KhojSansar

Khoj Sansar

122 Posts

पर्यटन विधेयक दफावार छलफलका लागि विधायन समितिमा

काठमाडौँ, ११ साउनः राष्ट्रियसभाले ‘पर्यटन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । सभाको आजको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्र्री प्रसाद पाण्डेले राख्नुभएको उक्त विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन १४ गते बुधबार दिउँसो १ः१५ बजे बस्नेछ ।  (रासस)
पूरा पढ्नुहोस् ...

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

लमजुङ, ११ साउनः दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बिमा गर्न सुरु गरेको छ । दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई स्वास्थ्य बिमा कार्ड उपलब्ध गराएर बिमाको शुभारम्भ गर्नुभएको हो । पालिका नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको र बिमाबाट धेरै स्वास्थ्य सेवा पाउन र नागरिकलाई राहत हुने भएकाले पालिकाभित्र रहेका सबै नागरिकको पालिकाले निःशुल्क बिमा गर्न लागेको र आजदेखि सुरु भएको उहाँको भनाइ छ । आज नै वडा नं १ देखि ४ वडासम्म शुभारम्भ कार्य गर्ने र अन्य वडामा क्रमशः गर्दै जाने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले दोर्दी गाउँपालिकामै चुलो बाली स्थायी रूपमा बसोबास गरिरहेका सबै घरपरिवारको स्वास्थ्य बिमा गर्ने बताउनुभयो । यसका लागि ‘जलविद्युत्को आम्दानी–स्वास्थ्य बिमामा लगानी’ नाराका साथ बिमा गर्ने कार्यअघि बढेको छ । दोर्दी गाउँपालिकामा हाल पाँच वटा आयोजनाबाट १२६ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । दोर्दी गाउँपालिकाभित्र चार हजार २२५ घरपरिवार रहेको र सबै घरपरिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न रु एक करोड ५० हजार बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष अधिकारीले बताउनुभयो । लमजुङमा विसं २०७७ माघ महिनाबाट स्वास्थ्य बिमा कार्यक्रम लागू भए पनि बिमा नगरेका…
पूरा पढ्नुहोस् ...

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

वीरगञ्ज (पर्सा), ११ साउनः खानेपानीको अभाव कम गर्न पर्सामा बिजुलीको पोलबाट लाइन ‘हुकिङ’ गरेर पानी तान्ने गरेको पाइएपछि नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले उपभोक्ता समितिहरुलाई अनिवार्य रुपमा मिटर जडान गरेर विद्युत् प्रयोग गर्नका लागि अनरोध गरेको छ । नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले खानेपानी र सिँचाइका लागि मिटरसहितको विद्युत्को लाइन जडान गरेर मात्रै डिपबोरिङ गर्नका लागि अनुरोध गर्नुभयो । “उपभोक्ता समितिहरुले आवश्यक पर्ने कागजात लिएर आएको खण्डमा २४ घण्टाभित्रै डिपबोरिङ रहेको स्थानमा लाइनसहितको मिटर जडान गरिदिनेछौं । त्यसैले मिटर जडान नगरिकनै हुकिङ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुहुन अनुरोध गरिन्छ”, उहाँले भन्नुभयो । वितरण केन्द्रका प्रमुख दुबेले ओभर ट्रिपिङको कारणले विद्युत्मा ‘सर्टसर्किट’ र विद्युत् चुहावट दुवै नियन्त्रण गर्नका लागि खटिनुपर्ने अवस्था आएको बताउनुभयो । वीरगञ्ज महानगर वडा नं २० का वडाध्यक्ष रामकिशोर सिंहले विद्युत् प्राधिकरण पनि राज्यकै निकाय भएकाले अनिवार्य रुपमा मिटर जडान गरेर डिपबोरिङ सञ्चालन गर्नका लागि अनुरोध गर्नभयो । “पानी तान्ने डिपबोरिङका लागि आवश्यक पर्ने मिटर जडान गरेर सञ्चालन गर्नका लागि नगरवासीसँग अनुरोध गर्दछु”, उहाँले भन्नुभयो, “मिटर जडान गरेर विद्युत् प्रयोग गर्दा अन्य कुनै पनि खालका जोखिमबाट पनि बच्न सकिन्छ ।” पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पनि विद्युत् चोरी तथा चुहावट गर्ने कार्यमा संलग्न हुनेलाई आवश्यक कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।…
पूरा पढ्नुहोस् ...

कोशी प्रदेशसभाः विधेयक स्वीकृत

विराटनगर, ११ साउनः कोशी प्रदेशसभामा आजको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गर्नुभएको सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भई कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले धारणा राख्नुभयो । समसायिक विषय कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले विगत केही दिनदेखि आफ्ना विरुद्धमा सञ्चारमाध्यममा आइरहेका समाचार झुटो र कपोलकल्पित रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मैले नखाएको विष मलाई कसरी लाग्छ, मेरो सचिवालयको कर्मचारीको ‘क्युआर कोड’ मार्फत आफ्ना मातहतका कर्मचारीसँग रकम मागेको कुरा गलत हो ।” उहाँले सञ्चारमाध्यममा आएको व्यक्तिको क्युआरकोडको छानबिन गरी सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राख्दै आफू कसैसँग पनि लेनदेन र घुस नलिएको दाबी गर्नुभयो । शून्य समय प्रदेशसभाको बैठकको आजको शून्य समयमा प्रदेशसभाका सदस्य गोम्बु शेर्पा, गणेशप्रसाद उप्रेती, गोपालबहाुर बुढाथोकी, मीना श्रेष्ठ, कमला दर्नाल, होमबहादुर थापा, मैया श्रेष्ठ, सुनिताकुमारी गुरुङ र मानबहादुर लिम्बूले विभिन्न विषयमाथि धारणा राख्नुभयो ।  (रासस)
पूरा पढ्नुहोस् ...
टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

हप्तौँदेखि टर्कीलाई घेरेको डढेलोले आइतबार बिहान सबेरै देशको चौथो ठूलो सहरलाई खतरामा पारेको छ । आगलागीका कारण सयौँ मानिसलाई आफ्नो घर छाडेर भाग्न बाध्य भएका छन् । उत्तरपश्चिम टर्कीको बुर्सा वरपरका जङ्गली पहाडहरूमा रातभरको आगो द्रुत गतिमा फैलिएपछि सहरको पूर्वी उपनगरहरूमा रातको आकाशलाई रातो बनाएको थियो । बुर्साका गभर्नरको कार्यालयले आइतबार एक विज्ञप्तिमा उत्तरपूर्वका गाउँहरूबाट एक हजार सात सय ६५ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताएको छ । एक हजार एक सयभन्दा बढी दमकलकर्मीले आगो निभाउने प्रयास गरिरहेका थिए । बुर्सालाई राजधानी अङ्कारासँग जोड्ने राजमार्ग वरपरका जङ्गलहरू जलेको कारण बन्द गरिएको थियो । प्रान्तका विपक्षी सांसद ओर्हान सारिबालले यस दृश्यलाई ‘प्रलय’ भन्नुभयो । बिहानसम्म हावाको गति कम भएपछि दमकलकर्मीहरूलाई केही राहत मिलेको थियो । उनीहरूले आगो निभाउने प्रयास जारी राखे । तथापि टेलिभिजनको फुटेजले खरानीमय भूदृश्य देखाएको छ । त्यहाँ पहिले खेतहरू र सल्लाका जङ्गलहरू थिए । टर्की जुनको अन्त्यदेखि दैनिक दर्जनौँ डढेलोको चपेटामा परेको छ । वनमन्त्री इब्राहिम यमुक्लीले शनिबार देशभरका अग्नि नियन्त्रकहरूले ७६ वटा छुट्टै आगलागीको सामना गरेको बताउनुभएको थियो । बेमौसमी उच्च तापक्रम, सुक्खा अवस्था र कडा हावाले गर्दा आगो लागेको हो । टर्कीको दक्षिणपूर्वी सिरनाक प्रान्तमा शुक्रबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम ५०.५ डिग्री सेल्सियस (१२२.९ डिग्री फरेनहाइट) रेकर्ड गरिएको छ । जुलाईमा सबैभन्दा बढी तापक्रम अन्य…
पूरा पढ्नुहोस् ...
बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी ११, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । ‘कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकासतर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धाभन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्धका शिक्षाले अन्तरराष्ट्रिय कूटनीतिमा दीगो शान्ति, आपसी सम्मान र समताको भावना स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नसक्छ ।” मुख्यमन्त्री आचार्यले लुम्बिनीलाई केबल धार्मिकस्थलका रूपमा नभई मानवता, सहिष्णुता र अहिंसाको प्रतीकका रूपमा चिनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “लुम्बिनी विश्वशान्तिको सन्देश फैलाउने केन्द्र हो, यस्ता अन्तरराष्ट्रिय सम्मेलनहरूबाट यसको कूटनीतिक महत्व अझ विस्तार हुन्छ”, उहाँले भन्नुभयो । नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपले अन्योन्याश्रित रहेको उल्लेख गर्दै उहाँले बुद्ध धर्म, भाषा, लिपि, परम्परा र दर्शनको साझा आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन शिक्षा, अध्ययन, अनुसन्धान तथा सांस्कृतिक सहकार्यलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्न सकिने धारणा राख्नुभयो । उहाँले लुम्बिनीको समग्र विकासका लागि प्रदेश सरकारले अघि सारेको ‘लुम्बिनी विकास प्राधिकरण’ अवधारणाले कपिलवस्तुदेखि रामग्रामसम्म फैलिएको सम्पूर्ण बौद्ध सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री आचार्यले बौद्ध अध्ययनको शैक्षिक विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयको पहल सराहनीय रहेको उल्लेख गर्दै भविष्यमा नेपाल–भारत बौद्ध सांस्कृतिक आदानप्रदान…
पूरा पढ्नुहोस् ...

आवश्यकताका आधारमा प्रदेशका मन्त्रालयको पुनःसंरचना गर्नुपर्छ

कर्णाली, १० साउनः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायको पुनःसंरचना गर्नु पर्ने आवश्यकता औँल्याउनु भएको छ । आज आयुर्वेद चिकित्सकसँगको छलफलमा उहाँले प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिप्पणी हुन थालेको बताउँदै प्रदेश संरचनाको औचित्य सावित गर्न प्रदेशअन्तर्गतका मन्त्रालय तथा निकायको वैज्ञानिक पुनःसंरचना आवश्यकता रहेको धारणा राख्नुभयो । मुख्यमन्त्री कँडेलले कर्णाली सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुनःसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकको सुझाव समितिको प्रतिवेदन अध्ययन भइरहेकाले यसका सकारात्मक पक्षहरू क्रमशः कार्यान्वयनमा जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले प्रशासनिक पुनःसंरचना हुँदा हाल कार्यरत कर्मचारीको वृत्तिविकासमा बाधा पर्न नदिने विषयमा सरकार सचेत रहेको प्रष्ट्याउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई बुझाइएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारी भयवित नहुनुस् । कर्णालीमा सेवा गर्न आउनु भएको छ, तपाईंहरूको वृत्तिविकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्दैन । भयवित बनाउन खोजिएको छ, तर तपाईंहरू भयरहित भएका काम गर्नुुहोस् । प्रतिवेदनका सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरी सरकारले छलफल चलाउनेछ ।” समयको माग र आवश्कतालाई दृष्टिगत गरी ढिलो वा चाँडो पुनःसंरचना गर्नैपर्ने भएकाले यसतर्फ सबैको सहयोगको आवश्यकता रहेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रदेशले अरुकोे नक्कल भन्दा आफ्नै यर्थाथता र आवश्यकताका आधारमा संरचना निर्माण, विकास र पुनःसंरचना गर्नुपर्नेमा जोड दिनुभयो । कुनैबेला व्यक्ति व्यवस्थापन गर्न मन्त्रालयको साइनबोर्ड झुन्ड्याएर विकृति भित्र्याउने…
पूरा पढ्नुहोस् ...
कानुनको अभावमा विद्युतीय फोहर व्यवस्थापनमा समस्या

कानुनको अभावमा विद्युतीय फोहर व्यवस्थापनमा समस्या

काठमाडौँ, १० साउन : विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ । उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ । कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनःप्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरुको भनाइ छ । विद्युतीय फोहरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानुनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् । नेपालमा यस विषयमा बहस सुरु भए पनि त्यसले कानुनीस्वरुप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताउनुभयो । हालसम्म आफूखुसी यस्ता कार्यक्रम गरिए पनि कानुनी…
पूरा पढ्नुहोस् ...
कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

कौसीमा ड्रागन फल खेती गरेर वार्षिक आठ लाख आम्दानी

त्रिवेणी (नवलपरासी), १० साउन: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्रागन फल खेती गरेर वार्षिक रु. आठ लाख सम्म आम्दानी लिने गर्नुभएको छ । तीन वटा बिरुवाबाट कौसीमा सुरुआत गरेको सो खेती हाल १३५ वटा गमलामा विस्तार गर्नुभएको छ । उहाँले बारीमा ४२४ वटा बोट रोप्नुभएको छ । घरमै खान भनी चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको हो । ‘युट्युब’बाट हेरेर प्रभावित भई उहाँले कौसीमा ड्रागन फल खेती सुरुआत गर्नुभएको थियो । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीन वटा बिरुवा रु दुई हजार एक सयमा पनौतीबाट ल्याएर लगाउनुभएको थियो । कौसीमा खेती सुरु गर्दा रु २५ हजार लगानी लागेको उहाँले बताउनुभयो । उहाँले फल मात्र होइन बिरुवा पनि बिक्री गरेर आम्दानी लिँदै आउनुभएको छ । “मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो, बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालँे, अहिले मकहाँ धेरैजना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब रु दुई लाखको त बिरुवा नै बेचेँ”, जिसीले भन्नुभयो । गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकामा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थाल्नुभएको छ । असार महिनामा मात्रै साढे तीन क्वीन्टल ड्रागन फल बिक्री गरिसक्नुभएको छ । बजारका लागि कुनै समस्या नभएको उहाँको भनाइ छ ।…
पूरा पढ्नुहोस् ...
रवि लामिछानेका पक्षमा झण्डै २५ लाख हस्ताक्षर संकलनः साउन ५ गतेबाट देशभर घरदैलो अभियान

रवि लामिछानेका पक्षमा झण्डै २५ लाख हस्ताक्षर संकलनः साउन ५ गतेबाट देशभर घरदैलो अभियान

काठमाडौं, १ साउन २०८२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हालसम्म झण्डै २५ लाख नागरिकको हस्ताक्षर संकलन भएको जानकारी गराएको छ । बिहीबार काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाले लामिछानेविरुद्ध राज्यद्वारा राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाउँदै चलाएको अभियानमा हालसम्म २४ लाख ५७ हजार ६१८ जना नागरिकको समर्थन जुटेको दाबी गरेको हो । पार्टीका नेता दीपक बोहराका अनुसार गत ७ असारदेखि सुरु गरिएको यो हस्ताक्षर अभियान अब गाउँ-गाउँ, टोल-टोल पुर्‍याउने तयारीमा छ । रास्वपाले साउन ५ गतेबाट देशभर घरदैलो अभियानमार्फत जनस्तरसम्म यो अभियान लैजाने कार्यक्रम तय गरेको जनाएको छ । रास्वपाका अनुसार लामिछानेको समर्थनमा देशभरका प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहसम्म हस्ताक्षर संकलन कार्य भइरहेको छ भने विदेशमा समेत नेपाली समुदायबाट अभियान सञ्चालन भइरहेको छ । पार्टीको भनाइअनुसार नेपाल भारत सीमावर्ती नाकाहरु काकडभिट्टा, रक्सौल, जोगबनी, बेलहिया, जमुनाह, गड्डाचौकी लगायत विमानस्थल, बसपार्क र सार्वजनिक स्थलहरुमा ऐक्यबद्धता डेस्क स्थापना गर्दै अभियानलाई थप विस्तार गर्ने वताएको छ । आगामी उपचुनाव हुन लागेको रुपन्देही-३ का सबै ३६ वटै वडामा बुथस्तरबाट अभियान सञ्चालन गर्ने तयारी समेत रास्वपाले गरेको जनाएको छ । रास्वपाका अनुसार हालसम्म प्रदेशगत संकलित हस्ताक्षर संख्या यस प्रकार रहेको छःबागमती प्रदेश : ६ लाख ३९ हजार ८६गण्डकी प्रदेश : ४ लाख ३९ हजार ७२३लुम्बिनी प्रदेश : २ लाख…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.