KhojSansar

खेलकुद

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

काठमाडौँ, १० असोजः यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् । प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो । विजयी टिम र खेलाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलसहित पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो । प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग-यो । प्रतियोगिताअन्तर्गत बास्केट बल हेटौँडा, बक्सिङ पोखरामा भएको थियो भने बाँकी खेल काठमाडाँैमा भएका थिए । प्रतियोगिता समापनका अवसरमा नेपाली सेनाका बलाध्यक्षरथी प्रदीपजङ्ग केसीले सैनिक जीवनमा महत्त्वपूर्ण अङ्गका रुपमा रहेको खेलकुदले शारीरिक र मानसिक पक्षको विकास गरी स्वास्थ्य, अनुशासित, साहसिक र सक्षम नागरिक उत्पादन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो ।
पूरा पढ्नुहोस् ...
शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर, ४ असोज : फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण खेलमैदानमा शुक्लाफाँटा नगरपालिकाका क्रिकेट खेलाडीले दैनिक अभ्यास गर्दै आएका छन् । क्रिकेट खेल्न आवश्यक आधारभूत सामग्रीको अभाव हुँदाहुँदै पनि खेलाडीहरूको उत्साह भने घटेको छैन । अभावै अभावका विचमा निरन्तर अभ्यास गरेर उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलाडीले शुक्लाफाँटालाई उर्वर थलोका रूपमा चिनाएका छन् । धर्मजनता विद्यालय र कालिका माध्यमिक विद्यालयको मैदान अहिले स्थानीय क्रिकेट खेलाडीहरूको मुख्य अभ्यासस्थलका रूपमा रहेका छन् । “ती मैदानमा कहिले गाई, भैँसी त कहिले बाख्राको चराउनेको भीड हुन्छ, अभावैअभावका बीच पनि अभ्यास जारी राख्दै आएका छौँ”, प्रशिक्षक साजन गौतम भन्नुभयो, “हामीसँग सुविधा छैन, तर सपना छ, यही सपना पूरा गर्ने जोशका कारण क्रिकेटमा भविष्यको सपना बुनेका खेलाडी अभ्यासमा अभ्यस्त हुँदै आएका छन् ।” उहाँका अनुसार गत वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला क्रिकेटमा शुक्लाफाँटाकै तीन खेलाडीले प्रदेशको प्रतिनिधित्व गरे । टोली उपविजेता बनेपछि ठूलो खुसी छाएको उहाँ बताउनुहुन्छ । “यस वर्ष प्रधानमन्त्री कप प्रदेशस्तरीय महिला अण्डर–१९ प्रतियोगितामा उपाधिनै जित्दा उत्साह झनै बढेको छ”, प्रशिक्षक गौतम भन्छन्, “यो गति कायम रह्यो भने सन् २०२७ को महिला अण्डर–१९ विश्वकपमा शुक्लाफाँटाका महिला खेलाडी नेपालका लागि मैदानमा उत्रिने विश्वास छ ।” प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्नुभएकी खेलाडी रविना धामीले भन्नुभयो, “अभ्यास गर्ने पूर्वाधारको सुविधा छैन,…
पूरा पढ्नुहोस् ...
टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

टप टी २० शृङ्खलाः नेपाल र पाकिस्तान मैदानमा

काठमाडौँ, ६ भदौः अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ । -रासस
पूरा पढ्नुहोस् ...

एनपीएल दोस्रो संस्करण मङ्सिरमा

काठमाडौँ, ५ भदौः नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्ति जनाएको छ । उक्त प्रतियोगिता लागि खेलाडीको मिनी अक्सन यसअघि नै सम्पन्न भइसकेको छ । गत वर्ष मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म आयोजना भएको पहिलो संस्करणको एनपिएल सफल भएसँगै दोस्रो संस्करणमा धेरैको ध्यान आकर्षित भएको छ । एनपिएलमा हाल आठ वटा टोली छन् । जसमा विराटनगर किङ्ग्स, जनकपुर बोल्टस्, चितवन राइनोज, काठमाडौँ गुर्खान, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स छन् । एनपिएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्टस्ले जितेको थियो । एनपिएलको दोस्रो संस्करणको तयारी स्वरुप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति भइरहेको छ । हाल प्याराफिट निर्माण भइरहेको छ । -रासस
पूरा पढ्नुहोस् ...
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न

धरान (सुनसरी), ३१ साउनः पेडलर्स धरानको आयोजनामा यहाँ ‘कोरा राइड साइक्लिङ च्यालेञ्ज’ सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएकाले कोरा राइड साइक्लिङ च्यालेञ्ज आयोजना गरिएको हो । पर्यटन प्रवर्द्धन, स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको पेडलर्स धरानका अध्यक्ष किसान मास्केले बताउनुभयो । उहाँका अनुसार आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मङ्गलबारे, जानकी चोक, फुस्रे, अमरहाट, विजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी, नयाँ बसपार्क, हरियाली चोक, दिपेन्द्र चोक हुँदै सबै मठमन्दिर, धरानका धार्मिकस्थलमा पुगेर धरान–१७ स्थित साकेला पार्कमा पुगेर सम्पन्न भएको हो । करिब ३२ किलोमिटर दूरीमा भएको राइडमा दुई सय राइडर्सहरूले सहभागिता जनाएका कार्यक्रम संयोजक विजय श्रेष्ठले जानकारी दिनुभयो । “सहभागी राइडर्सबाट प्रतिव्यक्ति रु तीन सय लिइएको हो । पेडलर्सले समाजसेवालाई प्राथमिकतामा राखी लिएको उक्त शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ”, उहाँले भन्नुभयो । गत वर्षको कोरा राइडबाट सङ्कलन भएको रकमले धरान–१४ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई आवश्यक पर्ने सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको अध्यक्ष मास्केले उल्लेख गर्नुभयो । आज राइडमा सहभागी सम्पूर्ण राइडर्सलाई टिसर्ट र प्रमाणपत्र प्रदान गरिएको बताउँदै उहाँले सुनसरीसहित झापा, मोरङलगायत विभिन्न ठाउँबाट सहभागिताका लागि आउनुभएको जानकारी दिनुभयो । पर्यटन प्रवर्द्धन गर्ने…
पूरा पढ्नुहोस् ...

‘खेलाडीलाई आजीवन मासिक भत्ताको सुरुआत गरेका छौँ’

काठमाडौँ, २० साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरूको दुर्घटना बिमा र अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन मासिक भत्ताको व्यवस्थाको सुरुआत गरिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौधरीले खेलकुदको दौरानमा हुने दुर्घटनामा खेलाडीको उपचारका लागि खेलाडी दुर्घटना बिमा पनि लागू भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८२÷८३ देखि खेलाडी तथा प्रशिक्षकको जीवन बिमा र स्वास्थ्य बिमा लागू गर्ने योजना रहेको छ, साथै अन्तरराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी र उनीहरुका सन्ततिलाई अध्ययनका लागि छात्रवृत्ति वितरण गर्ने योजना छ ।” मन्त्री चौधरीले खेल पूर्वाधार निर्माणका लागि विगत वर्षदेखि बजेट विनियोजन गरिएको छ । राष्ट्रपति रनिङ शिल्डलगायत खेल प्रतियोगिता सञ्चालन हुँदै आएका र स्थानीय तहदेखि केन्द्रसम्म तथा राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय खेल सङ्घमार्फत ग्रामीण तहका खेलाडी समेतलाई समेट्ने गरी प्रशिक्षण दिने कार्यक्रम सञ्चालन हुँदै आएका उहाँले बताउनुभयो । “युवालाई राष्ट्रको आर्थिक र सामाजिक समृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउन राष्ट्रिय युवा नीति–२०७२ लाई प्रतिस्थापन गरी राष्ट्रिय युवा नीति–२०८२ स्वीकृतिको अन्तिम चरणमा छ, यस नीतिअनुरुप युवालाई उद्यमशीलता तथा रोजगारीमा प्रोत्साहन गर्ने, सामाजिक कार्यमा स्वयंसेवकीय कार्य गर्न अभिप्रेरित गर्ने, सामाजिक कुरीति एवम् विसङ्गतिविरुद्ध जनचेतना फैलाउने कार्यमा परिचालन गर्ने योजना छ”, मन्त्री चौधरीले भन्नुभयो । ती योजना कार्यान्वयन गर्न सबै प्रदेशमा युवालाई सीपमेला र…
पूरा पढ्नुहोस् ...
विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोट प्रतियोगितामा नेपाल शीर्ष स्थानमा

काठमाडौँ, १४ साउनः विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भइरहेको दक्षिण एसियाली छनोट प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा आज नेपाली पुरुष टोली शीर्ष स्थानमा रहेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा नेपालले ३ खेल खेलेकामा सबैमा जित हासिल ग-यो । पाँच टिम सहभागी राउन्ड रोविन लिगमा नेपालले श्रीलङ्कालाई ३–० तथा माल्दिभ्सलाई ३–१ र बङ्गलादेशलाई ३–२ को सेटमा पराजित ग-यो । नेपालले अन्तिम दिन भोलि भारतको सामना गर्ने छ । नेपाली टोलीमा संयोग कपाली, रुविन महर्जन, राजीव चिकन्बञ्जार र गनन्जय दाहाल छन् । दोस्रो स्थानमा रहेको भारतले श्रीलङ्का र बङ्गलादेशलाई समान ३–० को नतिजामा हरायो । भारतले नेपालसँगै माल्दिभ्ससँग पनि खेल्न बाँकी छ । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको महिलामा पनि ३ खेल खेलेको नेपालले २ मा जित र १ मा हार व्यहो-यो । माल्दिभ्स र बङ्गलादेशलाई ३–० ले पाखा लगाएको नेपाल श्रीलङ्कासंँग २–३ ले चुक्यो । नेपाली टोलीको खेलाडीमा वियंका राई, इभाना थापा, नविता श्रेष्ठ र योङगी पौडेल छन् । पाँचै टिम सहभागी महिलमा पनि नेपालले भोलि भारतको सामना गर्ने छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भुटान र पाकिस्तान बाहेक नेपालसहित पाँच राष्ट्रका ३४ खेलाडी सहभागी छन् । भारतबाट १० तथा नेपाल, श्रीलङ्लका, बङ्गलादेश र माल्दिभ्सबाट समान ८–८ खेलाडी…
पूरा पढ्नुहोस् ...
Nepal qualify for super 3 of ICC Women’s T20 World Cup Asia Qualifier

Nepal qualify for super 3 of ICC Women’s T20 World Cup Asia Qualifier

Nepal have secured a place in the Super 3 stage of the ICC Women’s T20 World Cup Asia Qualifier 2024 in dramatic fashion, benefitting from a rain-affected result in the final Group C fixture. Heading into the last group match, Nepal’s hopes of advancing hinged on a specific scenario: they needed Bahrain to either defeat Hong Kong, China or for the match to be washed out due to weather. As luck would have it, heavy rain forced the match to be abandoned, resulting in shared points between Bahrain and Hong Kong, China. Both Nepal and Hong Kong finished the group stage with five points each, but Nepal edged ahead due to a higher number of wins. The fortunate turn of events has propelled Nepal into the Super 3 alongside the United Arab Emirates and Thailand. The Super 3 stage will be played in a single round-robin format, with the top two teams earning qualification for the ICC Women’s T20 World Cup Global Qualifier. Nepal will play against the UAE on May 19, followed by a crucial match against Thailand on May 20.
पूरा पढ्नुहोस् ...
लायन्स कप भलिबल : इरानी टोली र पुलिस फाइनलमा

लायन्स कप भलिबल : इरानी टोली र पुलिस फाइनलमा

कास्की — पाहुना टोली इरानको इरानी भलिबल टिम र विभागीय टोली नेपाल पुलिस क्लब प्रथम लायन्स कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आइतबार भएको सेमिफाइनल जित्दै दुई टोलीले फाइनलमा स्थान बनाएका हुन् । पहिलो सेमिफाइनलमा इरानी टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हरायो । पहिलो सेट २०–२५ ले गुमाएको इरानी टोलीले दोस्रो, तेस्रो र चौंथो सेट जित्यो । इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौंथो सेट २६–२४ ले जितेको हो । इरानी टोलीले चौंथो सेटमा १८–२१ को अग्रता उल्टाउँदै इरानी टोलीले २६–२४ को जित निकाल्यो । दोस्रो सेमिफाइनलमा पुलिसले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ ले जितेको हो । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा भएको प्रतियोगिताको फाइनल सोमबार दिउँसो ४ बजे हुनेछ । फाइनलअघि दिउँसो १ बजे त्रिभुवन आर्मी क्लब र एपीएफबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । विजेताले ४ लाख ४४ हजार ४ सय ४४ र उपविजेताले २ लाख ४४ हजार ४ सय ४४ रुपैयाँ पुरस्कार पाउनेछन् । तेस्रोले १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४ सय ४४ र विधागततर्फ उत्कृष्टले जनही ८ हजार ४ सय ४४ रुपैयाँ पाउनेछन् ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.