KhojSansar

भारत-पाकिस्तान तनावमा नेपालको धारणा के ?

eglobaltimes news

बढ्दो भारत–पाक तनावबीच अमेरिकासहितका मुलुकहरुले परिस्थिति थप विग्रिनसक्नेमा चिन्ता व्यक्त गरिरहेका छन् । चीनले भारतीय कदमको आलोचना गर्दै पाकिस्तानलाई साथ दिएको छ तर, नजिकको छिमेकी नेपालले मुख खोलिसकेको छैन । २४ वैशाख, काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलालाई आतंककारीविरुद्धको कारबाही भनेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले चाहिँ दुवै पक्षलाई संयम अपनाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न भनेको छ । तर, भारतको नजिकको छिमेकी नेपालले भने हालसम्म यो विषयमा मुख खोलेको छैन ।

बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत थिए । यो बैठकमा पहलगाम आक्रमण र भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको हवाई कारबाहीबारे छलफल भएको स्रोतको भनाइ छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीहरु भने यस विषयमा हालसम्म धारणा बनाइनसकिएको बताउँछन् । मन्त्रालय स्रोतका अनुसार, सुरक्षा परिषद्को बैठक सकिएसँगै यस विषयमा कुनै वक्तव्य आउनसक्छ । एक साताअघि भारतीय विदेशमन्त्री एस जयंशरको विशेषदूतका रुपमा काठमाडौं आएका सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपाली नेताहरुसँग भेट गर्दै आतंकवादविरुद्ध नेपालको साथ आफूहरुलाई आवश्यक पर्ने बताएका थिए । उनले यस्तै परिस्थितिमा नेपालले आफूलाई साथ देओस् भन्ने अपेक्षा राखेको उनीसँग भेट गरेका नेताहरु बताउँछन् ।

सम्बन्धित समाचारः

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.