१ महिना अगाडि
१ महिना अगाडि
काठमाडौँ, ६ भदौ (रासस): अठ्ठाइस वर्षीया कमला दमाईंको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् । महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर, पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् । छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख…