KhojSansar

Khoj Sansar

651 Posts
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

म्याग्दी, १ मङसिर : व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ । सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा व्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।” तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ । सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देख्नुभएको छ । बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ । बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ । बजारको समस्या नभएको पौडेलले बताउनुभयो । खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोगविहीन भएको थियो । “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झ¥यौ,” उहाँले भन्नुभयो “बजारमा दुःखसुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे…
पूरा पढ्नुहोस् ...
चक्रपथ निर्माण अन्तिम चरणमा

चक्रपथ निर्माण अन्तिम चरणमा

मुस्ताङ, ३० कात्तिकः घरपझोङ गाउँपालिकास्थित थाक–पाँचगाउँ जोड्ने १० दशमलव पाँच किमीको चक्रपथ सडक निर्माण अन्तिम चरण पुगेको छ । विसं २०७६ असारमा बन्दना भगवती निर्माण सेवासँग ठेक्का सम्झौता भएको उक्त सडक ६ वर्षको अन्तरालमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन, एक सडक’ योजनाअन्तर्गत मुस्ताङ सदरमुकामदेखि ठिनी, ढुम्बा, छैरो, चिमाङ, मार्फा, स्याङ हुँदै जोमसोम जोड्ने गरी पूर्वाधार विकास कार्यालयले कार्यान्वयनमा ल्याएको थियो । घरपझोङस्थित कालीगण्डकी नदी पारि पूर्वमा रहेका ग्रामीण बस्तीमा सडकको पहुँच स्थापित गर्नेगरी जोमसोम–ढुम्बा पाँच किलोमिटर सडक कालोपत्र र ढुम्बादेखि छैरो–चिमाङ हुँदै मार्फा मुख्य राजमार्ग जोडिने गरी पाँच दशमलव पाँच किमी ग्राभेल सडकको काम अघि बढाइएको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इञ्जिनियर घनश्याम रोकामगरले जानकारी दिनुभयो । निर्माण कम्पनी बन्दना भगवती निर्माण सेवाको चरम ढिलासुस्ती र बेवास्ताका कारण यहाँको थाक पाँचगाउँ जोड्ने घरपझोङ चक्रपथ सडक सम्पन्नमा विलम्ब भइरहेको थियो । सुरुआती ठेक्का सम्झौताअनुसार २०७७ माघमा सकिनुपर्ने भए पनि निर्माण कम्पनीले कोरना माहामारी, प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाउँदै सातौँ पटकसम्म म्याद थप गरेको थियो । यहाँको घरपझोङ–४, ५, १ र २ जोड्ने चक्रपथको लागत रु २४ करोड ४५ लाख ७४ हजार रहेको सूचना अधिकारी रोकामगरले जानकारी दिनुभयो । घरपझोङस्थित थाक पाँच गाउँ जोड्ने सडक अन्तिम चरणमा पुगेको र चालु आवभित्रमा सडक…
पूरा पढ्नुहोस् ...
कुखुरापालनबाट मासिक एक लाख आम्दानी

कुखुरापालनबाट मासिक एक लाख आम्दानी

तनहुँ, ३० कात्तिकः व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक रु एक लाख आम्दानी गर्दै आउनुभएको छ । सत्र वर्षसम्म दुबईमा रोजगारी गर्नुभएका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरापालनमा लाग्नुभएको हो । विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किनुभएका बस्नेत त्यसपछि विदेश नगई स्वदेशमै केही गरौँ भन्दै पाँच वर्षदेखि कुखुरापालन गर्दै आउनुभएको हो । विदेशमा गरेको आम्दानीभन्दा स्वदेशमा बसेर दोब्बर कमाई गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न बस्नेत सफल हुनुभएको छ । उहाँले सञ्चालन गर्दै आएको ‘बस्नेत ब्रोइलर पोल्ट्री एण्ड एग फार्म’मा हाल दुई हजार कुखुरा छन् । सुरुआतमा रु ३० लाख लगानीमा छ रोपनी क्षेत्रफलमा दुई आधुनिक ट्रष्ट निर्माण गरी व्यावसायिक रूपमा कुखुरापालन व्यवसाय सुरु गर्नुभएका बस्नेतले मनग्य आम्दानी गर्दै आउनुभएको छ । दैनिक एक हजार आठ सय अण्डा उत्पादन हुने यो फार्मबाट महिनामा रु पाँच लाख बढीको कारोबार हुने गरेको छ । दाना, औषधि तथा श्रम खर्च कटाएर रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “दुबईमा महिनामा रु ६० हजार आउँथ्यो, अहिले गाउँमै परिवारका साथमा बसेर विदेशको भन्दा दोब्बर फाइदा भइरहेको छ ।” कुखुरा व्यवसायबाट उत्पादन हुने ठूला दाना (क्रेड) स्थानीय बजारमा प्रतिथान रु पाँच सयमा बिक्री हुँदै आएको छ । जोखिमयुक्त मानिने कुखुरापालनमा किसानलाई टिकाइराख्न सरकारले दाना…
पूरा पढ्नुहोस् ...

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

काँक्रेविहार (सुर्खेत), ३० कात्तिक : डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो । त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु २५ करोड ९९ लाख ८८ हजार बजेटमा स्तरोन्नतिको काम सुरु भएको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो । सडक स्तरोन्नतिपछि जुम्ला र डोल्पाका स्थानीयवासी तथा पर्यटक सहज हुने जनाइएको छ । रारा र फोक्सुन्डो ताल पनि सडकको माध्यमबाट जोडिने बताउनुभयो । कर्णालीका दुई प्रमुख पर्यटकीय गन्तव्य नै सडकसँग जोडिएमा दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आर्थिक उपार्जनसमेत गर्न सक्ने उहाँले बताउनुभयो । त्यसैगरी, चुँगार्ड, लिकु हुँदै बलाङ्ग्रा जोड्ने सडकका लागि रु चार करोड बजेट छुट्याइएकाले थपेर कामको सुरुआत हुने बताउनुभयो । बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यस सडकखण्डले त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने सडकका रूपमा लिइएको डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानले जानकारी दिनुभयो । दुई वर्षभित्र स्तरोन्नति सक्नुपर्ने सडकको सम्झौता भने गत असारमा भएको थियो । निर्माण कम्पनीले त्रिपुराकोट–मौरे सडकको कुल लम्बाइ ६८ किलोमिटर छ । उक्त सडकको मार्ग…
पूरा पढ्नुहोस् ...
‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि

पर्वत, ३० कात्तिक : सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन् । उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन् । कुनै समय जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित हुनुभएको छ । उहाँले अहिले मौरीपालन र अदुवा, बेसारखेती गर्नुभएको छ । सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ । सबै बोट सुकिसकेपछि उहाँले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गर्नुभयो । काठमाडौँसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको जोखिम थाहा भएपछि उहाँले सुन्तलाखेती नै छाड्नुभएको हो । सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताउनुभयो । घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ । लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिनुभयो । विगत केही…
पूरा पढ्नुहोस् ...
दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

दाङमा व्यावसायिक मौरीपालन किसानको सङ्ख्या पाँच सय बढी

घोराही (दाङ), ३० कात्तिकः जिल्लामा व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । यहाँको हावापानी राम्रो भएकाले यसमा आबद्ध हुने किसानको सङ्ख्या बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका श्रीधन घर्ती मौरीको स्याहारमा व्यस्त हुनुहुन्छ । उहाँले यो काम गर्न थाल्नुभएको १७ वर्ष पुगिसक्यो । उहाँले भन्नुभयो, “ सात वर्ष वैदेशिक रोजगारमा गएर फर्केपछि मौरीपालन व्यवसाय गर्न थालेको हुँ । यसमा घरपरिवारको पनि साथ र सहयोग छ ।” उमेरले ५८ वर्ष पुग्नुभएका घर्तीले घोराही उपमहानगरपालिका–१३ स्थित डुम्बरगाउँमा व्यावसायिक रूपमा मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । अहिले घर्तीको मौरीफार्ममा एक सय ५० मौरीसहितका घार छन् । उहाँले यस व्यवसायबाट राम्रो आम्दानी पनि गर्दै आउनुभएको छ । उहाँले वर्षमा सात टन मह उत्पादन गर्दै आएको बताउनुभयो । “परिवारको पनि सहयोग छ, आफैँले मौरीपालनका लागि केही ज्ञान लिएपछि व्यावसायिक रूपमा मौरीपालनमा लागेको हुँ, अहिले उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्न पर्दैन, धेरै जसोले घरबाटै लग्ने गरेका छन्”, किसान घर्तीले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएपछि यहीँ व्यवसाय सुरु गरेको हुँ, धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि राम्रो लिन सकिन्छ, आगामी दिनमा पनि मौरीपालन व्यवसायलाई निरन्तरता दिँदै जाने सोच छ ।” मौरीपालन व्यवसायबाट वार्षिक रु १६ लाखको कारोबार गरिरहनुभएका घर्तीले रु सात लाख बचत गर्ने गरेको बताउनुभयो । एक किलोलाई रु…
पूरा पढ्नुहोस् ...
पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

पढ्दै–कमाउँदै कार्यक्रम हटेसँगै सामुदायिक विद्यालय समस्यामा

भोजपुर, ३० कात्तिकः सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण–सिकाइमा प्रत्यक्ष असर परेको छ । ‘पढ्दै–कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उहाँको भनाइ छ । “सामुदायिक विद्यालयमा चल्दै आएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रम अत्यन्तै प्रभावकारी थियो”, उहाँले भन्नुभयो, “विद्यार्थीहरुले अभ्यासमूलक ज्ञान लिँदै आएका थिए, उनीहरुले आफ्नै उत्पादनबाट केही आम्दानीसमेत गर्दै आएका थिए, कार्यक्रम हटाइएपछि व्यावहारिक सिकाइ नै कमजोर बनिरहेको छ, यस्तो उपयोगी कार्यक्रम हटाइनु दुःखद् कुरा हो ।” उहाँका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि कार्यक्रम बन्द गरिएको हो । शिक्षा विभागमार्फत सञ्चालन हुँदै आएको यस कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयले तरकारी, फलफूल, धान, च्याउलगायतका खेती तथा सीपमूलक कार्य गर्दै आएका थिए । कतिपय विद्यालयहरूले भाडामा जमिन लिएर व्यावसायिक अभ्यास कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रम हटेसँगै व्यावसायिक धार सञ्चालन गरिरहेका विद्यालयमा व्यावहारिक शिक्षण निरन्तरता दिन कठिनाइ भएको छ । विद्यालयले राज्यले विकल्पका कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् ।
पूरा पढ्नुहोस् ...
सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

सबै स्थानीय तहमा युवा परिषद् गठन गर्न आग्रह

काठमाडौँ, २९ कात्तिकः राष्ट्रिय युवा परिषद्ले सबै स्थानीय तहलाई ‘स्थानीय युवा परिषद्’ गठन गर्न आग्रह गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले स्थानीय तहमा युवा परिचालन र युवा सरोकारका विषयमा काम गर्न र युवामैत्री शासनको प्रवद्र्धन गर्नका लागि स्थानीय युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो । उहाँले स्थानीय तहमा नै युवा जनशक्तिलाई जागरुक बनाउनका लागि स्थानीय तहमा युवा परिषद् गठन गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार ३६ वटा स्थानीय तहमा कार्यविधि बनाएर युवा परिषद् गठन गरिसकेका छन् । “सबै स्थानीय तहमा परिषद् गठन गर्नका लागि नमूना कार्यविधि बनाएर पठाएका छौँ । ती नमूनाका आधारमा कार्यविधि बनाएर स्थानीय तहमा परिषद् गठन हुनेछन्,” उहाँले भन्नुभयो, “चाँडै नै पालिका अग्रसर भएर परिषद् गठन हुनेछन् ।” परिषद्ले स्थानीय तह युवा परिषद् गठनका लागि ‘स्थानीय युवा परिषद् गठन, परिचालन र युवामैत्री शासन सहजीकरण सामग्री २०८२’ (नमूना), ‘युवामैत्री शासन २०८२’ र ‘स्थानीय तह युवा क्लब गठनसम्बन्धी निर्देशिका २०८२’ (नमूना) बनाएर सबै स्थानीय तहमा पठाएको छ । यस्तै बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रदेश युवा परिषद् गठन गरिएको छ । सरकारले युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ फागुन १९ गते राष्ट्रिय युवा परिषद् गठन गरेको हो ।
पूरा पढ्नुहोस् ...

डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ, २९ कात्तिकः नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा मूल्य प्रतिलिटर रु तीन रुपैयाँ र पेट्रोलमा प्रतिलिटर रु दुई बढाएको हो । मूल्य समायोजनसँगै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४६ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १४७ रुपैयाँ कायम भएको छ । निगमले पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६० रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६१ रुपैयाँ तोकेको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा दुई रुपैयाँ ५४ पैसा र डिजेलमा छ रुपैयाँ ५३ पैसाले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।
पूरा पढ्नुहोस् ...

एभरेस्ट महिला भलिबलको उपाधि कर्णालीलाई

काठमाडौँ, २९ कात्तिकः एभरेस्ट महिला भलिबल लिगको उपाधि कर्णाली याश्विसले जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्समाथि ३–२ सेटको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो । सुरुआती दुई सेट २६–२४ र २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले त्यसपछिका दुई सेट भने १३–२५, १७–२५ ले गुमायो । त्यसपछि खेलको पाँचौँ तथा निर्णायक सेटमा १५–८ ले विजयी हुँदै कर्णाली उपाधि जित्न सफल भयो ।
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.