३ महिना अगाडि
३ महिना अगाडि
चितवन, १५ साउनः जिल्लामा लगाईएको ड्रागन फल (सिउडी फल)मा ढुसिजन्य रोगको समस्या देखिएको छ । जिल्लाका अधिकांश फर्ममा यो समस्या देखिएको हो । जसका कारण उत्पादनमा गिरावट आएको छ । पूर्वी चितवनको रत्ननगरमा सिउडी फलको खेती गर्दै आउनुभएका धु्रवप्रसाद अधिकारी यस वर्ष उत्पादनमा गिरावट आउने बताउनुहुन्छ । ढुसिजन्य रोगका कारण उत्पादनको ५० प्रतिशत मात्र राम्रो भएको उहाँले बताउनुभयो । फलको बोक्रामा कालो दागहरु देखिँदा व्यवसायी र प्रयोगकर्ताले समेत कम प्रयोग गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले उत्पादनको ५० प्रतिशत राम्रो निस्किएको छ । अन्यमा समस्या देखिएको छ ।” औषधिको प्रयोगले यत्तिको भएको उहाँले बताउनुभयो । राम्रो उत्पादन भएका फलहरु व्यवसायीले लैजाने गरेको बताउँदै उहाँले भन्नुभयो “कालो दागहरु देखिएका फललाई सस्तोमा गाउँघरतीर बिक्री गर्नु परेको छ ।” यो रोग देखिएको फल एक साता भित्र प्रयोग गरिसक्नु पर्ने उहाँले बताउनुभयो । कृषि विकास कार्यालय चितवनकी बागबानी बिकास अधिकृत स्वस्तीका चौहानका अनुसार जिल्लाको २४ हेक्टर क्षेत्रफलमा लगाइएको यस फलमा समस्या देखिएको हो । ढुसिका कारण फलमा कोत्रे रोगको संक्रमण देखिएको हो । यो रोगका कारण फल पहेलिने, दानामा खैरो थोपा देखा पर्ने, फल कालो भई चाउरीने जस्ता समस्या देखिने गर्दछ । उहाँले भन्नुभयो “बिरुवामा पहिले संक्रमण भएरपछि फलमा संक्रमण देखिने गर्दछ । बिरुवामा पहिलेनै थोप्ला–थोप्ला देखिने गर्दछ ।” कोलेटोट्रिचम नामक ढुसिले यो…