KhojSansar

बाढीले पुल भासिँदा आवतजावत ठप्प

Khoj Sansar News

सिरहा, १९ साउनः यहाँको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ को सिक्रौन गाउँ जोड्ने मैनावती खोलाको पुल आज बाढीले भासिएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सो पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडियालगायत गाउँबाट मिर्चैया आउजाउ गर्न समस्या परेको छ । स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रुपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो ।

वडा नं १२ का वडाध्यक्ष मनेलाल यादवले भन्नुभयो, “स्थानीयले पटकपटक विरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरे । खोलाबाट जथाभावी बालुवा र माटो निकाल्दा आज यो अवस्था आयो ।”

करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको सो पुल आसपासबाट खोला सफाइका नाममा जेसिबी प्रयोग गरी माटो उत्खनन गर्दा पुल जोखिममा परेको थियो । स्थानीयले यसबारेमा गुनासो गर्दै आएका थिए, तर नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ । -रासस

सम्बन्धित समाचारः

  • मनसुन अवधिमा खडेरीको जोखिम

  • पश्चिम बङ्गालमा भाजपा, असममा एनडीए विजयी

  • रोसी बाढीमा फसेका ८९ यात्रुको नौ घण्टापछि उद्धार

  • मौसममा तत्काल सुधार नआउने, यो साताभर वर्षाको सम्भावना

  • एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.