KhojSansar

इरान–अमेरिकाबिच दुई साताको युद्धविराम

Khoj Sansar News

काठमाडौँ, २५ चैत २०८२ । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनी सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो।

बीबीसीका अनुसार इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताउनुभएको छ।

युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएका छन्। वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तान मार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको बीबीसीमा उल्लेख छ।

सम्बन्धित समाचारः

  • तराई र उपत्यकामा तातो दिन

  • मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.