KhojSansar

प्रदेश

बाँझो जग्गा उपयोगमा ल्याइँदै

सुदूरपश्चिम, २३ साउनः सुदूरपश्चिम प्रदेशमा बाँझो राखिएको खेतीयोग्य जग्गालाई व्यावसायिक कृषिका लागि प्रयोेगमा ल्याउन थालिएको छ । बाँझो जग्गा उपयोगमा ल्याउने प्रदेश सरकारको नीतिबमोजिम यस्तो जग्गा उपयोग गरेर व्यावसायिक कृषि गरिरहेका कतिपय कृषकलाई गत आर्थिक वर्षमा अनुदान दिइएको छ । बाँझो जग्गालाई उपयोगमा ल्याउने क्रममा कञ्चनपुरको पुनर्वास क्षेत्रमा दशकौँदेखि बाँझो रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडको झन्डै ५५ बिघा जग्गा भाडामा लिएर कृषि कार्यका लागि उपयोगमा ल्याइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले बाँझो रहेको उक्त कम्पनीको जग्गा मन्त्रालयले भाडामा लिएर स्थानीय कृषक समूह, सहकारी संस्थालाई ठेक्कामार्फत उपलब्ध गराई व्यावसायिक कृषिको काममा प्रयोगमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त कम्पनीको भाडामा लिइएको जग्गामध्ये पाँच बिघा जग्गा कृषि अनुसन्धान निर्देशनालय (नार्क)लाई उपलब्ध गराएर उसले कृषि अनुसन्धानसम्बन्धी कार्य गरिरहेको छ, अरू जग्गा कृषक समूह, सहकारी, फार्मलाई व्यावसायिक कृषि गर्न ठेक्कामार्फत दिइएको छ ।” प्रदेशका अन्य जिल्लामा बाँझो रहेको अन्य ठाउँको जग्गालाई पनि कृषि काममा उपयोगमा ल्याउन लागिएको छ । यस्तो जग्गामा व्यावसायिक कृषि गरिरहेका कृषकलाई सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । जग्गामा तोकिएको कुल भाडा रकममध्ये ५० प्रतिशतसम्म अनुदान दिन सकिने मापदण्ड बनाइएको छ । सरकारले जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो योजना कार्यान्वयनमा ल्याएको हो । सरकारले उपयोगमा आउन नसकेको…
पूरा पढ्नुहोस् ...

गण्डकीमा चार हजार ‘किशोरी आमा’

ढोरपाटन (बागलुङ), २३ साउन : कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । कास्कीमा १० हजार ८९५ जना सुत्केरी हुँदा एक हजार ३६८ जना २० वर्षमुनिका किशोरी छन् । यो अवधिमा सबैभन्दा कम मनाङमा सुत्केरी भएका छन् । यस जिल्लामा १५ जना महिला सुत्केरी हुँदा एक जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल २१ हजार १२७ सुत्केरी भएकामा २० वर्षमुनिका दुई हजार २७४ किशोरी छन्भने २० वर्षमाथिका १८ हजार ८५३ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो । आव २०८१/८२ कुल १८ हजार दुई जना सुत्केरी भएकामा २० वर्षमुनिका एक हजार ९८१ जना किशोरी छन्…
पूरा पढ्नुहोस् ...
क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

गण्डकी, १७ साउन : नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न ठाउँमा पुगेर चित्रकला सिर्जना गर्दै आउनुभएका प्राज्ञ नगेनसिंह ठकुरीले मुस्ताङको मार्फास्थित ऋषि गुम्बालाई क्यानभासमा उर्तानुभएको छ । ठकुरीले आफ्नो त्रिकोण क्यानभासमा थकाली जातिको भगवान मानिने ऋषि गुम्बा उतार्नुुभएको हो । बहुविविधताले सजिएको नेपाल आफैँमा सम्भावना बोकेको क्षेत्र भए पनि यसको उजागर गर्न नसकिएको वास्तविकतालाई दृष्टिगत गर्दै कलाका माध्यमबाट यसको गरिमा र महिमालाई उँचो बनाउन तत्तत् ठाउँमा पुगेर कला सिर्जना गर्ने महाअभियानका साथ ऋषि गुम्बा समेटिएको उहाँले जानकारी दिनुभयो । देशका विभिन्न स्थानका सौन्दर्यतालाई कलामा उतार्दै नेपाल कला यात्रा पुस्तक प्रकाशन गर्ने योजना रहेको उहाँले बताउनुभयो । उहाँले हालसम्म ७७ जिल्लाका झण्डै १५० बढी ऐतिहासिक सम्पदास्थललाई क्यानभासमा उतार्नु भएको छ । नेपाल कलायात्रा पुस्तक विश्वको सबै भाषामा प्रकाशन गर्ने लक्ष्य उहाँको छ । “यो पुस्तक हरेक देशको विश्वविद्यालय र पुस्तकालयमा सोही देशको मातृभाषामा कम्तीमा पाँच सय प्रति निःशुल्क वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “यी पुस्तकको स्वअध्ययन गरेर नेपाल घुुम्न आउने विदेशी पर्यटकहरूको सङ्ख्या वृद्धि भइ त्यसबाट नेपालको पर्यटन फस्टाउने र आर्थिक समुन्नतितर्फ जाने विश्वास लिएको छु ।” उहाँ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञ सभा सदस्य, २०७४ स्वर्र्ण पदक, अरनिको युवा पुरस्कार (राष्ट्रिय युवा कोष), २०६९ दोस्रो राष्ट्रिय ललितकला प्रदर्शनी, नाफा (पश्चिमाञ्चल क्षेत्रीय पुरस्कार), २०५९ सान्त्वना…
पूरा पढ्नुहोस् ...
कोशी प्रदेश सरकारद्वारा प्रदेशको नाम संशोधन

कोशी प्रदेश सरकारद्वारा प्रदेशको नाम संशोधन

मोरङ, १६ साउन : कोशी प्रदेश सरकारको आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश सरकार विराटनगर, नेपाल’ हुनेगरी संशोधन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले विगतमा रहेको ‘कोशी प्रदेश विराटनगर, नेपाल’लाई परिवर्तन गरी प्रदेशसभाले पास गरेको ऐनअनुसार नाम संशोधन गरी प्रदेश सरकारका सम्पूर्ण कार्यालयका ‘लेटरहेड’ र ‘साइनबेर्ड’मा सोहीअनुसार परिवर्तन गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी, कोशी प्रदेश सरकारको तथ्याङ्कसम्बन्धी कार्यालयलाई व्यवस्थित गर्न ब्नेको विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश स्वास्थ्य नीति–२०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेश सरकारका विभिन्न मन्त्रालय, विभाग, निकाय र कार्यालयहरूमा कर्मचारीको अस्थायी दरब्न्दीलाई स्वीकृत गर्ने निर्णय गरेको मन्त्री भण्डारीले बताउनुभयो । कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लाई प्रदेशसभामा विधेयकका रूपमा पेस गर्ने निर्णय गरिएको छ । कोशी प्रदेशमा रहेका शैक्षिक परामर्श तथा भाषा शिक्षण कक्षा सञ्चालनसम्बन्धी विकेयकलाई कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको छ । -रासस
पूरा पढ्नुहोस् ...
वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

वृक्षरोपणमा चासो : संरक्षणमा उदासिनता

कञ्चनपुर, १६ साउन : जिल्लामा हरेक वर्ष लाखौँ बिरुवा वन क्षेत्र, निजी जग्गा र बाँझो जग्गामा रोपिन्छन् । तर वन क्षेत्रको सघनता र विस्तारमा उल्लेख्य वृद्धि भने हुनसकेको छैन । डिभिजन वन कार्यालयका अनुसार गएको असारमा मात्र चार लाख ५० हजार बिरुवा उत्पादन गरी वितरण गरिएको छ । त्यसभन्दा अघिल्ला वर्षहरूमा पनि नर्सरीमा बिरुवा उत्पादन गरी वितरण गर्ने कार्य गरिएको थियो । प्रत्येक वर्ष लाखौँ रूपैयाँ खर्च गरी बिरुवा उत्पादन गरी वितरण हुन्छन् तर संरक्षणको अभावमा बिरुवा हुर्कन नपाउँदै मर्ने गरेका छन् । वनजङ्गलमा डढेलो, खुला चरिचरन र मानवीय लापरवाहीका कारण बिरुवा हुर्कन नपाउँदै मर्ने गरेको वन संरक्षणकर्मीको भनाइ छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवास कुँवर वृक्षरोपणपछिको व्यवस्थापन पक्ष कमजोर भएकाले उद्देश्य पूरा हुन नसकेको बताउनुहुन्छ । “बिरुवा रोप्ने त हो, तर त्यसपछि कसैले हेर्दैन”, उहाँले भन्नुभयो, “न सिँचाइ, न जाली घेराबारा, न त निगरानी नै हुन्छ”, कुँवरका अनुसार नेपालमा अझै ‘छिटो प्रतिफल दिने बिरुवा’ रोप्ने प्रवृत्ति छ, जुन दीर्घकालीन वन विकास दृष्टिकोणबाट कमजोर मानिन्छ । “तीन–पाँच महिनाका साना बिरुवा रोपिन्छन्, भारत र चीनले दुईतीन वर्ष उमेरका बिरुवा रोप्छन्, त्यसैले उनीहरूको सफलताको दर ९० प्रतिशत हुन्छ”, उहाँले भन्नुभयो । “वनलाई अतिक्रमण र हस्तक्षेपबाट जोगाउने हो भने वृक्षरोपण नगरे पनि प्राकृतिक रूपमै हुने पुनः उत्पादनले वन विकास हुन्छ”, उहाँले…
पूरा पढ्नुहोस् ...
सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बिमा

सिञ्जा गाउँपालिकाद्वारा एक हजार ५०० घरको बिमा

जुम्ला, १५ साउनः यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको बिमा गरेको छ । पालिकाका छवटै वडामा दुईजना तथ्याङ्क सङ्कलन गर्ने कर्मचारी परिचालन गरी सङ्ख्या निर्धारणसहित घर बिमा गरिएको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्षको स्वीकृत विपद् जोखिम बिमा कार्यक्रममार्फत सिञ्जाका एक हजार ५४५ घरको बिमा गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । प्रदेश सरकारको गत आव २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेटअन्तर्गत ‘घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१’ मन्त्रिपरिषद्बाट गत फागुन १३ गते पारित भई कार्यान्वयनमा आएको हो । उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई घरको मूल्याङ्कन गरी गत असार २५ गतेभित्र सम्बन्धित स्थानीय तहको सिफारिससहित पठाएको विवरणअनुसार सिञ्जाले तोकिएको मापदण्डअनुसार प्रक्रिया पूरा गरेपछि छनोटमा परेको अध्यक्ष धितालले बताउनुभयो । कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर रु २३ लाखको बिमाङ्क बराबरको जोखिम मूल्याङ्कनबाट हुन आउने बिमा शुल्कबापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । बिमा लागू भएपछि भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरीलगायत विपद्बाट क्षतिग्रस्त भएका परिवारले क्षतिपूर्ति पाउनेछन् । एक परिवारका लागि एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष धितालले जानकारी दिनुभयो । घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याइएको जनाउँदै उहाँले चालु आवमा बिमाका लागि प्रदेश सरकारले रु चार करोड ७५…
पूरा पढ्नुहोस् ...
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’

युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’

लेखनाथ (कास्की), १५ साउनः पोखरामा पहिलो पटक ‘आरयु फेष्ट’ हुने भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तर्गत आरयु फेष्ट गर्न लागिएको हो । यही साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उहाँले पोखरासहित मुलुकको हरित विकासका लागि एक नवीनतम् प्रयासका रूपमा महोत्सव स्थापित हुने अपेक्षा व्यक्त गर्नुभयो । महोत्सवले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको नगरप्रमुख आचार्यले बताउनुभयो । “दैनिक जीवनमा प्रयोगहीन सामग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जनासहित चक्रीय अर्थतन्त्रको निर्माणमा महोत्सवले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ”, उहाँले भन्नुभयो, “यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ ।” महोत्सवमा रिसाइक्लिङ र अपसाइक्लिङसम्बन्धी नेपालको मौलिक सीप, दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदानप्रदान गरिने उहाँले बताउनुभयो । नगरप्रमुख आचार्यका अनुसार देशभरिका नवप्रवर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र…
पूरा पढ्नुहोस् ...
कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

झापा, १४ साउनः कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उहाँले जानकारी दिनुभयो । उहाँले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताउनुभयो । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । प्रमुख डा सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिनुभयो । “सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ”, उहाँले भन्नुभयो, “स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरुरी छ ।” उहाँले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले रु १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि…
पूरा पढ्नुहोस् ...
गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, १४ साउन : जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका धेरै स्थान तथा बाँकी प्रदेशका साथै तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । पहाडी भूभागका केही स्थान तथा तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ । -रासस
पूरा पढ्नुहोस् ...
गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

गुरुङ र मगर भाषालाई सरकारी मान्यताः लुम्बिनीमा दीप प्रज्वलनसहित भव्य कार्यक्रम सम्पन्न

रुपन्देही, १२ श्रावण - तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, लुम्बिनी प्रदेश कार्यसमितिको आयोजनामा दीप प्रज्वलन, बधाई तथा सम्मान कार्यक्रम रुपन्देहीमा सम्पन्न । गण्डकी प्रदेशसभाबाट २०८२ असार २४ गते गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरिएसँगै यी दुई भाषाले औपचारिक रूपमा सरकारी भाषाको मान्यता पाएका हुन् । "प्ये म्हस्याँ छया म्हमु, छया म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु" – सम्पूर्ण तमू (गुरुङ) एक हौं ! यसै सन्दर्भमा लुम्बिनी प्रदेश कार्यसमितिले दीप प्रज्वलन कार्यक्रम गरी ऐतिहासिक उपलब्धिप्रति कृतज्ञता प्रकट गर्दै भाषा, संस्कृति र पहिचानको संरक्षणमा निरन्तर क्रियाशील रहनुपर्ने प्रतिबद्धता दर्शाएको थियो । भने वक्ताहरूले गुरुङ र मगर भाषाको सरकारी मान्यता नेपालकै भाषिक समावेशीताको मार्गचित्र भएको उल्लेख गर्दै राज्यको बहुभाषिक संरचनालाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा सस्थाका केन्द्रीय सचिव मिलन तमुको प्रमुख आतिथ्यता, प्रदेश प्रमुख, लुम्बिनी झपट बहादुर तमु र निवर्तमान केन्द्रीय सचिव तथा युवा विद्यार्थी विभाग प्रमुख जिएस तमुको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी, अतिथिका रुपमा केन्द्रीय कार्यसमितिका सदस्यज्यूहरू गगा तमुस्यो, टिचन तमुस्यो, धन बहादुर तमु, राजेन्द्र बहादुर तमु, महेन्द्र कुमार तमु,  निवर्तमान केन्द्रीय सदस्य  दिपक तमु, तमुस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् लुम्बिनी प्रदेशकी अध्यक्ष हो माया तमुस्यो, तमु युवा छोंज धीं लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु, साथै जिल्ला अध्यक्षज्यूहरू राम बहादुर तमु (रुपन्देही), लेम…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.