KhojSansar

Khoj Sansar

651 Posts
हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

हरितालिका : पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौँ, १० भदौ : हरितालिका (तीज)का अवसरमा आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो छ । आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर्शन गर्न प्रबन्ध पशुपति क्षेत्र विकास कोषले मिलाएको छ । यसका लागि पशुपतिनाथ मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि नै खुला गरिएको कोषका निमित्त सदस्यसचिव सुभासचन्द्र जोशीले जानकारी दिनुभयो । केही भक्तजन भने बिहान ३ः०० बजेअघि पशुपति क्षेत्र पुगेर दर्शनका लागि लाममा बसिसकेका थिए । अहिलेसम्म लाममा बसेको १५ देखि २० मिनेटमा दर्शन गरेर फर्कन सकिने अवस्था रहेको उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा आज करिब तीन हजार सुरक्षाकर्मी मेला व्यवस्थापनका लागि खटाइएको छ । पशुपति क्षेत्रको बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्ने लामको व्यवस्था गरिएको छ । श्रीपशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । कोषका सूचना अधिकारी अनिता भट्टल मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको जानकारी दिनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्स, मेरो डान्स युनिभर्स रिस्ता गुरुङ घोषित

पाटन (ललितपुर), ८ भदौः मेरो भ्वाइस युनिभर्स सिजन–२ को विजेता प्रथम गुरुङ घोषित हुनुभएको छ । यस्तै मेरो डान्स युनिभर्स सिजन–२ को विजेता रिस्ता गुरुङ हुनुभएको छ । इन्ट्रा फाउन्डेसनद्वारा ललितपुरको सनराइज सम्मेलन केन्द्र गोदावारीमा आयोजित मेरो भ्वाइस युर्निभर्स र मेरो डान्स युनिभर्सको सिजन–२ को ग्राण्ड फिनालेमा दुवैजनालाई विजेता घोषणा गरिएको हो । विजेताले जनही रु एक करोड नगद पुरस्कारसहित रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकटका साथमा विभिन्न पुरस्कार प्राप्त गरेका छन् । मेरो डान्स युनिभर्सको फस्ट रनरअप भई अमृता राईले रु २५ लाख नगदसहित सिटिजन्स लाइफबाट रु २० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । सेकेन्ड रनरअप भई सीतु महर्जनले रु १० लाखसहित सिटिजन्स लाइफबाट रु १५ लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । थर्ड रनरअप सुरज सिंजाली मगरले रु छ लाख नगदसहित सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा तथा फोर्थ रनरअप सुशना कोइरालाले रु पाँच लाख नगद, सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । फिप्थ रनरअफ साजन पाख्रिन तामाङले नगद रु चार लाख र सिटिजन्स लाइफबाट रु १० लाखबराबरको जीवन बिमा प्राप्त गर्नुभएको छ । यसैगरी मेरो भ्वाइस युनिभर्सको फस्ट रनरअप भई टोपराज तामाङले रु २५ लाख नगदसहित रु २० लाखबराबरको जीवन बिमा तथा सेकेन्ड रनरअप जुनु प्रसाईँले रु १० लाख…
पूरा पढ्नुहोस् ...
छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

छपन्न वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

गोदावरी (कैलाली), ८ भदौः कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र परेको छ । आर्थिक वर्ष २०६२/६३ मा बनाइएको पक्की बाँध २०६४ सालमा आएको बाढीले भत्काएपछि सो आयोजना हालसम्म अलपत्र परेको हो । गुर्गी सिँचाइ आयोजना निर्माणका लागि बर्सेनि बजेट विनियोजन हुँदै आए पनि निर्माण अघि बढ्न सकेको छैन । पानीको स्रोत सुनिश्चितता नभएका कारण बजेट फ्रिज हुँदै आएको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आयोजनाका लागि आव २०७५/७६ मा रु २० लाख र प्रशासनिक खर्चका लागि कैलारी गाउँपालिका कार्यालयले रु एक लाख ५० हजार विनियोजन गरेको थियो । आव २०७९/८० मा योजना निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकारले रु छ करोड विनियोजन गरे पनि खर्च हुन नसकेर फ्रिज गएको थियो । आव २०८०/८१ मा रु १२ करोड विनियोजन गरेको प्रदेश सरकारले २०८१÷८२ मा रु पाँच करोड रकम विनियोजन गरिए पनि खर्च हुन नसकेर फ्रिज भएको जनाइएको छ । आयोजना अघि बढाउन हरेक वर्ष बजेट विनियोजन गरिँदै आए पनि पानीको स्रोत सुनिश्चितता नभएकाले आयोजना निर्माणका लागि पुनः डिपिआर तयार गर्नुपर्ने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर टेकराज विनाडीले बताउनुभयो । उहाँले आव २०८१/८२ मा कार्यालयले आयोजनालाई ठेक्का प्रक्रियामा लैजान रु ४४ करोड लागत…
पूरा पढ्नुहोस् ...
पाँच वर्षदेखि पुल अधुरै

पाँच वर्षदेखि पुल अधुरै

चौतारा (सिन्धुपाल्चोक), ८ भदौः सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी रु आठ करोडमा उक्त पुल निर्माण गर्न सूर्य जेभी निर्माण कम्पनीले जिम्मा पाएको थियो । विसं २०७८ चैत २३ गते तत्कालीन सभामुख अग्निप्रसाद सापकोटाले जुगल गाउँपालिका–१ र ५ जोड्ने ६३ मिटर लामो पुलको शिलान्यास गर्नुभएको थियो । जुगल गाउँपालिका उपाध्यक्ष हिमाल श्रेष्ठका अनुसार स्थानीय सरकारले पटकपटक निर्माणकार्य अघि बढाउन आग्रह गरे पनि निर्माणमा संलग्न व्यवसायीले बेवास्ता गरिरहेको छ । उहाँका अनुसार पुल बनेपछि साविकको सेलाङ र गोल्चे गाविसका बासिन्दा लाभान्वित हुनेछन् । मुख्य ठेकेदारले पेटी ठेकेदारलाई निर्माणको काम जिम्मा दिएर ठेकेदार सम्पर्कविहीन हुँदै आएको उपाध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । निर्माणको जिम्मा पाएको सूर्य जेभी निर्माण कम्पनीका प्रोपाइटर गणेश आर्चाय ‘ड्रइङ डिजाइन’को ‘एप्रुभ’ भइसके पनि चरिकोट डिभिजन कार्यालयले भिओ नबनाइदिएको कारण काम सुरु नभएको बताउनुहुन्छ । “हामी पुलको काम तत्कालै गर्न चाहन्थ्याँै तर सडक डिभिजन कार्यालय चरिकोटले भिओ नबाइदिएको कारण काम गर्न गाह्रो भयो”, उहाँले भन्नुभयो । सडक डिभिजन कार्यालय चरिकोटले दुई वर्षदेखिको बिल भुक्तानी नगरेको उहाँको दाबी छ । पुलको बीचको पिलर १० इन्च फरक परेको र सोको ड्रइङ पुनः निर्माण गरेर एप्रुभ भइसकेकाले भिओ र बिल भुक्तानीको काम नरोकिने सडक डिभिजन कार्यालय चरिकोटका डिभिजन प्रमुख आकाश…
पूरा पढ्नुहोस् ...
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

काठमाडौँ, ८ भदौ : पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदमा फुरगेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार शेर्पाले अर्का उम्मेदवार कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको थियो । शेर्पाले तीन सय ४२ मत र गुरुङले दुई सय ८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी हुनुभएको छ । यसैगरी सचिवमा चन्दन थापा, कोषाध्यक्षमा ङिमा नुर्बु शेर्पा र सुमी लामाले समान मत प्राप्त गर्नुभएको छ । त्यसैगरी, सदस्यमा माधवकुमार धमला, केदार न्यौपाने, थुप्देन शेर्पा, गोकुल थापा, मुलाल गुरुङ, देण्डी शेर्पा, विक्रम कार्की, रिञ्जे शेर्पा, देवेन्द्र डङ्गोल, दिकी शेर्पा र निशा भोटे विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा

आँबुखैरेनीमा चेपाङ समुदायका छात्र/छात्रालाई निःशुल्क शिक्षा

तनहुँ, ८ भदौ : आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२ उत्तीर्ण भएका छन् । उनीलाई आबुखैरेनी गाउँपालिकाले शैक्षिकसत्र २०८१ मा आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयमा सो तह अध्ययन गर्न आर्थिक सहयोग गरेको थियो । छात्र चेपाङले केही दिनअघि सार्वजनिक भएको सो तहको परीक्षामा उत्तीर्ण भएका हुन् । गाउँपालिकाले खाना, बस्नका लागि मासिक रु पाँच हजारका दरले वार्षिक रु ६० हजार सहयोग गर्दै आएको शिक्षा शाखा प्रमुख निर्मला कुवँरले जानकारी दिनुभयो । गाउँपालिकामातहत रहेका २४ सामुदायिक विद्यालयमध्ये २२ मा पूरै तहमा निःशुल्क शिक्षाको व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रामशाह र मित्रता माविमा कक्षा ५ सम्म पूरै निःशुल्क गरिएको छ । कक्षा ६ देखि माथि नेपाली माध्यममा निःशुल्क भए पनि अङ्ग्रेजी माध्यममा शुल्क निर्धारण गरिएको छ ।” विद्यार्थी चेपाङको शिक्षा क्षेत्रमा देखिएको यस किसिमको उपलब्धिले सम्पूर्ण चेपाङ समुदाय र पालिकाका लागि समेत गौरवको विषय बनेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । विद्यार्थी अमृतसँग भेटघाट गर्दै अध्यक्ष उहाँले भन्नुभयो, “आगामी उच्च शिक्षाका लागि बाटो सहज बनाउन गाउँपालिकाले आवश्यक सबै सहयोग तथा पहल गर्नेछ ।” चेपाङ, भुजेललगायत सीमान्तकृत समुदायमा शिक्षाको पहुँच विस्तार गर्ने रणनीति, छात्रवृत्ति प्रणालीलाई अझ प्रभावकारी बनाउने उपाय र समग्र विकास प्रक्रियामा सीमान्तकृत समुदायको समावेशिता सुनिश्चित गर्ने योजनाका बारेमा विमर्श गरी अघि बढ्ने योजना बनाइएको अध्यक्ष चुमानले…
पूरा पढ्नुहोस् ...
लेखर्कका सुत्केरीलाई घ्यू वितरण

लेखर्कका सुत्केरीलाई घ्यू वितरण

भोजपुर, ८ भदौ : सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य सुधार गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ–९ लेखर्कमा पोषण सामग्री वितरण गरिएको छ । वडाले यहाँका लक्षित सुत्केरी महिलालाई पोषण सामग्री दिएको हो । वडाले करिब रु ७५ हजार बजेट विनियोजन गरी २० जना सुत्केरी महिलालाई घ्यू, अण्डा, गेडागुडी, सरसफाइका सामग्रीलगायत पोषण सामग्री उपलब्ध गराएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी आमामा पोषण कमी नहोस् र नवजात शिशुको स्वास्थ्य सुदृढ होस् भन्ने उद्देश्यका साथ गत वर्षदेखि कार्यक्रम सञ्चालनमा ल्याइएको हो । “वडाका २० जना सुत्केरीलाई पोषण सामग्री वितरण गरेका छौँ”, माङ्गपाहाङ्गले भन्नुभयो, “आमा र बच्चाको स्वास्थ्यमा ध्यानमा राखेर सामग्री दिएका हौँ । यसलाई हामी निरन्तरता दिन्छौँ । कार्यक्रमले सुत्केरी र बच्चाको पोषणको क्षेत्रमा सहजता थप्ने अपेक्षा लिएका छौँ । सो अवसरमा सहभागीलाई स्थानीय खाद्य वस्तु, जैविक खानेकुराको महत्व र पोषणसँग सम्बन्धित सचेतनामूलक सन्देश पनि दिइएको छ । -रासस
पूरा पढ्नुहोस् ...
एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या

एकहजार फाँटकोे धानबालीमा मरुवा रोगको समस्या

गोरखा, ८ भदौ : गोरखामा करिब चार सय रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा धान मरुवा रोगको समस्या देखिएको छ । जिल्लाको पालुङटार नगरपालिकाका तीनवटा वडामा लगाइएको धानबालीमा मरुवा रोग लागेको पाइएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत अब्बादत्त विष्टले जानकारी दिनुभयो । पालुङटारको वडा नं ४, ६ र ८ मा गरी झण्डै चार सय १० रोपनी क्षेत्रमा लगाइएको धानबालीमा मरुवा रोग फैलिएको छ, सबैभन्दा धेरै वडा नं ८ स्थित एकहजार फाँटको द्वारटारमा समस्या देखिएको छ । रोगका कारण ती क्षेत्रमा धानका रोपो सुकिसकेको अधिकृत विष्टले जानकारी दिनुभयो । “किसानले ज्ञान केन्द्रमा जानकारी गराएपछि कृषि प्राविधिकसहितको टोली खेतमै पुगेर रोगको अध्ययन गरिसकेका छौँ, रोग फैलिएका क्षेत्रका धानबाली सुकिसकेको अवस्था छ”, उहाँले भन्नुभयो । मरुवा रोग धानबालीमा लाग्ने एक प्रकारको ढुसी कीरा हो । समयमा नै ढुसीनासक औषधिको प्रयोग गर्नसके रोग नियन्त्रण गर्न सकिने उहाँको भनाइ छ । त्यस क्षेत्रमा विशेषगरी गोरखनाथ, सावित्री र मन्सुली जातको धानबालीमा मरुवा रोग देखिएको छ । सोही फाँटमा लगाइएको राम धानमा भने मरुवा रोगको प्रकोप नदेखिएको अधिकृत विष्टले बताउनुभयो । पालुङटार नगरपालिका वडा नं ४ र ६ मा पनि धानबालीमा उक्त रोग देखिएको छ । त्यहाँ करिब १० रोपनी धानखेतमा मरुवा रोग देखिएको उहाँले जानकारी दिनुभयो । रोग लागेको क्षेत्रका किसानलाई ढुसीनासक औषधि उपलब्ध गराउनुका साथै ‘स्प्रे’…
पूरा पढ्नुहोस् ...
खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ, ८ भदौ : साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत वर्षाले बिगारेको सडक मर्मत, ग्रामीण सडकको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको बोटबिरुवा हटाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने तथा सडक आसपास विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्नेलगायत काम थालिएको हो । गाउँपालिका अध्यक्ष रविप्रकाश राई सहित श्रमदान अभियानमा स्थानीय नागरिक पनि प्रत्यक्ष जोडिएर सफा र सुन्दर पालिका निर्माण अभियानमा जुटेका छन् । गाउँपालिकामा उपलब्ध उपकरण र केही प्राविधिक तथा कर्मचारीको साथमा दिनहुँ जनश्रमदान गरिरहेका छन् । अध्यक्ष राईले स्थानीय नागरिकलाई आवतजावतमा सास्ती नहोस् भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य त, कहिले शाखा सडक मर्मत गरिरहेको बताउनुभयो । साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक, बाँझेच्यानडाँडा–रतन्छा–मानेभञ्ज्याङ सडक, कात्तिके–सोस्तुङ–रतन्छा नैनेपाटी सडकलगायत पालिकाभित्रका बजार, उद्यान, कार्यालय र सार्वजनिकस्थलको सरसफाइ गर्नुका साथै उक्त स्थानमा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएका छन् । अभियानमा उपाध्यक्ष बिर्सिका राई र वडाध्यक्षको सहभागिता रहेको छ । -रासस
पूरा पढ्नुहोस् ...
टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार बजारमा खुल्यो सङ्ग्रहालय

टक्सार (भोजपुर), ८ भदौः भोजपुरको टक्सार बजारमा सङ्ग्रहालय स्थापना गरिएको छ । भोजपुर नगरपालिका–१२ टक्सारमा रहेको वडा कार्यालय भवनमा पुराना र परम्परागत सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको हो । नवोदय नामक संस्थाले ‘भोजपुर सङ्ग्रहालय’ स्थापना गरी सर्वसाधारणका लागि खुला गरेको हो । परम्परागत सामग्री भावी पुस्ताका लागि संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको संस्थाका अध्यक्ष किशोरकुमार ताम्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “टक्सारमा पहिला एक र दुई पैसाका टक पनि काटिने गरिथ्यो, त्यो पैसा समेत सङ्ग्रहालयमा देख्न सकिन्छ, यसको व्यवस्थापन र सञ्चालनका लागि आगामी दिनमा दीर्घकालीन योजनाका साथ अघि बढ्नेछौँ ।” सङ्ग्रहालयमा हलो, काठका विभिन्न सामग्री, लालटिन, माटाका भाँडा, क्यासेट राखिएको छ । संस्थाका सचिव यदु सुवालले स्थानीय स्तरमा प्रयोग भएका पुराना सामग्री सङ्ग्रह गरी सङ्ग्रहालय स्थापना गरिएको बताउनुभयो । कोशी प्रदेश मुख्यमन्त्री कार्यालयका राज्यमन्त्री सिर्जना राईले टक्सार एतिहास ठाउँ भएको उल्लेख गर्दै सङ्ग्रहालयले यहाँको संस्कार र संस्कृति जोगाउन सहयोग पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो । विसं १८७२ मा राजा गीर्वाणयुद्ध शाहको पालामा स्थापना भएको ऐतिहासिक टक्सार बजारको संरक्षण गर्न पनि सङ्ग्रहालय स्थापना गरिएको समाजसेवी चन्द्रकुमार उदासले बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.