KhojSansar

आज अन्तरराष्ट्रिय परोपकार दिवस

Khoj Sansar News

काठमाडौँ, २० भदौः आज अन्तरराष्ट्रिय परोपकार दिवस विश्वका विभिन्न मुलुकमा निर्धन र असहायको सेवामा आफ्नो जीवन समर्पण गर्नुभएकी मदर टेरेसाको स्मरण गर्दै परोपकारी गतिविधिका साथ मनाइँदै छ ।

सन् २०१२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको हो । असमानता, गरिबी र विविध ढङ्गका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।

पारदर्शी ढङ्गले निर्धनलाई सहयोग, युवा नेतृत्व विकास, विभेदरहित जिम्मेवारपूर्ण दानलगायत परोपकारी गतिविधि सञ्चालन तथा जलवायु एवं गरिबीका कारण गाँस, बास र कपासको व्यवस्था नभएकाहरुलाई उदार मनले मद्दत गर्न उक्त विश्व संस्थाले जोड दिएको छ । -रासस तस्बिर सौजन्यः संयुक्त राष्ट्रसङ्घ

सम्बन्धित समाचारः

  • मनसुन अवधिमा खडेरीको जोखिम

  • पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

  • रोसी बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.