KhojSansar

Gyanu Kunwar

21 Posts
युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ 

युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ 

विश्व भूराजनीति र अर्थतन्त्रमा ठूलो हलचल मच्चिएको छ । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र इरानका आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेसँगै मध्यपूर्वको तनाव उत्कर्षमा पुगेको छ । घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष असर विश्वव्यापी ऊर्जा बजारमा देखिन थालेको छ, जसले नेपाल र भारतजस्ता तेल आयातमा निर्भर देशहरूको अर्थतन्त्र झकझक्याउने संकेत गरेको छ । युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित वृद्धि देखिएको छ । केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको ब्रेन्ट क्रुडको मूल्य ह्वात्तै बढेर ८४ डलर बिन्दु नजिक पुगेको छ भने अमेरिकी डब्लूटीआई क्रूड पनि ७७ डलर नाघेको छ । बीबीसीका अनुसार एक इरानी अधिकारीले ‘स्ट्रेट अफ हर्मुज’ मा देखिने जुनसुकै पानीजहाजमा पनि ‘आगो लगाइदिने’ धम्की दिएका छन् । स्ट्रेट अफ हर्मुज पेट्रोलियम पदार्थ ढुवानीमा प्रयोग गरिने एउटा महत्त्वपूर्ण मार्ग हो । विश्वको २० प्रतिशत तेल आपूर्ति हुने प्रमुख मार्ग स्ट्रेट अफ हर्मुजमा अवरोध सिर्जना भए तेलको मूल्यले १ सय डलर आँकडा पार गर्ने र विश्वव्यापी आपूर्ति शृङ्खला नै ध्वस्त हुन सक्ने चेतावनी विश्लेषकहरूले दिएका छन् । युद्ध क्षेत्रबाट गुज्रने जहाजहरूको बीमा शुल्क आकासिएकाले अब तेलमात्र होइन, समुद्री मार्गबाट हुने सम्पूर्ण आयात–निर्यात महँगो पर्ने निश्चित जस्तै भएको छ । मध्यपूर्वमा बढ्दो तनावबीच आफ्नो ऊर्जा केन्द्रमा भएको ड्रोन हमलापछि विश्वको दोस्रो ठूलो तरल…
पूरा पढ्नुहोस् ...
तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

     काठमाडौँ, ७ पुस : सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ ।         अस्पतालको स्तरवृद्धिको अवधारणा अनुरूप पछिल्लो तीन वर्षमा दुई वटा नयाँ ‘मोड्युलर अप्रेशन थियटर’को निर्माण गर्नुका साथै सहवीर थापा अन्कोलोजी युनिटको समेत स्थापना गरी सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।         मेडिकल कलेजको लागि आधारभूत संरचनाहरू निर्माण कार्य जारी राखिएको छ । इन्ट्रानेट तथा इन्टरनेट जडित सशस्त्र प्रहरी बल नेपालको सम्पूर्ण कार्यालयमा टेलिमेडिसिन सेवासमेत सञ्चालन हुँदै आएको छ । जसका कारण अस्पतालसम्म आउन नसक्ने बिरामीले सजिलै स्वास्थ्य सेवा लिन सक्नेछन् ।         सशस्त्रलाई ३०० शय्याको अस्पताल सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८१ असोजमा अनुमति दिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा एपिएफ अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबीच चिकित्सा शिक्षासम्बन्धी शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने सम्झौता भइसकेको छ ।         उपचारार्थ आउने बिरामीलाई समयसापेक्षितरूपमा गुणस्तरीय सेवा उपलब्ध, अस्पतालको स्तरोन्नति र अस्पतालमा कार्यरत जनशक्तिको वृत्ति विकासको लागि समेत आवश्यक पर्ने भवन, कुरुवा घर, पुनस्र्थापना केन्द्रलगायत संरचना निर्माण गर्ने तयारी भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।         नेपाल एपीएफ अस्पताल तथा मातहत अस्पतालमा जलन उपचार युनिट सञ्चालनका लागि २२ जना स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीलाई कीर्तिपुरस्थित जलन…
पूरा पढ्नुहोस् ...
काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

    मनाङ, ७ पुसः जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो ।         सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ । सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा दीर्घकालीन व्यवस्थापनका योजना लागू गर्ने उद्देश्यले अध्ययन गरिने उहाँले बताउनुभयो ।         प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावना भएकाले राष्ट्रियस्तरमै सर्वेक्षण प्रक्रिया अघि बढाइएको अध्यक्ष घलेले उल्लेख गर्नुभयो ।         स्थानीयबासिन्दा तथा गोठालाले दिएका जानकारीका आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले उक्त तालको सतह समुद्री सतहबाट करिब पाँच हजार २०० मिटरमा रहेको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष घलेले बताउनुभयो ।         “तालको विस्तृत अध्ययन आवश्यक छ । यदी सबैभन्दा अग्लो स्थानमा भएको पुष्टि भएमा विश्वमा प्रचारप्रसारका साथै दाबी गर्ने योजना बनाउनु पर्ने हुन्छ । यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने तयारीमा हामीले कदम चाल्नेका छौँ”, अध्यक्ष घलेले भन्नुभयो ।         टोलीका अनुसार ताल अत्यन्तै दुर्गम क्षेत्रमा हिमाली भू–भागको बीचमा अवस्थित छ । पहुँचमार्ग कठोर, मौसम, उचाइ र…
पूरा पढ्नुहोस् ...
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ   

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ   

        पर्वत, ७ पुस ः यहाँका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका छन् । लप्सी जिल्लाको रुपमा परिचित जिल्लामा यसवर्ष फलेका लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न किसानलाई भ्याइनभ्याइ भएको छ ।        जिल्लाका अधिकांश किसानले लप्सीका दाना बिक्री गर्दै आएका छन् भने जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुँवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ ।         बालीनाली थन्क्याइसकेपछि उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बनाउँदै आएको छ । विगत डेढदशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै रु ७० लाख बराबरको कारोबार गर्ने लक्ष्य राखको छ । उद्योगमा यसवर्ष झण्डै ६० टन लप्सी प्रशोधनको तयारी गरिएको छ ।         अहिले गाउँ गाउँबाट लप्सी सङ्कलन गर्ने र अचार, माडा बनाउने तथा क्याण्डिका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले जानकारी दिनुभयो । पर्वतमा झण्डै दुई सय मेट्रिकटन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उहाँको भनाइ छ । बाँकी केही किसानले बोटबाटै दाना बिक्री गर्दै आएका छन्,भने जनशक्तिको अभावले टिप्न नसक्दा बोटमै खेर जाने गरेकोसमेत भुसालले बताउनुभयो ।         जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार नहुँदा उत्पादित सबै लप्सी प्रशोधन गर्न नसकिएको सञ्चालक भुसालको भनाइ छ । अहिले भने स्वदेशकै बजारमा निर्भर हुनुपरेको उहाँको भनाइ छ ।         भुसालले सञ्चालन गरेको…
पूरा पढ्नुहोस् ...
मनमोहक तनहुँको दुबुङ गाउँ   

मनमोहक तनहुँको दुबुङ गाउँ   

     डुम्रे (तनहुँ), ७ पुसः विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित दुबुङ गाउँ फेरिएको छ । पर्यटकीय दृष्टिकोणबाट यस क्षेत्र उपयुक्त मानिन्छ । तर, विकास तथा प्रवद्र्धनको अभावले ओझेलमा परेको क्षेत्र अहिले लयमा फर्किदै छ ।        ऋषिङ गाउँपालिका–३ स्थित दुबुङ क्षेत्र पर्यटकीय, ऐतिहासिक, धार्मिक र प्राकृतिक सौन्दर्यताको तबरबाट भरिपूर्ण रहेको सेवा निवृत्त प्रधानाध्यापक एवम् स्थानीयवासी हर्कबहादर थापा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गाउँबाट सदरमुकाम दुबुङडाँडा अर्थात दुबुङकोटबाट नजिकै देखिन्छ । तर, त्यहाँ पुग्न हामीलाई धेरै सास्ती खेप्नुपर्ने हुन्थ्यो । अहिले सहज बन्दै गएको छ । विकासोन्मुख अवस्थामा पुगेको छ ।”        अझै प्रचारप्रसार गर्न नसकिएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म शिक्षक थिएँ, विद्यालयको कामकाजले बारम्बार दमौली पुग्नुपर्ने हुन्थ्यो, सवारीसाधन, बाटोले पैदलबाट नै पुग्नुपर्ने थियो, अहिले सङ्घीयताले हामी जस्तो ग्रामीणवासीलाई विकास गर्दै सहजता कायम गरेको छ ।” विकासले गति लिँदै जाँदा यहाँको प्रचारप्रसार भइरहेको उहाँ बताउनुहुन्छ ।        आन्तरिक भ्रमणको प्रचलन बढ्दै गएको छ । ऋषिङ –३ का वडाध्यक्ष भीमबहादुर थापाले प्रवद्र्धनको अभावमा ओझेलमा परेको दुबुङ गाउँ प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको आवागमन हुन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुबुङबाट जिल्लाका अधिकांश ठाउँको अवलोकन गर्न सकिन्छ । दुबुङकोटबाट जिल्लाको सदरमुकाम दमौली, ऋषिङका विभिन्न भूभाग, देवघाट क्षेत्रलगायत जिल्लाको मात्रै नभइ गोर्खाको मनकामना, गोर्खा बजार, चितवनको इच्छाकामना, नवलपुरको बुलिङटार, कालीगण्डकी करिडोरलगायतका स्थान सहजै देख्न सकिन्छ…
पूरा पढ्नुहोस् ...
म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो

म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो

     म्याग्दी, ७ पुसः बेनी नगरपालिका-३ भकिम्लीको डाँडाखानीका किसान धनबहादुर श्रीसले जिल्लामा नयाँ जातको बाख्रा भित्र्याउनुभएको छ । उहाँले डाँडाखानीस्थित ‘श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्म’मा अफ्रिकाबाट आएको ‘कालारी बोयर’ जातको बाख्रा भित्र्याउनुभएको हो ।         पाल्पाको रामपुरमा रहेको निजी फार्मबाट प्रजननका लागि कालारी बोयर जातका दुई बोका र दुईवटा माउ बाख्रा ल्याएर पालन गर्न थालेको श्रीसले बताउनुभयो । उहाँले भन्नुभयो, “१४ वर्षदेखि विभिन्न उन्नत जातका बाख्राका पाठापाठी उत्पादन गरेर बिक्री गर्ने क्रममा पछिल्लोपटक नयाँ कालारी बोयर जातको ल्याएको हुँ । यहाँको भूगोल र हावापानीमा पालेको कालारी बोयरबाट पाठापाठी उत्पादन सफल भएको छ ।”         श्रीसका अनुसार दुईवटा बाख्राले शतप्रतिशत कालारी बोयर जातका दुई–दुईवटा पाठापाठी जन्माएका छन् । “कालारी बोयर बाख्राकै एक प्रजाति हो । शरीरको रङ खैरो हुने भएकाले यसलाई कालारी नामकरण गरिएको हो”, उहाँले भन्नुभयो ।         सबै शरीर कालो हुनेलाई ‘ब्याकबेरी’ र टाउको रातो, शरीर सेतो रङको हुने बाख्रालाई ‘स्टायडर्ड’ बोयर भनिने श्रीसले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सबै विशेषता र गुण स्टाण्डर्ड बोयरसँग मिल्ने खैरो रङको कालारी बोयरको पाठापाठी नश्ल सुधारका साथै मासु र पूजाआजाका लागि बिक्री हुने गरेको छ ।”         प्रजनन (ब्याड)का लागि कालारी बोयर बाख्राको बोका प्रतिकिलो रु चार हजारमा बिक्री हुन्छ भने मासुका लागि अन्य जातका खसीबोकासरह नै हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार छिटो हुर्कने, तौल बढी हुने…
पूरा पढ्नुहोस् ...
साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

      कञ्चनपुर, ७ पुसः कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने साइकल अहिले विस्थापित हुने अवस्थामा पुगेको छ । प्रविधिको तीव्र विकास, विलासी जीवनशैलीप्रतिको आकर्षण र समयको व्यस्तताका कारण साइकलको प्रयोग दिनप्रतिदिन घट्दै गएको हो ।        शुक्लाफाँटा नगरपालिका–६ का कृष्णबहादुर ऐर अहिले पनि साइकलमै यात्रा गर्न रुचाउनुहुन्छ । साइकल चढ्दा स्वास्थ्यमा हुने फाइदाबारे उहाँ निकै सचेत हुनुहुन्छ । आफ्नो घरदेखि स्थानीय बजारसम्मको करिब तीन किलोमिटरको दूरी उहाँ सधैँ साइकलमै तय गर्नुहुन्छ ।          “साइकलले शरीरमा स्फूर्ति कायम राख्छ र मानिसलाई निरोगी बनाउँछ”, उहाँ भन्नुहुन्छ, “अहिलेसम्म म कुनै गम्भीर बिमारीमा परेको छैन, यसको श्रेय म साइकललाई नै दिन्छु ।” तर, कृष्णबहादुरका समकालीन साथी भने अहिले विद्युतीय स्कुटी, महँगा मोटरसाइकल र कारमा हुइँकिने गर्छन् । उहाँको अनुभवमा साइकल अहिले केही सचेत व्यक्ति र विपन्न वर्गको मात्र साधन बन्न पुगेको छ ।        साइकलको प्रयोग घट्दा यसमा निर्भर व्यवसायीको जीविका सङ्कटमा परेको छ । शुक्लाफाँटाको वनसमिति बजारमा लामो समयदेखि साइकल मर्मत र बिक्रीको पसल सञ्चालन गर्दै आउनुभएका रामबहादुर धामी पहिलेको जस्तो कारोबार नभएकामा चिन्तित हुनुहुन्छ ।        “पहिले दिनमै दुई–तीन नयाँ साइकल बिक्री हुन्थे, मर्मत गर्नेहरूको त पसलमा घुइँचो नै लाग्थ्यो”, धामी पुराना दिन सम्झिनुहुन्छ, “अहिले महिनामा एक–दुईवटा साइकल बिक्री हुन पनि मुस्किल पर्छ, दिनमा दुई–चार जना मात्रै मर्मतका लागि आउँछन् ।”         उहाँका अनुसार ग्राहकको सङ्ख्या शून्यजस्तै भएपछि…
पूरा पढ्नुहोस् ...
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

     काठमाडौँ, ७ पुस : जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, “सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।”        सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, “सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।” सेनामा राजनीतिक महत्वकाङ्क्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ, “तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?” विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ, “परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ”, लेखको पूर्ण…
पूरा पढ्नुहोस् ...
मनाइयो ७०औँ बार स्थापना दिवस

मनाइयो ७०औँ बार स्थापना दिवस

काठमाडौँ, ७ पुस: नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको छ । बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरु, वरिष्ठ अधिवक्ताहरु, अधिवक्ताहरुको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।         बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरु, बारका अध्यक्ष प्रा डा विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरुले संस्थापकहरुको तस्बिरमा मार्लापण गर्नुभएको थियो ।         अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका, कानुनको शासनको कायम हुनुपर्नेमा जोड दिनुभयो । कानुनी शासन र मानव अधिकारको रक्षाका लागि नेपाल बार निरन्तर क्रियाशिल रहेको उहाँको भनाइ थियो । विसं २०१३ पुस ७ गते नेपाल बारको स्थापना भएको थियो ।    
पूरा पढ्नुहोस् ...
अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

अष्ट्रेलियामा १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा कडाइ, ७९ प्रतिशत समर्थन

मेलबर्न,२७ मङ्सिर (रासस/सिन्ह्वा) : अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवाहरूमा समर्थन ७२ प्रतिशत रहेको छ भने ५०–६४ वर्षका बीच ८० प्रतिशत र ६५ वर्षमाथिका समूहमा ८७ प्रतिशत पुगेको छ । मोनाश विश्वविद्यालयका प्रोफेसर मार्क आन्द्रेभिकका अनुसार, “यो प्रतिबन्ध मुख्यतया केही शक्तिशाली विदेशी प्लेटफर्मलाई लक्षित गरेको हो, जसले युवा प्रयोगकर्तालाई ट्र्याक गरेर विज्ञापनमार्फत लाभ उठाउँछन् ।” उहाँका अनुसार यी एपहरूले युवा प्रयोगकर्तालाई अनियमित विज्ञापन, गलत सूचना र मनोवैज्ञानिक रूपमा प्रभावित गर्ने एल्गोरिदममार्फत शोषण गर्ने आरोपमा छन् । समर्थकहरूले यस प्रतिबन्धले युवाको मानसिक स्वास्थ्य, धम्की, चरमपन्थी सामग्री, गलत सूचना र यौन अपराधीबाट हुने जोखिम घटाउने बताएका छन् । विरोधकहरूले भने यसले अभिभावक अधिकारमा हस्तक्षेप गर्ने र सामाजिक जडानमा बाधा पु¥याउने आरोप लगाएका छन् । यो कदमले दुईपक्षीय समर्थन पाएको छ र विश्वव्यापी ध्यान आकर्षित गरेको छ, किनभने अन्य देशहरू पनि समान कानुन विचार गरिरहेका छन् । तर, रेडिटले उच्च अदालतमा चुनौती दायर गरेको छ । यसले आफ्नो प्रौढ प्रयोगकर्ता केन्द्रित फोरमहरूमा प्रतिबन्ध लागू नहुने…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.