KhojSansar

बस दुर्घटनामा २० जना घाइते

Khoj Sansar News

नवलपुर (नवलपरासी), ५ मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दुमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २८४५ नम्बरको बस आज मध्यविन्दु–८ खजुरी खोलामा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधु नेपालकाअनुसार दुर्घटनामा घाइते भएका सबैको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

प्रहरी चौकी तम्सरियाबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । बस अनियन्त्रित भइ दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । (तस्बिर सौजन्य जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

सम्बन्धित समाचारः

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

  • कसरी कार्यान्वयन हुन्छ जाँचबुझ आयोगको प्रतिवेदन ?

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.