KhojSansar

Khoj Sansar

122 Posts
गुल्मीको कालिगण्डकी करिडोर सडकमा पहिरोका कारण सवारी आवागमन प्रभावित, एकतर्फी रूपमा सञ्चालन

गुल्मीको कालिगण्डकी करिडोर सडकमा पहिरोका कारण सवारी आवागमन प्रभावित, एकतर्फी रूपमा सञ्चालन

गुल्मी, ३२ असार २०८२, गुल्मीको प्रमुख सडकमध्ये एक मानिने कालिगण्डकी करिडोर सडक दुई दिनपछि पुनः सञ्चालनमा आएको छ । आइतबार बिहानदेखि बन्द रहेको सो सडक आज अपराह्नदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको हो । कालिगण्डकी गाउँपालिका वडा नं १ गरगरे र वडा नं ६ बरल्वा आसपासको सडकखण्डमा अविरल वर्षासँगै चट्टानसहित ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय गुल्मीको समन्वयमा कालीका कन्ट्रक्सन प्रालिद्वारा डोजर र स्काभेटर प्रयोग गरी लगातार दुई दिनसम्म पहिरो हटाउने काम गरिएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गङ्गा बहादुर सारुका अनुसार वर्षाका कारण पहिरो ठूलो र चट्टानसहित खसेकाले हटाउन लामो समय लागेको हो । हाल सडक एकतर्फी सञ्चालनमा आए पनि जोखिम अझै बाँकी रहेकाले आवतजावत गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष वेद बहादुर थापाले यस सडकखण्डमा यात्रा गर्दा आवश्यक सुरक्षाका उपाय अवलम्बन गर्न सर्वसाधारणलाई अनुरोध गरेका  छन् । वर्षायाम सुरु भए सगै कालीगण्डकी करिडोर सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस सडकखण्ड अवरुद्ध हुँदा गुल्मी, पाल्पा, बागलुङ हुँदै बुटवल, पोखरा र अन्य गन्तव्यहरूमा आवतजावतमा समस्या आइपर्ने गरेको छ । सुरक्षा निकाय र निर्माण कम्पनीको पहलमा तत्काल समस्या समाधान गरिएको भए पनि आगामी दिनमा अझ बढी सतर्कता र पहिरो जोखिम…
पूरा पढ्नुहोस् ...
कालीगण्डकी गाउँपालिका गुल्मीको आ.व २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

कालीगण्डकी गाउँपालिका गुल्मीको आ.व २०८१/०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

गुल्मी, ३१ असार २०८२, कालीगण्डकी गाउँपालिका, गुल्मीले आर्थिक वर्ष २०८१/०८२ को तेस्रो चौमासिक अवधिसम्मका कार्य, उपलब्धि, योजना र चुनौतीहरुबारे सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । श्री भवागती माध्यमिक विद्यालय, अर्बेनी गुल्मीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष बेद बहादुर थापा, उपाध्यक्ष मन्जु कुमारी दर्लामी, वडाध्यक्षहरु, अन्य जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत नरेश गिरी सहित सम्पूर्ण कर्मचारी, सरोकारवाला राजनीतिक दलका प्रतिनिधि, शिक्षक, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाको हालसम्मका गतिविधि, उपलब्धि र भावी योजना बारे जानकारी गराउँदै उठेका जिज्ञासाहरूको प्रष्ट जवाफ दिएका थिए । उनले अब गाउँपालिकाको प्राथमिकता आयआर्जन, रोजगारी र उद्यमशीलता प्रवर्द्धन तर्फ केन्द्रित हुने स्पष्ट पारे । अध्यक्ष थापाले युवाहरूलाई रोजगारीमा मात्रै सीमित नराखी, उद्यमशिल बन्न र आफ्नै गाउँमै स्वरोजगार सिर्जना गर्न मिसन रोजगारीसँग जोडिने योजनाबारे समेत जानकारी गराएका थिए। प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले प्रशासनिक क्षेत्रमा उठेका जिज्ञासाहरूको प्रष्टिकरण प्रस्तुत गर्दै स्थानीय तहको जिम्मेवारी र आगामी कार्ययोजनाका बारेमा सहभागिहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा नागरिकहरूले शिक्षा, स्वास्थ्य, कृषि, सडक, खानेपानी, सञ्चार लगायत विविध विषयमा प्रश्न उठाएका थिए । सम्बन्धित शाखा प्रमुख तथा जनप्रतिनिधिहरूले ती सबै प्रश्नहरूको यथोचित जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय शासनलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने महत्वपूर्ण अभ्यासको रुपमा पुनः पुष्टि गरेको सहभागीहरूले बताएका छन्…
पूरा पढ्नुहोस् ...
चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

चर्चित गायक अनिश लिम्बु र सुनिता थेगिम लिम्बुको स्वर तथा मनिपाल राईको शब्द तथा संगीतमा “आकाशै राम्रो जुनले” सार्वजनिक

काठमाण्डौं, ३१ असार २०८२ - नेपाली सांगीतिक क्षेत्रलाई थप रङ्गीन बनाउने प्रयासस्वरूप नयाँ गीत “आकाशै राम्रो जुनले“ सार्वजनिक भएको छ। समसामयिक भाव र परम्परागत लयलाई समेटेर बनाइएको यस गीतले श्रोता तथा दर्शकमाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ । चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले गीतमा स्वर भरेका छन्। दुवैको भावपूर्ण आवाजले गीतको भावलाई अझ सशक्त बनाएको छ। मनिपाल राईको शब्द तथा संगीत संयोजनले गीतलाई जीवन्तता प्रदान गरेको छ भने राजु कार्कीको मिक्सिङ र मास्टेरिङले प्राविधिक उत्कृष्टता सुनिश्चित गरेको छ। गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राई र मनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निभाएका छन् । गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक छ । भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राई र सुनिता पन्त जस्ता कलाकारहरूको जीवन्त अभिनय देख्न पाइन्छ । भिडियो निर्देशन बिजय मगरले गरेका हुन् भने क्यामेरा, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी अर्जुन खड्काले सम्हालेका छन्। प्रकाश संयोजन अनिल पराजुलीको रहेको छ, र मेकअप आर्टिस्टको रूपमा रबिना लिम्बुको योगदान रहेको छ ।उत्कृष्ठ लोक लय , दृश्य सौन्दर्य र सांस्कृतिक गन्धले भरिएको “आकाशै राम्रो जुनले“ नेपाली सांगीतिक बजारमा नयाँ तरङ्ग ल्याउने विश्वास लिइएको छ। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस । https://www.youtube.com/watch?v=vIvNsCbBTu4&list=RDvIvNsCbBTu4&start_radio=1
पूरा पढ्नुहोस् ...
भुलिँदै गएका अप्रेसन: जनयुद्धमा राज्यको ‘काउन्टर अफेन्सिभ’ कथा

भुलिँदै गएका अप्रेसन: जनयुद्धमा राज्यको ‘काउन्टर अफेन्सिभ’ कथा

लेखक परिचयःराम नेपाली (आर्यन)समाज विश्लेषक एवं स्तम्भकारमाछापुच्छ्रे गाउँपालिका, कास्कीसम्पर्कः ramdindukhi@gmail.com इतिहास होइन, घाउ सम्झनु पर्ने समय नेपालको दशक लामो जनयुद्ध (२०५२–२०६३) एक किसिमको संविधान निर्माणको प्रक्रिया थियो, जहाँ बन्दुकले आवाज उठाएको थियो, र कलम त्यसपछि जागृत भयो। तर यहाँ इतिहास पढ्नुछैन, वास्तविकता स्वीकार गर्नुछैन। एकोहोरो रूपमा १७ हजार मरे भनिएको छ—तर ती १७ हजारमध्ये कतिपय राज्यद्वारा गरिएका क्रूर अप्रेसनका शिकार थिए भन्ने कुरा स्वीकार गर्न कसैले खोज्दैन। माओवादी नेतृत्वलाई मात्रै दोष दिएर राज्य आफू पानी माथिको ओभानो बन्न खोजेको छ । अप्रेशन रोमियो (वि.सं. २०५२ मंसीर / सन् १९९५ नोभेम्बर)प्रधानमन्त्री: गिरिजा प्रसाद कोइराला गृहमन्त्री: खुमबहादुर खड्का  यो अप्रेसन माओवादी विद्रोह सुरु हुनुभन्दा अघिको पूर्वकदम थियो। रोल्पा र रुकुममा "अशान्ति नियन्त्रण" को नाममा सुरक्षाकर्मी परिचालन गरी माओवादीको आधार ध्वस्त पार्ने लक्ष्य राखियो। तर परिणामस्वरूप हजारौं गाउँलेहरूलाई यातना, कुटपिट, बलात्कार र अन्यायपूर्ण गिरफ्तारी भोग्नुपर्‍यो। कतिपय महिलाहरूलाई श्रीमान र बाबुकै सामुन्ने बलात्कार गरियो, अनेक युवाहरू बिना कारण बेपत्ता पारिए। यसले माओवादी आन्दोलनलाई चर्काउने होइन, जनस्तरमा वैधता थप्ने भूमिका खेल्यो। अप्रेशन किलो शेर–२ (वि.सं. २०५७ भदौ / सन् २००० सेप्टेम्बर)प्रधानमन्त्री: कृष्णप्रसाद भट्टराई गृहमन्त्री: रामचन्द्र पौडेल  राज्यको प्रमुख काउन्टर-इन्सर्जेन्सी अभियान मानिने यो अप्रेसन सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त तालमेलमा सञ्चालन गरियो। रोल्पा, रुकुम, जाजरकोट लगायतका माओवादी प्रभाव भएका जिल्लामा सशस्त्र बल परिचालन गरेर गाउँहरूमा व्यापक…
पूरा पढ्नुहोस् ...
स्याङ्जामा ‘अन्त्य’ लघुकथा कृति विमर्श तथा वाचन समारोह भव्य रूपमा सम्पन्न

स्याङ्जामा ‘अन्त्य’ लघुकथा कृति विमर्श तथा वाचन समारोह भव्य रूपमा सम्पन्न

स्याङ्जा, २८ असार । लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा कृति ‘अन्त्य’ को विमर्श एवम् लघुकथा वाचन समारोह-२०८२ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैठौं वार्षिकोत्सवको सन्दर्भसँगै आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो, पृथक पाइला सिर्जनात्मक अभियान - २०७६ स्याङ्जाको ३४ औँ पाइलाको रुपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा कृति विमर्श एवम् एकल लघुकथा वाचन समारोह शनिबार दिउँसो वालिङ–६, मिर्मीस्थित नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा ‘अन्त्य’ लघुकथा कृतिसँगै लघुकथा विधाको भविष्य र स्याङ्जाको साहित्यमा नारी स्रष्टाहरुको लेखनमाथि केन्द्रित रहेर वक्तात्रय अनन्त अर्याल, शम्भु अर्याल, इन्दु श्रेष्ठ, लघुकथाकार लक्ष्मी रेमी खनालसँग मिलन समीरको संयोजनमा विमर्श गरिएको थियो । विमर्शको निष्कर्षमा वक्ताहरूले नवोदित नारी स्रष्टाको लघुकथा लेखन सशक्त भएको र आगामी दिनमा अझै सशक्त भएर आउने बलियो सम्भावना रहेको एवं लघुकथाको भविष्य राम्रो रहेको बताउनु भयो । कार्यक्रम कृतिमाथि नै केन्द्रीकृत भएर प्यानल डिस्कसन अर्थात् समुहगत छलफलको मोडलमा गरिएको थियोे ।  पुतलीबजार–१३ स्याङ्जामा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी रेमी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको `अन्त्य´ लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरुमा पुरस्कृत भइसकेकी छिन् । अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक पाइला…
पूरा पढ्नुहोस् ...
बरेङ गाउँपालिकाद्वारा उत्कृष्ट प्रतिभा सम्मानित, ४१ जना विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

बरेङ गाउँपालिकाद्वारा उत्कृष्ट प्रतिभा सम्मानित, ४१ जना विद्यार्थी, शिक्षक र कर्मचारी पुरस्कृत

बागलुङ, २२ असार २०८२ - शिक्षामा नवप्रवर्तन र उत्कृष्टताको प्रवर्द्धन गर्दै बरेङ गाउँपालिकाले शिक्षा क्षेत्रका विभिन्न तहका ४१ जना उत्कृष्ट व्यक्तित्वहरूलाई एक विशेष कार्यक्रमका बीच सम्मानित तथा पुरस्कृत गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समावेश "गुणस्तरी शिक्षा, जिम्मेवार प्रशासन र सामुदायिक संलग्नता" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालय प्रशासन, शिक्षक, लेखा सहायक, बालशिक्षक, विद्यालय सहयोगी तथा उच्च जिपिए (GPA) हाँसिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो । कार्यक्रममा बरेङ गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण प्रसाद शर्माले मन्तव्य दिँदै शिक्षा क्षेत्रमा उत्कृष्टता हाँसिल गर्नेहरूको पहिचान तथा प्रोत्साहनलाई संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरे । उत्कृष्ट शिक्षक र कर्मचारीहरूः शैक्षिक संस्थानामपद / तहमहेन्द्र माध्यामिक विद्यालयटिकाराम शर्मावि.व्य.स. अध्यक्षपुरुषोदय माध्यामिक विद्यालयमन बहादुर श्रीसप्रधानाध्यापकमंगलमय नेपालतारा थममाया थापा पुनप्राविधिक धारसर्वोदय माध्यामिक विद्यालयओम बहादुर पुनमाध्यमिक तह शिक्षकभृकुटी माध्यामिक विद्यालयखिम बहादुर पुननिम्न माध्यमिक तह शिक्षकसल्यान सुखौरा माध्यामिक विद्यालयअर्चना शर्माप्रारम्भिक तह शिक्षिकासिर्जना प्रारम्भिक विद्यालयनुर्पा छन्त्याल पुनबालशिक्षिकासर्वोदय माध्यामिक विद्यालयकल्पना क्षेत्रीलेखा सहायकमहेन्द्र माध्यामिक विद्यालययुवराज पुनविद्यालय सहयोगी एसईईमा सबै विद्यार्थीलाई ग्रेडेड गराउन सफल शिक्षकहरूः शैक्षिक संस्थानामपद / विषयसर्वोदय माध्यामिक विद्यालयचित्र थापाप्रधानाध्यापकपार्वता भूषालशिक्षकदुर्गा देवी शर्माशिक्षकपरशुराम शर्माशिक्षकधुल्लुलिउँवा माध्यामिक विद्यालयथुमराज ढुङ्गानाशिक्षकपार्वती लामिछानेशिक्षिकापुरुषोदय माध्यामिक विद्यालयबिमल खड्काशिक्षकसुमन वलीशिक्षकलक्ष्मीकान्त पौडेलशिक्षकबालज्योति बोर्डिङ विद्यालयबिमला शर्माशिक्षिकाविनोद विष्टशिक्षकहिमाल खनालशिक्षकभृकुटी माध्यामिक विद्यालयसरस्वती थापाशिक्षिकाज्ञानेन्द्र थापाशिक्षकमहेन्द्र माध्यामिक विद्यालयरेशम पुनशिक्षकसिर्जना थापाशिक्षिकागोविन्द बुढाथोकीशिक्षकसल्यान सुखौरा माध्यामिक विद्यालयनवराज…
पूरा पढ्नुहोस् ...
गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा:  सरकारी कामकाजको मान्यता, बहुभाषिक समावेशीताको नयाँ युग

गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा:  सरकारी कामकाजको मान्यता, बहुभाषिक समावेशीताको नयाँ युग

पोखरा, असार २४ - गण्डकी प्रदेशमा बहुभाषिक समावेशीताको दिशामा ऐतिहासिक प्रगति भएको छ । प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको छ, जसले नेपालमा भाषिक अधिकारको बहसलाई नयाँ उचाइमा पुर्‍याएको छ । मंगलबार बसेको प्रदेशसभाको बैठकले "गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धी विधेयक" बहुमतले पारित गरेपछि दुवै भाषाले प्रदेशस्तरीय कानूनी मान्यता प्राप्त गरेका हुन् । संविधानको धारा ७ (२) अनुसार, प्रदेश सरकारले बहुसंख्यक जनताले बोल्ने भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अन्तर्गत गण्डकी प्रदेशले देशका दुई प्रमुख आदिवासी भाषाहरुलाई औपचारिक रूपमा सम्मान र प्रयोगको अवसर प्रदान गरेको हो । २०७८ को राष्ट्रिय जनगणनाअनुसार, गण्डकी प्रदेशमा १९.७९% मगर र ११.३१% गुरुङ जनसंख्या छन् । यद्यपि, मातृभाषीको अनुपात भने तुलनात्मक रूपमा कम छ - हाल ११% मगर र ७% गुरुङ मात्र मातृभाषामा संवाद गर्छन् । सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाका अनुसार, यही पृष्ठभूमिमा भाषाको संरक्षण, सम्बर्द्धन र पुनःस्थापनाको लागि यो विधेयक अत्यन्तै सान्दर्भिक छ । विधेयकले मगर र गुरुङ भाषालाई देवनागरी बाहेक अन्य मान्य लिपिमा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । यद्यपि, लिपिको स्पष्ट नामाकरण विधेयकमा छैन । मगर भाषाका लागि प्रचलित ढुट लिपि र गुरुङ भाषाका लागि "खेमा लिपि" प्रयोग गर्नुपर्ने तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्को…
पूरा पढ्नुहोस् ...
सेराढाड दमार खानेपानी आयोजना सम्पन्न : ७६ घरधुरीका ४१७ जनसंख्या लाभान्वित

सेराढाड दमार खानेपानी आयोजना सम्पन्न : ७६ घरधुरीका ४१७ जनसंख्या लाभान्वित

गुल्मी, २६ असार २०८२ - कालिगण्डकी गाउँपालिका गुल्मी र गोर्खा वेल्फेयर ट्रष्ट (GWT) बीचको सहकार्यमा ग्रामीण जीवनशैलीमा दिगो परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालित सेराढाड दमार खानेपानी तथा सरसफाई आयोजना सफलतापूर्वक सम्पन्न भएको छ । “एक घर, एक धारा” अभियान अन्तर्गत सञ्चालित यस परियोजनाले अब अर्बेनीका ७६ घरधुरीका ४१७ जना प्रत्यक्ष लाभान्वित भए संगै सुरक्षित र नियमित खानेपानीको सुविधा पुगेको हो । ४ सयभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका यस आयोजनाले दुर्गम ग्रामीण बस्तीमा पूर्वाधार विकासको नयाँ सम्भावनाको ढोका खोलेको छ । ४२ लाख ६९ हजार ३५९ रुपैयाँ १२ पैसा अनुमानित लागत रहेको आयोजना ३९ लाख ६८ हजार ४३१ रुपैयाँ ६१ पैसा मा नै सम्पन्न हुनुले पारदर्शी, समयमै र प्रभावकारी कार्यान्वयनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाको नेतृत्वले २०८१ मा प्रारम्भ गरेको “एक घर, एक धारा” दृष्टिकोण अन्तर्गत खानेपानी तथा सरसफाई पूर्वाधारलाई जनस्वास्थ्य, शिक्षा र समग्र जीवनस्तरसँग जोडेर रूपान्तरण गर्ने दीर्घकालीन कार्ययोजना अघि बढाएको थियो । सोही रणनीतिको सफल कार्यान्वयनस्वरूप वडा नं. २ अर्बेनीमा सुरु गरिएको आयोजनाले मिति २०८१ चैत १६ गते देखि काम थालनी गरी २०८२ असार ५ गते भित्र तोकिएको समयसीमा मै सम्पन्न गरिएको हो । परियोजनाबाट लाभान्वित ४१७ उपभोक्ता अब घरआँगनमै स्थायी धारा, सुरक्षित पानी र भरपर्दो सेवा प्राप्त गर्न पाएकोमा खुसि व्यक्त…
पूरा पढ्नुहोस् ...
झिर्बास सिरानधारा खानेपानी तथा सरसफाई आयोजना सम्पन्न: कालिगण्डकी गाउँपालिका र गोर्खा वेल्फेयर ट्रष्टको साझेदारी

झिर्बास सिरानधारा खानेपानी तथा सरसफाई आयोजना सम्पन्न: कालिगण्डकी गाउँपालिका र गोर्खा वेल्फेयर ट्रष्टको साझेदारी

गुल्मी, २१ असार २०८२ - कालिगण्डकी गाउँपालिका, गुल्मी र गोर्खा वेल्फेयर ट्रष्ट (GWT) बीचको सहकार्यमा स्थानीयस्तरमा दीर्घकालीन प्रभाव पार्ने एक महत्वपूर्ण पूर्वाधार परियोजना - झिर्बास सिरानधारा खानेपानी तथा सरसफाई आयोजनाको औपचारिक हस्तान्तरण सम्पन्न भएको छ । ५० लाखभन्दा बढी लागतमा सम्पन्न भएको यस आयोजना अन्तर्गत “एक घर, एक धारा” को दृष्टिकोणसहित प्रत्येक घरधुरीमा सुरक्षित, नियमित र सहज रुपमा खानेपानी पुगेको छ । २०८१ सालमा प्रारम्भ गरिएको “एक घर, एक धारा” अभियान अन्तर्गत कालिगण्डकी गाउँपालिकाले वडास्तरमा खानेपानी तथा सरसफाई पूर्वाधार सुदृढीकरणको महत्त्वपूर्ण रणनीति तय गरेको थियो । त्यही रणनीति अनुसार वडा नं ७ स्थित झिर्बास सिरानधारामा दीर्घकालीन तथा गुणस्तरी खानेपानी आयोजना सञ्चालन गरिएको हो । आयोजनाको अनुमानित लागत रु. ४८,५३,८५३.०२ भएता पनि यसले पारदर्शी, प्रभावकारी र प्रतिबद्ध कार्यान्वयनमार्फत रु. ४९,८३,१९३.९६ मा सम्पन्न भएको छ । मिति २०८१/१२/२७ मा सुरु गरिएको आयोजना २०८२/३/११ मा निर्धारित समयमै सम्पन्न भएको हो । आयोजना सम्पन्न भएसँगै यसले ३८ घरधुरीका १७२ उपभोक्ताहरुलाई प्रत्यक्ष लाभ पु‍र्‍याएको छ । झिर्बास सिरानधारा खानेपानी तथा सरसफाई आयोजनाको व्यवस्थापन, अनुगमन तथा कार्यान्वयनको अग्रपंक्तिमा रहेको थियो - उपभोक्ता समितिका अध्यक्ष छुन्न प्रसाद आचार्यको नेतृत्वमा उपभोक्ताहरूको सक्रिय सहभागिता र समर्पणले आयोजना समयमै सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता उपभोक्ता समितिका अध्यक्ष आचार्यले गरेका थिए भने प्रमुख आतिथ्यता कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाले…
पूरा पढ्नुहोस् ...
तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न (शिक्षामा गुणस्तरको खोजीमा कालिगण्डकीको दृढ संकल्प)

तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न (शिक्षामा गुणस्तरको खोजीमा कालिगण्डकीको दृढ संकल्प)

गुल्मी, २० असार २०८२ - शिक्षालाई समावेशी, गुणस्तरीय र पहुँचयुक्त बनाउने उद्देश्यका साथ कालिगण्डकी गाउँपालिकाले सञ्चालनमा ल्याएको “तिनतारा विद्यालय प्रवर्द्धनका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रम” शुक्रबार एक भव्य समारोहका साथ सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीको समन्वय तथा प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रम कालिगण्डकी गाउँपालिकाको सभाहल, कनौटामा सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले गरेका थिए भने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री प्रमुख अतिथि थिए । उपप्रमुख तेजेन्द्र सलामी मगर, धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेल, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कृष्ण प्रसाद भण्डारी, कालिगण्डकी गाउँपालिकाका ७ वटै वडाका अध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, अभिभावक, विद्यार्थी प्रतिनिधि, स्थानीय अगुवा, सञ्चारकर्मी तथा सामाजिक अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरुले शिक्षा क्षेत्रको वर्तमान अवस्थाबारे समीक्षा गर्दै तिनतारा विद्यालयको अवधारणा, मापदण्ड र कार्यान्वयन प्रक्रियाका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए । अध्यक्ष वेदबहादुर थापाले कालिगण्डकी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको र तिनतारा विद्यालय अवधारणा त्यसको मूर्त उदाहरण भएको उल्लेख गरे। उनले भने, “हामी विद्यालयको भवन होइन, भविष्य निर्माण गर्दैछौं । अबको शिक्षा परिणाममुखी र जीवनोपयोगी हुनुपर्छ ।” जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्रीले गाउँपालिका स्तरमै यस्तो दिगो र परिवर्तनमुखी शिक्षा अभियान सञ्चालन गर्नु सराहनीय कार्य भएको बताए। उनले तिनतारा…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.