KhojSansar

चट्याङ लागेर दुई जनाको मृत्यु

Khoj Sansar News

चन्द्रपुर (रौतहट), ८ असोजः यहाँका कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

आज साझ चट्याङ लागेर हथियाहीका १७ वर्षीय सेराज लहरी र सोही गाउका १६ वर्षीय नबिन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरिक्षक राजु कार्कीले मृतक दुवैको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जानकारी दिनुभयो ।

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.