KhojSansar

फुसको छानो हटाउने कार्यक्रम : रकम रोकिँदा लेखर्कका विपन्न परिवार समस्यामा

Khoj Sansar News

भोजपुर, ५ भदौ : फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा यहाँस्थित टेम्केमैयुङ–९ लेखर्काका स्थानीयवासी समस्या परेका छन् । सम्झौता पश्चात् पहिलो किस्ताको रकम पाएका स्थानीयले अझैसम्म दोस्रो किस्ता पाएका छैनन् ।

सघन शहरी कार्यालयमार्फत रुपैँया ७५ हजार पाउने गरी सम्झौता गरेर छानो फेरेको भएपनि हालसम्म पनि दोस्रो किस्ताको रकम नपाएपछि थप समस्या भएको स्थानीयवासी हर्कराज विश्वकर्माले जानकारी दिनुभयो । “सम्झौता गरेर ऋणकाँढेर गरेर जसोतसो छानो फेरियो” उहाँले भन्नुभयो‘तर हालसम्म दोस्रो किस्ता पाएका छैनौं । अहिले साहुले गर्दा घर नै छाड्नु पर्ने अवस्था छ । समयमा रकम पाए सहज हुने थियो । ” जस्ताको छानो लगाएको एक वर्ष बढी समय हुँदा पनि दोश्रो किस्ताको रकम नआउँदा समस्या रहेको स्थानीयवासी विश्वकर्माले गुनासो गर्नुभयो ।

सम्झौता अनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ता वापतको रकम नपाएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भएपनि सुनुवाइ नभएको उहाँले बताउनुभयो । “सम्झौता पश्चात लाभग्राही सूचीमा परेकाहरू सबैले ऋणपान गरेर छानो फेरेका छन्” उहाँले भन्नुभयो,“दोस्रो किस्ता वापतको रकम नपाउँदा गरिब तथा विपन्न परिवार समस्या भोगिरहेका छन्। मन्त्रालयमा गएर पनि जानकारी गराएको छु, । तर सुनुवाइ भएको छैन । लाभग्राहीले पहिलो किस्ता वापत रुपैँया ४५ हजार पाएको भए पनि दोस्रो किस्ता वापतको रुपैँया ३५ हजार अझै नपाएको उहाँको भनाइ छ । -रासस

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.