१० महिना अगाडि
१० महिना अगाडि
गुल्मी, १८ असार २०८२ - ‘चेतना, सीप र नेतृत्व विकासमार्फत सशक्त समुदाय निर्माण’ भन्ने मूल नाराका साथ नेपाल मगर संघ कालिगण्डकी गाउँपालिका वडा नं. ३, जयखानीको आयोजनामा तथा कालिगण्डकी गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्नदुई दिनेआदिवासी जनजाति क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रमप्रभावकारी रूपमा ६० जना महिला तथा युवायुवातीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ । कालिगण्डकी गाउँपालिकाको सभाहल, कनौटामा सम्पन्न उक्त प्रशिक्षणले आदिवासी समुदायभित्रको चेतनास्तर, सीप विकास, उद्यमशील सोच र प्रविधिको पहुँच विस्तारमा नयाँ ऊर्जा थपेको छ । कार्यक्रमको उद्घाटन कालिगण्डकी गाउँपालिका अध्यक्ष श्री वेद बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो भने अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष क्या. रुप बहादुर श्रीसले गरेका थिए । उक्त कार्यक्रममा विषयगत क्षेत्रमा गहन छलफल तथा अन्तर्क्रियात्मक विधिद्वारा प्रशिक्षण गरिएको थियो । प्रशिक्षणमा विभिन्न विषयवस्तुमा अनुभवी र स्थापित प्रशिक्षकहरूले सहभागिहरूसँग अन्तरक्रिया गर्दै व्यवहारिक ज्ञान प्रदान गरेका थिए । प्रशिक्षणका पाँचवटै सत्र समसामयिक, समुदायप्रासंगिक र प्रेरणादायी रहेका थिए । आदिवासी युवा र उद्यमशीलता - आशिष गुरुङ, खेमा एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा.लि.का सञ्चालक आशिष गुरुङले युवाहरूमा नवाचार र आत्मनिर्भरता जगाउने उद्देश्यले ‘उद्यमशीलता र नेतृत्व विकास’ विषयमा प्रस्तुति दिएका थिए । उनले स्थानीय स्रोतसाधनको प्रभावकारी प्रयोग, स्टार्टअप सोच, बजारको विश्लेषण, उत्पादन र सेवा प्रवर्द्धन, नवप्रवर्तन र जोखिममा आधारित सोचजस्ता महत्वपूर्ण पक्षहरूबारे व्यवहारिक प्रशिक्षण दिए । महिला सशक्तिकरण - राधिका श्रीस,…