KhojSansar

आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग

गण्डकी, ६ भदौः पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा आज चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो । उहाँहरूलाई जनही रु २५ हजारका दरले रु एक लाख सहयोग गरिएको हो । कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, दश जोड दुई परीक्षा उत्तीर्ण छात्रछात्र र समूहलाई आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

साधारणसभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.