२ महिना अगाडि
२ महिना अगाडि
बढ्दो भारत–पाक तनावबीच अमेरिकासहितका मुलुकहरुले परिस्थिति थप विग्रिनसक्नेमा चिन्ता व्यक्त गरिरहेका छन् । चीनले भारतीय कदमको आलोचना गर्दै पाकिस्तानलाई साथ दिएको छ तर, नजिकको छिमेकी नेपालले मुख खोलिसकेको छैन । २४ वैशाख, काठमाडौं । दुई साताअघि पहलगाममा भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ भन्दै भारतले गएराति पाकिस्तानमा हवाई आक्रमण गरेपछि परिस्थिति थप बिग्रिन सक्नेमा अमेरिकासहितका मुलुकहरुले चिन्ता व्यक्त गरिरहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान लामो समयदेखि लड्दै आएको भन्दै यो चाँडै सकियोस् भनेका छन् । आफैं युद्धमा रहेको इजरायलले भारतलाई समर्थन गर्दै बुधबार मध्यराति भएको हवाई हमलालाई आतंककारीविरुद्धको कारबाही भनेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) ले चाहिँ दुवै पक्षलाई संयम अपनाउन र राजनीतिक संवादमार्फत विवाद समाधान गर्न भनेको छ । तर, भारतको नजिकको छिमेकी नेपालले भने हालसम्म यो विषयमा मुख खोलेको छैन । बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायत थिए । यो बैठकमा पहलगाम आक्रमण र भारतले गएराति पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको हवाई कारबाहीबारे छलफल भएको स्रोतको भनाइ छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु भने यस विषयमा हालसम्म धारणा बनाइनसकिएको बताउँछन् । मन्त्रालय स्रोतका अनुसार, सुरक्षा…