KhojSansar

Khoj Sansar

716 Posts

मातृस्वास्थ्य प्रवर्द्धन गर्न सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज

सिरहा, २३ साउन : मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिका–२१ का ६४ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले बिहीबार एक कार्यक्रमका बीच पोषण सामग्री वितरण गर्नुभएको हो । नगरपालिकाले प्रत्येक महिनामा फरकफरक वडामा पुगेर सो प्याकेज वितरण गर्दै आएको छ । प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्नका साथै गर्मी र वर्षात्को समयमा हुने लामखुट्टेको प्रकोपबाट बच्न झुल पनि प्रदान गरिएको छ । नगरप्रमुख चौधरीले पोषण प्याकेज वितरण कार्यक्रममा भन्नुभयो, “गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु नगरपालिकाको प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रममार्फत उनीहरूको पोषण अवस्था सुधार गर्नुका साथै स्वास्थ्य सेवा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो । आगामी दिनमा अझ प्रभावकारी ढङ्गले यसलाई विस्तार गरिनेछ ।” स्वास्थ्य संस्थामा नियमित जाँच गराउने गर्भवतीलाई लक्षित गरी प्याकेज वितरण गरिएको स्वास्थ्यकर्मी अमृताकुमारी महतोले जानकारी दिनुभयो । उहाँका अनुसार, “नियमित जाँचमा सहभागी हुने महिलाहरूको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ ।” महिला स्वास्थ्य स्वयंसेविका सुजितादेवी सिंहले यस अभियानले गर्भवती महिलाको तथ्याङ्क व्यवस्थापन र सेवाको सहजीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । -रासस
पूरा पढ्नुहोस् ...
संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

भोजपुर, २३ साउन : भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् । नेवार समुदायको संस्कृतिका रूपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउँदै परम्परागत रीतिरिवाजलाई नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको स्थानीयवासी चन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा लाखेजात्रा, गाईजात्रा, बुबाआमाको मुख हेर्ने दिन, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, तिहार, म्हःपूजा, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको उहाँले बताउनुभयो । यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतीकका रूपमा लिइने स्थानीयको भनाइ छ । स्थानीय कला, संस्कार, संस्कृति तथा रहनसहनको संरक्षणमा जुटेको स्थानीयवासी कमल प्रधानले बताउनुभयो । “हाम्रो पराम्परागत संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “कतिपय प्रचलन लोप हुने अवस्थामा पुगेकाले हामी युवाहरू संस्कृतिको संरक्षणमा जुटेका हौँ ।” नागपञ्चमीका दिन भीमसेन मन्दिरमा पूजा गरी सुरू भएको लाखे नाच हरेक दिन प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको भोलिपल्ट विधिवत रूपमा अन्त्य हुने उहाँको भनाइ छ । आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले नयाँ पुस्तासम्म पुर्याउन संरक्षणमा जोड दिएको नेवाः देय दवू भोजपुरका अध्यक्ष बद्री श्रेष्ठले बताउनुभयो । यस्ता मौलिक परम्पराको संरक्षण गर्न जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको अध्यक्ष श्रेष्ठको…
पूरा पढ्नुहोस् ...
फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

फोहरमैला प्रशोधन केन्द्रमा उपकरण जडान

दमौली (तनहुँ), २३ साउन : शुक्लागण्डकी नगरपालिका शुक्लागण्डकी–५ कसेरीमा फोहरमैला प्रशोधनका लागि आधुनिक यन्त्र उपकरण जडान सुरू गरिएको छ । लामो समयसम्म फोहरमैला व्यवस्थापनमा समस्या भोग्दै आएको नगरपालिकाले आधुनिक उपकरण जडान सुरू गरेको हो । फोहरलाई प्रशोधन गरेर मोहरमा बदल्न शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच त्रिपक्षीय सम्झौता भई काम अगाडि बढेको नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो । सूर्य नेपालको लगानीमा आवश्यक थप पूर्वाधार निर्माणको कामसँगै फोहरमैला प्रशोधनका विभिन्न उपकरण ल्याइएको छ । असोजभित्र फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको विकले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रशोधन केन्द्र सञ्चालनमा आएपछि अहिलेजस्तो फोहर हुनेछैन । टोल विकास संस्थासँगको सहकार्यमा घरबाटै फोहर वर्गीकरण गरेर सङ्कलन गरिनेछ ।” गत वैशाख ११ गते शुक्लागण्डकी नगरपालिका, ग्रिन रोड र सूर्य नेपाल प्रालिबीच फोहरको व्यवस्थापनका लागि त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौतालगत्तै कसेरीमा विभिन्न ११ युनिट निर्माणको काम धमाधम भइरहेको छ । ‘भेर्मी कम्पोस्ट पिट’, ‘अग्र्यानिक वेस्ट ओपन ट्रस्ट’, ‘डिस्पोजल वेस्ट ओपन ट्रस्ट’, ‘प्लेटिजिङ प्रोसेस सेन्टर’, ‘प्रिसटिङ एरिया’, ‘एक्जिटिङ प्रोसेस सेन्टर’, विद्युतीय घर, शौचालय, भान्छा, क्यान्टिन हल, कार्यालय र सुरक्षाकर्मी घर निर्माण भइरहेको हो । दशवर्षे अवधिका लागि फोहरमैला व्यवस्थापनको त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार शुक्लागण्डकीलाई सूर्य नेपालले रु दुई करोड चार लाखको लगानी गरेको छ । त्यसबाट पूर्वाधार निर्माणसँगै फोहरमैला व्यवस्थापनका…
पूरा पढ्नुहोस् ...

गण्डकीमा चार हजार ‘किशोरी आमा’

ढोरपाटन (बागलुङ), २३ साउन : कानुनले २० वर्षअगावै विवाह गर्न बर्जित गरेको छ । बालविवाह रोक्नका लागि सरकारले पनि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर यसको न्यूनीकरण भने हुनसकेको छैन । सानै उमेरमा विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या ठूलो छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा उमेर नपुग्दै विवाह गर्ने र बच्चा जन्माउनेको सङ्ख्या उस्तै छ । यस प्रदेशमा पछिल्लो दुई वर्षमा कुल ३९ हजार १२९ जना सुत्केरी हुँदा चार हजार २५५ जना २० वर्षमुनिका किशोरी छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २० वर्षमाथिका सुत्केरी हुने महिलाको सङ्ख्या ३५ हजार ८७४ छ । यस अवधिमा सबैभन्दा कास्कीमा सुत्केरी हुनेको सङ्ख्या बढी छ । कास्कीमा १० हजार ८९५ जना सुत्केरी हुँदा एक हजार ३६८ जना २० वर्षमुनिका किशोरी छन् । यो अवधिमा सबैभन्दा कम मनाङमा सुत्केरी भएका छन् । यस जिल्लामा १५ जना महिला सुत्केरी हुँदा एक जना २० वर्षमुनिका किशोरी रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ मा कुल २१ हजार १२७ सुत्केरी भएकामा २० वर्षमुनिका दुई हजार २७४ किशोरी छन्भने २० वर्षमाथिका १८ हजार ८५३ रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो । आव २०८१/८२ कुल १८ हजार दुई जना सुत्केरी भएकामा २० वर्षमुनिका एक हजार ९८१ जना किशोरी छन्…
पूरा पढ्नुहोस् ...
धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

म्याग्दी, २३ साउन : धार्मिक र पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको म्याग्दी, पर्वत र कास्कीको सिमानामा रहेको जलजला क्षेत्र ओझेलमा परेको छ । पर्वतको जलजला, मोदी गाउँपालिका र म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा फैलिएको जलजलालाई हिन्दू धर्मग्रन्थमा हम्पाल, कालञ्जर, मृगस्थलीका रूपमा ब्याख्या गरिएको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले जलजला ओझेलमा परेको हो । हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्रा डा जगन्नाथ रेग्मीले बताउनुभयो । “पौराणिक वाङ्मयले मुक्तकण्ठले प्रशंसा गरेको कालञ्जरको मुख्य केन्द्र विकासका दृष्टिले अझै पनि पछाडि पर्नुमा प्रचारप्रसारको अभाव, दुर्गम भौगोलिक अवस्थिति, सडक यातायातको असहजता, मानव बस्तीदेखि टाढा रहनु, प्राकृतिक, भौगोलिक एवं पौराणिक पहिचानका अभिलेख र स्रोतबाहेक कुनै लिखित दस्तावेज नपाइनुलगायत कारण देखिएका छन्”, उहाँले भन्नुभयो, “यहाँका कतिपय प्राचीन मन्दिर, सत्तल गुफा र ओढारहरू संरक्षणको अभावमा नामशेष हुन लागेका छन् ।” प्रा डा रेग्मीका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ । जलजलामा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका मोदी गाउँपालिका–४ लेसपारका टीका पुनले जलजलाको सौन्दर्य…
पूरा पढ्नुहोस् ...
ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर, २३ साउन : ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म रिक्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए । त्यतिमात्र होइन, महानगरको वडा नं २२ र २१ अर्थात् बुङ्गमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन । त्यहाँका जनता खानेपानीका लागि घण्टौँ यात्रा गरेर पानीको मूल धाउन बाध्य भए । उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानीपानीको मुहान खोज्न भौतारिए । गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो । त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो । उल्लेखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्याङ्करको पानी किनेर ल्याएर दैनिकी चलाए । त्यतिमात्र होइन पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का ट्याङ्करमार्फत पानी पुर्याइयो । तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्याङ्करको पानी पुग्न सक्यो न त केयुकेलकै । हजारौँ सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिड्न बाध्य भए । उनीहरू पानी बोक्ने जार, गाग्री…
पूरा पढ्नुहोस् ...
राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

जानकी (बाँके), २३ साउनः “वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ”, यो भनाइ हो नरैनापुरका झिंगदेव वर्माको । उमेरले छ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौं बस्ती बगाएको देख्नुभएको छ । विगत सम्झँदै उहाँले भन्नुभयो, “बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ”, विगत सम्झँदै उहाँले भन्नुभयो, “बुढेसकालमै भएपनि नदीमा आपत्कालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ ।” सोही गाउँका रामप्यारी यादवले पनि यस वर्ष आफूहरुलाई बाढीले क्षति नपु¥याउनेमा ढुक्क भएको बताउनुभयो । “प्रत्येक वर्ष हामीलाई नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपत्कालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन”, उहाँले भन्नुभयो । रामप्यारीका अनुसार बाढीले सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्रभावित बनाउँथ्यो । राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् । आपत्कालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ । दुई वर्षअघि…
पूरा पढ्नुहोस् ...
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

पर्वत, २३ साउनः रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रुपमा रोग देखिएको फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिनुभयो । सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ । गत वर्ष गुबो कुहिने र ढुसी किराकोे प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ । हाल फलेवासका तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरुमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताउनुभयो । उहाँले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताउनुभयो । अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ । स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस…
पूरा पढ्नुहोस् ...
खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी, २३ साउन : खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१/०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन प्रमुख झलकमोहन ओझाले खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी प्रदेशका ६७ मध्ये ६४ र सङ्घीय सशर्तका पाँच वटा योजना कार्यान्वयन भएको जानकारी दिनुभयो । छब्बीस वटा स्रोत सुनिश्चितता भएका, २८ वटा क्रमागत र १८ वटा सालबसाली योजना थिए । खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ÷छ वटा योजना, ऊर्जा र अध्ययन सर्वेक्षणको एक/एक वटा योजना सम्पन्न भएका छन् । डिभिजनले सञ्चालन गरेका खानेपानी योजनाबाट एक हजार २८३ वटा धारा निर्माण भएकामा ९३१ वटा धारामा मिटर जडान गरेर खानेपानी वितरण भएको छ । तीन हजार ११९ मिटर मुख्य, १०६ किलोमिटर शाखा पाइपलाइन, चार हजार ७२ घनमिटर क्षमताका २२ वटा रिजर्भ ट्याङ्की र २७७ वटा अन्य संरचना निर्माण भएको छ । कार्यालयले सञ्चालन गरेका सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ । छ किलोमिटर पक्की नहर, छ दशमलव ११ किलोमिटर पाइपलाइन विस्तार, पाँच वटा बाँध र ४७ वटा सिँचाइका…
पूरा पढ्नुहोस् ...
गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी, २३ साउन : अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । सो सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोलामा बाढी आएपछि आज बिहानदेखि पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । डहरेमा लेदोसहितको बाढी आएपछि सडक पूर्ण रुपमा अवरुद्ध हुँदा त्यस क्षेत्रबाट रिडी हुँदै बागलुङको बुर्तिवाङसम्म आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् । सडक सञ्चालन गर्न जोहाङ्ग खैरेनीबाट प्रहरी टोली परिचालन गरिएको तर पानी परिरहेको र वर्षा नरोकिएका कारण सडक कठिन भइ प्रनाउ सारुले बताउनुभयो । उक्त खोलाले तीन दिनअघि एउटा कार बगाएको थियो । त्यसैगरी सुक्खा पहिरोका कारण रिडी‐खञ्ज्याङ सडक पनि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका‐१ स्थित साँखरमा पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । वर्षाका कारण कालीगण्डकी र बडिगाड खोलामा पनि सतह बढेको छ । जिल्ला प्रशासन कार्यालयले बर्सातको समयमा तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न गर्न आग्रह गरेको छ । गुल्मीमा २०० भन्दा बढी स्थान बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । -रासस
पूरा पढ्नुहोस् ...
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.