KhojSansar

लुम्बिनी प्रदेश

गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

रुपन्देही, १२ श्रावण - तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, लुम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा दीप प्रज्वलन, बधाई तथा सम्मान कार्यक्रम रुपन्देहीमा सम्पन्न । गण्डकी प्रदेशसभाबाट २०८२ असार २४ गते गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरिएसँगै यी दुई भाषाले औपचारिक रूपमा सरकारी भाषाको मान्यता पाएका हुन् । "प्ये म्हस्याँ छया म्हमु, छया म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु" – सम्पूर्ण तमू (गुरुङ) एक हौं ! यसै सन्दर्भमा लुम्बिनी प्रदेश कार्यसमितिले दीप प्रज्वलन कार्यक्रम गरी ऐतिहासिक उपलब्धिप्रति कृतज्ञता प्रकट गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षणमा निरन्तर क्रियाशील रहनुपर्ने प्रतिबद्धता दर्शाएको थियो । भने वक्ताहरूले गुरुङ र मगर भाषाको सरकारी मान्यता नेपालकै भाषिक समावेशीताको मार्गचित्र भएको उल्लेख गर्दै राज्यको बहुभाषिक संरचनालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सस्थाका केन्द्रीय सचिव मिलन तमुको प्रमुख आतिथ्यता, प्रदेश प्रमुख, लुम्बिनी झपट बहादुर तमु र निवर्तमान केन्द्रीय सचिव तथा युवा विद्यार्थी विभाग प्रमुख जिएस तमुको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिका रुपमा केन्द्रीय कार्यसमितिका सदस्यज्यूहरू गगा तमुस्यो, टिचन तमुस्यो, धन बहादुर तमु, राजेन्द्र बहादुर तमु, महेन्द्र कुमार तमु,  निवर्तमान केन्द्रीय सदस्य  दिपक तमु, तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशकी अध्यक्ष हो माया तमुस्यो, तमु युवा छोंज धीं लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु, साथै जिल्ला अध्यक्षज्यूहरू राम बहादुर तमु (रुपन्देही), लेम…
पूरा पढ्नुहोस् ...
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

लुम्बिनी, १२ साउनः लुम्बिनी प्रदेश सरकारले ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना (२०८१–२०८६) आज सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा कार्ययोजना सार्वजनिक गरिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृतगगरी कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो भएको हो । मानसिक स्वास्थ्यसम्बन्धी समस्या दिनानुदिन गहिरिँदै गइरहेका बेला प्रदेश सरकारले दीर्घकालीन रणनीतिसहितको कार्ययोजना ल्याएको जनाएको छ । राष्ट्रिय सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताले जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगेका छन् भने हाल ५ दशमलव ४ प्रतिशतले यस्तो समस्या अनुभव गरिरहेका छन् । सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश आत्महत्या दरको हिसाबले तेस्रो स्थानमा पर्छ । प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच र माग दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/८० मा १७ हजार सात सय ८८ जनाले मानसिक स्वास्थ्य सेवा लिएका थिए । आव २०८०/८१ मा सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढी बढेर ३५ हजार चार सय ११ पुगेको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८१/८२ मा भने सेवा लिनेको सङ्ख्या ३४ हजार तीन सय ८५ रहेको मन्त्रालयले जनाएको छ । यद्यपि अघिल्लो…
पूरा पढ्नुहोस् ...
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी ११, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धका शिक्षाले अन्तरराष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ ।” मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केबल धार्मिकस्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “लुम्बिनी विश्वशान्तिको सन्देश फैलाउने केन्द्र हो, यस्ता अन्तरराष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ”, उहाँले भन्नुभयो । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उहाँले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो । उहाँले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.