KhojSansar

कृषि

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

गण्डकी, ५ भदौः साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका भित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लाग्नु भएको छ । सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उहाँ व्यवसायिक ड्रागन खेतीमा लाग्नु भएको हो । सङ्घीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण हुनुभएका त्रिपाठीले पोखरा महानगरपालिका–२५ हेमजाको फुर्केटारीस्थित बर्षाैदेखि बाँझिएको भिरालो पाखोमा व्यवसायिक ड्रागन खेती गर्नुभएको छ । जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका बिभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उहाँले बताउनुभयो । पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा विरुवा गमलामा रोपेको बताउँदै उहाँले भन्नुभयो, “राम्रो उत्पादन दिएपछि आप्mनो वर्षौँदेखि बाँझिएको जग्गामा व्यवसायिक ड्रागन खेती सुरू गर्ने प्रेरणा श्रोत हो । ” समुन्द्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिक्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औषत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार विरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुटस) फर्मका प्रोपाइटरसमेत रहनुभएका कृषक त्रिपाठी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “२०८० वैशाख १२ गते विधिवत रूपमा फुर्केटारी एग्रो(ड्रागन फु्रटस)फर्म दर्ता गरेर सुरू गरेको व्यवसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरू गरेको हो ।” यस वर्ष उत्पादन राम्रो भएको छ, आपूmले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल…
पूरा पढ्नुहोस् ...
‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

काठमाडौँ, ५ भदौः नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गर्नुभएको हो । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तरराष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताउनुभयो । खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो । भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र…
पूरा पढ्नुहोस् ...
ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

ढोरपाटन र निसेलढोरमा स्याउ नफल्दा किसान चिन्तित

ढोरपाटन (बागलुङ), ५ भदौः यस वर्ष निसेलढोर र ढोरपाटनमा स्याउ नफलेपछि किसान चिन्तित बनेका छन् । निसीखोला गाउँपालिका–५ निसेलढोरको कुँडे, गाभा, काङलगायतका स्थानमा स्याउ उत्पादन नभएपछि किसान चिन्तित भएका हुन् । निसेलढोरसँगै ढोरपाटन नगरपालिका–९ को नवी, भूजी, स्यालपाखेलगायत क्षेत्रमा पनि स्याउ उत्पादनमा गिरावट आएको छ । जिल्लामा सबैभन्दा बढी स्याउ फल्ने क्षेत्रमै उत्पादनमा कमी आएको छ । स्थानीय हेमराज सापकोटाले चार रोपनी क्षेत्रमा लगाएको स्याउले यस वर्ष १० प्रतिशत पनि उत्पादन नदिएको बताउनुभयो । झण्डै एक दशकदेखि स्याउखेती गर्दै आएकामा पछिल्लो तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको उहाँले गुनासो गर्नुभयो । “अघिल्लो वर्ष कम उत्पादन भए पनि यस वर्ष अधिकांश स्याउका बोट रित्तो छन् । जलवायु परिवर्तनका कारण समस्या भएको छ । पहिले समयमा नै वर्षा हुने हुँदा राम्रो उत्पादन हुने गरेको थियो । पछिल्ला केही वर्ष यता समयमा पानी पर्दैन । लाखौँ लगानी गरेर खेती गरेको स्याउ नफल्दा ठूलो नोक्सानी भएको छ”, सापकोटाले भन्नुभयो, “यस वर्ष त अचम्मै भयो, रूखमा एउटा÷दुई वटा दानाबाहेक देखिँदैनन् । स्याउका बोट सबै खाली छन् । यही हिसाबले त आगामी वर्ष एउटा पनि दाना फल्दैन कि भन्ने डर छ ।” किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी पर्दा स्याउ उत्पादन हुन नसकेको बताउनुभयो । स्याउ उत्पादन हुँदा किसानले लाखौँ नोक्सानी व्यहोर्नु परेको उहाँको भनाइ…
पूरा पढ्नुहोस् ...
प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम

बनियानी (झापा), ४ भदौः यहाँको कचनकवल गाउँपालिका-६ कार्कीझोडाका पदम गौतम (खत्री) अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उहाँले कृषिलाई अगाल्नुभएको हो । विसं २०७४ मा प्रहरी नायब निरीक्षकबाट अवकाश पाएको जनाउँदै गौतमले २०७८ सालदेखि व्यावसायिक कृषिलाई आफ्नो जीवनको नयाँ पाटो बनाएको बताउनुभयो । उहाँले ‘एकीकृत कचनकवल कृषि तथा पशुपन्छी फार्म’ दर्ता गरेर पाँच कट्ठाभन्दा बढी जमिनमा कुरिलो, ड्रागन फ्रुट र परीक्षणका रूपमा आभोकाडोखेती सुरु गर्नुभएको छ । दुई वर्षको अवधिमा उहाँले ड्रागन फ्रुटखेतीबाट वार्षिक रु दुई लाख आम्दानी गर्न थालेका बताउँदै भन्नुभयो, “कुरिलोखेतीले तीन वर्षमा रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी दिएको छ ।” कृषिमा गरेको लगानीले सकारात्मक परिणाम दिन थालेपछि गौतमले आफू भविष्यप्रति आशावादी रहेको बताउनुभयो । कचनकवल गाउँपालिका क्षेत्रमा व्यावसायिक रूपमा कुरिलोखेती गर्ने आफू पहिलो कृषक भएको उहाँको भनाइ छ । “अरुले व्यक्तिगत प्रयोजन वा थोरै मात्रामा रोपेका होलान्”, उहाँले भन्नुभयो, “तर, व्यवस्थित र व्यावसायिक रूपमा उत्पादन गर्ने काम मैले गरेको हुँ ।” बजारको अभाव कृषिकर्ममा लाग्नेहरूका लागि मुख्य चुनौती रहेको गौतमले बताउनुभयो । “स्थानीय बजारको अभाव छ”, उहाँले भन्नुभयो, “उत्पादन बेच्न बिर्तामोड धाउनुपर्छ ।” उहाँले कुरिलोलाई अझै पनि स्थानीय बजारमा औषधिका रूपमा मात्र हेर्ने गरिएको बताउँदै सोही कारणले स्थानीय बजारमा खपत नहुने…
पूरा पढ्नुहोस् ...
सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

चौतारा, २ भदौ : वर्षमा दुईपटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय सिन्धुपाल्चोकका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुक्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ज्ञानेन्द्र मैनालीले पछिल्लो दुई वर्षदेखि ड्रागनफ्रुटखेती सुरू गर्नुभएको छ । सात रोपनी जमिनमा लगाएको ड्रागनफ्रुटले अहिले उत्पादन दिन थालेपछि उहाँले आम्दानीसमेत गर्न थाल्नुभएको हो । मैनालीले वर्षमा दुईपटक बजारमा यो फल बिक्री गर्नुहुन्छ । उहाँले खेतबाट प्रतिकिलो ३५० देखि ४०० रूपैयाँसम्ममा ड्रागनफ्रुट बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । वर्षमा करिब एक हजार केजी बिक्री गरी आम्दानी गरिरहेको बताउने उहाँ परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने देखिएपछि यस खेतीप्रति थप उत्साहित भएको बताउनुहुन्छ । बाँझो जमिनलाई फल्ने बनाउने उहाँको यो प्रयास केवल व्यक्तिगत सफलता होइन, सिङ्गो गाउँले अनुकरण गर्न सक्ने उदाहरणीय कृषि क्रान्ति पनि हो । दुई वर्षको मेहनत र माटोसँगको निरन्तर सम्बन्धपछि ती बिरुवाहरूले फल दिन थालेको मनालीको भनाइ छ । उहाँले भन्नुभयो, “यो खेती केवल व्यावसायिक रूपमा फाइदाजनक होइन, भविष्यको दिगो आधार बन्न सक्छ ।” त्यस्तै साँगाचोकको पोखरेमा चौतारा छापका सुशील श्रेष्ठको…
पूरा पढ्नुहोस् ...
सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन

सफल कुखुरापालकका रूपमा परिचित झलारीका रेवन

कञ्चनपुर, २ भदौ : शुक्लाफाँटा नगरपालिका–११ का रेवन चौधरी व्यावसायिक कुखुरापालक उद्यमीका रूपमा परिचित हुनुहुन्छ । लेयर्स जातका कुखुरापालनमा लाग्नुभएका उहाँले महिनामै रु तीन लाख बढीका अण्डा बिक्री गर्नुहुन्छ । कामदार, कुखुराको चारो, औषधि लगायतको खर्च कटाएर चौधरीले महिनामा रु एक लाख जतिको रकम आम्दानी गर्नुहुन्छ । नगरपालिका क्षेत्रको चौधरी नै पहिलो व्यावसायिक रूपमा कुखुरापालक किसानका रूपमा हुनुहुन्छ । तीन दशकदेखि उहाँले व्यावसायिक रूपमा कुखुरापालन गर्दै आउनुभएको छ । उहाँको जीवनयात्रा कहालीलाग्दो सङ्घर्ष र कठिनाइको बाटो पार गर्दै यहाँसम्म आइपुगेको हो । कहिल्यै नचुहिने घर, अन्नपातले भरिएको भान्सा र व्यावसायिक कुखुरा फार्मले सजिएको वर्तमान जीवनलाई उहाँले दशकअघिको खरले छाएको झुपडीसँग जोडेर हेर्नुहुन्छ । “त्यो झुपडीमा एउटा कोठा सुत्नका लागि प्रयोगमा ल्याउथ्यौं, अर्को कोठामा कुखुरापालन हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “वर्षा लाग्दा पानी चुहेर सुत्ने ठाउँसमेत नहुने अवस्था हुन्थ्यो, छोरालाई वर्षाको पानीबाट जोगाउन सिरकभित्र लुकाउँथ्यौं, हामी दुवै बुढाबुढीको अधिकांश समय छानो टाल्दैमा बित्थ्यो ।” चौधरीको पुख्र्यौली घर कृष्णपुर नगरपालिका–६, बालुवाफाँटा हो । अहिले पनि उहाँको त्यहाँ कमाइ खोने जग्गा छ । त्यो जग्गालाई उहाँले अधियामा खेती गर्नका लागि दिनुभएको छ । सशस्त्र द्वन्द्व चरम उत्कर्षमा पुग्नुअघि नै उहाँ परिवारसँगै नगरपालिकाको झलारी बजार बजारमा बस्नका लागि आइपुग्नुभएको हो । बस्ने ठेगानै नभएपछि चिनजानका स्थानीय घुम्मन चौधरीको जग्गामा सानो झुपडी बनाएर बसाइ सुरू भएको उहाँ…
पूरा पढ्नुहोस् ...
जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

जडीबुटीखेती गरेर वार्षिक सातलाखसम्म आम्दानी लिँदै वडाध्यक्ष शेर्पा

भोजपुर, २ भदौः भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुनुहुन्छ । उहाँले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आउनु भएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उहाँको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । जनताको सेवा पश्चात बचेको समयलाई जडीबुटी खेतीमा लगाउने गरेको उहाँको भनाइ छ । “जनताको सेवाबाट बेचेको समयलाई जडीबुटी खेतीमा लगाउने गर्छु”वडाध्यक्ष शेर्पाले भन्नुभयो,“जडीबुटीबाट राम्रो आम्दानी गरिरहेको छु । गत वर्षबाट १२ मन (एक मनमा ४० केजी) चिराइतो बेचेँ । अन्यबालीको तुलनामा जडीबुटीबाट दोब्बरको हारहारीमा आम्दानी लिन सकिन्छ ।” आर्थिक रुपमा सक्षम बन्नको लागि राजनीतिसँगै कृषि उद्यममा जोडिएको वडाध्यक्ष शेर्पाले बताउनुभयो । फर्मबाट सतुवाको बिरुवा, चिराइतोको बोट बीउ, पात, ढुट्टोलगायत बिक्री गर्दै आएको उहाँको भनाइ छ । तीनतले क्षेत्रमा जडीबुटीको लागि उपयुक्त भूगोल रहेकोले राम्रो आम्दानी लिन सहज भएको उहाँको भनाइ छ । “उत्पादन भएको जडीबुटी बिक्रीको लागि समस्या छैन”उहाँले भन्नुभयो,“जडीबुटी खरिदको लागि घरमा नै ठेकेदार आउछन् । हाम्रो क्षेत्रका प्रायः सबै स्थानीयले जडीबुटीको खेती गरिरहेका छन् ।…
पूरा पढ्नुहोस् ...
स्याउ बगैँचाभित्र घाँस उत्पादन

स्याउ बगैँचाभित्र घाँस उत्पादन

मुस्ताङ, ३१ साउनः यहाँका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खेबाली लगाउने प्रचलन विद्यमान छ । यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् । पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा ‘राई घाँस’ उत्पादन गर्दै आउनुभएको हो । हिउँदयाममा घाँसको अभाव हुने भएकाले वैकल्पिक खेतीमा जोड दिएको उहाँले बताउनुभयो । हिउँदयाममा पशुचौपायालाई खुवाउन र बढी भएको घाँस बिक्री गर्न सकिने भएकाले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा राई घाँस उत्पादन गर्दै आएको किसान ताङ्वेले बताउँनुभयो । गत पुस–माघमा बगैँचाभित्र छरेको घाँस उम्रिएर अहिले हरियाली भएको उहाँको भनाइ छ । घरपझोङका किसान ताङ्वे यतिबेला स्याउ बगैँचाभित्र लगाइएको घाँस स्याहार्न व्यस्त हुनुहुन्छ । उक्त घाँस परम्परागत पद्धतिबाट नभई आधुनिक उपकरण ‘हाते रिफर’का माध्यमबाट काट्न थालेको उहाँले जानकारी दिनुभयो । परम्परागत पद्धतिबाट घाँस काट्दा जनशक्ति बढी लाग्ने भएकाले आधुनिक उपकरण प्रयोग गरिएको बताउँदै उहाँले यसबाट समय बचत हुने, आर्थिक भार कम पर्ने, उपयोगी र कम झन्झटिलो भएको उल्लेख गर्नुभयो । “घाँस काटेर बगैँचाभित्रै बिस्कुन सुकाएको झै दुई–तीन दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाइएको घाँसलाई बेलाबेलामा हातले वा लठ्ठीको सहायताले पल्टाउनुपर्छ । यसो गर्दा घाँस छिटो सुक्छ”, उहाँले भन्नुभयो । घाममा सुकाइएको घाँसलाई सिधैँ…
पूरा पढ्नुहोस् ...
फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

फलफूलखेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरी, ३१ साउनः अन्नबाली, सागसब्जी र उखुलगायत बाली लगाउन भरपर्दो सिँचाइ व्यवस्था नहुँदा महोत्तरीका किसान फलपूmलखेतीतर्फ आकर्षित भएका छन् । यहाँका अधिकांश किसानले आँपखेती गरेका छन् । लिची, रुखकटहर, सपातो र केरासहितका फलपूmल लगाइए पनि यहाँका किसान आँपतिर नै आकर्षित भएका छन् । यो वर्ष लामो खडेरीले मुख्यबाली धान लगाउन हम्मेहम्मे परेको बताउँदै भङ्गाहा–४ का ६० वर्षीय किसान गङ्गाराम महतोले अब आँप रोप्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “करिब १० कट्ठा जग्गामा आँप रोप्न खनेको खाल्डोमा कम्पोष्ट मल राखिसके, अब भदौ पहिलो साताभित्रै रोपिसक्छु ।” कृषिको जनशक्ति विदेशिएको, मौसमको प्रतिकूलता र अन्नखेती लगाउन खर्च बढ्दै गरेको किसानको भनाइ छ । आँप लगाउँदा रोप्ने बेलामा लाग्ने जनशक्तिको खर्च अन्य बालीभन्दा निकै कम हुने बर्दिबास–५ चेरुका राजन पौडेल बताउनुहुन्छ । आफूले दुई बिघाभन्दा बढीमा आँपखेती लगाएको पौडेलले बताउनुभयो । “मैले लगाएका आँपले उत्पादन दिन थालेको नै दुई वर्ष भइसक्यो, बर्सेनि दुई लाख ठेक्कामा व्यापारीले लाने गरेका छन्”, पौडेलले भन्नुभयो, “फूल्ने बेलामै दामकाम भएपछि बगैँचाको स्याहार पनि ठेक्का लिने व्यापारीले नै गर्छन् ।” आपूmले पनि एक बिघामा आँपखेती बढाउन लागेको उहाँले बताउनुभयो । आँपका लागि यहाँको माटो र हावापानी अनुकूल भएको र खेती कम खर्चिलो भएपछि बगैँचा लगाउने किसान बढ्दैछन् । पाँच वर्षअघिसम्म तीन हजार हेक्टरभन्दा तल रहेको बगैँचाखेती अहिले करिब पाँच…
पूरा पढ्नुहोस् ...
बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

बागलुङका एक जनप्रतिनिधि व्यावसायिक स्याउखेतीमा रमाउँदै

ढोरपाटन (बागलुङ), ३० साउनः छ वर्ष अघि ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले परीक्षणका लागि जुम्लाबाट बिरुवा ल्याएर थाल्नुभएको स्याउखेती अहिले व्यावसायिक खेतीमा परिणत भएको भएको छ । रोयल रेड र इटालिएन फुजी उहाँको बगानका आकर्षण बनेका छन् । प्रारम्भमा १०० बिरुवा रोप्नुभएका उहाँले ८० वटा मात्र जोगाउन सफल भएको सुनाउनुभयो । जातका स्याउको बिरुवा लिएर लगाउनुभएका रोकाको हाल १४० बोट छन् जसले फल दिएका छन् । उहाँको बगान चार रोपनीमा फैलिएको छ । उहाँ छ रोपनीमा खेती विस्तार गर्ने योजनामा हुनुहुन्छ । अध्यक्ष रोकाले भन्नुभयो, “अब १० रोपनीमा खेती गर्ने सोचमा छु । ” स्याउखेतीका निम्ति उहाँले रु एक लाख ५० हजार लगानी गरेको बताउनुभयो । विभिन्न निकायले अनुदानमा बिरुवा दिँदा खासै खर्च परेको छैन । यस वर्ष करिब चार क्विन्टल स्याउ उत्पादन भएको अध्यक्ष रोकाले बताउनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवाल सँचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने स्थानमा स्याउखेती उपयुक्त हुने बताउनुहुन्छ । ढोरपाटन र निसेल ढोरमा व्यावसायिक रूपमा स्याउखेती हुँदै आएको छ । जिल्लाभर ५६ दशमलव ९२ हेक्टर क्षेत्रमा स्याउखेत हुने गरेको जानारी दिँदै उहाँले बर्सेनि ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.