ज्ञानु कुँवर
बागलुङ, १३ श्रावण – अब बागलुङबासीलाई आइफोन किनमेलका लागि काठमाडौं वा पोखरा धाउन आवश्यक नपर्ने भएको छ । बागलुङ बजारको बाघचोकस्थित गंगाराम भवनमा आइफोन ब्राण्डका मोबाइल र एप्पल उत्पादनहरूको बिक्रीका लागि ‘जोय स्टोर’ नामक नयाँ स्टोर सञ्चालनमा आएको हो ।
झण्डै ८० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो स्टोर सुयस श्रेष्ठ र राजु पौडेलको संयुक्त प्रयासबाट सञ्चालनमा ल्याइएको हो । मोबाइल व्यवसायमा पहिले नै सफलता कमाएका यी दुई युवाले अब बागलुङमा पहिलो पटक आइफोनको आधिकारिक ब्राण्ड स्टोर ल्याएका हुन् ।
स्टोरको उद्घाटन बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले गरेका थिए । उनले कार्यक्रममा बोल्दै यस्तो लगानी र पहलले नगरको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । साथै, अब आइफोनजस्ता प्रिमियम उत्पादनहरू सहजै बागलुङमै उपलब्ध हुने भएपछि उपभोक्ताले समय र खर्च दुवै बचत गर्न सक्ने समेत बताए ।
उद्घाटन समारोहमा नगर उपप्रमुख राजु खड्का, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, प्रहरी उपरीक्षक तिलक भारती लगायतको उपस्थिति रहेको थियो ।
जोय स्टोरमार्फत अब बागलुङमा नै आइफोनका पछिल्ला सिरिजहरू, म्याकबुक, आईप्याड, र अन्य एप्पल उत्पादनहरू खरिद गर्न सकिनेछ । साथै विशेष अफरहरु १ हप्टा साउन १९ गते सम्म रहने छ । थप जानकारीका लागि सम्पर्क ९८५७६६२६६६