KhojSansar

कृषि

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

भोजपुर, २९ साउनः पौवादुङमा गाउँपालिका–१ श्यामशिलाका किसान व्यावसायिक किवीखेतीमा लागेका छन् । गाउँपालिकाले ‘पकेट’ क्षेत्र निर्धारण गरेर आवश्यक प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेसँगै किसान व्यावसायिक किवीखेतीमा लागेका हुन् । गाउँपालिकाले पकेट क्षेत्र निर्माण गरेर किवीखेतीमा लगानी बढाएपछि यहाँका ३० घर बढी किसानले व्यावसायिक रुपमा किवीखेती गर्दै आएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिनुभयो । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यो क्षेत्रका किसान व्यावसायिक किवीखेतीमा लागेको वडाध्यक्ष तामाङले बताउनुभयो । यहाँका किसानले किवी बेचेर घरखर्च टार्न थालेका छन् । श्यामशिला भोजपुर–लेगुवा सडक नजिक भएकाले किसानले आफ्ना उत्पादन सहज रूपमा बिक्री गर्दै आएका छन् । कृषि किसानको मुख्य आम्दानीको स्रोत भएकाले गाउँपालिकाले भूगोल सुहाउँदो फलफूल तथा सागसब्जीखेतीमा जोड दिएको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यहाँका छ वटै वडामा माटो सुहाउँदो खेती भइरहेको बताउँदै उहाँले भन्नुभयो, “श्यामशिलामा किवीको प्रशस्त सम्भावना भएकाले पकेट क्षेत्र निर्धारण गरेका छौँ । अन्य स्थानमा कागती, एभोकाडोलगायत फलफूल विकास कार्यक्रम सञ्चालन गर्दै आएका छौँ । ” -रासस
पूरा पढ्नुहोस् ...
बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

बाँदरको उपद्रो बढेपछि किसान चिन्तित

भोजपुर, २७ साउन : बाँदरको उपद्रो जिल्लाका किसानको प्रमुख समस्या नै बनेको छ । वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्ने भएपछि बाँदर किसानको मुख्य समस्या बनेको हो । बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन् । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन् । मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन् । बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ । बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताउनुभयो । बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उहाँको भनाइ छ । “हामी किसानको प्रमुख समस्या नै बाँदर बनेको छ”, उहाँले भन्नुभयो, “वर्षभरि दुःख गरेर उत्पादन गरेको कमाई छिनभरमा सखाप पार्ने भएकाले गाउँघरमा बस्न सक्ने अवस्था छैन । बाँदरका कारण बर्सेनि बस्ती खाली हुँदै गएको छ ।” भोजपुर नगरपालिका क्षेत्रमा बादर आतङ्क बढेकाले बस्ती खाली बन्दै गएको स्थानीयवासी कमल तामाङले बताउनुभयो । बाँदरले खेतमा पसेर भर्खर रोपेको धानको गुबो नै नष्ट गरिदिने गरेको उहाँको भनाइ छ । बाँदरले बस्तीमा पसेर…
पूरा पढ्नुहोस् ...
मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

मरिचखेती प्रवर्द्धन गर्दै पोखरा महानगर

गण्डकी, २७ साउनः देशभर नै बाँदरलगायतका जङ्गली जनावरले खेतीबाली नष्ट गर्ने समस्या बढ्दो छ । बाँदरको समस्या समाधान र विकल्प खोजी भइरहँदा पोखरा महानगरले भने वडा नं २८ मा बाँदरले दुःख नदिने तर उत्पादनले उचित मूल्य पाउने मरिच खेती प्रवर्द्धन गर्नेे भएको छ । महानगरपालिकाले यसै वर्ष ४०० मरिचका बिरुवा वितरण गरेको महानगरका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । बाँदरको प्रकोप नहुने र असिना आदि समस्या पनि नहुने भएकाले वडा कार्यालयसँग समन्वय गरी मरिचका बिरुवा वितरण गरेको उहाँले बताउनुुभयो । सो वडामा स्याङखुदी टारीका अगुवा कृषक सूर्यमोहन बास्तोलाले मरिच खेतीबाट राम्रो आम्दानी गर्नुभएको छ । सोही खेतीलाई दृष्टिगत गरी वडामा मरिच खेती प्रवर्द्धन र विस्तार गर्न लागिएको हो । बास्तोलाले घर वरपरका साल, आँप, चिलाउने, कटुस, कल्की, फलेदो, कटहरलगायत विभिन्न प्रजातिका एक सय बढी हरिया रूखका फेदमा लगाएको मरिचले उत्पादन दिन थालेपछि महानगरपालिका पनि मरिच खेतीको प्रवर्द्धनमा जुटेको हो । बजारमा मरिच कालो सुनका रुपमा समेत परिचित छ । प्रतिकिलो रु दुई हजार पर्ने यो मसलाजन्य बाली बास्तोलाले २०४६ सालदेखि लगाउन थाल्नुभएको हो । आफूले २०४६ सालमा लेखनाथको भण्डारढिकस्थित पण्डित सोमनाथ आत्रेयसँग १०÷१० रुपैयाँका दरले दुईवटा मरिचका बिरुवा किनेर ल्याएको अनुभव सुनाउनुभयो । बास्तोलाले हाल वार्षिक ६० देखि ७० किलोग्राम मरिच उत्पादनसँगै नर्सरी तयार गरी बिरुवा बिक्री…
पूरा पढ्नुहोस् ...
काँक्रोले दक्षिण धादिङका किसान निराश

काँक्रोले दक्षिण धादिङका किसान निराश

मलेखु (धादिङ), २३ साउनः मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती नगरपालिका–१३ गडी आसपासका किसान आफूले उत्पादन गरेको काँक्रोले मूल्य नपाउँदा निराश बनेका हुन् । अघिल्ला वर्षमा काँक्रोबाट मात्रै एक याममा रु तीन लाखसम्म नगद बुझेका किसानले अहिले रु ५० हजारको पनि काँक्रो बिक्री गर्न नसकेको गडीका स्थायीय रमेश श्रेष्ठले गुनासो गर्नुभयो । गडी र मास्कर दुई गाउँ धादिङ र चितवनको सीमावर्ती गाउँ हुन । यहाँका करिब ७० घरपरिवारले बारीमा काँक्रो लगाएका छन् । भौगोलिक हिसाबमा विकटमा पर्ने गडी र मास्करमा धेरैजसो विपन्न चेपाङ समुदायको बसोबास छ । यसपालिको काँक्रोखेतीले मुनाफा नदिए पनि लगानी उठाउन कठिन भएको किसानको भनाइ छ । “पोहोर प्रतिकिलो रु ९० देखि रु १०० सम्म पाइन्थ्यो, यसपालि बढीमा ४५ रुपैयाँ र थोरैमा २२ रुपैयाँसम्म झरेको छ”, मास्करका किसान सन्दीप चेपाङ भन्नुहुन्छ, “भाँडा, मजदुरी र मेहनत जोड्दा हामीले घाटा मात्र बेहोरेका छौँ, बीउ रोप्दाको पैसा पनि उठ्दैन जस्तो छ ।” काँक्रोमा फल लाग्नुअघि नै रोग लागेको र पहेलो हुँदै बोटै सुक्न थालेको उहाँ सुनाउनुभयो । “प्राविधिकले आफैँ आएर हे¥यो, केही कम भयो जस्तो लाग्थ्यो”, चेपाङ सुनाउनुहुन्छ, “बल्लतल्ल बचेको बोटमा फलेको काँक्रोले पनि बजार मूल्य पाएन,…
पूरा पढ्नुहोस् ...
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

पर्वत, २३ साउनः रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रुपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो । सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ । गत वर्ष गुबो कुहिने र ढुसी किराकोे प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ । हाल फलेवासका तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरुमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताउनुभयो । उहाँले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताउनुभयो । अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ । स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस…
पूरा पढ्नुहोस् ...
प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

म्याग्दी, २२ साउन : दुई दशकअघिसम्म यहाँको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो । “न्यानोका लागि ज्याकेट नहुँदासम्म हरदुब्लो ओड्ने गरिन्थ्यो । गलैँचाको विकल्पमा घरमा काम्लो बिछ्याउने, सिरकको विकल्पमा ओढ्ने चलन थियो”, उहाँले भन्नुभयो, “सिरक, डसना, गलैँजा सहजै पाइन थालेपछि हाम्रा मौलिक सामग्री लोप हुन थाल्यो ।” परम्परागत राडी, पाखी, काम्लो, हरदुुब्लोको प्रयोग घट्न थालेको र बजारमा बिक्री नहुँदा भेडाको ऊन कृषकले जङ्गलमै फाल्ने गरेका छन् । असार र कात्तिकमा ऊनले भेडालाई गर्मी हुुने र बाह्य परजीविको सङ्क्रमण नहोस भनेर ऊन काट्ने गरिन्छ । बिक्री नहुुने भएपछि घरायसी उपभोगबाहेकका ऊन जङ्गलमै फाल्ने गरेको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका भेडापालक कृषक कमल पाइजाले बताउनुभयो । “ऊन निकाल्ने आधुनिक औजारको अभावमा कैँचीको सहाराले काट्ने गरिन्छ”, उहाँले भन्नुभयो, “सीपयुुक्त जनशक्तिको अभावका कारण ऊनबाट कपडा बनाउने चलन हराउँदै गएपछि खपत पनि घटेको हो ।” ऊनबाट बुनेका मौलिक कपडा वातावरणमैत्री हुन्छ । म्याग्दीको गुर्जा, मल्कवाङ र कुइनेमङ्गलेमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको मौलिक पोसाक ऊनबाट बनेका कपडा हुन् । आर्थिक वर्ष २०७९/८० मा १८ हजार ५६७ भेडा रहेको म्याग्दीमा २०८०/०८१ मा घटेर १७ हजार ५६५ वटामा झरेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । अघिल्लो वर्ष ६१ हजार ४२४ वटा बाख्रा रहेको म्याग्दीमा २०८०/०८१ मा ६०…
पूरा पढ्नुहोस् ...
कागतीले उचित बजार नपाउँदा मारमा किसान

कागतीले उचित बजार नपाउँदा मारमा किसान

झापा, २० साउन : धानखेत मासेर छ वर्षअघि देखि कागतीखेती गरिरहनुभएका गौरादह नगरपालिका–४ का नवीन आचार्य बजारको समस्याले चिन्तित हुनुहुन्छ । आचार्यले १४ कट्ठा क्षेत्रफलमा सुन कागतीको बोट हुर्काउनु भएको छ । कागतीको बोटले मनग्य उत्पादन दिए तापनि बजारमा बिक्री गर्न मुस्किल हुन थालेपछि उहाँजस्तै जिल्लाका अधिकांश कागती किसान खेती बदल्ने कि निरन्तरता दिने भन्ने दोधारमा छन् । भारतबाट भित्रिने सस्ता कागतीले बजार कब्जा गरेपछि स्वदेशी कागतीले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको आचार्यले बताउनुभयो । “ठूलो लगानी र मेहनत गरेर किसानले कागती फलाउनु भएको छ,” उहाँ भन्नुहुन्छ, “बजार लग्यो बिक्री हुँदैन । भारतबाट भित्रिएका कागतीले बजार पूरै कब्जा गरेको छ । घाटा खाएर बेच्नु पर्दा बित्थामा कागतीखेती गरिएछ जस्तो लाग्न थालेको छ ।” कागतीमा आत्मनिर्भर बन्ने अभियानमा जिल्लाका सहकारी संस्था, कृषि ज्ञान केन्द्र र स्थानीय तहले केही वर्षयता किसानलाई कागतीखेतीतर्फ प्रोत्साहित गरिरहेका छन् । तर उत्पादन बढेसँगै त्यसको बजार सुुनिश्चित गर्नेतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । पाकेको कागतीको फल बिक्री हुन नसक्दा त्यसको अचार, चुक अमिलोलगायतका सहउत्पादनलाई बढाउनेतर्फ ध्यान जान सके बजारको समस्या समाधान हुने आचार्य बताउनुहुन्छ । न्यूनतम समर्थन मूल्य तोकेरे बिक्री नभएका कागती स्थानीय तहहरुले किनिदिने व्यवस्था हुन सके किसानहरुमा उत्साह थपिने उहाँको सुझाव छ । विगतमा चिया बगान मासेर व्यावसायिक कागतीखेती गर्दै आउनुभएका विर्तामोड नगरपालिका–६ का…
पूरा पढ्नुहोस् ...
सिंहदरबारमा भोजनलिपि स्वादद्वारा दश परिकारको प्रदर्शन

सिंहदरबारमा भोजनलिपि स्वादद्वारा दश परिकारको प्रदर्शन

काठमाडौँ, २० साउनः नेपाली खाना प्रवर्द्धन अभियानले भोजनलिपि स्वादको पाँचौँ संस्करणअन्तर्गत सोमबार सिंहदरबारमा कोदोका १० वटा परिकार प्रस्तुत गरेको छ । कोदोको परिकार उत्पादन र प्रवर्द्धन गर्ने उद्देश्यले सिंहदरबारको केन्द्रीय क्यान्टिनमा कोदोको परिकारको प्रदर्शनी गरिएको हो । नेपाली रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको भोजनलिपि स्वादको पाँचौँ संस्करणमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का उपस्थित भएर कोदोका परिकारको स्वाद लिनुभयो । परिकारको स्वाद लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कोदो उत्पादन बढाउन सरकारले किसानका लागि प्रोत्साहनमूलक योजना ल्याउने बताउनुभयो । कोदोको महत्त्व आमनागरिकसम्म पु¥याउन तथा उत्पादन बढाउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । “यहाँ कोदोको परिकालाई आधुनिकीकरण गरेर बनाइएको छ, हेर्न पनि उत्कृष्ट छ । कोदोका परिकार स्वादिलो हुनुका साथै स्वास्थ्यवर्द्धक पनि हुने भएकाले यसको बढी महत्त्व आमनागरिकसम्म पु¥याउन जरुरी छ । यसको उत्पादन प्रक्रिया झन्झटिलो भएकाले किसान कोदोखेतीमा कम आकर्षित भएका छन् । आधुनिक उपकरणको प्रयोगमार्फत कृषकलाई आकर्षण गर्नसके यसको उपयोगिता र महत्त्व अझ बढ्नसक्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । कोदो परिकारको विषय मात्र नभई संस्कृति, पहिचान र सम्भावनाको अन्न भएको उहाँले बताउनुभयो । अन्तरराष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रदर्शनीमा कोदोबाट बनेका ढिंडो, सेलरोटी, खीर, मःमः, मालपुवा, मफिन, कुकिजलगायत परिकार राखिएको थियो । मोही र पान लड्डु कार्यक्रमका विशेष परिकार बनाइएको थियो । राष्ट्रिय…
पूरा पढ्नुहोस् ...
डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

भोजपुर, २० साउनः भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आउनुभएको हो । स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताउनुभयो । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिनुभयो । “निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु”, तामाङले भन्नुभयो, “एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी हुन्छ ।” उहाँका अनुसार स्थानीय बजारमा प्रतिवटा रु ३५० देखि ४०० सम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । “डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ”, तामाङले भन्नुभयो, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु आठ लाखसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ…
पूरा पढ्नुहोस् ...
भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

तनहुँ, १९ साउनः मुख्यमन्त्री जलवायुमैत्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–९ मा व्यावसायिक अकबरे खुर्सानीखेती गरिएको छ । यहाँका आठवटा टोल विकास संस्थामार्फत १०० रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती गरिएको हो । नेकपा (एमाले) भीमादका अध्यक्षसमेत रहनुभएका कृषक इमानबहादुर थापाका अनुसार, हालसम्म दुई हजार ५०० किलो खुर्सानी बिक्री भइसकेको छ । हाल बजारमा प्रतिकिलोग्राम रु ५०० सम्म थोक मूल्य छ । उहाँले भन्नुभयो, “विभिन्न स्थानबाट दुई–तीन क्विन्टल खुर्सानीको माग आइरहेको छ, यस ठाउँमा खुर्सानीखेती सफल बन्दै गएको छ ।” सुरुमा परीक्षणका रूपमा सुरु गरिएको खेतीबाट राम्रो उत्पादन भएपछि किसान उत्साहित छन् । भीमाद नगरपालिकाले बीउ र मल्चिङ प्लास्टिकमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको थियो । नगरपालिकाले माटो परीक्षण, सिँचाइ पाइप तथा मलको थप व्यवस्थापन गरिदिए खेतीका लागि अझै सहज हुने व्यावसायिक किसान बताउँछन् । उत्पादित खुर्सानी पोखरा, काठमाडौँ, चितवनजस्ता सहरबाट माग भइरहेको भानुमती नमूना कृषि गाउँका अध्यक्ष रणबहादुर गुरुङले बताउनुभयो । पूर्वमन्त्री किरण गुरुङले अकबरे खुर्सानीखेतीबाट किसानमा देखिएको उत्साहले सकारात्मक सङ्केत गरेको बताउनुभयो । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न र किसानलाई आर्थिक रूपमा सशक्त बनाउन सहयोग पुग्ने नगरप्रमुख दधिराज सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै व्यवस्थित र विस्तार गर्दै लैजाने योजना बनाएका छौँ ।” -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.