९ महिना अगाडि
९ महिना अगाडि
टक्सार (भोजपुर), ११ साउनः स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखेनाचसहित मौलिक परम्परालाई निरन्तरता दिइने भएको छ । रीतिरिवाज, वेषभूषा र संस्कृति जोगाउन यहाँको युवाको सक्रियता बढ्दै गएको हो । नेवार समुदायको मात्र लाखेनाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा परम्परागत संस्कार जोगाउने अभियान सुरु गरिएको स्थानीय युवा नवीन बुढाथोकीले बताउनुभयो । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखेनाचलाई जिल्लामा व्यवस्थित बनाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकामा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितामा जोड दिँदै यसको विस्तार गर्न थालिएको बुढाथोकीले बताउनुभयो प्रत्येक वर्ष निकालिने लाखेनाचको तयारीमा आफूहरू जुटेको बताउँदै युवा विकल श्रेष्ठले भन्नुभयो, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनमासमेत टेवा दिन्छ ।” उहाँका अनुसार केही ठाउँमा गठे मङ्लदेखि लाखेनाच सुरु हुने भए पनि भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन छ । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएका संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न थालिएको स्थानीय अगुवा किशोर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार परम्परा र संस्कृति जर्गेनामा भूमिका निर्वाह गर्नुभएका अगुवालाई यसवर्ष सम्मानको समेत कार्यक्रम राखिएको छ । जिल्लाका स्थानीय मठमन्दिरमा नागपञ्चमीका दिन पूजाअर्चना गरिएसँगै लाखेनाच सुभारम्भ हुने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लाखेनाचमा विभिन्न…