयो । छ जनाको सघन उपचारकक्षमा उपचार भइरहेको छ । बुधबार साँझसम्म ११० जनाको ‘कोलेरा आरडिटी’ गरिएकामा ४८ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको छ । आरडिटी पोजिटिभमध्ये १५ जनाको नमूना ‘कल्चर’का लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पठाइकामा १२ जनामा ‘भिब्रिओ कोलेरा’ भेटिएको छ । -रासस
पूरा पढ्नुहोस् ...
पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन

काठमाडौँ, ७ भदौ: पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।” वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । हैजा नियन्त्रणका लागि सरकार संवेदनशील छ यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुग्नु भई त्यहाँको अवस्थाबारे जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । त्यस क्रममा उहाँले हैजा नियन्त्रणका लागि सरकार संवेदनशील रहेको बताउनुभएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा पुगेपछि मन्त्री यादवले भन्नुभयो, “हामी हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम गरिरहेका छौँ । सरकार यस विषयमा निकै गम्भीर छ ।” मन्त्री यादवले हैजा प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विशेष पहल गरिरहेको जानकारी दिनुभयो । उहाँले वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमन तथा निरीक्षणसँगै त्यहाँको नारायणी अस्पताल, तराई हस्पिटल, वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालमा उपचाररत सङ्क्रमित बिरामीहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो । -रासस
पूरा पढ्नुहोस् ...
लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित र दिगोपना घोषणा

लुम्बिनी, ५ भदौ : लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा आयोजित विशेष समारोहमार्फत लुम्बिनी प्रदेशलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको घोषणा गर्नुभयो । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा घरधुरी सर्वेक्षणमार्फत १६ देखि २३ महिनासम्मका ७० हजार ५१८ बालबालिकालाई १५ महिनाभित्र पाउनु पर्ने सबै खोप प्राप्त भएको सुनिश्चित गरिएको छ । यस क्रममा शून्य मात्रा भएका ६९ र खोप छुट भएका २ हजार ३ सय ८७ बालबालिकालाई पनि खोजी गरी खोप लगाइएको थियो । जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै ड्रप आउट बाँकेमा ७ सय ६२, कपिलवस्तुमा ६ सय ५२ र रुपन्देहीमा ४ सय ४४ रहेको छ भने रुकुमपूर्वमा शून्य ड्रप आउट देखिएको छ । पूर्ण खोप अभियानअन्तर्गत २०८२ जेठ ८ मा नवलपरासी पश्चिमबाट दिगोपना घोषणा सुरु भएको थियो । यसपछि क्रमशः रोल्पा, पाल्पा, कपिलवस्तु, बाँके, रुपन्देही, प्युठान, रुकुमपूर्व, दाङ, गुल्मी, बर्दिया र अन्त्यमा २०८२ असार २७ मा अर्घाखाँचीमा घोषणा गरिएको हो ।लुम्बिनी प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम भएपछि राष्ट्रिय खोप समन्वय समितिले भेरिफिकेशन गरी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने अनुमति दिएको थियो । घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बालबालिका खोप सेवा लिनबाट बञ्चित हुन नपरोस् भन्नेगरी…
पूरा पढ्नुहोस् ...
पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल

पर्वत, ५ भदौः एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छ्रैनन् । ग्रामीण नागरिकलाई सर्वसुलभ स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएका ती अस्पताल सञ्चालनमा ल्याउन नसकिएको हो । जिल्लाका सात स्थानीय तहमध्ये कुश्मा र जलजला गाउँपालिकामा भवन निर्माण सम्पन्न भए पनि सञ्चालन हुन सकेको छैन । अन्य स्थानीय तहमा अस्पताल निर्माण सम्पन्न भएको छैन । मोदी गाउँपालिका–५ स्थित बाजुङ पोखरेमा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास गरिएको पाँच वर्ष बित्दासमेत जग्गा प्राप्तिको प्रक्रिया पूरा हुन सकेको छैन । वडा नं ५ का वडाध्यक्ष मानबहादुर अधिकारीले जनताको माग अनुसार गाउँपालिका आफैँले गतवर्ष भवन भाडामा लिई आधारभूत अस्पताल सञ्चालन गर्ने योजना बनाएको बताउनुभयो । कुश्मा नगरपालिका–१२ ठूली पोखरीमा करिब रु पाँच करोडमा १० शय्याको आधारभूत अस्पताल भवन गतवर्ष निर्माण भए पनि स्रोतसाधनको अभावमा सञ्चालन गर्न नसकिएको सो वडाका वडाअध्यक्ष झलक रिमालको गुनासो छ । जलजला गाउँपालिकाका सूचना अधिकारी भेषराज आचार्यका अनुसार वडा नं ३ मल्लाजमा करिब रु १० करोडमा निर्माणाधीन आधारभूत अस्पतालको भवन निर्माण सम्पन्न भए पनि सञ्चालन गर्न सकिएको छैन । त्यसैगरी फलेवास नगरपालिका– ६ देविस्थानमा अस्पताल निर्माणका लागि पाँच रोपनी बढी जग्गा व्यवस्था गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट रु एक करोड ७० लाख…
पूरा पढ्नुहोस् ...
बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

बेनी प्रदेश अस्पताल : नयाँ भवनबाट अन्तरङ्ग र बहिरङ्ग सेवा

म्याग्दी, १ भदौ : प्रदेश अस्पताल बेनीले अन्तरङ्ग र बहिरङ्ग विभागको सेवा नयाँ भवनबाट थालिएकोे छ । करिब आठ वर्ष अस्थायी भवनको साँघुरा भवनका कोठाबाट सञ्चालन हुँदै आएको उपचारकक्ष नयाँ भवनमा स्थानान्तरण भएपछि बिरामीको उपचार सहज भएको छ । प्रदेश अस्पतालका प्रमुख डा रविरञ्जन प्रधानले नयाँ भवनको भुइँतलामा बहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालन गरेको जानकारी दिनुभयो । “पुराना र अस्थायी भवनका साँघुरा कोठामा बिरामीलाई कठिन र स्वास्थ्यकर्मी तथा चिकित्सकलाई अप्ठ्यारो पर्नु स्वाभाविक थियो”, उहाँले भन्नुभयो, “व्यवस्थापकीय चुनौतीलाई चिर्दै शल्यक्रिया, प्रसूति र फार्मेसी कक्षलाई पनि नयाँ भवनमा सार्ने तयारीमा छौँ ।” अस्पताल व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने कार्यालय र निर्माण व्यवसायीसँग समन्वय गरेर नयाँ भवनमा सेवा सञ्चालन गर्न उपसमिति गठन गरेर पहल गरिएको प्रमुख डा प्रधानले बताउनुभयो । ज्येष्ठ नागरिक, बालबालिका, महिला, पुरुष र शल्यक्रिया गरेका बिरामीका लागि छुट्टाछुट्टै उपचारकक्षको व्यवस्था गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा सेवा पाउँदा सहज भएको बताउनुभयो । विसं २०७२ मा १५ बाट ५० शय्यामा स्तरोन्नति भएको बेनी अस्पताल विस्तारित क्षमताअनुसारको भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भएको थियो । पक्की भवन बनाउनका लागि २०७४ सालमा पुरानो बहिरङ्ग विभागको भवन भत्काएपछि अस्थायी भवन बनाएर सेवा सञ्चालन गरिएको थियो । तीनवटामध्ये प्रयोग गर्न मिल्ने भएको एउटा भवनलाई प्रयोगमा ल्याएको र…
पूरा पढ्नुहोस् ...

‘आर्ट अफ लिभिङ ह्याप्पिनेस कोर्ष ’ : मस्तिष्क स्वस्थ राख्न ध्यान र योग जरुरी

काठमाडौँ, १ भदौ : अन्य पेसाका मानिसले भन्दा सञ्चारकर्मीले हरक्षण व्यस्ततापूर्ण समय बिताउनुपर्छ । हतारमा गरिने पेसाले तत्काल तनाव उत्पन्न भइरहनु स्वाभाविकै हो । यस्तो व्यस्त र तनावपूर्ण क्षण एवं अवस्थासँग जुध्ने सशक्त माध्यम ध्यान र योग नै रहेको र यसको साधनाबाट नै दैनिक जीवनलाई थप व्यवस्थित गर्न सामथ्र्यताको ऊर्जा मिल्ने जनाइएको छ । यसै सन्दर्भमा आध्यात्मिक गुरु श्री रविशङ्करद्वारा स्थापित ‘आर्ट अफ लिभिङ फाउन्डेसन’द्वारा तयार गरेको आधारभूत तहको ध्यान शिविर (ह्याप्पिनेश कोर्ष) कार्यक्रम स्वास्थ्य पत्रकारका लागि सञ्चालन गरिएको छ । शनिबार सम्पन्न तीनदिने ‘ह्याप्पीनेश कोर्ष’मा आर्ट अफ लिभिङ नेपालका महासचिव प्रभुराज वैद्यले संयोजन गर्नुभएको थियो भने आध्यात्मिक गुरु रीतिका लोहिया र शरद् भेषवाकरले मुख्य प्रशिक्षण प्रदान गर्नुभएको थियो । यतीकेम डिस्ट्रिब्युटर्सका कार्यकारीसमेत रहनुभएका वैद्यले तालिम समापनका अवसरमा खासगरी शरीर स्वस्थ राख्न व्यायामको भूमिका रहेजस्तै मस्तिष्क स्वस्थ राख्नका लागि ध्यान र योग जरुरी रहने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेको व्यस्ततापूर्ण समय र अझ सञ्चारकर्मीको दैनिक जीवन अझ व्यस्त र तनावपूर्ण हुने गर्छ । तनावपूर्ण जीवनलाई व्यवस्थित गर्नु पनि आवश्यक छ भनेर नै हामीले प्रथमपटक यसपटक स्वास्थ्य क्षेत्रमा क्रियाशील सञ्चारकर्मीका लागि यो आधारभूत तहको (ह्याप्पिनेस) कोर्ष उपलब्ध गराएका हौँ । यसबाट आफ्नो जीवनलाई थप ऊर्जावान गराउन, शारीरिकसँगै मानसिक रूपमा समेत स्फुर्ति बढाउन पनि सहयोग मिल्यो होला भन्ने आशा लिएको छु ।”…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.