KhojSansar

Khoj Sansar

651 Posts
अकबरेबाटै लाखौँ आम्दानी

अकबरेबाटै लाखौँ आम्दानी

तानसेन (पाल्पा), ९ भदौः रिब्दीकोट गाउँपालिका–२ देउरालीकी सावित्रा पौडेल यस वर्ष अकबरे खुर्सानीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजनामा हुनुहुन्छ । वन्यजन्तुले हैरान पारेपछि वैकल्पिक खेतीका रुपमा अकबरेको खेती थाल्नुभएकी उहाँले भदौको पहिलो सातासम्म रु ६६ हजारको ३०० केजी खुर्सानी बिक्री गरिसक्नुभएको छ । अझै रु चार लाख ५० हजारको अकबरे फलेको उहाँको अनुमान छ । उहाँले पाँँच रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी लगाउनुभएको छ । उहाँलाई श्रीमान् सन्दीप पौडेलले समेत साथ दिँदै आउनुभएको छ । पौडेलले भन्नुभयो, “मेरो श्रीमान् तीन वर्ष मलेसिया र डेढ वर्ष दुबईमा बसेर गाउँमै केही गर्नुपर्छ भनेर आउनुभयो, अहिले दुवै जना मिलेर खुर्सानी खेती गर्दै आएका छौँ ।” उहाँले आफूहरुलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (जोन) मार्फत कृषि सामग्रीसँगै प्रविधि सहयोग भएको र बजारीकरणका लागि सहकारीबाट ठूलो सहयोग मिलेको बताउनुभयो । देउरालीकै बाबुराम अधिकारीले पनि तीन वर्षदेखि कृषि व्यवसायी गर्दै आउनुभएको छ । उहाँले यस वर्ष भदौको पहिलो सातासम्ममा रु ८८ हजारको चार क्विन्टल खुर्सानी बिक्री गरिसक्नुभएको छ । लामो समय भारत बसेर फर्किनुभएका अधिकारीले गत वर्ष कृषि उपजबाटै रु पाँच लाख आम्दानी गर्न सफल हुनुभएको थियो । यस वर्ष खुर्सानी बिक्रीबाट रु पाँच लाख बढी आम्दानी गर्ने योजना रहेको उहाँको भनाइ छ । मिहेनत गरे गाउँमै वार्षिक पाँच÷सात लाख रुपैयाँ कमाउन सकिने अधिकारीले बताउनुभयो ।…
पूरा पढ्नुहोस् ...
सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट, ९ भदौ : सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल रौतहटका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक सन्तोषकुमार बस्नेतले ईशनाथ नगरपालिका–४ मठियास्थित रामसिंह चनौको भट्टी पसल नजिकैबाट सो परिमाणको सूर्तीजन्य पदार्थ आज बरामद गरेको जानकारी दिनुभयो । ‘ ‘सशस्त्र प्रहरी प्रमुख बस्नेत र ‘बोर्डरआउटपोष्ट’ औरैयाका सशस्त्र प्रहरी निरीक्षक खेमरोज जोशीको कमाण्डमा खटिएको संयुक्त टोलीले सीमास्थित दशगजा क्षेत्रदेखि करिब दुई सय मिटर पूर्वतर्फ रामसिंह चनौको भट्टी पसलको छेउ र चुमन मियाँको धान खेतमा अबैध रुपमा भण्डारण गरी लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको ३० बोरा सुर्तीजन्य पदार्थ गौर भन्सार कार्यालयमा बुझाइएको छ ।” उहाँले भन्नुभयो । सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक वर्ष २०८१÷८२ मा रु पाँच करोड ७४ लाख दुई हजार छ सय ९९ मूल्य पर्ने भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ । जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, औरैया, बन्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर सुर्तीजन्यसहित विभिन्न किसिमका लागूपदार्थ, लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौला खालका हातहतियार, पटकालगायतका अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी सीमापार भएर सुरक्षित हुनखोज्ने गैह्रकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रण गर्न सशस्त्र प्रहरी वल केन्द्रित रहेको प्रमुख बस्नेतले स्पष्ट गर्नुभयो । रौतहटका सशस्त्र प्रहरी…
पूरा पढ्नुहोस् ...
भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

भियतनामका उपराष्ट्रपतिबाट पाटन र बौद्धनाथ क्षेत्रको अवलोकन

काठमाडौँ, ९ भदौः नेपालको औपचारिक भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भोथि आन सुआनले आज विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्वायर र बौद्धनाथ क्षेत्रको अवलोकन गर्नुभएको छ । उहाँलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलगायत सरकारी अधिकारीले स्वागत गर्नुभएको थियो । उहाँले पाटन दरबार क्षेत्रका विभिन्न सम्पदा, हस्तकला, मूतिकलाको अवलोकन गर्नुभयो । यसअघि उपराष्ट्रपति सुआनले आजै बौद्ध धर्मावलम्बीको पवित्र स्थल बौद्धनाथ क्षेत्रको पनि अवलोकन गर्नुभयो । उहाँलाई बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा र कार्यकारी निर्देशक मोहनकुमार तामाङले स्वागत गर्नुभएको थियो । उपराष्ट्रपति सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका सिलसिलामा शनिबार काठमाडौँ आउनुभएको हो । भ्रमणका दौरान उहाँले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले आफ्ना नेपाली समकक्षी रामसहायप्रसाद यादवसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो भने परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले उहाँसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । नेपाल भ्रमण सम्पन्न गरी उहाँ आजै राति काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । -रासस
पूरा पढ्नुहोस् ...
एकै वर्षमा पर्वतका एक हजार नौ सय घरमा धारा जडान

एकै वर्षमा पर्वतका एक हजार नौ सय घरमा धारा जडान

पर्वत, ९ भदौ : गत आर्थिक वर्ष २०८१/८२ मा पर्वतमा एक हजार नौ सय घरधुरीमा धारा जडान गरिएको छ । जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित विभिन्न योजनाबाट ‘एक घर एक धारा’ विस्तार गरिएको हो । सरकारको लक्ष्य अनुसार खानेपानीको पहुँच विस्तार गरिएको खानेपानी तथा सरफाइ डिभिजन कार्यालयले जनाएको छ । योसँगै जिल्लाका १८ हजार २०० घरधुरीमा धाराको पहुुँच पुगेको छ । कार्यालयका अनुसार गत आवमा सञ्चालनमा रहेका प्रदेशतर्फका ७४ आयोजना सम्पन्न भएका छन् । प्रदेश सरकारतर्फका योजनाबाट एक हजार २४२ घरधुरीमा धारा जडान गरिएका छन् । सङ्घीय शसर्त अनुदानतर्फका १८ वटा आयोजनाबाट ५५४ घरधुरीमा धारा जडान गरिएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिनुभयो । पौडेलकाअनुसार पुनःस्थापना कार्यक्रमअन्तर्गतका १८ वटा आयोजना सम्पन्न गरी थप ९६ घरधुरीमा धारा जडान गरिएको छ । खानेपानीको पहुँच पुगेपछि उपभोक्ताहरु हर्षित बनेका छन् । विगतमा खोला, कुवा, पँधेरा इनारलगायतका स्रोतबाट पानी उपभोग गर्ने गरेका नागरिकको घरमै धारा जडान गरिएको हो । खानेपानी योजनाका लागि गत आर्थिक वर्षमा कार्यालयले प्रदेशतर्फबाट रु १२ करोड ३९ लाख बजेट प्राप्त गरेको छ । जसमध्ये रु एक करोड ८९ लाख खर्च भइसकेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । सङ्घीय शसर्त अनुदानबाट रु एक करोड ५९ लाख बजेटमा एक करोड ५२ लाख खर्च गरेको हो । पुनःस्थापना कार्यक्रमका लागि प्राप्त रु एक करोड…
पूरा पढ्नुहोस् ...
भारत र नेपालका सुरक्षा अधिकारीबीच सीमा समन्वयात्मक बैठक सम्पन्न

भारत र नेपालका सुरक्षा अधिकारीबीच सीमा समन्वयात्मक बैठक सम्पन्न

खलङ्गा (दार्चुला), ९ भदौ : नेपाल र भारतका सुरक्षा अधिकारीबीच खलङ्गामा आज सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीको आयोजनामा भारतीय सशस्त्र सीमा बल र सशस्त्र प्रहरी बल नेपालका डिआइजी स्तरीय सीमा समन्वयात्मक (काउन्टर पार्ट कोर्डिनेशन मिटिङ) सम्पन्न भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति देवराज जोशीले जानकारी दिनुभयो । बैठकमा दुवै पक्षले आआफ्नो जिम्मेवारी, क्षेत्रभित्रको विद्यमान सुरक्षा परिस्थिति र सम्भावित खतराबारे समीक्षा गरीएको उहाँले बताउनुभयो । सीमा क्षेत्रमा हुने विभिन्न किसिमका अवैध गतिविधि, चोरी तस्करी, लागूऔषध ओसारपसार, मानव बेचविखन र अन्य आपराधिक गतिविधिहरु दुवै देशका सुरक्षाकर्मी मिलेर नियन्त्रण गर्ने सहमति भएको उहाँले बताउनुभयो । बैठकमा सीमा क्षेत्रका सम्भावित आपराधिक गतिविधिहरुको बारेमा विभिन्न तहमा सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने, क्षतिग्रस्त वा हराएका सीमा स्तम्भको अभिलेख अद्यावधिक गरी मर्मत सम्भार, संरक्षण र पुनःस्थापना अघि बढाउन सम्बन्धित कार्यालयमा प्रतिवेदन गर्ने, सीमा क्षेत्रका नागरिकको आवागमनलाई सहज र सौहार्द बनाउन प्रयत्न गर्ने सहमति भएको जनाइएको छ । बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालयका कैलालीका बाहिनीपति प्रदीपकुमार पाल, कैलाली, कञ्चनपुर, दार्चुलाका गणपति, बैतडी, डडेल्धुरा र दार्चुलाको छाङ्रुका गुल्मपति र भारत अल्मोडाका डिआइजी सुधाम्सु नौटियाल र पिलिभितका डिआइजी अनिलकुमार शर्मालगायत १० जनाको उपस्थिति रहेको थियो । -रासस
पूरा पढ्नुहोस् ...
बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

बेलायत, ९ भदौ : बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा नेपाली मौलिकता झल्कने विभिन्न जातजातिका ४० झाँकी सहभागी थिए । झाँकी प्रतियोगितातर्फ मगर सङ्घ युकेले पहिलो स्थान प्राप्त गरेको छ । पासा पुच गुठी युकेले दोस्रो स्थान प्राप्त गर्दा किरात याक्थुम चुम्लुङ युकेले तेस्रो स्थान हासिल गरेको मेला सञ्चार संयोजक एस के गुरुङ जानकारी दिनुभयो । मौलिक सांस्कृतिक नृत्य प्रतियोगितामा सहभागी भएका २५ सङ्घ–संस्थामध्ये पासा पुच गुठी युके विजयी भएको छभने दोस्रो स्थानमा तनहुँ समाज युके र तेस्रो स्थान किरात याक्थुमचुम्लुङले प्राप्त गरेको । मेलामा आयोजित एस्वास्डर कपको उपाधि पासा पुच गुठी युकेले जित्योे । किरात याक्थुम चुम्लुङ युके दोस्रो र किरात राई यायोक्खा युकेले तेस्रो स्थान प्राप्त गरे । मेलाको उद्घाटन बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले गर्नुभएको थियो । उहाँले नेपालीहरु जहाँ पुगे पनि नेपालको मौलिकता संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्नुभयो । कार्यक्रममा आयोजक समूहका तर्फबाट तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङले नेपालीले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । -रासस
पूरा पढ्नुहोस् ...
सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

सगरमाथा आरोहणको कथामा ‘जेरी अन टप’

काठमाडौँ, ९ भदौः तिहारलाई लक्षित गर्दै आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी अन टप’को श्रव्यदृश्य (टिजर) सार्वजनिक गरिएको छ । आज यहाँस्थित एक चलचित्र भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रका अभिनेता अनमोल केसीले आफूले देखेको सपनालाई चलचित्रमार्फत पर्दामा ल्याउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पटकथा पढ्दादेखि नै देखेको एउटा सपनालाई पर्दामा ल्याएको छु । यसका लागि छायाङ्कनसहित तीन वर्ष मेहनत गरेका छौँ । यो नेपालको सौन्दर्य देखिने र पर्यटन प्रवर्द्धन गर्ने चलचित्र बनेको छ ।” उहाँले धेरै समयपछि आफ्नै पिता अभिनेता भुवन केसीसँग चलचित्रमा काम गर्नुभएको छ । “मैले बुवा (भुवन केसी) सँग पहिला पनि छिटपुट काम गरेको थिएँ, यसपटक भने बाबु र छोराकै भूमिकामा चलचित्रमा काम गरेका छौँ । बुवाको काम गर्ने शैली, ऊर्जा र लगनशीलताले सधैँ मलाई प्रेरणा दिन्छ”, अभिनेता केसीले भन्नुभयो । चलचित्रकी अभिनेत्री आँचल शर्माले आफूले श्रेया नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “श्रेया निडर र एक स्वाभिमानी युवती हुन् । उनले गर्ने निर्णयले उनको क्षमतालाई प्रष्ट्याउँछ । मैले यो पात्रलाई पर्दामा देखाउन पाउँदा निकै उत्साहित छु । हिमालका विषयमा बनेको चलचित्रले युवापुस्तालाई आन्तरिक पर्यटक बन्न प्रेरित गर्ने विश्वास छ ।” अनन्या फिल्मसले निर्माण गरेको चलचित्र ‘जेरी अन टप’ मा अभिनेता केसी र अभिनेत्री शर्मासँगै जसिता गुरुङ,…
पूरा पढ्नुहोस् ...

‘मिस भिवा–२०२५’ को फाइनल भदौ ११ गते

काठमाडौँ, ९ भदौः ‘मिस भिवा–२०२५’ को ग्रान्ड फाइनल यही भदौ ११ गते हुने भएको छ । आयोजक संस्था उमङ्ग क्रिएसनले सोमबार आयोजित पत्रकार सम्मेलनमा करिब रु २५ लाख मूल्य बराबरको आधिकारिक क्राउन सार्वजनिक गरेको छ । संस्थाका संस्थापक उद्धव अधिकारीले क्राउनसहित १६ जना अन्तिम प्रतिस्पर्धी (फाइनलिस्ट) लाई सार्वजनिक गर्नुभयो । यो प्रतियोगिता छैटौँ संस्करण हो । सन् २०२३ सम्म विजेतालाई ‘मिस युनिभर्स’मा पठाइँदै आएकामा त्यसपछि ‘मिस ग्रान्ड’मा प्रतिनिधित्व गराउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । श्री ओम ज्वेलर्सले डिजाइन गरेको क्राउन यसपटक विजेतालाई प्रदान गरिनेछ । उमङ्ग क्रिएसनका संस्थापक अधिकारीका अनुसार विजेताले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् भने फस्र्ट रनर–अपदेखि चौथो रनर–अपसम्मको सहभागीले विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् । ग्राण्ड फाइनलमा सहभागी हुन मिस इण्डिया–२०२५ विजेता मङ्गलबार नेपाल आउने कार्यक्रम छ । संस्थापक अधिकारीले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र नभई संस्कृति आदानप्रदान र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । -रासस
पूरा पढ्नुहोस् ...
मौसम अनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

मौसम अनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

फुङ्लिङ (ताप्लेजुङ), १० भदौ : मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थाङ्गी छ्यो पोखरी पछिल्ला दिनमा पर्यटकको रोजाइमा पर्दै गएको छ । विस्तारै प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको हो । सो पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ । स्थानीयवासीका अनुसार पोखरीले मौसमअनुसार रङ्ग बदल्ने गर्दछ । कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको छ । पछिल्लो समय यस क्षेत्रको प्रचारप्रसार हुन थालेसँगै पर्यटक आउन थालेका यस क्षेत्रमा पथप्रदर्शक गर्ने पान्दे शेर्पाले जानकारी दिनुभयो । यहाँ घुम्न आउने पर्यटक पूर्वको मुस्ताङ उपनाम दिने गरेको उहाँले बताउनुभयो । यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवा सुविधि दिन सके धरै पर्यटक प्रकृतिक सुन्दरतामा घुम्न आउने सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । तर अहिले यहाँ आउने पर्यटकले सेवा सुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको जनाइएको छ । स्थानीयवासी वाङ्गे शेर्पा (थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ । यस पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्रकृतिक सुन्दरताको आनन्द लिनसक्ने…
पूरा पढ्नुहोस् ...
टेम्केमैयुङमा रु तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

टेम्केमैयुङमा रु तीन करोडको लागतमा पशुपक्षी सेवा केन्द्र निर्माण

भोजपुर, १० भदौ : टेम्केमैयुङ गाउँपालिकामा करिब रु तीन करोड २१ लाख लागतमा अत्याधुनिक कृषि तथा पशुपक्षी सेवा केन्द्र निर्माण सम्पन्न भएको छ । आर्थिक करिडोर पाख्रीबासमार्फत बनेको यो भवन अत्याधुनिक प्रयोगशाला, उपकरण र सुविधासम्पन्न व्यवस्थासहित सञ्चालनमा आएको हो । सुविधा सम्पन्न भवनबाट गाउँपालिकाको कृषि तथा पशुपालन क्षेत्रको विकासमा प्रत्यक्ष टेवा पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो । उहाँका अनुसार आधुनिक उपकरणसहितको भवनले सेवा प्रवाहसँगै विभिन्न समस्याको समाधान र अनुसन्धानमा नयाँ ढोका खोलेको छ । “गाउँपालिकामा सुविधासम्पन्न कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “यसले सेवा प्रवाहमात्र होइन, अनुसन्धान र रोग नियन्त्रणमासमेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।” गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भवन निर्माणले कृषि र पशु क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले किसानको आर्थिक उन्नतिमा टेवा पुग्ने बताउनुभयो । आधुनिक उपकरणसहितको भवनले यहाँको कृषि–पशुपालन क्षेत्रमा देखिने रोगको खोजी तथा अनुसन्धान गरेर उपचारमा पद्धति लैजान सहज हुने उहाँको भनाइ छ । “छोटो समयमा गाउँपालिका नमूनायोग्य भवन बनेको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो भवनले गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा लिएको लक्ष्यलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।” प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले भवनभित्र कृषि र पशु छुट्टाछुट्टै प्रयोगशाला रहेकाले रोग र कीराको पहिचान गर्न सहज हुने बताउनुभयो । भविष्यमा कुनै महामारी देखिए यही परीक्षण गरेर तत्काल कदम चाल्न सकिने…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.