KhojSansar

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

Khoj Sansar News

भोजपुर, १८ साउनः टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ । बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो ।

बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । बजारमाथिको डाँडामा ढुङ्गा उत्खनन गरिँदा बस्तीलाई असर परेको उहाँको भनाइ छ ।

“पाँचधारे बजार पहिराको जोखिमा परेको छ”, वडाध्यक्ष माङ्गपाहाङ्गले भन्नुभयो, “अहिले पहिरो चलिरहेको छ । ठूलो मनसुनी वर्षात् भएको खण्डमा बस्ती नै जोखिममा पर्ने अवस्था छ ।” बजार क्षेत्रका आठवटा घर पहिराको जोखिममा रहेको वडाध्यक्ष माङ्गपाहाङ्गले बताउनुभयो । यहाँको विपद् तथा क्षतिको विषयमा प्रहरी मुचुल्कासहित सम्बन्धित निकायमा पठाएको भए पनि कुनै सुनुवाइ नभएको उहाँको भनाइ छ ।

अहिले पनि जमिन चर्किएको स्थानमा सामन्य पहिरो गइरहेको अध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । समयमा रोकथाम नगरिएमा ठूलो क्षति हुने अवस्था रहेको उहाँले बताउनुभयो । -रासस

सम्बन्धित समाचारः

  • महँगी जोखिममा उपभोक्ता, ‘पर्ख र हेर’ मा सरकार

  • लुम्बिनीका अधिकांश वायु गुणस्तर मापन केन्द्र बन्द 

  • मध्यपूर्वमा तनाव कायमै, नेपालीको सुरक्षामा सरकार सतर्क

  • आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ

  • प्रत्यक्ष निर्वाचित १४ नारी

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.