KhojSansar

Khoj Sansar

122 Posts
कारागारबाट रवि लामिछानेको अपिल – ‘मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ म सँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ

कारागारबाट रवि लामिछानेको अपिल – ‘मलाई सिध्याउन भयानक षड्यन्त्र रचे’ म सँग हाडछाला र एकमुठी प्राण मात्र बाँकी छ

आदरणीय आमा–बुवा, दाजु–भाइ तथा दिदी–बहिनीहरु,नमस्कार, जय घण्टी  । पार्टी स्थापनाको तेस्रो वर्ष पुगेको यसबेला म यो अपील ९७२५ नम्बरको थुनुवाका रुपमा भैरहवा कारागारबाट पठाएको छु आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईहरु बीच पुग्ने छ । तपार्इँहरूले मलाई दुई–दुईपटक कीर्तिमानपूर्ण मतका साथ संसदमा पुर्याउनुभयो । भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब बाह्र लाख मत दिनुभयो । त्यो मतले झस्केकाहरू चितवन र तनहुँको उपचुनावको परिणामले झन् तर्सिए । स्वस्थ र प्रजातान्त्रिक विधिबाट रास्वपासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू मविरुद्ध षड्यन्त्रमा लागे । त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा ककसलाई कसरी प्रयोग गरियो, सिङ्गो राज्यको कसरी दुरुपयोग भयो, तपाईँहरूले आफ्नै आँखाले देखिरहनुभएको छ  । तपाईँहरूलाई थाहै छ, म कसैमाथिको कुनै पनि अन्यायमा नबोली बस्न नसक्ने मान्छे हुँ । बोलेरै विश्वकीर्तिमान राखेको मान्छे पनि हुँ  । तर, यिनीहरूले यस्तो जाल थापे कि, आफैंमाथिका अपराध र अन्यायमा पनि म बोल्न सकिन । मेरा कानून व्यवसायीले निरन्तर भनिरहनु भयो, तपाईँ देशकै सबैभन्दा ठूलो आपराधिक गिरोहसँग न्यायिक लडाइँ लड्दै हुनुहुन्छ, एउटै आवेगपूर्ण वाक्यलाई दुरुपयोग गरेर यिनीहरूले थप कानूनी झमेलामा फसाउन सक्छन्, त्यसैले तपाईँ बोल्न हुँदैन । चार जिल्ला, चार उच्च र पछि सर्वोच्चसम्म गरेर नौ–नौवटा अदालतमा (अब त पर्सा जिल्ला अदालत पनि थपियो) मुद्दा झुण्ड्याइएको…
पूरा पढ्नुहोस् ...
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

२ असार, काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो । आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ । ‘तत्काललाई गिरफ्तार गर्न पाएन । ५ गते बहस हुन्छ ,’ उनले भने, ‘यसपछि अदालत जुन निष्कर्षमा पुग्छ त्यही अनुसार हुन्छ । अहिलेलाई गिरफ्तारी रोकियो ।’
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.