KhojSansar

Khoj Sansar

127 Posts
दुई वर्षीया बालिका मृत फेला

दुई वर्षीया बालिका मृत फेला

राजविराज, ७ भदौ २०८३,  सप्तरीको शम्भुनाथ नगरपालिका –३ ट्राफिक बजारमा दुई वर्षीया बालिका आइतबार बिहान मृत अवस्थामा फेला परेकी छन् । स्थानीय मो. इरफानकी छोरी खुसी खातुन घरबाट हराएको सूचना प्राप्त भएपछि प्रहरीले आफन्त र स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा घरपछाडि मृत अवस्थामा भेटिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । स्थानीयले बालिकाको मृत्युमा सौतेनी आमाको संलग्नता हुनसक्ने आशंका गरेका छन् । यद्यपि, यसबारे प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । प्रनाउ घिमिरेले शव परीक्षणको प्रतिवेदन तथा अनुसन्धानबाट मात्रै घटनाको वास्तविक कारण र विस्तृत विवरण खुल्ने बताउनुभयो । मृतक बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस् ...
आदिवासी जनजाति आयोगको कार्यक्रममा प्रसुति अधिकारकर्मीको सम्मान, राष्ट्रपतिबाट विशेष सम्बोधन

आदिवासी जनजाति आयोगको कार्यक्रममा प्रसुति अधिकारकर्मीको सम्मान, राष्ट्रपतिबाट विशेष सम्बोधन

आदिवासी जनजाति आयोगको कार्यक्रममा प्रसुति अधिकारकर्मीको सम्मान, राष्ट्रपतिबाट विशेष सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेलले प्रसुति सेवा, प्रजनन् अधिकार, मातृशिशु लगायतको क्षेत्रमा विशिष्ट योगदान दिनु हुने तीन अधिकारकर्मीलाई सम्मान गर्नू भएको छ । ३२ औं विश्व आदिवासी दिवसको अवसरमा संवैधानिक निकाय आदिवासी जनजाति आयोगद्धारा आयोजित कार्यक्रममा सो सम्मान प्रदान गर्नू भएको हो । सम्मानित हुनु हुनेहरुमा प्राडा.कुन्तीदेवी पुनः, प्रा. प्रमिला देवान र डा. लक्षमी तामाङ हुनुहुन्छ । प्राडा. पुनःनेपालको नर्सिङ प्रसुति सेवा क्षेत्रमा क्रियाशिल प्राध्यापक र प्रतिष्ठत अनुसन्धानकर्ता हुनु हुन्छ । प्रा प्रमिला देवान मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष हुनु हुन्छ । अर्का सम्मनित डा लक्षमी तामाङनेपालको प्रजनन् तथा मातृ स्वास्थ्य, गर्भावस्था लगायतका क्षेत्रमा लामो समय देखि कार्य गर्दै आउनु भएको छ । ३२ औ विश्व आदिवासी दिवशका अवसरमा संयुक्त राष्ट्रसंघले आरोग्य जीवन रषाका लागि आदिवासी प्रसुतिकर्मीको योगदानको सम्मान गरौ भन्ने नारा तय गरेको सन्दर्भमा आयोगको पहलमा सो सम्मान गरिएको हो ।  आदिवासी जव्न रक्षाका लागि परम्परागत आदिवासी प्रसुतिकर्मीहरुको योगदानलाई सम्मान गर्न संयुक्त राष्टसंघले यो नारा तय गरेको हो ।  सम्मानित हुनु हुनेहरुमा प्राडा.कुन्तीदेवी पुनः, प्रा. प्रमिला देवान र डा. लक्षमी तामाङ हुनुहुन्छ । प्राडा. पुनःनेपालको नर्सिङ प्रसुति सेवा क्षेत्रमा क्रियाशिल प्राध्यापक र प्रतिष्ठत अनुसन्धानकर्ता हुनु हुन्छ । प्रा प्रमिला देवान मिडवाइफ्री सोसाइटी अफ नेपालकी अध्यक्ष हुनु हुन्छ ।  सो अवसरमा आदिवासी जनजाति आयोगले आयोजना…
पूरा पढ्नुहोस् ...
खुलामञ्चमा विश्व आदिवासी दिवश भव्य रुपमा मनाइयो, प्राप्त भएकै अधिकार गुम्ने राजनीतिक दलका नेताहरुको चिन्ता

खुलामञ्चमा विश्व आदिवासी दिवश भव्य रुपमा मनाइयो, प्राप्त भएकै अधिकार गुम्ने राजनीतिक दलका नेताहरुको चिन्ता

खुलामञ्चमा विश्व आदिवासी दिवश मनाइयो, प्राप्त भएकै अधिकार गुम्ने राजनीतिक दलका नेताहरुको चिन्ता विभिन्न राजनीतिक दलका नेताहरुले संविधान तथा कानुनमा आदिवासीले प्राप्त गरेको अधिकार गुम्ने खतरा रहेको बताउनु भएको छ । आइतबार नेपाल आदिवासी जनजाति महासङ्घले राजधानीको खुलामचमा आयोजना गरेको ३२ औँ विश्व आदिवासी दिवसको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले एक स्वरमा यस्तो धाराणा राखेका हुन् । प्रतिनिधि सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनको बहानामा पप्त अधिकार पनि खोसिने खतरा रहेको बताउनु भयो । उहाँले धर्मनिरपेक्षता, प्रादेशिक संरचना, समानुपातिक तथा समावेशी व्यबस्था आदिवासीले पाएको उपलव्धीका रुपमा चर्चा गर्दै यसमाथि कार्यकारी निकायको गतिविधिबाट कालो बादल छाएको टिप्पणी गर्नू भयो ।  उहाँले विगतमा राजनीतिक दलले आदिवासी, मधेसी, मुस्लिम, थारु, दलितसँग गरिएको प्रतिबद्धता पुरा गर्न बाँकी रहेको चर्चा गर्नु हुँदै भीडले सिर्जना गरेको भाष्य सधैभरी जायज नहुने तर्क गर्नू भयो । नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले सरकारबाट सङ्घीय शासन प्रणालीमा प्रहार भइरहेको भन्नुहुँदै यसका विरुद्ध प्रतिवाद गर्न एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले एमालेसहित, नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र मधेसवादी दलको लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतन्त्र स्थापना भएको भनाइ राख्नुभयो । महासङ्घका संस्थापक महासचिव एवम् राष्ट्रिय सभा सदस्य सुरेश आले मगरले पनि सङ्घीयतामथि प्रहार भइरहेकोले सङ्घर्ष अझै जारी रहेको भनाइ राख्नुभयो…
पूरा पढ्नुहोस् ...
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान खारेज गर्ने प्रयास स्वीकार्य छैन : रेशम गुरुङ

आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान खारेज गर्ने प्रयास स्वीकार्य छैन : रेशम गुरुङ

बुटवल २५ साउन २०८३, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान अध्यक्ष रेशम गुरुङले प्रतिष्ठान खारेज गर्ने नभई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए। ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै गुरुङले प्रतिष्ठान खारेज गर्ने प्रयास भए देशभरका आदिवासी जनजाति सडकमा उत्रिने चेतावनी दिए। वर्तमान सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्न लागेको भन्दै उनले त्यसको विरोध गरे। प्रतिष्ठान खारेज गर्ने दुष्प्रयास गरिए सम्पूर्ण आदिवासी जनजाति एकजुट भएर आन्दोलनमा उत्रिने उनले बताए। देशभरका आदिवासी जनजाति सडकमा आए सरकारले समेत त्यसलाई थाम्न नसक्ने उनको भनाइ थियो। गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि मात्रै आदिवासी जनजातिका अधिकार लिपिबद्ध भएको स्मरण गरे। संघीयता नागरिकलाई सेवा र सुविधा दिने व्यवस्था मात्र नभई अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण माध्यम भएको उनले बताए। “सेवा र सुविधा विकेन्द्रीकरणको माध्यमबाट दिन सकिन्छ। तर अधिकार विकेन्द्रीकरणको माध्यमबाट मात्र दिन सकिँदैन,” उनले भने, “त्यसैले संघीयताको महत्वलाई हामीले जोगाउनुपर्छ र अहिलेको सरकारलाई पनि यो कुरा आदिवासी जनजातिले बुझाउनुपर्छ।” कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवललाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने योजना रहेको बताए। सबै जातजाति, भाषाभाषी, धर्म र संस्कृतिको साझा थलोका रूपमा बुटवललाई विकास गर्ने गरी नगरपालिकाले बजेट छुट्याएको उनले जानकारी दिए। बुटवल उपमहानगरपालिकाले आदिवासी जनजातिका संस्कार र संस्कृतिलाई सम्पत्तिका रूपमा लिएर संरक्षण तथा प्रवर्द्धनको काम गरिरहेको प्रमुख पाण्डेले…
पूरा पढ्नुहोस् ...
राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

राष्ट्रिय सदाचार नीति कार्यान्वयनमा जोड

काठमाडौँ, २५ साउन २०८३, राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ‘राष्ट्रिय सदाचार नीति, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्नुका साथै आवश्यक ऐन निर्माण प्रक्रिया अघि बढाउन जोड दिइएको छ । समितिको आजको बैठकमा सदस्यहरूले सरकारले राष्ट्रिय सदाचार नीति ल्याएकोमा धन्यवाद दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सरकारको इच्छाशक्ति आवश्यक रहेको बताउनुभयो । उहाँहरूले सदाचारलाई शासन प्रणालीमा मात्र सीमित नगरी नागरिकको दैनिक जीवन र व्यवहारसँग जोड्नुपर्ने तथा विद्यालय तहदेखि सदाचारसम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्ने सुझाव दिनुभयो । समितिका सदस्य उर्मिला अर्यालले भन्नुभयो, “समितिले यसका लागि धेरै मेहनत गरेको छ । अब कार्यान्वयनका लागि सजगताका साथ खबरदारीसँगै सरकारसँग गर्छौँ । यसको मुख्य जिम्मेवारी अब सरकारको हो ।” समितिका सदस्य कमला पन्तले भन्नुभयो, “सदाचारिता जीवनपद्धति हो । यसलाई पाठ्यक्रममा कसरी ल्याउने भन्नेबारे योजना बनाउनु जरुरी छ । नागरिकको कमजोरी औँल्याउन सक्ने गरी समाज विकासमा सदाचारिता अनिवार्य छ ।” सदस्य जगत तिमिल्सिनाले सदाचारलाई पाठ्यक्रममा समावेश गरी कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । सदस्य घनश्याम रिजालले आदर्श जीवन र स्वनियमनको विकासका लागि विद्यालयस्तरबाट सदाचारसम्बन्धी शिक्षा दिनुपर्ने बताउनुभयो । सदस्य तुलप्रसाद विश्वकर्माले नीति कार्यान्वयनमा सरकारको इच्छाशक्ति महत्वपूर्ण हुने भन्दै तदारुकता देखाउन आग्रह गर्नुभयो ।  सदस्य सावित्री मल्लले सरकारले नीति ल्याउनु सकारात्मक कदम भएको बताउँदै अब आवश्यक ऐन निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।…
पूरा पढ्नुहोस् ...
मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

मूल्यवृद्धिको प्रभावमा यातायात व्यवसायी महासंघले फेरि माग्यो भाडा समायोजन

३ वैशाख, काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा फेरि समायोजन गरिदिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक भाडा समायोजनपछि नै दुई पटक इन्धनमा मूल्यवृद्धि भएको भन्दै फेरि भाडा समायोजन गरिदिन वा मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । मध्यपूर्वको द्वन्द्वका कारण नेपाल आयल नियमले पटक–पटक डिजेल र पेट्रोलमा भारी मूल्य वृद्धि गरिरहेको विज्ञप्तिमा उल्लेख छ । जसले सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन सञ्चालनमा कठिन अवस्था सिर्जना भएको महासचिव गौतमले भनेका छन् । पछिल्लो पटक नै चैत २७ गते र वैशाख २ गते इन्धनमा भएको भन्दै ‘सरकारले २०६५ सालदेखि लागु गरेको वैज्ञानिक विधि अनुरूप स्वचालित प्रणालीबाट पाँच प्रतिशत पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा हुने भाडा समायोजन गरिदिन वा मूल्य वृद्धि फिर्ता लिन जोडदार माग’ विज्ञप्तिमा गरिएको छ । यस्तै विषम परिस्थितिको मूल्यांकन गर्दै देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यहरूलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ । ‘नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यसै प्रेस विज्ञप्तिमार्फत जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।
पूरा पढ्नुहोस् ...
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौँ, १३ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।        आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।        उहाँले भन्नुभयो, “बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल हुनेछ ।”
पूरा पढ्नुहोस् ...
पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा

पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उहाँले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्छ भन्नुभयो । उहाँले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गर्नुभयो ।        “संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”उहाँले भन्नुभयो । बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने उहाँको भनाइ थियो ।        महामन्त्री थापालले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताउनुभयो । कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने महामन्त्री थापाले बताउनुभयो ।         उहाँले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गर्नुभयो । महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि र रीसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उहाँको भनाई थियो ।    
पूरा पढ्नुहोस् ...
योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी, ७ पुसः पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङगल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा रहेको ‘स्वर्गाश्रम’ प्राकृतिक रुपमा रमणीय, धार्मिक हिसाबले ऐतिहासिक र पर्यटकीय सम्भावना बोकेको ठाउँ हो ।    परापूर्वकालमा तपस्या गर्न ऋषिमुनीहरु आउने स्वर्गाश्रम आधुनिक समाजमा विपाशना, योग, ध्यान, घुमघाम र प्राकृतिक दृष्य अवलोकनका लागि पूर्वाधार बनेको छ । आधारभूत पूर्वाधार तयार भए पनि स्वर्गाश्रममा पर्याप्त पाहुना, भक्तजन र पर्यटक भित्र्याउन नसकिएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो । “पछिल्लो एक दशकमा स्वर्गाश्रममा कच्ची सडक, पदमार्ग, खानेपानी, विद्युत्, सञ्चार सुविधा विस्तार, आश्रयस्थल भवन, घेराबार निर्माण भएको छ,” उहाँले भन्नुभयो “स्थानीयस्तरमा सीमित बनेको स्वर्गाश्रमको महत्वलाई उजागर गरेर पर्यटक भित्र्याउन पहल थालिएको छ ।”        बेनी नगरपालिका, वडा कार्यालय, स्वर्गाश्रम क्षेत्र विकास समितिको साझेदारीमा त्यहाँ आधारभूत पूर्वाधार तयार गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि महायज्ञ आयोजना गरेर सहयोग जुटाइएको थियो । महायज्ञबाट सङ्कलित रकम र सरकारी निकायको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको हो । बेनी नगरपालिकाको सहयोगमा स्वर्गाश्रम परिसरमा ढुङ्गा विछ्याउने, पदमार्ग…
पूरा पढ्नुहोस् ...
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

ढोरपाटन (बागलुङ), ६ पुस बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् ।        बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा प्रतिकिलो रु १२० भन्दा बढी पर्ने सुन्तलालाई व्यापारीले गाउँबाट रु ४०÷५० मै ल्याउने गरेको बागलुङ नगरपालिका–८ सिगानाका किसान टोबहादुर खड्काले बताउनुभयो । व्यापारीका कारण किसान र उपभोत्ता मारमा परेको उहाँको भनाइ छ ।        किसानले उत्पादन गरेको सुन्तलालाई सही रूपमा बजारीकरण गर्ने वातावरण तयार नगर्दा किसान र उपभोक्ता मारमा पर्ने गरेको खड्का बताउनुहुन्छ । आफूले हरेक वर्ष लाखौँको सुन्तला उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । किसानले नै उत्पादन बजारीकरण गर्न सक्ने वातावरण अझै तयार हुन नसकेको खड्का बताउनुहुन्छ ।        उहाँले भन्नुभयो, “सिगानामा सुन्तला धेरै नै उत्पादन हुन्छ, उत्पादनअनुसारको मूल्य पाउन सकिन्थ्यो भने यस क्षेत्रका किसानको जीवनस्तर माथि उठ्नेमा कुनै शङ्का छैन, तर मूल्य नै पाउन सकेका छैनौँ, साउन, भदौमा गाउँमा आएर व्यापारीले सुन्तलाको बगान नै किन्छन्, हामीले प्रतिकिलो रु ४०÷५० भन्दा बढी पाउने अवस्था छैन, बजारमा किन्ने उपभोक्ताले बढी मूल्य तिर्छन् ।”        अर्का किसान हरिप्रसाद कँडेलले व्यापारीका कारण किसान र उपभोक्ता बढी मारमा परेको बताउनुभयो । किसानबाट खरिद गरेको सुन्तलाको मूल्य…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.