KhojSansar

गुल्मीको कालीगण्डकीमा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

khoj Sansar News

गुल्मी, साउन २८ – शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि सामुदायिक प्रहरी साझेदारीलाई प्रभावकारी बनाउने उद्देश्यले गुल्मीको कालीगण्डकी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी पुर्तिघाटको आयोजना र प्रहरी सहायक निरीक्षक रम बहादुर सारुको नेतृत्वमा सम्पन्न कार्यक्रम कालीगण्डकी गाउँपालिकाको बैठक कक्षमा सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मञ्जु कुमारी दर्लामी विशेष अतिथि रहनुभएको थियो भने गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, बैंक तथा वित्तीय संस्था, होटल तथा सुनचाँदी व्यवसायी, अन्य व्यापारी वर्ग, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो ।

अन्तरक्रियामा शान्ति सुरक्षा कायम गर्न समुदाय र प्रहरीबीचको आपसी समन्वय, विश्वास र सहकार्य अपरिहार्य रहेको विषयमा गहन छलफल भएको थियो । सहभागीहरूले सुरक्षा चुनौतीहरूसँग सामाना गर्न समुदाय-प्रहरी साझेदारीलाई अझ सशक्त बनाउनु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रममा ड्रिम फुड ल्याण्डका संचालक दिपक सलामीले ल्याण्ड फिल्ड साइट (Landfill Site) नहुँदा फोहोर व्यवस्थापनमा कठिनाई रहेको वताउँदै यसको छिटो समस्या समाधानका लागि गाउँपालिकालाई अग्रह समेत गरेका थिए ।

प्रहरी सहायक निरीक्षक सारुले प्रहरीको वर्तमान भूमिकाबारे प्रकाश पार्दै समाजमा शान्ति सुरक्षाको वातावरण सृजना गर्न प्रहरी सधैं तत्पर रहेको जानकारी दिनुभयो । उहाँले समुदायको सहकार्य बिना समृद्धि र शान्तिको कल्पना सम्भव नरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमले प्रहरी र नागरिकबीच विश्वासको पुल निर्माण गर्न सहयोग पुगेको सहभागीहरूको धारणा थियो । यस किसिमका अन्तरक्रियाले स्थानीय तहमा सुरक्षा सुदृढिकरणको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारः

  • देशभर ‘शून्य बाँकी फाइल’ अभियान

  • थन्किए लुम्बिनीका हरिया बस

  • पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो

  • बुटवल–नारायणगढ सडक अवरुद्ध

  • इरान–अमेरिकाबिच दुई साताको युद्धविराम

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.