१७ घण्टा अगाडि
१७ घण्टा अगाडि
तम्घास (गुल्मी), १० असोजः धुर्कोट गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको छ । धुर्कोटमा एउटा आधारभूत अस्पतालसहित छवटा स्वास्थ्यचौकी छन् । धुर्कोट–६ मा रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पतालमा विगत १५ वर्षदेखि ल्याब सेवा सञ्चालन भएरहेको छ । उक्त अस्पतालमा हाल दुई जना विशेषज्ञ चिकित्सकसमेत छन् । बाँकी रहेका छवटा स्वास्थ्यचौकीमा पछिल्लो समय ल्याब सेवा सुरु गरिएको हो । रजस्थलमा रहेको आधारभूत अस्पतालसहित नयाँगाउँ, पिपलधारा, हाडहाडे, जैसिथोक, वस्तु र वाग्ला स्वास्थ्यचौकी गरी सातवटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिनुभयो । ल्याब सेवासहित सबै स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर पनि सञ्चालन गरिएको छ । उक्त सेवा सञ्चालन भएसँगै सुत्केरी र गर्भवतीलाई सहज भएको छ । ल्याब सेवा सञ्चालनका लागि सबै स्वास्थ्य संस्थामा ल्याब असिस्टेनको व्यवस्था गरिएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । वडामा ल्याब सेवा सुरु भएपछि स्थानीयलाई रगत, पिसाबगायत परीक्षण गर्न तम्घास अस्पताल जानुपर्ने बाध्यता अन्त्य भएको छ । गर्भवतीसहित अन्य बिरामीको रगत परीक्षणलगायत सेवामा सहज भएको स्थानीय मीना क्षेत्रीले बताउनुभयो । “अब आफ्नै गाउँमा ल्याब सेवा लिन पाइने भयो, गर्भवतीलाई रगत जाँचका लागि कम्तीमा एकपटक तम्घास जानुपर्ने बाध्यता थियो, अब उक्त सेवा सम्बन्धित वडाको स्वास्थ्य संस्थामा उपलब्ध हुनेछ”, उहाँले भन्नुभयो । स्वास्थ्यचौकीबाट योभन्दा अगाडि चौबीसै घण्टा संस्थागत प्रसूति सेवा, खोप सेवा, गर्भवती जाँच, परिवार नियोजन,…