KhojSansar

दूतावासको घुम्ती शिविरबाट सेवाग्राही लाभान्वित

Khoj Sansar News

वाशिङ्टन डिसी, १६ साउनः नेपाली राजदूतवासले ओहायो राज्यको कोलम्वसमा विभिन्न सेवा प्रदान गर्ने उद्देश्यका साथ घुम्ति शिविर सञ्चालन गरेको छ । मङ्गलबार र बुधबार गरी आयोजना गरिएको घुम्ती शिविरमा करिब चार सय सेवाग्राहीले सेवा लिएको डिसीस्थित दूतावासले जानकारी दिएको छ ।

ओहायो राज्यका लागि अवैतनिक महावाणिज्यदूत डा दामोदर पौडेलको समन्वयमा स्थानीय गैरआवासीय सङ्घको समेत सहभागितामा शिविर सञ्चालन गरिएको थियो ।

यहाँ रहेका नेपालीहरूका लागि राहदानी नवीकरणलगायत सेवाका लागि डिसीमा रहेको दूतावाससम्म पुग्नका लागि समय र स्रोतको कारणले महँगो पर्नेमा दूतावासको टोली नै आएर सेवाग्राहीलाई सेवा दिनु महत्त्वपूर्ण भएको पौडेलले प्रतिक्रिया दिनुभयो । डिसीस्थित दूतावासका इकोनोमिक कन्सुलर युगराज पाण्डेको प्राविधिकसहितको टोलीले शिविरमा सेवा दिएको थियो ।

यसैगरी गत आइतबार र सोमबार केन्टकी राज्यमा सोही प्रकृतिको शिविर सञ्चालन गरिएको थियो । विगत केही वर्षदेखि नेपालीहरूको जनघनत्व बढी भएको राज्यमा दूतावासले शिविर सञ्चालन गर्दै आएको छ, यसबाट सेवाग्राही खुसी भएका छन् । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.