KhojSansar

eGlobal Times

13 Posts
Nepal qualify for super 3 of ICC Women’s T20 World Cup Asia Qualifier

Nepal qualify for super 3 of ICC Women’s T20 World Cup Asia Qualifier

Nepal have secured a place in the Super 3 stage of the ICC Women’s T20 World Cup Asia Qualifier 2024 in dramatic fashion, benefitting from a rain-affected result in the final Group C fixture. Heading into the last group match, Nepal’s hopes of advancing hinged on a specific scenario: they needed Bahrain to either defeat Hong Kong, China or for the match to be washed out due to weather. As luck would have it, heavy rain forced the match to be abandoned, resulting in shared points between Bahrain and Hong Kong, China. Both Nepal and Hong Kong finished the group stage with five points each, but Nepal edged ahead due to a higher number of wins. The fortunate turn of events has propelled Nepal into the Super 3 alongside the United Arab Emirates and Thailand. The Super 3 stage will be played in a single round-robin format, with the top two teams earning qualification for the ICC Women’s T20 World Cup Global Qualifier. Nepal will play against the UAE on May 19, followed by a crucial match against Thailand on May 20.
पूरा पढ्नुहोस् ...
हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

हावाहुरीले रुख ढल्दा च्यापिएर सुनवलमा २ जनाकाे ज्यान गयाे

काठमाण्डाै – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–७ चारपालाको भित्री सडक खण्डमा हवाहुरीले रुढ ढल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ । हावाहुरी छल्न सडक छेउको प्रतीक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतीक्षालयमाथि ढल्दा अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । रुखले च्यापिएर ज्यान गुमाउनेहरूमा सुनवल–७ चारपाला बस्ने ३० वर्षीया मीरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन् । यस्तै घटनामा चारपालाकै ४० वर्षीया नरमति परियार, ५० वर्षीया दुर्गेश्वरा खाम्चा मगर र २२ वर्षीय अनिल थापा घाइते भएका छन् । घाइतेहरूको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरदत्त पन्तले जानकारी दिनुभयो । अहिले काठमाण्डाै उपत्यकासहित देशका विभिन्न ठाउँमा हावाहुरी चलिरहेकाे छ ।
पूरा पढ्नुहोस् ...
२०८२ सालको भित्तेपात्रो विमोचन: ७ सय भन्दा धेरैको उपस्थिति सभाहल खचाखच

२०८२ सालको भित्तेपात्रो विमोचन: ७ सय भन्दा धेरैको उपस्थिति सभाहल खचाखच

वैशाख २० गुल्मी, नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका गुल्मीद्वारा नयाँ वर्ष २०८२ सालको भित्तेपत्रो (क्यालेन्डर) विविध साँस्कृतिक एबम् सहयोगी सम्मान कार्यक्रम भव्य रूपमा विमोचन गरी सम्मपन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाको ७ वटै वडा बाटा आ-आफ्नो साँस्कृतिक झाँकी सहित कार्यक्रम भैरहेको सभाहल तर्फ प्रवेश गरेको थिए ।  नेपाल मगर संघ कालीगण्डकी गाउँपालिका कार्य समितिले पहिलो पटक वार्षिक कार्य तालिका सहितको भित्तेपत्रो (क्यालेन्डर) प्रकाशन गरेको भन्दै उक्त कार्यक्रमलाई ऐतीहासिक भएको स्वगत मन्तव्यका क्रममा मगर संघ कालीगण्डकीका उपाध्यक्ष समेत रहेका ई. ओम बहादुर थापाले भने ।
पूरा पढ्नुहोस् ...
७५ लाखमा छहराखोला पुल निर्माण सम्पन्नः ३ हजार भन्दा बढी प्रत्येक्ष लावान्वित

७५ लाखमा छहराखोला पुल निर्माण सम्पन्नः ३ हजार भन्दा बढी प्रत्येक्ष लावान्वित

पुल निर्माण सम्पन्न भए संगै कालिगण्डकी गाउँपालिका गुल्मीका जनताहरुमा खुसियाली छाएको छ । जबकी छहराखोला झोलुङ्गेपुल बन्नु पूर्व खोलाले बगाएर मानवीय क्षति भएको दुःखद घटना उक्त पुलका उपभोक्ता साथै सोही वडाका वडा सदस्य समेत रहेका बाल किशन थापाले बताएका थिए । बैशाख ३१ गुल्मी, कालिगगण्डकी गाउँपालिका वडा नं ५ फोक्सिङ अन्तर्गत पर्ने छहराखोला झोलुङ्गेपुल कालीगण्डकी गाउँपालिका गुल्मी र सिर्जनशील विकास केन्द्र तम्घास गुल्मीको संयुक्त लगानी/साझेदारीमा सफलता पुर्वक सम्पन्न भएको छ । जसको लागत अनुमान रु. ७५,१९,११४.८५/- रहेकोमा रु. ५९,८६,१६८.००/- लागतमा सम्पन्न भएको हो ।  गाउँपालिका र उ.स. बीच मिति २०८०/१०/१९ गते सम्झौता भई मिति २०८२/०२/१५ गते सम्म निर्माण कार्य सम्पन्न गर्नु पर्ने समय सीमा भएता पनि उक्त समय भन्दा अगावै निर्माण कार्य सम्पन्न भएकोले उपभोक्ताहरुमा खुसियाली देखिएको थियो । उक्त छहराखोला झोलुङ्गेपुल उद्घाटन समारोहका प्रमुख अतिथि एवं क्त अध्यक्ष बेद बहादुर थापा ज्य् उपभ०२/१५ कालिगण्डकी गाउँपालिका गुल्मीका अध्यक्ष बेद बहादुर थापा ज्यूबाट समुद्घाटन भएको सो कार्यक्रममा सोही वडाका वडा अध्यक्ष दान बहादुर राना, कालिगण्डकी गाउँपालिकामा कार्यरत कर्मचारीहरु सूचना प्रविधि शाखा प्रमुख ई. ओम बहादुर थापा, योजना शाखा प्रमुख चोक बहादुर श्रीस मौसम, प्राविधिक शाखा प्रमुख सत्य नारायण राय, वास संयोजक सिजन राना, कम्प्युटर अपरेटर ऋषिराम राना, प्राविधिक कृष्ण समाल, तुल्सी कुमारी चौधरी लगायत उपभोक्ता समिति/उपभोक्ताहरु साथै सिर्जनशील विकास केन्द्र तम्घास…
पूरा पढ्नुहोस् ...
विद्यालयमा आक्रमण : २० बालबालिकासहित २२ को मृत्यु

विद्यालयमा आक्रमण : २० बालबालिकासहित २२ को मृत्यु

म्यान्माको ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा जुन्टाले गरेको हवाई आक्रमणपछि विद्यालय परिसरमा छरिएर रहेका मृत बालबालिका र शिक्षकहरू । यो एआईद्वारा निर्मित काल्पनिक चित्र हो । डेपेइन, म्यान्मा, वैशाख २९ गते । म्यान्माको जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ, जसमा २० बालबालिका र दुई शिक्षक रहेका छन् । आक्रमण सोमबार बिहान ओइ थेइन क्विन गाउँस्थित एक विद्यालयमा भएको हो । म्यान्माको  ‘जुन्टा’ भन्नाले त्यहाँको सेना जनाइन्छ, जसले सन् २०२१ मा जननिर्वाचित सरकारलाई हटाएर शासनको जिम्मा लिएको थियो । त्यो समयको चुनावपछि सेनाले परिणाम अस्वीकार गर्दै नेतृ आङ सान सु चीको सरकारलाई अपदस्थ गर्‍यो र देशको बागडोर सम्हाल्यो । त्यसपछि देशभर विरोध र आन्दोलनहरू भए, तर सेनाले ती प्रदर्शनहरू नियन्त्रणमा ल्याउने प्रयास गर्‍यो। अहिले पनि म्यान्मामा यही सैन्य नेतृत्वले शासन गरिरहेको छ, जसलाई ‘जुन्टा’ भनेर चिनिन्छ । स्थानीय बासिन्दाका अनुसार बिहान १० बजे (स्थानीय समय अनुसार) विद्यालयमाथि आक्रमण भएको थियो । यो गाउँ मार्च २८ मा आएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्पको केन्द्रबाट करिब १०० किलोमिटर टाढा पर्छ । “अहिलेसम्म २२ जनाको मृत्यु पुष्टि भएको छ,” विद्यालयमा कार्यरत ३४ वर्षीया एक शिक्षिकाले भन्नुभयो । “हामीले बालबालिकालाई छरिएर बस्न आग्रह गरेका थियौं, तर लडाकु विमानले धेरै छिटो बम खसाल्यो ।” सगाइङ क्षेत्रका एक शिक्षा अधिकारीले पनि मृत्यु सङ्ख्या उस्तै…
पूरा पढ्नुहोस् ...
बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

बिपी राजमार्ग अवरुद्ध, एक महिला बेपत्ता

काभ्रेपलाञ्चोक,  वैशाख  ३० गते । अविरल वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । उहाँले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताउनुभयो । गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो । प्रहरीले उक्त राजमार्गमा अलपत्र १७ यात्रुको उद्धार गरेको जनाएको छ ।  यसैबीच, सोमबार दिउँसोको अविरल वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता हुनुभएको थियो ।  मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उहाँलाई बगाएको हो । कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो । आज बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रनाउ घलेले बताउनुभयो । सोामबारको वर्षाले…
पूरा पढ्नुहोस् ...
लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह, प्रधानमन्त्रीद्वारा उद्घाटन

बुद्ध जन्मस्थल लुम्बिनीमा २५६९औं बुद्ध जयन्ती समारोह सुरु भएको छ र यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्। समारोहमा विभिन्न देशका प्रतिनिधि, भिक्षु, र स्थानीय नागरिकहरू सहभागी भएका छन् र विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका छन्। लुम्बिनी विकास कोषले यस समारोहका लागि एक करोड रुपैयाँ खर्च गरेको छ र शोभा यात्रा समेत निकालिएको थियो। २९ वैशाख, बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगाएतको उपस्थिति छ । बुद्ध जयन्तीअन्तर्गत आइतबारदेखि नै लुम्बिनीमा विभिन्न कार्यक्रम सुरू भएका थिए । आज सोमबार मूल समारोहसँगै कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह र पश्चिम नवलपरासीको रामग्राममा भोलि मंगलबारसम्म विभिन्न कार्यक्रम गरिँदै छन् । बुद्ध जयन्ती मनाउन लुम्बिनी विकास कोषले एक करोड बजेट खर्च गर्दैछ । मूल समारोहअघि बिहान मायादेवी मन्दिर परिसरबाट कार्यक्रमस्थलसम्म शोभा यात्रा निकालिएको थियो ।
पूरा पढ्नुहोस् ...
भारतमा रहेको नेपालीहरुलाई सचेत र सुरक्षित रहन नेपाल राजदुतावास नयाँ दिल्लीको अनुरोध

भारतमा रहेको नेपालीहरुलाई सचेत र सुरक्षित रहन नेपाल राजदुतावास नयाँ दिल्लीको अनुरोध

भारतको जम्मू कस्मिर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेको नेपालीहरुलाई सचेत र सुरक्षित रहन एबम् संकटकालीन अवस्थामा सुरक्षित र आपातकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्ने तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरूको पालन गर्न नेपाल राजदुतावास नयाँ दिल्लीको अनुरोध गरेको छ ।
पूरा पढ्नुहोस् ...
एन्फा साधारणसभा : भित्र उदघाटन, बाहिर लफडा

एन्फा साधारणसभा : भित्र उदघाटन, बाहिर लफडा

कडा सुरक्षा घेराका बीच एन्फाको साधारण सभा सुरु भएको छ । २६ वैशाख, धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको छ । तर धुलिखेल नगरपालिकाको हलभित्र साधारण सभाको उदघाटन समारोह आयोजना गरिएको थियो । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरेपछि संक्षिप्त रुपमा उदघाटन समारोह सम्पन्न गरिएको छ । अब बन्दसत्र सुरु हुँदै छ । साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरीको डिएसपीकै नेतृत्वको टोली साधारण सभा स्थलमा परिचालन गरिएको थियो । थापा र उनका समर्थकहरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राखे पनि सुनुवाइ भएन । थापाको भनाइ थियो, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो कि साधारण सभामा प्रवेश गर्न दिनुपर्यो ।’ उदघाटन समारोहमा थापालाई प्रवेशमा रोक लगाएको विषयमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ बोल्न चाहेनन् । एन्फाका प्रवक्ता सुरेश शाहले भने अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएको जिकिर गरे । ‘यसको प्रक्रिया होला, सचिवालयमा पेपरहरु आउला,’ उनले भने, ‘हामीले के बुझ्न जरुरी छ भने, ‘एन्फाको अहिले केस हेर्नुहुन्छ भने २५–३० केस छन् । कुन सचिवालयमा आयो/आएन भन्ने सबै विषयहरु सचिवालयले मलाई जानकारी गराउने हो । त्यो जानकारी पछाडि मैले आधिकारिक हिसाबले बोल्ने हो ।…
पूरा पढ्नुहोस् ...
शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालयमा हुनसक्छ ठूलो दुर्घटना, कस्तो सावधानी अपनाउने ?

शौचालय तथा वाथरुम हाम्रो जीवनको अति महत्वपूर्ण हिस्सा हो । यदि हामी स्वस्थ र ठिकठाक छौँ भने अवश्य पनि दिनमा धेरै पटक शौचालयको प्रयोग गर्ने गर्छौँ । दिनमा कयौँ पटक छिर्नुपर्ने शौचालय दुर्घटनाको उच्च जोखिम भएको ठाउँ पनि हो । प्रायगरी शौचालयको सतह चिप्लो हुनेगरी बनाइएको हुन्छ । अनि साबुन तथा यस खालका वस्तुको प्रयोग अनि कुनैबेला सतहमा लेउ जमेर पनि सतह चिप्लो भइरहेको हुन्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा र शारीरिक रूपमा अशक्त व्यक्तिहरू शौचालयमा चिप्लिएर दुर्घटनामा पर्ने जोखिम बढी हुन्छ । यस बाहेक पनि शौचालयमा धेरै प्रकारका दुर्घटना हुने गरेका छन् । शौचालयमा कस्ता-कस्ता दुर्घटना हुन्छन् ? यसबाट कसरी जोगिने ? शौचालय दुर्घटना हुने कारणहरू चिप्लो सतह शौचालयमा दुर्घटना हुने मुख्य कारण चिप्लो सहत नै हो । प्रायगरी भुइँमा टायल वा भुइँ चिप्लो वस्तु राखिएको हुन्छ । यो चिप्लोपनले लड्ने जोखिम बढाउँछ । चिप्लो जुत्ता-चप्पल सतह चिप्लो हुने त छँदैछ, यदी हामीले शौचालयमा लगाउने जुत्ता-चप्पल चिप्लो खालको छ भने त्यो पनि दुर्घटनाको अर्को कारण हुन्छ । कम प्रकाश शौचालयमा कम उज्यालो बत्ती राख्ने, बत्ती बिग्रिएमा हत्तपत्त नबनाउने गरेको पनि देखिन्छ । यस्तोमा प्रकाश कम भएर त्यहाँका अवरोधहरू राम्रोसँग नदेखिँदा अल्झिने, लड्ने भएर दुर्घटना हुनसक्छ । समाउने कुरा नहुनु शौचालयमा कसैगरी शरीर धर्मरायो वा लड्न खोजियो भने तत्काल समाइहाल्ने…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.