KhojSansar

स्कुल भ्यान दुर्घटना हुँदा २५ विद्यार्थी घाइते १ विद्यार्थीकाे मृत्यु

Khoj Sansar News

बागलुङ,माघ २९, विद्यालय छुट्टी भएर घर फर्केका बालबालिका बोकेको स्कुल भ्यान दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन् भने १ विद्यार्थीकाे घटना स्थलमा मृत्यु भएका छ।

बागलुङ नगरपालिका–१ स्थित न्यू एभरेष्ट बोडिङ स्कुलको भ्यान वडा–४ स्थित पाखाथर भन्ने स्थानमा बिहीबार साढे ४ बजे सडकदेखि झण्डै ६० मिटर तल तल्लो घुम्तीमा खसेको हो। ग १ च ८६२१ नम्बरको भ्यानमा २६ जना विद्यार्थी सवार थिए ।

दुर्घटनामा घाइते भएका १९ जना विद्यार्थीको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ। भने ६ जनाकाे अवस्था गम्भीर रहेकोले पाेखरा रिफर गरेकाे प्रहरीले जनाएको छ।

सम्बन्धित समाचारः

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

  • बुटवल–नारायणगढ सडक अवरुद्ध

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.