KhojSansar

Khoj Sansar

716 Posts
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

डुम्रे (तनहुँ), २६ साउनः यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु-याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिनुभयो । इलामको रोेङ गाउँँपालिकाको अध्ययन भ्रमणपश्चात प्रेरणा मिलेको र भानुले स्थानीय उत्पादनलाई नयाँ ढङ्गले बजारीकरण गर्ने नीति बनाएको त्रिपाठीले बताउनुभयो । गुन्द्रुक उत्पादन, प्रशोधन र बजारीकरणका लागि नवीनतम् प्रविधि तथा व्यवस्थापन प्र्रणालीको प्रयोग गर्ने जनाइएको छ । जसअन्तर्गत स्थानीय कृषक समूहको क्षमता अभिवृद्धि, उत्पादनमा गुणस्तरको एकरूपता सुनिश्चित, ‘प्याकेजिङ’ र ‘लेबलिङ’मा सुधार, ‘भानु गुन्द्रुक’ नामक राष्ट्रियस्तरको ब्राण्ड निर्माण गर्ने उहाँले जानकारी दिनुभयो । उत्पादन ‘ट्रयाकिङ’, अनलाइन बिक्री प्रवद्र्धन, डिजिटल मार्केटिङ, क्यूआर कोडमार्फत स्रोत पहिचानजस्ता उपाय पनि समावेश गरिने नगरपालिकाले जनाएको छ । किसानको आम्दानी वृद्धि गर्दै भानुलाई गुन्द्रुक उत्पादनको केन्द्र्र बनाउने लक्ष्य रहेको नगर प्रमुख त्रिपाठीको भनाइ छ । “गाउँको जीवनशैली, संस्कृति र आपसी आत्मीयता हाटबजारमै प्रतिबिम्बित हुने रहेछ, जसले वातावरणलाई अझै बढी जीवन्त बनाउनेछ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, किसान र उपभोक्ताबीचको सम्बन्धलाई बलियो बनाउनुका साथै समुदायलाई हाटबजारको केन्द्रमा राख्ने ढाँचालाई अँगाल्नेछौँ ।” भानु नगरपालिकालाई गुन्द्रुक उत्पादनको हब बनाउने र कृषकलाई आर्थिक रूपमा सबल बनाउने लक्ष्यमा टेवा पु¥याउने…
पूरा पढ्नुहोस् ...
साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

साइबर प्रतिरोधका लागि सामूहिक पहल गर्ने सङ्कल्पसहित ‘साइबर भिजन २०२५’ सम्पन्न

काठमाडौँ, २३ साउन : सूचना प्रविधिका कारण विकसित साइबर सुरक्षा चुनौती र नवप्रवर्तनशील समाधान, विश्वस्तरीय प्रविधि र डिजिटल रूपान्तरणका लागि सामूहिक सङ्कल्प गर्दै ‘साइबर भिजन–२०२५’ नेपाल च्याप्टर कार्यक्रम सम्पन्न भएको छ । नेपालस्थित प्रविधि कम्पनी डाँफेलिङ्क र संयुक्त अरब इमिरेट्स (युएई) केन्द्र रहेको कम्पनी एरोनेक्सको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा साइबर सुरक्षाविज्ञ तथा सरोकार भएकाहरूले साइबर प्रतिरोध, डिजिटल फरेन्सिकलगायत विविध सुरक्षा प्रविधि प्रवर्द्धनका लागि साझा प्रयत्न गर्नुपर्ने निष्कर्ष निकालेका छन् । कार्यक्रममा क्षेत्रीय पहललाई दक्षिणपूर्वी एसियासम्म विस्तार गर्ने योजनासहित आगामी नोभेम्बरमा ‘साइबर भिजन २०२५ बैङ्कक च्याप्टर’ आयोजना गर्ने र डाँफेलिङ्कले एरोनेक्ससँगको सहकार्यमा नेपालमा पहिलोपटक सुरक्षा सञ्चालन केन्द्र (एसओसी) र नेटवर्क सञ्चालन केन्द्र (एनओसी) स्थापना गर्ने घोषणा गरिएको छ । यो कदम नेपाललाई क्षेत्रीय साइबर ‘डिफेन्स हब’को रूपमा विकास गर्ने लक्ष्यमा कोशेढुङ्गा सावित हुने डाँफेलिङ्कका प्रमुख कार्यकारी अधिकृत सञ्जय बर्धनले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको भविष्य प्रविधिभन्दा अघि सोच्न सक्ने सामूहिक दृष्टिकोणमा छ, साइबर भिजन त्यसैको व्यावहारिक अभिव्यक्ति हो । हामी नेपालमा साइबर प्रतिरोधलाई अर्को ठूलो उपलब्धिका रूपमा स्थापित गर्न प्रतिबद्ध छौँ । त्यसका लागि सहकार्य विस्तार र नेपालमा आवश्यक सञ्जाल बनाउन अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछौँ ।” कार्यक्रममा एरोनेक्सका प्रमुख कार्यकारी अधिकृत सुजित कुमारले डिजिटल सीमाको सुरक्षाका लागि नवप्रवर्तन र सहकार्यको वातावरण बनाउन कार्यक्रम अगाडि बढाइएको बताउनुभयो । गरुडा…
पूरा पढ्नुहोस् ...
चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न

चलचित्र ‘नालापानी’ को विशेष प्रदर्शनी सम्पन्न

काठमाडौँ, २३ साउन : नेपाली वीरताको कथामा आधारित चलचित्र ‘नालापानी’को विशेष प्रदर्शनी आज काठमाडौँमा सम्पन्न भएको छ । रिमेश अधिकारीद्वारा निर्देशन तथा निर्माण गरिएको चलचित्र प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको हलमा भएको विशेष प्रदर्शनीमा सङ्घीय संसद्का सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वसभामुख अग्नि सापकोटा, सांसदहरू, कलाकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति थियो । चलचित्र हेरेपछि प्रतिक्रिया दिनुहुँदै सभामुख घिमिरेले चलचित्र ‘नालापानी’ले इतिहासलाई जीवन्त ढङ्गले प्रस्तुत गरेको बताउँनुहुँदै त्यो समयमा राष्ट्र, राष्ट्रियता र मातृभूमिका लागि गरिएको योगदानलाई गहिरो रूपमा महसुस गर्न सकिने अनुभव व्यक्त गर्नुभयो । “चलचित्रले राष्ट्रप्रेमले भरिएको कथा बोलेको छ, जसले कुनै पनि नेपालीको हृदय छुनेछ । सम्पूर्ण टिमलाई म धन्यवाद दिन चाहन्छु”, सभामुख घिमिरे भन्नुभयो । त्यस्तै राष्ट्रियसभाका अध्यक्ष दाहालले इतिहास र पहिचानसँग जोडिएका यस्ता विषयवस्तुलाई समेटेर राष्ट्रप्रेमले भरिएको चलचित्र बनेको बताउनुभयो । उहाँले यस्ता चलचित्रको विकासमा सरकार, सर्जक र सम्पूर्ण पक्षको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र ‘नालापानी’ राष्ट्रप्रेमलाई झकझक्याउन सघाउने बनेको बताउनुभयो । कालाकार श्रेष्ठ भन्नुहुन्छ, “नालापानी युद्धको समग्र पक्ष समेटिएको चलचित्र बनेको रहेछ । यो विशेषतः विद्यार्थीहरूलाई इतिहास बुझाउन अत्यन्तै उपयोगी हुनेछ ।” त्यस्तै अभिनेता जितु नेपालले ‘नालापानी’ नेपाली इतिहासको गौरवलाई देखाउने उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै सबैले हेर्नुपर्ने चलचित्र भएको बताउनुभयो । “गोरखाली भनेर शिर उँचो पार्ने त्यो बेलाको…
पूरा पढ्नुहोस् ...
किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षरोपण

किरात ऐतिहासिकस्थल ‘तुवाचुङ–जायजुम’ लाई हराभरा बनाउन वृक्षरोपण

खोटाङ, २३ साउन : किरात समुदायको उद्गमस्थल मानिने खोटाङको ‘तुवाचुङ–जायजुम’को संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको छ । परिवर्तन सङ्घ खोटाङले आज आयोजना गरेको वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय खोटाङ र स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको विभिन्न प्रजातिका फलफूलका एक हजार १८० वटा बिरुवा रोपिएको हो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र १० अर्खौलेको सिमानामा अवस्थित किरात ऐतिहासिकस्थल तुङचुङ–जायजुमलाई वातावरणीय हिसाबले हराभरा बनाउन वृक्षरोपण गरिएको सङ्घका अध्यक्ष तपसेन राईले जानकारी दिनुभयो । “किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुम खुला ठाउँमा छ । यसलाई संरक्षण गर्दै वातावरणीय हिसाबले हराभरा बनाउने लक्ष्य लिएका छौँ । यो पहिलो चरणको कार्यक्रम हो”, उहाँले भन्नुभयो, “आगामी दिनमा मौसमी फलफूलका बिरुवा पनि रोप्ने योजना बनाएका छौँ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।” समुद्री सतहदेखि करिब एक हजार ८०० मिटर उचाइमा पर्ने तुवाचुङ–जायजुममा पाँच सय वटा चिउरी, दुई सय वटा लाली गुराँस, दुई सय वटा स्थानीय जातका फूल, एक सय ५० वटा गुलाफ, एक सय वटा कल्फी र ३० वटा काँडे धुपीको बिरुवा रोपिएको जनाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, प्रवक्ता कमल गिरी, इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राई, तुवाचुङ–जायजुम संरक्षण समितिका सचिव भीमकेसर राई, हलेसी मन्दिर व्यवस्थापन समितिका सचिव अग्निराज राई, स्थानीयवासी लगायतगरी ७० जनाको उपस्थितिमा वृक्षरोपण गरिएको…
पूरा पढ्नुहोस् ...
कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा

कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा

पोखरा, २३ साउनः कोरोना महामारीले विश्व आक्रान्त थियो । बन्दाबन्दी (लकडाउन)का कारण विश्वको अर्थतन्त्र सुस्ताउँदो थियो भने अवसरहरु खुम्चिँदै थिए । विदेशी पर्यटकले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखरा सुनसान बनेको थियो । लम्बिँदै गएको लकडाउनका कारण मानिसहरुमा निराशा बढ्दो थियो । त्यही समयमा पोखरा-१३, कुँडहरकी कृपा श्रेष्ठको जीवन नयाँ अध्यायमा प्रवेश गर्‍यो । लकडाउनले बनाएको फुसर्दिलो दैनिकीमा उहाँ रहरले क्यानमासमा खेल्न थाल्नुभयो । मनमा दबिएका भावनालाई ब्रसमार्फत क्यानभासमा पोख्ने रहर यतिबेला उहाँको पहिचान बनेको छ । वर्षौदेखि मनको कुनामा थन्किएका उहाँका सिर्जना जब सबैको आँखामा देखिन थाले, उहाँको जीवनले सफलताको नयाँ रङ देख्न थाल्यो । “लामो समयसम्म सेतो कागजमा रङ्गविहीन सपना कोरेरै चित्त बुझाएकी थिएँ”, श्रेष्ठले भन्नुभयो, “कोभिडले मलाई आफैँभित्रको कलाकारसँग भेट गराइदियो, यो आफूलाई चिन्ने एउटा सुनौलो अवसर थियो ।” डेनमार्कमा लिडरसीप विषयमा स्नातक सकेर सात वर्ष पश्चात सन् २०१७ मा नेपाल फर्किएपछिको उहाँको दैनिकी सामान्य अवस्थामै चलिरहेको थियो । पारिवारिक जिम्मेवारी पूरा गर्दै दिन बितिरहेका थिए । सन् २०२० मा जब कोभिड महामारीले सबैलाई घरभित्रै सीमित बनायो, उहाँ पनि अरु जस्तै लकडाउनको बन्दी हुनुभयो । एक दिन बच्चालाई पढाउने बहानामासँगै टेबलमा बस्नुभयो । त्यो अप्रिलको महिना थियो, उहाँलाई अझै याद छ । त्यही समयमा उहाँले एउटा कागजमा मण्डला कोर्नुभयो । रहरमा कोरिएको चित्र यति सुन्दर बन्यो कि…
पूरा पढ्नुहोस् ...
नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पदान गर्न गृहमन्त्रीको निर्देशन

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ, २३ साउन : गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पदान गर्न निर्देशन दिनुभएको छ । शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उहाँले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जवाफदेही हुनुपर्ने भन्दै उहाँले मानवअधिकारको संरक्षण एवं संवर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवं ज्येष्ठ नागरिकविरुद्ध हुने गतिविधिप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । “सडक दुर्घटना, लागुऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध चुनौतीका रूपमा देखापरेकाले सोको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेछ”, उहाँले भन्नुभयो, “प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर छ ।” उहाँले गुण्डागर्दी र बिचोलियालाई निस्तेज पार्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । “प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन शिष्ट आचरण÷व्यवहारका साथ सेवाग्राहीको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन ।” कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गर्नुभयो । “उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “प्रहरीको कार्यसम्पादन सरकारसित जोडिएको विषय पनि हो ।” त्यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धान,…
पूरा पढ्नुहोस् ...
दूरसञ्चारका संस्थागत ग्राहकको साइबर सुरक्षाका लागि पहल

दूरसञ्चारका संस्थागत ग्राहकको साइबर सुरक्षाका लागि पहल

काठमाडौँ, २३ साउनः दूरसञ्चार सेवाप्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ । एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स (इडिआर÷एक्सडिआर), क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ । आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभया । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज सेवालाई थप सुरक्षित बनाउनका लागि विथसेक्योरसँग सहकार्य गरेको हो, यसले विश्वस्तरको साइबर सुरक्षा प्रदान गर्नेछ ।” विथसक्योरका उपाध्यक्ष पाओलो पालुम्बोले विथसेक्योर एक साइबर सुरक्षा प्रदायक कम्पनी भएको उल्लेख गर्दै एनसेलसँग दीर्घकालीन साझेदारीले नेपाली इन्टरप्राइजेजको साइबर सुरक्षामा थप सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । -रासस
पूरा पढ्नुहोस् ...

प्राङ्गारिक खेती प्रवर्द्धन गर्दै कर्णाली प्रदेश

कर्णाली, २३ साउन : माटो, वातावरण, जलवायु, खेती प्रणाली र उत्पादित कृषि उपजका दृष्टिले कर्णालीलाई प्राङ्गारिक प्रदेशका रूपमा अगाडि बढाएको छ । कर्णाली प्र्रदेश सरकारले २०७५ सालदेखि प्राङ्गारिक प्रदेश निर्माणका लागि लिएको अभियानअन्तर्गत प्राङ्गारिक खेती प्रवर्द्धनलाई विशेष जोड दिइएको हो । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पछिल्ला सात वर्षदेखि प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि अनुदानमा जैविक सामग्री वितरण, प्रयोगशालामा जैविक कीटनाशक उत्पादन र रासायनिक कीटनाशकका नकारात्मक असरबारे जनचेतना फैलाउने कामका साथै कृषक पाठशालाको आर्थिक तथा प्राविधिक सहयोगमा प्राङ्गारिक खेतीमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्दै आएको कृषिमन्त्री विनोदकुमार शाहले बताउनुभयो । उहाँका अनुसार प्रदेशको प्राङ्गारिक खेतीको उत्पादनमा वृद्धि, जनशक्ति उत्पादन, बजारीकरण र त्यसको दीगोपनसम्बन्धी पाँचदिने अन्तरराष्ट्रियस्तरको प्राङ्गारिक खेतीसम्बन्धी तालिम आज सम्पन्न भएको छ । खाद्य तथा कृषि सङ्गठन (एफएओ)सँगको सहकार्यमा काठमाडौँस्थित रोयल थाई दूतावासद्वारा सुर्खेत वीरेन्द्रनगरमा साउन १८ गतेदेखि सञ्चालित तालिम उपलब्धिमूलक हुने उहाँको भनाइ थियो । तालिम समापन कार्यक्रममा थाइ मन्त्रीका सल्लाहकार एवं मिसनका निमित्त प्रमुख मनसुभी मनासाकुलले पहिलोपटक थाइ सरकार, एफएओ र नेपाल सरकारको सहकार्यमा नेपालमा प्राङ्गारिक खेतीसम्बन्धी गरिएको तालिमले नेपाल र थाइल्याण्डबीचको मित्रता र सहकार्य महत्त्वपूर्ण कडी बन्ने बताउनुभयो । उहाँले थाइ राजदूतावासको तर्फबाट कर्णाली प्रदेश, कृषि विशेषज्ञ तथा साझेदारहरूसँग सहकार्य गर्न पाउँदा सम्मानको अनुभव भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अग्र्यानिक खेतीले दिगो भविष्यतर्फको बाटो…
पूरा पढ्नुहोस् ...
काँक्रोले दक्षिण धादिङका किसान निराश

काँक्रोले दक्षिण धादिङका किसान निराश

मलेखु (धादिङ), २३ साउनः मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती नगरपालिका–१३ गडी आसपासका किसान आफूले उत्पादन गरेको काँक्रोले मूल्य नपाउँदा निराश बनेका हुन् । अघिल्ला वर्षमा काँक्रोबाट मात्रै एक याममा रु तीन लाखसम्म नगद बुझेका किसानले अहिले रु ५० हजारको पनि काँक्रो बिक्री गर्न नसकेको गडीका स्थायीय रमेश श्रेष्ठले गुनासो गर्नुभयो । गडी र मास्कर दुई गाउँ धादिङ र चितवनको सीमावर्ती गाउँ हुन । यहाँका करिब ७० घरपरिवारले बारीमा काँक्रो लगाएका छन् । भौगोलिक हिसाबमा विकटमा पर्ने गडी र मास्करमा धेरैजसो विपन्न चेपाङ समुदायको बसोबास छ । यसपालिको काँक्रोखेतीले मुनाफा नदिए पनि लगानी उठाउन कठिन भएको किसानको भनाइ छ । “पोहोर प्रतिकिलो रु ९० देखि रु १०० सम्म पाइन्थ्यो, यसपालि बढीमा ४५ रुपैयाँ र थोरैमा २२ रुपैयाँसम्म झरेको छ”, मास्करका किसान सन्दीप चेपाङ भन्नुहुन्छ, “भाँडा, मजदुरी र मेहनत जोड्दा हामीले घाटा मात्र बेहोरेका छौँ, बीउ रोप्दाको पैसा पनि उठ्दैन जस्तो छ ।” काँक्रोमा फल लाग्नुअघि नै रोग लागेको र पहेलो हुँदै बोटै सुक्न थालेको उहाँ सुनाउनुभयो । “प्राविधिकले आफैँ आएर हे¥यो, केही कम भयो जस्तो लाग्थ्यो”, चेपाङ सुनाउनुहुन्छ, “बल्लतल्ल बचेको बोटमा फलेको काँक्रोले पनि बजार मूल्य पाएन,…
पूरा पढ्नुहोस् ...

बाँझो जग्गा उपयोगमा ल्याइँदै

सुदूरपश्चिम, २३ साउनः सुदूरपश्चिम प्रदेशमा बाँझो राखिएको खेतीयोग्य जग्गालाई व्यावसायिक कृषिका लागि प्रयोेगमा ल्याउन थालिएको छ । बाँझो जग्गा उपयोगमा ल्याउने प्रदेश सरकारको नीतिबमोजिम यस्तो जग्गा उपयोग गरेर व्यावसायिक कृषि गरिरहेका कतिपय कृषकलाई गत आर्थिक वर्षमा अनुदान दिइएको छ । बाँझो जग्गालाई उपयोगमा ल्याउने क्रममा कञ्चनपुरको पुनर्वास क्षेत्रमा दशकौँदेखि बाँझो रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडको झन्डै ५५ बिघा जग्गा भाडामा लिएर कृषि कार्यका लागि उपयोगमा ल्याइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले बाँझो रहेको उक्त कम्पनीको जग्गा मन्त्रालयले भाडामा लिएर स्थानीय कृषक समूह, सहकारी संस्थालाई ठेक्कामार्फत उपलब्ध गराई व्यावसायिक कृषिको काममा प्रयोगमा ल्याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त कम्पनीको भाडामा लिइएको जग्गामध्ये पाँच बिघा जग्गा कृषि अनुसन्धान निर्देशनालय (नार्क)लाई उपलब्ध गराएर उसले कृषि अनुसन्धानसम्बन्धी कार्य गरिरहेको छ, अरू जग्गा कृषक समूह, सहकारी, फार्मलाई व्यावसायिक कृषि गर्न ठेक्कामार्फत दिइएको छ ।” प्रदेशका अन्य जिल्लामा बाँझो रहेको अन्य ठाउँको जग्गालाई पनि कृषि काममा उपयोगमा ल्याउन लागिएको छ । यस्तो जग्गामा व्यावसायिक कृषि गरिरहेका कृषकलाई सरकारले अनुदान रकम उपलब्ध गराउने गरेको छ । जग्गामा तोकिएको कुल भाडा रकममध्ये ५० प्रतिशतसम्म अनुदान दिन सकिने मापदण्ड बनाइएको छ । सरकारले जग्गा नभएका वा कम जग्गा भएका विपन्न कृषकलाई लक्षित गरेर यो योजना कार्यान्वयनमा ल्याएको हो । सरकारले उपयोगमा आउन नसकेको…
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.