KhojSansar

सगुना–फाग समेटिएको पुस्तक ‘लोली गौरा’ प्रकाशन

Khoj Sansar News

कञ्चनपुर, ६ भदौ : देउडा संस्कृति संरक्षण प्रतिष्ठान जिल्ला शाखा कञ्चनपुरले सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण पर्व गौरामा गाइने सगुना–फागहरूको संगालो ‘लोली गौरा’ पुस्तक प्रकाशनमा ल्याएको छ ।

डडेल्धुरा, बैतडी, दार्चुलालगायतका जिल्लामा गाइने सगुना–फागहरू लोप हुँदै गएकाले बुढापाकाहरूसँग सङ्कलन गरी पुस्तकका रूपमा प्रकाशन गरी प्रतिष्ठानले बजारमा ल्याएको हो । पुस्तकको लेखन तथा संयोजन प्रतिष्ठानका जिल्ला शाखा अध्यक्ष गोदावरी ठगुन्नाले गर्नुभएको छभने पुस्तकको सम्पादन महेशकुमार जोशीले गर्नुभएको छ ।

पहिलो चरणमा एक हजारप्रति पुस्तक प्रकाशन गरिएका छन् । “लोली गौरा केवल किताब मात्र नभई हराउँदै गएको संस्कृतिलाई जोगाउने कडीका रूपमा छ”, अध्यक्ष ठगुन्नाले भन्नुभयो । -रासस

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.