KhojSansar

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

Khoj Sansar News

गुलरिया (बर्दिया), १६ साउनः वातावरण संरक्षण र जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिभिजन वन कार्यालयले बर्दिया र बाँकेमा घरदैलो कार्यक्रम गरी निःशुल्क बिरुवा वितरण गरिरहेको छ । बर्दिया र बाँकेका आठ/आठ पालिकाका समुदायिक वनलाई लक्षित गर्दै डिभिजन वन कार्यालयले दुवै जिल्लाका उपभोक्तालाई निःशुल्क बिरुवा वितरण गरिरहेको हो ।

कार्यालय बर्दियाले बकानो, खयर, शीतलचिनी, निम, असिना, मौवा, जामुन, बर्रो, बेल, विजयसाल, शिरिष, सिसौ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, राजवृक्ष, अम्लबालगायत विभिन्न जातका बिरुवा निःशुल्क रूपमा घरदैलोमार्फत वितरण गरिरहेको जनाएको छ ।

जलवायुमैत्री जिल्ला निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिइएको कार्यालयका वरिष्ठ वन अधिकृत गणेश ऐडीले बताउनुभयो । वन अधिकृत टङ्कबहादुर गुरुङका अनुसार वैकल्पिक कृषिखेतीका रूपमा आम्दानी हुने भएकाले बोटबिरुवा लगाउन किसान आकर्षित भएका छन् ।

वन कार्यालयको यो अभियानले जैविक विविधता संरक्षणसँगै हरित जिल्ला बनाउन पनि सहयोग गरेको छ । यस वर्ष बर्दियाका दुई सय ८२ सामुदायिक वनमा र बाँकेका दुई सय सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । -रासस

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.