KhojSansar

Khoj Sansar

122 Posts
जोखिममा भटौली खोलाको पक्की पुल

जोखिममा भटौली खोलाको पक्की पुल

मन्थली (रामेछाप), ११ साउनः सदरमुकाम मन्थलीसहित रामेछापका विभिन्न चारवटा पालिका जोडने र जिल्लालाई काठमाडौँसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुल खोलाले कटान गर्दै जान थालेको छ । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौँसँग जोड्ने वैकल्पिक सडकखण्डमा पर्ने भटौली खोलाको पक्की पुल बाढीको कटानबाट उच्च जोखिममा परेको हो । जिल्ला सदरमुकाम रहको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबासलाई जोड्ने उक्त पुलको पिलरमा भटौली खोलाको बाढीे सिधै ठोक्किन थालेपछि पुल जोखिम मा पर्दै गएको हो । खाँडादेवी–४ का स्थानीयक खेमबहादुर खत्रीका अनुसार खोलाको बहावले पुलको पकरबासपट्टिको पिलरमा कटान गर्दै लगेको छ । खोलाको बहाव नै पुलको पिलरमा सोझै ठोक्किएकोले, टेवा पर्खाल वा जाली लगाएर संरक्षण नगरे पुलमा ठूलो क्षति पुग्न सक्ने पनि खत्रीले बताउनुभयो । उहाँले पुलको सुरक्षाका लागि खाँडादेवी गाउँपालिका,मन्थली नगरपालिका र जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवाला निकायलाई जानकारी गराइसकेको भएपनि कतैबाट हालसम्म सुनुवाइ नभएको बताउनुभयो । वर्षायाम सुरु भएसँगै खोलामा बारम्बार बाढी आइरहेकाले तत्कालै उपाय नअपनाए पुलमा ठूलो क्षति पुग्ने जोखिम उच्च रहेको स्थानीय अक्कलबहादुर माझी बताउनुहुन्छ । वर्षाको बेला बाहुन्चुरा, पिङ्गखुरी र गागलको माथिल्लो भेगमा बढी पानी पर्ने गरेको र ती ठाउँमा परको पनीका कारण दैनिकजसो यस खोलामा बाढी आउने गरेकाले पनि यसलाई चाँडै नै क्षति हुनबाट बचाउन आवश्यक रहेको मन्थली नगरपालिका–७…
पूरा पढ्नुहोस् ...
मूल बीउ उत्पादन गरिँदै

मूल बीउ उत्पादन गरिँदै

वालिङ (स्याङ्जा), ११ साउनः स्याङ्जाको वालिङ–१ यवादीमा रहेको कृषि विकास स्रोत केन्द्रले प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्न थालेको छ । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले खाद्यान्न, तरकारी, दलहन र तेलहन बालीको मूल बीउ उत्पादन थालेको हो । कृषि अनुसन्धान परिषद् (नार्क)बाट प्रजनन बीउ ल्याएर कार्यालयले मूल बीउ उत्पादन गरी बीउ उत्पादक समूह सहकारी तथा फार्महरूलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयका बाली विकास अधिकृत पुकार खनालले जानकारी दिनुभयो । कार्यालयले विभिन्न प्रजातिका धान, मकै, बोडी, सिमी, भटमास, कोदोलगायत खाद्यान्न, दलहन तथा तेलहन बालीको प्रजनन बीउबाट मूल बीउ उत्पादन गर्दै आएको छ । “नार्कबाट ल्याएको प्रजनन बीउलाई एक वर्ष यहाँ लगाएर मूल बीउ बनाइन्छ, यहाँ बनाइएको मूल बीउ लाइसेन्स प्राप्त बीउ उत्पादक समूह, सहकारी वा फार्महरूलाई ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो, “कार्यालयले उपलब्ध गराएको मूल बीउबाट लाइसेन्स प्राप्त बीउ उत्पादकहरूले उन्नत बीउ उत्पादन गर्छन् ।” बीउ उत्पादकले उत्पादन गरेको उन्नत बीउको नियमित निरीक्षण, अनुगमन गर्ने, भण्डारणका लागि टिनका बाकस, बिक्रीका लागि बोरा, विषादी तथा उत्पादित बीउको विवरण समेटिएको ट्याग, बोरा सिलाउने मेसिन, बीउको चिस्यान मापन गर्ने मेसिन कार्यालयले उपलब्ध गराउने उहाँले बताउनुभयो । आवश्यकता हेरी प्रदेश बीउबिजन गुणस्तर नियन्त्रण कार्यालय पोखराबाट प्रयोगशालामा बीउको गुणस्तर परीक्षण गरेपछि मात्र उन्नत बीउको रूपमा बजारमा पठाउने गरिएको छ । कार्यालयले…
पूरा पढ्नुहोस् ...
स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ, ११ साउनः मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेका छन् मुस्ताङको घरपझोङ–५ ढुम्बाका जुझारु किसान कर्म गुरुङ । गुरुङ बाबुबाजेले अपनाउँदै आइरहेको स्याउखेतीलाई पुख्यौली पेसाका रूपमा पछ्याउँदै विगत पाँच दशकदेखि सक्रिय भएर लागिपर्नुभएको छ । झन्डै छ दशकअघि गुरुङको परिवारले मुस्ताङको ढुम्बा गाउँमा चिम्ले स्याउ फार्म सुरुआत गरेको थियो । त्यसबेला उहाँको परिवार, आफन्त र इष्टमित्रलगायतले सगोलमा सामूहिक स्याउखेती सुरु गरेका थिए । उहाँ १३ वर्षको हुँदा बुबा बित्नुभयो । त्यसपछि बुबाको कृषिकर्मको जिम्मेवारी उहाँको काँधमा थपियो । गुरुङका बुबा बितेपछि चिम्ले कृषि फार्मका दश दाजुभाइ÷दिदीबहिनी सदस्य छिन्नभिन्न भए । बाल्यकालदेखि नै कृषिकर्मलाई पछ्याउनुभएका गुरुङले सगोलले अलपत्र पारेको कृषि फार्मको सबै बागडोर आफँैले सम्हाल्नुभयो । गुरुङले सम्हाल्दै आइरहेको त्यतिबेलाको स्याउ फार्म परम्परागत पद्धतिको थियो । आफ्ना बुबाको प्रेरणाबाट स्याउखेती लाग्नुभएका गुरुङ वर्तमानमा पनि पहिलेको परम्परागत स्याउखेतीसँगै स्याउखेतीमा नयाँ प्रविधि भित्र्याइसक्नुभएको छ । सानै उमेरदेखि स्याउखेतीलाई निरन्तर पछ्याउँदै आउनुभएका गुरुङ व्यावसायिक स्याउखेतीतर्फ ५० वर्षको यात्रा पूरा गरिसकेको बताउनुहुन्छ । मुस्ताङमा अहिलेको जस्तो त्यो समय सडक, बिजुली, इन्टरनेट कुनै पनि सुविधा थिएनन्, यद्यपि उहाँले चिम्ले कृषि फार्मलाई विषम परिस्थितिसँग जुध्दै अहिलेको अवस्थामा ल्याइपुर्याउन सफल हुनुभयो । गुरुङ भन्नुहुन्छ, “बुबाको पालामा स्याउखेती गर्न अहिलेको जस्तो सहज थिएन, प्रविधिको विकास भएको थिएन, सबै काम…
पूरा पढ्नुहोस् ...
त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

त्रिवेणी भन्सार : क्वारेनटाइनको निर्माण नहुँदा निकासी पैठारी शून्य

नवलपुर (नवलपरासी), ११ साउन : छ वर्ष अगाडि मूल भन्सारमा स्तरोन्नति भएको त्रिवेणी भन्सार कार्यालय नाम मात्रको ‘मूल भन्सार’ बनेको छ । भारतसँग सीमा जोडिएको गण्डकी प्रदेशकै एकमात्र यस भन्सारमा आवश्यक पर्ने क्वारेनटाइनको निर्माण नहुँदा हालसम्म निकासी पैठारी हुनसकेको छैन । विसं २०७६ फागुनमा मूल भन्सारको मान्यता पाएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–७ मा रहेको यस भन्सारमा हालसम्म क्वारेनटाइन निर्माण हुन नसक्दा मालसामान निकासी पैठारी शून्य छ । फागुन २०७६ अगाडि यस भन्सार भैरहवा भन्सार कार्यालयको छोटी भन्सारको रूपमा रहेको थियो । सङ्घीय सरकारको निर्णयअनुसार मूल भन्सारको मान्यता पाएको यस भन्सारमा आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा भारततर्फ पठाउने मालसामान र भारतबाट नेपाल भित्रिने मालसामानको अवस्था शून्य रहेको भन्सार कार्यालयले जनाएको छ । त्रिवेणी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामराजप्रसाद चौरासियाले भन्सारको स्तरोन्नतिसँगै यहाँ प्लान्ट क्वारेनटाइन, खाद्यान्न क्वारेनटाइन, पशु क्वारेनटाइनलगायत पूर्वाधार निर्माण हुनुपर्नेमा त्यस्तो हुन नसकेको जानकारी दिनुभयो । “पहिला छोटी भन्सारका रूपमा रहेको त्रिवेणी भन्सारलाई मूल भन्सार बनाइयो”, उहाँले भन्नुभयो, “मूल भन्सारलाई आवश्यक पर्ने पूर्वाधार निर्माण नहुँदा गाडीको अस्थायी नम्बर पैठारी दिनेबाहेकका सेवा हामीले दिनसकेका छैनौँ ।” क्यारेनटाइन नहुँदा त्रिवेणी भन्सार पर्यटक नाकाका रुपमा मात्र रहेको अधिकृत चौरासियाको भनाइ छ । “भारतबाट नेपाल घुम्न आउने पर्यटकका सवारीसाधनलाई अस्थायी नम्बर दिनेबाहेकका अरु काम हामीले पाएका छैनौँ”, उहाँले भन्नुभयो, “भारततर्फ बाल्मीकि नगरमा…
पूरा पढ्नुहोस् ...
सुक्खा पहिराले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

सुक्खा पहिराले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

म्याग्दी, ११ साउन : जिल्लाको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आज बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । बिहान पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन भएको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा मुस्ताङ जिल्लाको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।
पूरा पढ्नुहोस् ...
हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

अदानचुली (हुम्ला), ११ साउन : हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैैसीलेका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, तीनवटा प्यानल र तीनवटा डेक राखिएको छ । लोतीखोलामा पुल नहुँदा स्थानीयवासी समस्यामा रहेका थिए । हिउँदयाममा खोलामा पानी घटेपछि खोलाबाटै सवारीसाधन वारपार गर्दथे भने हल्का सवारीसाधनका लागि काठको पुल बनाइएको थियो । वर्षात्मा आएको खोलाले पुल बगाएपछि मानिससमेत तुइनमा तर्न बाध्य थिए । हुम्ला र मुगु जोड्नका लागि मात्र नभई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ आवतजावत गर्न पनि गाउँपालिकावासी तुइनमै निर्भर रहेका थिए । चङ्खेली गाउँपालिकाका तीनवटा वडा तुइन तरेर गाउँपालिका केन्द्रमा आउनुपर्ने समस्या अन्त्य भएको गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार निरन्तरको पहलपश्चात बेलीब्रिज छोटो समयमा निर्माण सम्पन्न भएको हो । पुलले मुगु, जुम्लालगायतका नागरिकलाई कैलाश मानसरोवर दर्शन गर्न र हुम्लाका नागरिकलाई राराताल अवलोकनका लागि बाजुरा भएर जानुपर्ने बाध्यतामात्र टरेको छैन, अब तिनै जिल्ला सदरमुकामसँग सिधा आवतजावत हुने भएको छ । यही साउन १३ गतेका दिन औपचारिक रुपमा उद्धघाटन गरी हुम्ला मुगु लिङ्क हुने भएको छ । चङ्खेलीका सलीसल्लाबाट मुगु जिल्लाको भट्याचौरसम्म…
पूरा पढ्नुहोस् ...
कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

कृषि सिकाइको पाठशाला बन्दै ‘माया इको भिलेज एकीकृत कृषि फार्म’

गण्डकी, ११ साउनः पोखरा महानगरपालिका-२५ झिझिर्कामा सञ्चालित माया इको भिलेज एकीकृत फार्म पछिल्लो समय व्यावसायिक कृषि गर्न चाहने जो कोहीका लागि प्रभावकारी पाठशाला बनिरहेको छ । एकैठाउँमा कृषिका विविध गतिविधिबारे जान्न बुझ्न पाइने भएकाले देशका विभिन्न स्थानबाट समूहसमूहमा उक्त फार्ममा मानिस आउने गरेका छन् । फार्ममा आएका व्यक्तिलाई यहाँ भएका खेती तथा प्रयोग गरिएका विधि र प्रविधिका बारेमा प्रयोगात्मक तरिकाले जानकारी दिने गरिएको फार्म सञ्चालक मीनाकुमारी गुरुङले जानकारी दिनुभयो । विदेश बसाइँको करिब १६ वर्षको अनुभव सँगाल्नुभएकी ५९ वर्षीया गुरुङ स्वदेशमा केही गर्नुपर्छ भन्ने सोंचका साथ व्यावसायिक कृषिमा लाग्नुभएको हो । उहाँसँग जापानसहित हङ्कङ, ब्रुनाई, अमेरिका तथा बेलायतका विभिन्न अनुभव छन् । पछिल्ला आठ वर्षयता माया इको भिलेज एकीकृत फार्म सञ्चालन गर्दै आउनुभएकी उहाँको फर्ममा विभिन्न कृषक समूहका तालिहहरू सञ्चालन हुन्छन् । तालिमका सहभागीलाई उहाँ स्वयंले आफ्नो सिकाइका ज्ञान र अनुभव प्रदान गरिहनुभएको छ । विभिन्न ठाउँमा कृषिसम्बन्धी औपचारिक तालिममा समेत सहभागी हुनुभएकी गुरुङलाई विभिन्न कृषि सम्बद्ध सङ्घसंस्थाले तालिमका लागि बोलाउने गरेका छन् । गुरुङको ३० रोपनी क्षेत्रफलमा फैलिएको एकीकृत कृषि फार्ममा सीताके च्याउ, काउली, बन्दा, लहरे तरकारी, भेडे खुर्सानी लगायत खेती भइरहेको छ । गुरुङले गड्यौला मलको उत्पादन गरेर बिक्री पनि गर्दै आएको बताउनुभयो । घरका पाँच जनासहित अन्य सात जना गरी फार्ममा १२ जनाले नियमित रोजगारी पाएका जनाउँदै…
पूरा पढ्नुहोस् ...
बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

बुटवलस्थित जबई खेल मैदानमा कर्णेल उजिरसिंह थापा रङ्गशाला बन्दै

लुम्बिनी, ११ साउनः बुटवल उपमहानगरपालिका वडा नं १३ सालघारीस्थित जबई खेल मैदानलाई स्तरोन्नति गरी अन्तरराष्ट्रियस्तरको कर्णेल उजिरसिंह थापा रङ्गशाला बनाउने काम सुरु भएको छ । बुटवलको जितगढीमा भएको अङ्ग्रेज फौजसँगको लडाइँ जिती विश्वभर नेपालीको वीरता फैलाउने कर्णेल थापाको सम्मानमा आधुनिक एवं सुविधासम्पन्न रङ्गशाला बनाउने काम अघि बढेको हो । बुटवल उपमहानगरपालिकाले आव २०७६/७७ मा सो खेल मैदानलाई स्तरोन्नतिसहित कर्णेल थापाका नाममा रङ्गशाला बनाउन सुरु गरिएकामा वनको अवरोधलगायत कारण रोकिएको काम सुरु भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर शङ्कर सुवेदी बताउनुहुन्छ । भूतपूर्व सैनिकको बाहुल्य रहेको सो उपमहानगरपालिका वडा नं १३ मा बन्न लागेको उक्त रङ्गशाला निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले दुई चरणमा विनियोजित गर्नेगरी रु ५३ करोड बजेट उपलब्ध गराउने निर्णय गरेको छ । पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्ष २०८२/८३ मा रु १० करोड ७६ लाख ६१ हजार लागत अनुमान स्वीकृत भई बोलपत्र आह्वान प्रक्रिया अघि बढिसकेको विकास प्राधिकरणले जनाएको छ । सो रङ्गशाला निर्माणका लागि अर्जुन, मार्क, प्रदीप जेभी बनस्थली काठमाडौँसँग भ्याटसहित रु आठ करोड ५२ लाख ३२ हजार ४९३ ठेक्का सम्झौता भएको र रु तीन करोड प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको प्राधिकरणले बताएको छ । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को मिति २०८१ फागुन ६ गतेको निर्णयअनुसार आयोजना कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालयबाट प्रदेश पूर्वाधार विकास प्राधिकरणमा हस्तान्तरण गरेको…
पूरा पढ्नुहोस् ...
सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

काभ्रेपलाञ्चोक, ११ साउनः काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती खेप्दै आउनुपरेको हो । सिन्धुपाल्चोकको चेहेरेलाई सडक सञ्जालसँग जोड्न लागि सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माणार्थ सडक विभाग र अमर कन्स्ट्रक्सन प्रालिबीच विसं २०७७ भदौ १० गते सम्झौता गरिएको थियो । विसं २०८० जेठ २ गतेसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौता गरिए पनि निर्माण व्यवसायीले विभिन्न बाहाना बनाउँदै काममा आलटाल गरेकाले पाँच वर्षसम्म पुल अलपत्र बनेको स्थानीय बताउँछन् । विभागअन्तर्गतको पुल सेक्टर कार्यालयका इञ्जिनीयर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको कम्पनीले विभिन्न बाहाना गरेपछि कार्यालयले सम्पर्क गर्दासमेत सम्पर्कमा आएका छैनन् । सम्झौताको समयसिमाभित्र काम नगरेपछि पछिल्लो पटक विसं २०८१ वैशाख २० गते विभागीय निर्णय अनुसार एकैपटक २३ महिना २५ दिनका लमगि म्याद थप गरिए पनि निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताउनुभयो । उहाँका अनुसार पुल निर्माणार्थ थपिएको म्याद पनि गत जेठ ९ गते सकिएको छ । उक्त पुल निर्माण गर्न भ्याटसहित रु ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का…
पूरा पढ्नुहोस् ...
आलेख : धार्मिक पर्यटनसँग जोडिँदै बेगनास बराह

आलेख : धार्मिक पर्यटनसँग जोडिँदै बेगनास बराह

गण्डकी, ११ साउनः बेगनासतालस्थित बेगनास बराह प्राचीनकालदेखि ठूलो आस्था र विश्वास बोकेको धार्मिकस्थल भए पनि यो अझै पनि प्रवर्द्धनको पर्खाइमा छ भन्दा अत्युक्ति नहोला । प्रचारप्रसार र पूर्वाधार विकासका कारण बेगनास बराहको अहिलेसम्म पनि धार्मिक पर्यटकीय उपयोग हुन सकेको छैन । धार्मिक आस्था एवं विश्वासका साथ परापूर्वकालदेखि पूजाआजा गर्दै आइएको बेगनास बराहको प्रचारप्रसारसँगै यहाँको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्नका लागि पछिल्लो समयमा यहाँका सामाजिक सङ्घसंस्था क्रियाशील बनेको बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारीले बताउनुहुन्छ । सात तालको बाटिका सहरका रुपमा चासो र चर्चा कमाएको कास्कीको लेखनाथस्थित बेगनासताल पारी किनारामा रहेको बराह क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ यसको प्रचारप्रसारका साथै पूर्वाधार विकासका कामहरू अघि बढाइएको उहाँले जानकारी दिनुुभयो । यहाँका बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्था, बेगनास ताल बराह संरक्षण समितिलगायतका संस्थाको सक्रियतामा बेगनास तालबराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन पहल थालिएको उहाँको भनाइ छ । साविक लेखनाथ नगरपालिकाको पहल एवं विश्व बैंकको रु एक करोड १७ लाख रुपैयाँको सहयोगमा बराह क्षेत्रमा यसअघि नै पदमार्ग, बस्ने ठाउँ, वनभोज स्थल आदिको निर्माण गरिसकिएको थियो । बराह क्षेत्रमा प्राचीनकालदेखि नै पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेका कारण यस क्षेत्रको पुरातात्विक रुपमा पनि उत्तिकै महत्व रहेको मानिन्छ । बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.